फिनटेक
फोनपे डाइरेक्ट बाट कुनै पनि बैंकमा २ लाख रूपैयाँसम्म रकम पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रूपैयाँ मात्र शेवा शुल्क लाग्ने भएको छ ।
फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्सफर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो ।
यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठुलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ ।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।
यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाईल एप्सबाट यसले सेवा प्रदान गर्दै आएको छ ।
फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।
फिनटेक
मोबाइल बैंकिङबाट अब प्रतिदिन २ लाख रूपैयाँ सम्म कारोबार गर्न सकिने, वालेटबाट कति ?
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढाएको छ । रा…
‘नमस्ते पे’ आज सार्वजनिक हुँदै, इन्टरनेट नभए पनि रकम पठाउन सकिने
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलि…
एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने
खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट …
भोलिदेखि ‘नमस्ते पे’ सुरु, टेलिकम र वाणिज्य बैंकका ग्राहक तान्ने योजना
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ भोलि मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलिकमले विशेष कार्यक्रमसहित यसक…
अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिट…
अब ५ लाख सम्मको बिजुली बिल खल्तीबाट सजिलै तिर्न सकिने
अब खल्तीबाट ५ लाख रूपैयाँसम्मको विद्युत महशुल तिर्न सकिने भएको छ । यसका लागि खल्ती…
१२ वालेट तथा बैंकबाट अब विद्युत महशुल तिर्न सकिने, ५०० बढीको महशुलमा ५ रूपैयाँ सेवा शुल्क
अनलाइनबाट विद्युतको महशुल तिर्दा अब सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधि…
देशभरका सबै पालिकामा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
देशभरका ७५३ वटै पालिकामा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्…
खल्तीबाट रु. १ मा हवाई टिकट खरिद गर्न सकिने
खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ …
जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने
खल्तीले जाल्टानसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्ती…
इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्…
नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट
मुलुकमा कोरोना संक्रमणले डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला मोबाइल टपअपमा पनि यसको प्रभाव परेको छ।
‘नमस्ते पे’बाट इन्टरनेट नभए पनि रकम पठाउन सकिने, मंगलबारदेखि परीक्षण
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ यही महिनाको अन्तबाट व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप मंगलबारदेख…
नेपाल विद्युत प्राधिकरणकाे विभिन्न पदको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने
खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेकाे आवेदन…
आइएमई पेबाट क्युआर कोड स्क्यान गर्दा १ हजार जित्न सकिने
आइएमई पेले एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्न सकिने योजना ल्याएको छ । ‘एप एक क्…