फिनटेक
चैत महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब बढीको भुक्तानी
मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबार वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको छ ।
विद्युतीय कारोबार हेर्ने हो भने कनेक्ट आइपिएसमा हरेक महिना वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार चैत महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैया भुक्तानी भएको छ ।
यो यसअघिको महिनाको भन्दा ३१ अर्ब २३ करोडले बढि हो ।
यो महिना भुक्तानीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चैत महिनामा २० लाख ३८ हजार ४ सय ६५ वटा इलेक्ट्रोनिक ट्रान्जेकसन भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५१ अर्ब ५० करोड ६० लाखको भुक्तानी भएको थियो । नौ महिनामा मोबाइल वालेटबाट भएको भुक्तानी ११ अर्ब २ करोड १० लाख रुपैया रहेको छ ।
त्यस्तै, क्युआरकोडबाट भएको भुक्तानी २ अर्ब ७२ करोड २० लाख रुपैया रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
फिनटेक
एनआइसी एसियाको कार्डबाट ग्यापुमा किलमेल गर्दा १५ प्रतिशत क्यासव्याक पाइने
एनआइसी एसिया बैंकको कार्ड प्रयोग गरेर ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म क्यासव्याक पाउने भएका छ…
डिजिटल भुक्तानीमा गर्भनर अधिकारीको ‘लिडरसिप’, यस्तो छ वर्षदिनको प्रगति विवरण
मुलुकमा कोरोना भाइरस संक्रमण बढेसँगै विद्युतीय कारोबारमा वृद्धि भएको छ।
माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा शुरु ग…
बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर …