डिजिटल पेमेन्ट
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर - BNPL) सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यस सम्बन्धमा इसेवाको केन्द्रीय कार्यालयमा गत असोज ८ गते आयोजित एक कार्यक्रममा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।
साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रा.लिका तर्फबाट मनन तुलाधरले हस्ताक्षर गर्नुभयो ।
यस साझेदारीअन्तर्गत ग्राहकले पारमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत BNPL सुविधा लिन सक्ने छन् । रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।
सहज डिजिटल प्रक्रियाका साथै किस्ताबन्दी सुविधा
यस सेवाअन्तर्गत ग्राहकहरूले विद्युतीय स्कुटर खरिदका लागि सहज र डिजिटल माध्यमबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी BNPL सुविधा लिन सक्नेछन् ।
यसअन्तर्गत रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ग्राहकहरूलाई ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्रदान गर्नेछ । ग्राहकहरूले अधिकतम ३६ महिनासम्मको सहज किस्ताबन्दीमा उक्त ऋण चुक्ता गर्न सक्ने छन् । यसले ग्राहकलाई एकैपटक ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै आवश्यकताअनुसार किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ ।
डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातलाई प्रोत्साहन
इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउँदै ग्राहकका दैनिक आवश्यकताहरू पूरा गर्न विभिन्न नवीन समाधानहरू विकास गर्दै आएको छ । BNPL सेवा पनि ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने यही प्रयासको निरन्तरता रहेको इसेवाले जनाएको छ ।
त्यस्तै, विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यस साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीले विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको निर्माणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
यस त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाहरूको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
इसेवाले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै नवीन डिजिटल समाधानहरू विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
डिजिटल पेमेन्ट
तलब, बिल र भेन्डर भुक्तानी व्यवस्थापन गर्न फोनपेले ल्यायो ‘फोनबिज’
काठमाडौं । फोनपेले व्यवसाय तथा संस्थाहरूका लागि लक्षित गर्दै ‘फोनबिज’ नामक डिजिटल भुक्तानी प्लेट…
साउनमा क्यूआर कारोबार १ खर्ब ८९ अर्ब नाघ्यो, कारोबार सङ्ख्या पनि बढ्यो
काठमाडौं । नेपालमा क्यूआर कोडमार्फत हुने डिजिटल भुक्तानीको कारोबार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना …
इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’को मान्यता
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई …
फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे, पहुँच थप विस्तार गर्ने लक्ष्य
काठमाडौं । फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता सञ्चालनमा आएको दुई वर्षमै ५० हजार नाघेका छन् । फोनपेले आफ्नो भर्चु…
सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती आबद्ध, डिजिटल भुक्तानीमै पुरस्कार जित्ने अवसर
काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चा…
नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक रु १२ खर्बभन्दा बढी कारोबार, डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम
काठमाडौं । नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस) ले २०८३ साल असार महिनामा…
खल्तीबाट घरमै बसेर ब्लुबुक नवीकरण सेवा पुन: सुरु, शुल्क पनि घट्यो
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले केही महिनाअघि स्थगित गरेको ‘ब्लुबुक नवीकरण’ सेव…
खल्तीको अफर : डिम्याट र मेरोशेयर नवीकरणमा शतप्रतिशत क्यासब्याक
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘१…
वर्ल्डलिंकको दाबी : एफटिटिएच ग्राहक ११ लाख नाघ्यो, बजारमा ३५ प्रतिशत हिस्सा
काठमाडौं । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना एफटिटिएच (फाइबर टु द होम…
राष्ट्र बैंकको नयाँ नियम : ई-वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले ई-वालेट प्रयोगकर्ताको विवरण थप व्यवस्थित बनाउन भुक्तानी सेवा प्रदायक (पीएसपी) …
साउदीबाट आइएमई गरेर पैसा पठाउँदा अभिषेकले जिते बीवाईडी अटो १ ईभी कार
काठमाडौं । साउदी अरेबियाबाट डिजिटल वालेट टिग्मोमार्फत आइएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्ट…
अब डिजिटल कारोबार गर्दा कति शुल्क लाग्छ ? क्लियरिङ हाउसले तोक्यो नयाँ दर
काठमाडौं । डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्ना विभिन्न भुक्त…
एक मिनेटमै तयार हुने खल्ती डिजिटल भिसा कार्ड सार्वजनिक, ३ महिनासम्म नि:शुल्क सेवा पाइने
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड-एससिटीसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वज…
अनलाइन किनमेलमा नयाँ सुविधा, फोनपेले सार्वजनिक गर्यो ‘चेक आउट बाई फोनपे’
काठमाडौं । फोनपेले 'चेक आउट बाई फोनपे' नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ । मोबा…
एनसीएचएललाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत मेरिट अवार्ड
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्त…