कीवर्डहरू -

डिजिटल पेमेन्ट

माई पेले सार्वजनिक गर्‍यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रूपैयाँ नै हुने 

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ ।

माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यससँगै माई पे  प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पे को भनाइ छ ।

उदाहरणको लागि तपाईंले माई पे बाट रु १,००० को मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (रु ४०) फिर्ता हुन्छ । जसमा रु २० क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ ।

यसरी प्राप्त भएको क्वाइन अब ग्राहक महानुभावहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नुहुनेछ । मानौं अघिको तपाईको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ ।

अब तपाईंले अर्को कारोबारको रुपमा रु १,००० को कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो । अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।

पहिलो विकल्प छनौट गर्दा तपाईको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा तपाईले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ ।

जस्तो रु १,००० को बिल तिर्दा तपाईंले रु ९८० तपाईको बालेटमा भएको रुपैयाँबाट र रु २० नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ । यस भुक्तानी पछि पनि तपाईंले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले जनाएको छ ।

यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । माई पे का अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यहि समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं ।’


डिजिटल पेमेन्ट

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न दराज र नेप्सबीच सहकार्य

नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दरा…

९६ प्रतिशत रकम भुक्तानी हुँदा पनि सञ्चालनमा आएन नेशनल पेमेन्ट गेटवे

नेशनल पमेन्ट गेटवे सञ्चालनका लागि सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन स…

जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?

जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल …

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा …

गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई ४५ प्रतिशतसम्मको छुट

गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट…

क्रिप्टोकरेन्सी, बिटक्वाइन जस्ता गैरकानुनी कार्यमा आईएमई पे प्रयोग नगर्न अनुरोध, गरे कारबाही हुने 

आईएमई डिजिटल सोलुसनले नेपाल राष्ट्र बैंक क्रिप्टोकरेन्सी, बिटक्वाइन, वान एक्सबेट तथा…

फोनपे नेटवर्कबाट एक महिनामा ६७ अर्बको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कबाट वैशाख महिनामा मात्र ६७ …

इसेवाबाट बीमा शुल्क तिर्दा एक लाख जित्ने अवसर

नेपालको भुक्तानी सेवा प्रदायक इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योज…

सेल पे मार्फत बैंक खाता लिंक गर्दा १०१ रुपैयाँको वालेट ब्यालेन्स प्राप्त गर्न सकिने

नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेले आकर्षक अफर ल्या…

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजान अग्रणी भूमिका 

विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवा मनि ट्र…

नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड प…

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा \'नेपाल पे क्यूआर\' एकीकृत

एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा 'नेपालपे क्यूआर' ल…

ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ्ग हाउसबीच नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको …

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्…

अब एनएमबि बैंकका ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी महशुल बिना कुनै झन्झट तिर्न सक्ने

एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग महसुशल भुक्तानीस…