इभेन्ट
फुजीफिल्मको २४.२ एमपी सेन्सर सहितको एक्स-ए ५ मिररलेस क्यामेरा सार्बजनिक
फुजीफिल्मले कम्पनिकै सबैभन्दा सानो तथा हलुका एक्स सिरिजको मिररलेस क्यामेरा सार्बजनिक गरेको छ । कम्पनिले एक्स-ए ५ संगै एक्ससी १५-४५ एमएम एफ/३.५-५.६ ओआइएस(इलेक्ट्रिक पावर जुम लेन्स) पनि सार्बजनिक गरेको छ । यो कम्पनिले लन्च गरेको मध्ये अहिले सम्मकै सबैभन्दा हलुका तथा सानो जुम अप्सन हो ।
भर्खरै एक्स सिरिजमा भित्रिएको एक्स-ए ५ मा २४.२ मेगापिक्सेलको इमेज सेन्सर रहेको छ । यसका साथै ४ के भिडियो रेकर्डीङ,अटोमेटिक ब्लुटुथ ईमज ट्रान्सफर तथा फेज डीटेक्सन अटोफोकस लगायतका फिचरहरु यसमा रहेका छन् । क्यामेरामा १८० डिग्रीको झुकावको रियर एलसीडी स्क्रिन रहेको छ ।
यसमा नयाँ इमेज प्रोसेसिंङ इन्जिन डेभलप गरिएको कारण कम्पनिले पहिलेका एक्स सिरिजका क्यामेराहरुमा भन्दा प्रोसेसिंङ स्पिड १.५ गुणा बढी भएको दाबि गरेको छ । यो संगै एक्स सिरिजका लेन्सहरु पनि १३ एमएम देखि ६७.५ एमएम सम्मका रहेका छन् । अन चिप फेज डीटेक्सन भएका कारण एक्स-ए ५ सिरिजको क्यामेरामा अटोफोकस अघिल्लो पुस्ताको फुजीफिल्मको एक्स-ए३ क्यामेराको भन्दा दोब्बर छिटो छ ।
३ इन्चको रियर एलसीडी मोनिटर जसलाई १८० डिग्रीमा घुमाउन सकिन्छ,यसका साथै यसले अटोमेटिक रुपमा आई एएफ फंक्सन एक्टिभेट गर्ने भएका कारण यो क्यामेराबाट हाई क्वालिटी सेल्फी पनि लिन सकिन्छ ।
यसमा पोट्रेट इनह्यान्सर मुड रहेको छ,जसबाट आफ्नो आवश्यकता अनुसार स्किनको लेभल पनि बढाउन वा घटाउन सकिन्छ ।
यो क्यामेरामा ४ के क्वालिटीको भिडियो तथा फोटो खिच्नका लागि ४ के फंक्सन रहेको छ । यसमा हाई स्पिड एचडी भिडियो स्पिड फंक्सन भएका कारण यसबाट एचडी भिडियो स्लो मोसन मा पनि लिन सकिने कम्पनिले बताएको छ ।
क्यामेरामा ब्याट्रीको कुरा गर्दा एक्स ए ५ बाट एकपटक चार्ज गरिसकेपछि ४५० वटा सम्म फोटोहरु खिच्न सकिन्छ । यसका साथै क्यामेरामा ब्लुटुथको मद्दतले फोटो तथा भिडियोहरु स्मार्टफोन लगायत अन्य डीभाइसहरुमा अटोमेटिक ट्रान्सफर गर्न पनि सकिन्छ ।
एक्स-ए ५ क्यामेराको मूल्य लेन्स किट सहित ५ सय ९९ तोकिएको छ । त्यस्तै यो क्यामेरा ब्राउन, पिंक ,ब्ल्याक तथा सिल्भर कलरमा उपलब्ध रहेको छ ।
इभेन्ट
शावमिको नयाँ मोडेल मि मिक्स २ अब चाँडै नेपाली बजारमा
अघिल्लो बर्ष सार्बजनिक भएको शावमिको बेजेल लेस स्मार्टफोन मि …
आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट
यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले मा पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपमा उभ्…
ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३
ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको …
ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको ए ७५ र ए ७५ एस
छोटो समयमानै स्मार्टफोनको बजारमा धेरै राम्रो छवि बनाउन सफल स्मार्टफोन कम्पनि ओप्पोले अहिले सम्म धेरै फोनहरु सार्बजनिक गरिसकेको छ ।यहि क्रमलाइ निरन्तरता दि…
सामसङले अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा
केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै&nbs…