कीवर्डहरू -

डिजिटल पेमेन्ट

आतिफ असलमको कन्सर्टको एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरमा खल्ती

‘खल्ती’ ले आतिफ असलमको लाईभ म्युजिकल शोमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्राेडक्ससँग सम्झौता गर्दै काठमाडाैं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज- आतिफ असलमको लाईभ शोमा खल्तीले बक्स अफिसदेखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ। 

‘काठमाडाैं म्युजिक फेस्टिभल २०२४’- चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४  बजे सुरु हुन गई रहेको छ। खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरि आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन्।

आयोजकका अनुसार नेपाली नयाँ वर्षकाे अवसरमा हुन लागेकाे ‘काठमाडाैं म्युजिक फेस्टिभल २०२४’मा  आतिफ असलम को कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुबै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ। 

खल्तीले अहिले सम्म ५ हजार बढी इभेन्ट/कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङकाे एक  उत्कृष्ट माध्यम बन्न सफल भएकाे छ। केहि महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएकाे अरिजित सिंह लाइभ शोमा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङकाे जिम्मेवारी निर्वाह गरेको थियो । 

साे टिकटिङ व्यवस्था अनुसार १५००० हजार दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए । खल्तीले साेही तवर र सहजताका साथ आतिफ असलम को कन्सर्ट रहेकाे यस म्युजिक फेस्टिभलकाे टिकटिङ व्यवस्था गरेको छ  प्रयोगकर्ताहरूले निर्धक्क भई  सुविधा जनक तवरबाट अनलाईन टिकट खरिद गर्न सक्ने  कुरामा खल्ती विश्वस्त छ । 

आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान ‘तमग़ा-ए-इम्तियाज़’ बाट सम्मानित भएका थिए । उनको सुमधुर आवाज र गायन क्षमताले ठूलो संख्यामा दर्शक स्राेता मन जित्न सफल भएको छ भने थुप्रै अवार्डहरू पनि कमाएकाे छ। 

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस्तो सहकार्यले खल्तीको इनाेभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित हुने उदेश्यलाई थप सहयोग पुग्ने बताए ।  

डिजिटल पेमेन्ट

एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब भन्दा बढीको कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पौष मसान्तको अन्तिम दिन रु.८४ अर्ब भन्दा बढीको भुक्तानी…

वैदेशिक रोजगारमा जानेलाई आईएमई पेबाटै बिना धितो डेढलाखसम्म कर्जा सुविधा

वैदेशिक रोजगारीमा जानेले अब डिजिटल वालेट आईएमई पेबाटै डिजिटल कर्जा लिन सक्ने भएका छन् । ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा आईए…

बढ्यो डिजिटल वालेटबाट हुने कारोबार

डिजिटल वालेटबाट हुने कारोबारमा वृद्धि भएको छ । २०८० मंसिर महिनामा वालेटबाट २३ अर्ब १८ करोड १० लाख कारोबार भएको छ ।  …

इसेवामा प्राविधिक समस्या आउँदा सम्पूर्ण सेवा अवरूद्ध

डिजिटल वालेट कम्पनी इसेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा इसेवाका सेवाहरू अवरूद्ध भएको इसेवाले जानकारी दि…

हिमालयन जाभामा हाम्रो पेबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने

हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हा…

पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने

गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…

फोनपेको ‘फोनपे गर्ने हो’ अभियान, डिजिटल भुक्तानी गर्दा स्मार्टफोन जित्ने मौका

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ । 

नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने  भुक्तानी  सेवा  प्रदायकको रुपमा खल्ती सम्मानित

एनसीएचएल (नेपाल क्लिअरिङ्ग हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डि…

इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी हुने सहभागी ?

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्…

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फिनटेक कोर्ष पढाउने

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स ’ अध्…

नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नियामक निकाय र सार्वजनिक संस्थानलाई अख्तियारको सुझाव

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । 

डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा म‌ंगलबार आयोजित भिजा लिडर…

इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न …

खल्तीबाट अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

खल्तीले नेप्से सँगको सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोडका साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ । …

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ कारोबार

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० कात्त…