डिजिटल पेमेन्ट
खल्ती ७ औं वर्षमा प्रवेश
खल्ती डिजिटल वालेटले ७ औं वर्षमा प्रवेश गरेको छ । सबै नेपालीलाई वित्तिय पहुँच पुर्याउने उद्देश्यसहित सन् २०१७ जनवरी २६ मा खल्ती स्थापना भएको थियो ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ६ वर्ष विश्रामरहित सहयात्रासँगै खल्ती देशकै लोकप्रिय भुक्तानी सेवा प्रदायक बन्न सफल भएको बताए ।
‘पैसाको नया ठेगाना’ भन्ने नाराका साथ सुरू भएको खल्ती आज धेरै प्रयोगकर्ताको रोजाइमा पर्न सफल भएको छ भने नगद बोक्नुपर्ने झन्झटलाई अन्त्य गर्न लागि परेको छ ।
‘६ वर्षे यात्रमा साथ्, सहयोग, मार्गदर्शन तथा योगदान दिने समस्त प्रयोगकर्ता, नियमनकारी निकाय, कर्मचारी, साझेदार, मर्चेन्ट, एजेन्ट्स, लगायत सबै सरोकारवालाहरु प्रति अनुग्रहित छौं,’ उनले भने, ‘अझै नविनतम प्रविधि प्रयोग गरी आम जनजीवन अझ सहज र उत्पादनशील बनाउने कोशिस जारी राख्ने छौं ।’
खल्तीले माघ १८ (फेब्रवरी १ ) मा खल्ती मेम्बरशिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउने जनाएको छ । यस प्लान अन्तर्गत अझै विशेष अफर र सुविधा प्रधान गरिने छ।
साथै, खल्तीले विभिन्न सझेधारसँग वार्षिकोत्सव मनाउंदै अफर र गिभवे पनि ल्याएको छ। भुक्तानी सेवा बाहेक खल्तीले आफ्नो ब्रान्डको पहिचान पनि बलियो रुपमा सिर्जना गर्दै आएको छ।
आफुलाई ‘युवा र ट्रेन्डी ब्रान्ड’ को रुपमा चिनाउने खल्तीले अधिकांश सञ्चार र दृश्यतालाई युवा पुस्तासँग सजिलैसँग सम्बन्धित हुने गरी केन्द्रीकृत गरेको छ । सबै उमेर समूहका लागि उपयुक्त ब्रान्ड बनाउन सक्दो प्रयास गरिरहेको खल्तीको दावी छ ।
यस वर्षको संदेश ‘के छ , खल्ती छ’ सबै नेपालीले आफ्नो दैनिक कुराकानीमा प्रयोग गर्ने वाक्यांश हो जसको अनुवाद हालखबर सोध्नु हो ।
यो सन्देशको लागि वैकल्पिक व्याख्याहरू पनि छन्, जहाँ 'K' शब्द 'खल्ती' र ‘छ’ शब्द ‘छैठौं वर्ष' जनाउछ, त्यसैगरी यसको अर्को अर्थ 'मसँग खल्ती छ' पनि हुन्छ।
चार युवाको आईडियाबाट सुरू भएको खल्तीमा हाल २५ लाख भन्दा बढीले प्रयोग गरिरहेका छन् भने ६० हजार भन्दा बढी एजेन्ट नेटवर्क देशभर छ ।
खल्तीबाट मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ्ग गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता सेवाहरू अनलाइन भुक्तानी गर्न सकिन्छ ।
डिजिटल पेमेन्ट
फ्रन्टलाइन हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिज…
डिजिटल कारोबार मार्फत भुक्तानी गर्दा सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौँ मेडिकल कलेजमा छुट
सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बै…
मोबाइल , इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड जस्ता सेवा निःशुल्क जारी गर्दै सानिमा बैंक
सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा स…
आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने
विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरल…
फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या
फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…
इमिरेट्स इण्डियाको अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने
इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच …
सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक
सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित यो…
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत सातौँ हप्ताको विजेता सार्वजनिक
दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूल…
फोनपे क्यूआरले पर्यटकलाई सहज पार्दै
पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्…
फोनपे चौंथो वर्षमा प्रवेशः दैनिक ५ अर्ब बढीको कारोबार, १ करोड ७० लाख बढी प्रयोगकर्ता
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे चौंथो वर्षमा प्रवेश गरेको छ । नेपालला…
एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक
ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुक…
फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने
फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न स…
नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले म्याक्स हेल्थकेयर इण्डियामा १२ प्रतिशत छुट पाउने
नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडि…
‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित
नेअनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ 27001ः2013 बाट प्रमाणित भएको छ…
सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना अन्र्तगत अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक
सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहार योजना ल्याएक…