कीवर्डहरू -

शिक्षा

अब नेपालमै स्नाकोत्तरसम्म एआई पढ्न पाइने, यसै वर्ष सुरु गर्दै छ काठमाडौ विश्वविद्यालयले

काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्ने भएको छ ।

काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट दुई वटा नयाँ शैक्षिक कार्यक्रमहरु आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नाकोत्तर कार्यक्रम सुरु गर्ने भएको छ ।

यो कार्यक्रम शुरु गर्नुको मुख्य उदेश्य स्थानीय तथा विश्वव्यापी रुपमा यस क्षेत्रसँग सम्वन्धित विशेषज्ञहरु उत्पादन गर्नु रहेको काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख बालकृष्ण बालले बताए ।

नेपालमा पहिलो पटक यो शैक्षिक कार्यक्रम काठमाडौ विश्वविद्यालयबाट संचालन गरिन लागेको हो । हाल प्रस्तावित भर्ना सीटहरुको कुल संख्या स्नातक तहमा ३० र स्नाकोत्तर तहमा १० संख्यामा रहेको उक्त कार्यक्रम नेपालको शैक्षिक हबको रुपमा विकसीत हुदै गरेको काभ्रेको पाँचखालमा आवासीय मोडमा संचालन गरिनेछ ।

ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई)

यो कार्यक्रमले पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि व्यवहारीक ज्ञान प्रदान गरिने जनाइएको छ । बालका अनुसार यस कार्यक्रममा इन्टर्नशिपको माध्यमबाट परियोजनामा आधारित सिकाईको माध्यमबाट विद्यार्थीहरुलाइ व्यवहारिक ज्ञानको अनुभव प्रदान गर्नेछ ।

यस कार्यक्रमका स्नातकहरुले एआई प्रविधि र विधिहरु प्रयोग गरि यस कार्यक्रमसंग सम्वन्धित कम्पनी तथा संस्थाहरुमा डाटामा आधारीत निणर्यहरु कार्यान्वयन गर्न सक्नेछन । त्यसैले यो कोर्ष मार्फत सम्बन्धित विद्यार्थीहरुले विभिन्न डाटा विश्लेषण गर्न सक्नुको साथै स्वचालित मेशिन प्रविधि निमार्ण गर्न सक्नेछन ।

यो कार्यक्रम प्राविधिक आधारभुत प्रोग्रामिङ्ग, कम्प्यूटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट शुरु हुनेछ । विस्तारै पछि यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाको साथै पछि कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेशीन लर्निङ्ग, न्यूरल नेटवर्क, कम्प्यूटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

यो कार्यक्रम विज्ञान र इन्जिनियरिङ्ग भन्दा फरक र सहि अर्थमा भन्दा दुबैको मिश्रण मान्न सकिने बताइएको छ । यो कार्यक्रम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता गरिएको छैन । काठमाडौ विश्वविद्यालयको चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख रूपैयाँ निर्धारण गरिएको छ ।

मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एमटेक इन एआई)

यो कार्यक्रम कौशल, ज्ञान, उन्नत गणना, डाटा विज्ञान र एआई अध्ययनसंग सम्बन्धित अभ्यासहरुको लागि हो, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ ।

विशेष गरी यसमा न्युरल नेटवर्क, फज्जी सिस्टम, इभोलुसनरी कम्पुटिसन कभर गरिने जनाइएको छ । यस कार्यक्रमको पाठ्यक्रम भित्र मुख्यतया मसिन लर्निङ, न्युरल नेटवर्क, बिग डेटा एनालाइटिक्स, इन्फर्मेसन रिट्रेभल, फज्जी सिस्टम र इभोलुसनरी कम्पुटिसन समावेश गरिएको छ ।

यस कार्यक्रममा विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङ्गसंग सम्वन्धित व्यवहारिक जीवनका समस्याहरुसंग लड्नको लागी आफुले सिकेको कुराको प्रयोगात्मक परिक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ । यस दुई वर्षे शैक्षिक कार्यक्रको लागि कुल शुल्क ३ लाख ९५ हजार रूपैयाँ निर्धारण गरिएको छ ।


शिक्षा

मेरो स्कूलले ल्यायो ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने

इ-लर्निङ्ग प्लाटफर्म मेरो स्कूलले नयाँ फिचर ‘प्ले एण्ड विन’ क्विज सार्वजनिक गरेको छ । …

अनलाइन कक्षाले तनावमा बालबालिका

नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्ष…

फाइभजीको चटारो नसकिदै सिक्सजीको हतारो, कुन देशले के गर्दैछन् ?

नेपालमा थ्रिजीपछि भर्खर फोरजीको विस्तार हुँदैछ । सबै ठाउँमा फोरजी पुगेको छैन् । फ…

ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले माग्यो २० जना कलाकार

ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले २० जना कलाकार मागेको छ । कम्पनीले शिक्षक र वि…

त्रिभुवन विश्वविद्यालयको समकक्षता अब अनलाइनबाटै पाइने

त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि ह…

डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?

लिभिङ विथ आइसिटीले नेपालमै पहिलो पटक डिजिटल नेपालको विषयमा राष्ट्रिय स्तरको प्रति…

कक्षा १२ को परीक्षा साउन अन्तिम साता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साता…

भिडियो बनाएर अनलाइन कक्षाको अनुभव शेयर गर्दा सय रुपैयाँ, विजेतालाई ल्यापटपसहित थप पुरस्कार 

वेदले खल्तीसँगको सहकार्यमा हातहातमा शिक्षा अभियान ल्याएको छ । विद्यार्थी र शिक्षकलाई…

इन्टरनेटबिना पनि निमा एकेडेमी एपबाट पढ्न सकिने

अब निमा एकेडेमीको मोबाइल एपबाट बिना इन्टरनेट पनि पढ्न सकिने भएको छ । विद्यार्थीहर…

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई अब निःशुल्क पाठ्यपुस्तक

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशु…

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने

त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ …

नेपालको पहिलो आईटी कलेजका संस्थापक केजरीवालको निधन

नेपालको पहिलो सुचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका संस्थापक परमानन्द क…

त्रिविले स्नातक तह प्रथम वर्षको अनलाइनबाटै परीक्षा आवेदन फारम भर्ने समय बढायो 

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले अनलाइनबाटै परीक्षा आव…

प्रयोगात्मक सिकाईको लागि नेपालमै बनेको साइन्स किट सार्वजनिक

प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले क…

महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क

कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ ।…