डिजिटल पेमेन्ट
राष्ट्र बैंकको नयाँ व्यवस्था, अब वालेटहरू एक आपसमा मर्ज हुन सक्ने
डिजिटल वालेटहरू एक आपसमा मर्ज हुन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै समान प्रकृतिका संस्थाहरूसँग भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था एक आपसमा मर्ज हुन सक्ने व्यवस्था गरेको हो ।
भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू एक आपसमा गाभ्दा वाप्राप्ति गर्दा भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरू समान प्रकृतिका संस्थाहरूसँग मात्र गाभ्न/गाभिन वा प्राप्ति गर्नका लागि योग्य हुनेछन् ।
एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न चाहने संस्थाहरूले वार्षिक साधारण सभा वा विशेष साधारण सभामा सोसम्बन्धी प्रस्ताव पारित गरी सञ्चालक समितिले अख्तियारी प्राप्त गरेको हुनुपर्नेछ ।
तर, विशेष परिस्थिति सिर्जना भएको अवस्थामा आगामी साधारण सभाबाट अनुमोदन गराउने गरी सञ्चालक समितिले गाभ्ने/गाभिने वा प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरिएको छ ।
गाभ्ने/गाभिने वा प्राप्तिमा संलग्न अनुमतिपत्रप्राप्त संस्थाहरूले एक संयुक्त मर्जर वा प्राप्ति समिति गठन गर्न सक्नेछन् ।
सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाहरूले गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बैंकको स्वीकृति नलिई आफूखुशी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निणर्य गर्नसक्ने छैनन् ।
तर, संस्थाहरूबाट गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रियाबाट अलग हुन मनासिव माफिकको कारण खुलाई सञ्चालक समितिको निणर्यसहित निवेदन पेश हुन आएमा बैंकले सैद्धान्तिक सहमति रद्द गरिदिन सक्नेछ ।
गाभ्ने/गाभिने वा प्राप्ति गर्ने अन्तिम स्वीकृति प्राप्त गरेको ३० दिन भित्र एकीकृत कारोवार सञ्चालन गरी सक्नु पर्नेछ ।
डिजिटल पेमेन्ट
खल्ती र थापाथली क्याम्पसबीच डिजिटल शुल्क भुक्तानीको साझेदारी
खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वा…
आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता
आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । स…
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई ललितपुर स्थित क्याट क्याफेमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धोबिघाट, ललितपुर स्थित क्याट क्याफे प्रा.लि. बीच…
अब आइएमई पेमा एनएमबि बैंकको खाता भएकाले सिधै मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न सक्ने
आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकल…
डीजी पे र बिनव क्रीएसन्बीच सम्झौता
मोबाइल वालेट कम्पनी डीजी पे प्रा. लि. र बिनव क्रीएसन् बीच सहकार्यको लागि सम्झौता भए…
डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. …
रेमिट्यान्स दावी गर्दा पाइने बोनसलाई आइएमई पेले निरन्तरता दिने
| आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट…
पहिलो पटक नबिल बैंकले सार्वजनिक गर्याे लाइफ टाइम फ्री क्रेडिट कार्ड
नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले…
आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान किन्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान…
डिजिटल साक्षरताका लागि इसेवा मनि ट्रान्सफरले हस्तान्तरण गर्यो एन्ड्रोइड टिभी
इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर …
सिटिजन्स बैंकका कार्डवाहकहरूलाई दीर्घायु हस्पिटलमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिल, काठमाडौँ स्थित दीर्घायु गुरु हस्पिटल प्र…
सहकारी संस्थाहरूलाई डिजिटल भुक्तानीमा जोड्न आइएमई पे र एम बैंक एपबीच सम्झौता
सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बै…
१ लाख बढीले प्रयोग गर्न थाले हाम्रो पे
नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक मह…
मेट्रो सुपर मार्केटमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट
मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अबसरमा छुट अफर सार्वजनिक गरिएको छ । जसअ…
सिटिजन्स बैंकका कार्डबाहकलाई ओरिएन्ट क्याफेमा १५ प्रतिशतसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओरिएन्ट क्याफेबीच सिटिजन्स बैंकक…