डिजिटल पेमेन्ट
इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजान अग्रणी भूमिका
विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
२०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।
दुई वर्ष अघि संचालनमा आए संगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ ।
त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।
डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिठट्यान्स् पठाउन पाएका छन् । त्यस्तै, यस कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।
हाल, यस कम्पनीका मुलुकभर १८ हजार भन्दा धेरै संख्यामा एजेण्ट नेटवर्क रहेका छन् । इसेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सक्छन् ।
यति मात्र नभएर देशका हरेक क्षेत्रमा रहेका इसेवाका एक लाख भन्दा धेरै एजेण्ट नेटवर्क तथा क्यास पोइन्ट मार्फत पनि सेवाग्राहीले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन् । साथै, इसेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित् गर्दै आकर्षक क्यासव्याक अफरहरु सञ्चालन गर्दै आएको छ ।
दोस्रो वार्षिकोत्सवको अवसरमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए, “कार्य संचालनको २ वर्षमै इसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ ।
हाम्रो यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक वर्ग लगायत सम्पूर्ण शुभचिन्तक हरुलाई दिन चाहान्छु”। आफ्नो सेवा विस्तारका बारे कोइरालाले थप्दै भने, “हामी आउँदा दिनहरुमा थप अन्तराष्ट्रिय साझेदारसँग समन्वय गर्दै थप नेपालीसम्म आफ्नो सेवा विस्तार गर्दै लैजानेछौँ र उनीहरुलाई रेमिट्यान्स कारोवारमा थप सुविधा पुर्याउने छौँ”।
डिजिटल पेमेन्ट
रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्…
अब एनएमबि बैंकका ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी महशुल बिना कुनै झन्झट तिर्न सक्ने
एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग महसुशल भुक्तानीस…
गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्दा अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट
पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा…
न्यू इयर इभमा इसेवा मार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका …
खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने
वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फि…
दराजबाट सामान किन्दा एनएमबी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छ…
मुक्तिनाथ विकास बैंकको डेबिट कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना…
इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्डको बिल भुक्तानी निशुल्क गर्न सकिने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको…
दराजमार्फत सामान किन्दा नेपाल बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका …
क्रेडिट कार्ड शुरू गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा बैंक
कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रे…
ग्लोबल स्मार्ट प्लसबाट अब पेटिएम, गुगल पे जस्ता भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने
ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको ला…
खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने
पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफ…
खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने
भुक्तानी कम्पनी ‘खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले भुक्तानी …
खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र स्मार्टफोन जित्ने मौका
भुक्तानी सेवा प्रदायक खल्तीले ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ नामक नयाँ अफर ल्याएको छ…
अब इसेवाबाटै भुक्तानी गर्नुहोस् खानेपानीको (केयुकेएल) शुल्क
यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी,भकाठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेए…