डिजिटल पेमेन्ट
सार्वजनिक भएको २४ घण्टामै हाम्रो पेका १० हजार बढी प्रयोगकर्ता
सार्वजनिक भएको २४ घण्टामै डिजिटल वालेट हाम्रो पेका १० हजार बढी प्रयोगकर्ता पुगेका छन् । हाम्रो पे शुक्रबार सार्वजनिक भएको थियो ।
नेपालको सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले हाम्रो पे सुविधा थप गरेपछि डिजिटल भुक्तानीका लागि छुट्टै एप डाउनलोड गर्नुपर्ने छैन् । हाम्रो पात्रोबाटै हाम्रो पेको सेवा प्रयोग गरी डिजिटल कारोबार गर्न सकिने छ ।
२४ घण्टामै १० हजार बढीले हाम्रो पेमा अकाउन्ट बनाएपनि केवाईसी भेरिफिकेसनमा भने ब्याकलगको समस्या देखिएको छ ।
केवाईसी भेरिफिकेसनमा देखिएको समस्यालाई समाधान गर्न टिम लागिरहेको हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतिले जानकारी दिए ।
साथै हाम्रो पेको च्याटमा १ हजार बढीले च्याट गरेका छन् । ग्राहकहरूलाई २४ सैं घण्टा सपोर्ट दिन हाम्रो पेले आफ्नै च्याटबट तयार पारेको छ ।
हाम्रो पेमा स्प्लिट एक्सपेन्स, पर्सनल एक्सपेन्स ट्रयाकर, लाईभ च्याट कस्टुमर सपोर्ट लगायतका सुविधा छन् । यी बाहेक अन्य डिजिटल वालेटमा भएका टपअप, पैसा ट्रान्सफर, बिल भुक्तानी लगायतका सुविधा छन् ।
हाम्रो पे ६ वटा भाषा नेपाली, अंग्रेजी, मैथेली, डोटेली, नेपाल भाषा, थारू भाषामा प्रयोग गर्न सकिने छ । आगामी दिनमा एपबाटै खरिद गर्न मिल्ने, मर्चेन्ट र प्रयोगकर्ताबीच सिधैं कुराकानी गर्न सकिने, सिधैं रेमिट पठाउन मिल्ने, अफलाइन पेमेन्ट र कर्पोरेटका लागि बल्क पेमेन्टको सुविधा आउने कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुहोस्ः सुपर एपको बाटोमा हाम्रो पात्रो, अब डिजिटल भुक्तानी पनि गर्न सकिने
डिजिटल पेमेन्ट
एनएमबि बैंकले ल्यायो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा
एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा– इन्स्टा बाइ लन्च गरेको छ । यो …
मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहकहरूलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशत सम्म छुट
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाडौँको बसुन्धरामा रहेको चिरायू …
वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने
नेपाल राष्ट्र बैंकले वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क घटाएको छ । भ…
बढ्यो विद्युतीय भुक्तानीको सीमा, अब मोबाइल बैंकिङबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ हुने कारोबारको सिमा बढाएको छ । राष्ट्र बैंकले …
खल्ती ७ औं वर्षमा प्रवेश
खल्ती डिजिटल वालेटले ७ औं वर्षमा प्रवेश गरेको छ । सबै नेपालीलाई वित्तिय पहुँच पु…
६ महिनामा कर्पोरेट पेबाट २०२ अर्ब बढीको कारोबार
कर्पोरेट पे प्रणालीबाट चालु आर्थिक वर्षको ६ महिनामा २०२ अर्ब रूपैयाँको कारोबार भएक…
माइ पे र फोन पेबीच सहकार्य, माइ पे पनि अब फोन पेको नेटवर्कमा
डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माइ पे अब फोन पेको नेटवर्कमा जोडिएको छ । ८ ला…
आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता, सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट
आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता…
फ्रन्टलाइन हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिज…
डिजिटल कारोबार मार्फत भुक्तानी गर्दा सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौँ मेडिकल कलेजमा छुट
सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बै…
मोबाइल , इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड जस्ता सेवा निःशुल्क जारी गर्दै सानिमा बैंक
सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा स…
आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने
विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरल…
फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या
फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…
इमिरेट्स इण्डियाको अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने
इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच …
सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक
सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित यो…