कीवर्डहरू -

डिजिटल पेमेन्ट

दशैंलाई लक्षित गर्दै फोनपेको नयाँ योजना, कारोबार गर्दा हरेक दिन एक लाख जित्ने अवसर

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ ।

यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ ।

यो योजना ग्राहकहरुका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ ।

फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । यस योजनामा अन्य केही शर्तहरु समेत लागु हुनेछन् ।

यसैगरी फोनपेले दशैँको समयमा किनमेल गर्न सहज् र शुलभ होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ ।

फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपे मार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन् ।

यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कार्तिक सम्म पहिलोपटक क्युआर मार्फत भुक्तानी गर्दा तीश प्रतिशत अर्थात् रु तीनसय सम्म छुट पाइनेछ । यसैगरि सानिमा बैंकका ग्राहकहरुले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् रु सय सम्म छुट पाउनेछन् ।

यस्तै गरिमा विकास बैंक र एनसीसी बैंक,एनआइसी एशिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० प्रतिशत अर्थात् रु १०० सम्म छुट पाइनेछ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म,कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत अथवा रु सय छुट प्राप्त गर्न सकिनेछ ।

आइएमइ पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्युआर गर्दा १० प्रतिशत अर्थात् रु सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यस्तै माछापुच्छ्रे्र बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाइने छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।

यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् ।

एक करोड  ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

डिजिटल पेमेन्ट

अहिलेसम्म ४२ हजार बढीले लिए आईएमई पेको भिसा कार्ड, यो वर्ष १ लाखलाई वितरण गर्ने योजना 

अहिलेसम्म ४२ हजार बढी प्रयोगकर्ताले आईएमई पेको भौतिक भिसा कार्ड लिएका छन् । आईएमई …

खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने, यस्तो छ तरिका 

डिजिटल वालेट खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने भएको छ । यसका लागि …

आइएमई र पतञ्जलीबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुस…

खल्ती र क्युएफएक्स बिच सम्झौता, अब मुभी टिकेट काट्न सजिलो हुने

क्युएफएक्स सिनेमाले खल्तीसँग एपको माध्यमबाट टिकेट खरिद गर्नका निम्ति सहकार्य गरेको छ…

डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट

डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …

डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट

डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी …

नमस्ते पेको लोयल्टी पोइन्ट सुरू, कसरी पाउने र खर्च गर्ने ?

डिजिटल वालेट नमस्ते पेले लोयल्टी सेवा सुरू गरेको छ । नमस्ते पेले प्रयोगकर्ताहरूलाई…

माई पेले सार्वजनिक गर्‍यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रूपैयाँ नै हुने 

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ…

एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर, एक हजार जनालाई शतप्रतिशत छात्रवृत्ति

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्या…

आईएमई पेबाट मोबाइल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक, साथमा वानप्लस टेन प्रो जित्ने मौका 

आइएमई पेले मोबाईल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । यस अन्तर्गत कुनै…

खल्तीले फेरि ल्यायो १ रुपैयाँमा फ्लाइट टिकट र आईफोन १३ जित्ने अफर

खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् …

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराज र नेप्सबीच सहकार्य

नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दरा…

९६ प्रतिशत रकम भुक्तानी हुँदा पनि सञ्चालनमा आएन नेशनल पेमेन्ट गेटवे

नेशनल पमेन्ट गेटवे सञ्चालनका लागि सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन स…

जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?

जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल …

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा …