कीवर्डहरू -

डिजिटल पेमेन्ट

१७ औँ वर्षमा प्रवेश गर्‍यो इसेवा, दृष्टिविहीनहरूका लागि आयो टकब्याक सुविधा

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७ औँ वर्षमा प्रवेश गरेको हो ।

‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ भुक्तानी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा विकास गर्दै आएको छ। हाल इसेवा टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बिमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्ने हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म बनेको छ ।

१७ औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इसेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन आफूहरू निरन्तर लागिरहने बताए ।

उनले नियामक निकाय, प्रयोगकर्ता, समाज र सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारबाट समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिबद्ध रहेको बताए ।

यसै गरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाले सधैँ सबैलाई समेट्दै सँगै अगाडि बढ्ने मूल मन्त्रका साथ आफूहरूले सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले इसेवाको १७ वर्षे यात्राले नेपालकै कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए ।  

“आज हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिनटेक कम्पनीका रूपमा स्थापित हुँदै गएका छौँ । यस उपलब्धिलाई हामी गन्तव्य होइन, भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिएका छौँ,' खड्‌काले भने, “प्रयोगकर्ताका आवश्यकता र प्रविधिको विकासलाई केन्द्रमा राख्दै हामी हरेक दिन नवप्रवर्तनमा लागिरहेका छौँ र आगामी दिनमा अझ जिम्मेवार भएर डिजिटल नेपालको यात्रामा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

इसेवाले १७ वर्षको यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा र वित्तीय समावेशितालाई आफ्नो मूल लक्ष्यका रूपमा स्थापित गर्दै आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । प्रयोगकर्ता केन्द्रित नवप्रवर्तनमार्फत वित्तीय समावेशितामार्फत डिजिटल अर्थतन्त्रमा सबै वर्गको सहभागिता बढाउन;  प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउन  तथा डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्‍याउन रूपमा लागिरहने प्रतिबद्धता समेत इसेवाले गरेको छ । 

१७ औँ वार्षिकोत्सवको अवसरमा इसेवामा थपिए तीन सुविधाहरू

१७ औँ वार्षिकोत्सवको अवसरमा इसेवाले आफ्ना सुविधामा विस्तार पनि गरेको छ । यस अवसरमा इसेवाले दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ता लक्षित टकब्याक सुविधा, भुक्तानीलाई सहज र छिटो बनाउने इन्टेन्ट बेस्ड पेमेन्ट र इसेवा सर्कल च्याट जस्ता प्रयोगकर्ता केन्द्रित समाधानहरू अघि सारेको छ । यी सुविधाहरूको विवरण यस प्रकार रहेको छ :

इसेवा टकब्याक : इसेवाले दृष्टिविहीन वा कम दृष्टि भएका प्रयोगकर्ताहरूका लागि टकब्याक सुविधा सुरु गरेको छ । टकब्याक सेवा सुरु गर्ने इसेवा नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनी हो । यो सुविधाअन्तर्गत स्क्रिनमा भएका कुरालाई आवाजमा रूपान्तरण गर्ने गरिन्छ । यसबाट प्रयोगकर्ताहरूले बटन, नाम र कामहरू सजिलै बुझ्न र चलाउन सक्छन् । इसेवामा टकब्याक अङ्ग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहेको छ । यसले दृष्टिविहीनहरूलाई स्वतन्त्र रूपमा इसेवा प्रयोग गर्ने अवसर दिनुका साथै  डिजिटल वित्तीय स्वतन्त्रता  र समावेशिता बढाउने विश्वास लिइएको छ । 

इन्टेन्ट–बेस्ड पेमेन्ट : इसेवाले इन्टेन्ट बेस्ड पेमेन्ट सुविधा ल्याएर भुक्तानी प्रक्रियालाई अझ छिटो र सरल बनाएको छ । इन्टेन्ट बेस्ड पेमेन्ट भनेको प्रयोगकर्ताको भुक्तानी गर्ने इच्छालाई आधार मानेर छिटो, सुरक्षित र अवरोधरहित भुक्तानी सम्पन्न हुने प्रणाली हो । यस प्रणालीमा प्रयोगकर्ताले जहाँ भुक्तानी गर्नुपर्ने हुन्छ, त्यहीँबाटै भुक्तानी सुरु हुन्छ । मर्चेन्ट एप वा वेबसाइटमा ‘Pay with eSewa’ मा क्लिक गरेपछि सिधै इसेवा एप खुल्ने वा डिभाइस स्तरको प्रमाणीकरण (फिङ्‌गरप्रिन्ट वा फेस आईडी) मार्फत भुक्तानी स्वीकृत हुने भएकाले एमपिन, पासवर्ड वा ओटीपीको झन्झट हट्छ । यसले भुक्तानीका क्रममा बीचमै प्रक्रिया रोकिने समस्या कम गर्नुका साथै प्रयोगकर्तालाई सुरक्षित, सहज र केही सेकेन्डमै लेनदेन सम्पन्न गर्ने अनुभव प्रदान गर्छ ।

इसेवा सर्कल च्याट: इसेवाको फिचर इसेवा सर्कलमा अब च्याट सुविधा थपिएको छ । यसमा प्रयोगकर्ताहरूले साथीहरू थप्ने, समूह बनाउने, बिल बाँडफाँड गर्ने, उपहार पठाउने, कमेन्ट गर्ने, रियाक्ट गर्ने सुविधाहरू पाउँछन् । यसले सामूहिक रूपमा बिल बाँडफाँड गरेपछि आफ्ना साथीभाइसँग अर्को एपमा गई कुराकानी गर्नुपर्ने झन्झट पनि हटाउँछ । ग्रुप  च्याटमा गरिएको कुराकानी सधैँ रहने भएकाले यसबाट साथीहरूबिचको संवाद र लेनदेनमा थप सहजता आउने विश्वास गरिएको छ । 

डिजिटल पेमेन्ट

फिनटेक प्लेटफर्म जुनोमा ग्लोबल इक्विटी फन्डको लगानी

फिनटेक प्लेटफर्म जुनो (पूल टेक्नोलोजीज प्रालि) मा ग्लोबल इक्विटी फन्डले रणनीतिक लगानी गरेको छ। ग्लोबल इक्विटी फन्डले व्यवस्थाप…

लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न  डिजिटल भुक्तानी प्लेटफर्…

दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…

मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु

अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…

फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट

फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…

इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने

नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…

डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह

व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…

साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू हुने

साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू भएको छ । आईएमई डिजिटल र खल्तीले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि …

खल्तीले सुरू गर्‍यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने

डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्य…

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज …

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठू…

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

सरकारले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

सं…

नबिल बैंकको मोबाइल बैंकिङबाट अब हाम्रो पेमा रकम लोड गर्न सकिने

नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक ब…

करोडौँको अफर रहेको खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सुरू, स्मार्टफोनदेखि भेस्पासम्म जित्ने मौका

‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्या…

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरू

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरु…