ग्याजेट्स
सामसुङ एस ९ भर्सेज हुवावे पी २०
बिश्व चर्चित कोरियन ब्रान्ड सामसुङका स्मार्टफोनहरु बिश्व बजारमा अत्यन्तै लोकप्रिय मानिन्छन । बर्ष भरिमा सामसुङ धेरै सिरिजका फोनहरु सार्वजनिक गर्ने गर्दछ । यसै क्रममा सामसुङले २०१८ को सुरुवातमा सामसुङले आफ्नो बहुप्रतिक्षित फ्लागशिप स्मार्टफोन,ग्यालेक्सी एस ९ र एस ९ प्लस बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेस इभेन्टमा सार्वजनिक गरेको थियो ।
आफ्ना स्मार्टफोन बिश्वबजारमा सार्वजनिक गरेको केहि दिन पछि नेपाली बजारमा पनि सामसुङले यो बर्षको फ्ल्यागशिप मोडल फोनहरु सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस सार्वजनिक गरेको थियो । सामसुङले फ्ल्याग्शिप मोडेल एस ९ मा नयाँ प्रबिधी सहितका बिल्कुलै नयाँ फिचरहरु समेत समाबेश गरेको छ ।
साथै हुवावे कम्पनि चाइनाको ठुलो स्मार्टफोन निर्माण कम्पनि हो । हुवावेले ट्याब्लेट तथा स्मार्टवाच पनि निर्माण गर्ने गर्दछ । हुवावे छोटो समयमानै बिश्व बजारमा राम्रो पकड जमाउन सफल कम्पनि हो ।स्मार्टफोनको प्रतिस्पर्धात्मक बजारमा हुवावेका नयाँ प्रबिधि र नयाँ फिचर सहितका धेरै फोनहरु सार्वजनिक भएका छन् । हुवावेले पनि बर्ष भरि राम्रा गुणस्तरका विभिन्न सिरिजका स्मार्टफोनहरु सार्वजनिक गर्ने गर्दछ । हुवावेले बर्षकै उत्कृष्ट स्मार्टफोन पी २० मोडल बिश्वबजारमा २०१८ को मार्चमा सार्वजनिक गरेको थियो ।
सामसुङको एस ९ र हुवावे पी २० दुवै कम्पनिको यस बर्ष २०१८ को उत्कृष्ट फोनहरु हुन । दुवै फोनमा अत्याधुनिक प्रबिधि सहितका फिचरहरु समाबेश गरिएका छन् । फोनमा पावरफुल ब्याट्री,ग्लास,चिपसेट तथा प्रोसेसर लगायतका सामग्रीहरु छन् । लगभग उस्तै उस्तै मूल्य भएका यी हाइ रेन्जका फोनहरु बिश्व बजारमा चर्चित छन् र उत्तिकै रुचाईएका पनि छन् । साथै बजारमा खरो प्रतिस्पर्धा गरिरहेका छन् । यी दुवै फोनका फिचरका बारेमा तुलनात्मक रुपमा तल चर्चा गरिएको छ ।
डिस्प्ले
हुवावेको पी २० मा डिस्प्लेको कुरा गर्दा आइपीएस एलसीडी छ, ८०.२१५ स्क्रिन रेसियो,४२९ पीपीआइ पिक्सेल डेन्सीटि तथा ५.८ इन्च स्क्रिन साइज छ ।साथै १०८०ह२२४० पिक्सेल फुल एचडी रेजोलुसन छ। भने सामसुङको एस ९ मा भने सुपर एमोलेड डिस्प्ले छ। ८४.५१ स्क्रिन रेसियो,५६८ पीपीआइ,र ५.८ इन्च स्क्रिन साइज छ भने यसको रेजोलुसन १४४०र२९६० पिक्सेल छ फ्रन्ट र ब्याकमा गोरिल्ला ग्लास ५ प्रोटेक्सन दिईएको छ ।
एस ९ को रेजोलुसन हुवावे पी २० को भन्दा धेरै छ,यसकारण स्क्रिन साइज उही भएता पनि दुवैमा पिक्चर क्वालिटी भने फरक हुन्छ । एस ९ मोडलमा अक्टाकोर प्रोसेसर स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेट प्रयोग भएको छ ।
यसका साथै ४ जीबी र्याम प्रयोग भएको यो डिभाइमा ६४र१२८र२५६ जीबी इन्टरल स्टोरेज भेरिएन्टमा उपलब्ध छ र एसडी कार्डको सहयोगमा ४०० जीबी सम्म बढाउन समेत सकिन्छ । साथै समसुङको यो फ्ल्याग्शिप मोडल एन्ड्रोइड अपरेटिंग सिस्टम ८.० ओरियोमा रन गर्छ ।
हुवावे पी २० मा १.८ जिएचजेड अक्टाकोर किरिन ९७० प्रोसेसरका साथै ४ जीबी र्याम छ ।यो फोनमा इन्टरनल स्टोरेज १२८ जीबी छ र २५६ जीबी सम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ । यसमा पनि अपरेटिंग सिस्टम ८.० ओरियो छ । दुवै फोनहरुले उस्तै प्रदर्शन गर्ने भएका कारण पर्फर्मेन्सको हिसाबले दुबै ब्रान्डका फोनहरु बराबर लिन सकिन्छ ।
क्यामेरा
सामसुङ को एस ९ फोनमा क्यामेराको कुरा गर्दा यसमा डबल एपर्चर रहेको छ । रीयरमा एफर१.५(एफर२.४ एपर्चर सहितको १२ एमपिको क्यामेरा छ । यसमा डुअल पिक्सेल पीडीएएफ,ओआईएस,एलइडी फ्ल्याश आदि फिचर्स रहेका छन् । सेल्फीका लागि भने एफर१.७ एपर्चर सहितको ८ एमपी क्यामेरा राखिएको छ । यसमा रहेको डबल एपर्चरको प्रयोग गरेर यो फोनबाट प्रोफेसनल फोटोग्राफी समेत गर्न सकिन्छ ।
यो स्मार्टफोनमा अप्टिकल इमेज स्टेबीलाईजेसन छ,जसले फेस डिटेक्सन र हाइ डायनामिक रेन्ज (ज्म्च्) सपोर्ट गर्दछ । साथै सामसुङको यो फोनमा सुपर स्पिड सेन्सर र सुपर स्लो मोसन फिचर समेत समावेस छ ।
हुवावेको भने डुअल प्राइमरी क्यामेरा छ,जसमा १२ एमपीको सेन्सर छ जसको एपर्चर एफर१.८ छ भने अर्को २० एमपीको सेन्सर छ,जसमा एफर१.६ एपर्चर छ । क्यामेरामा फेज डिटेक्सन,लेजर अटोफोकस,एलईडी फ्ल्याश आदि फिचरहरु रहेका छन् । साथै सेकेण्डरी क्यामेरा भने २४ एमपीको छ जसको एपर्चर एफर२.० छ । पी २० एआइ इमेज प्रोसेसीङ इन्जिन सहित आएको छ । यसमा कलर टेम्परेचर सेन्सर छ जसले फोटोमा व्ह्वाइट ब्यालेन्स मिलाउने काम गर्दछ ।
मल्टिमिडिया तथा ब्याट्री
हुवावे पी २० को ब्याट्री क्षमता (लायन) ३४०० एमएएच रहेको छ र साथै फोनमा क्वीक् चार्जिङ फिचर समेत समाबेश गरिएको छ । यसका साथै सामसुङ एस ९ मा पनि ३००० एमएएचको लायन ब्याट्री छ। र यसमा पनि क्वीक चार्जीङ फिचर रहेको छ । यो दुबै फोनको ब्याट्रीमा खासै भिन्नता छैन । सामसुङले यी फोनमा डल्बी एटमस स्पिकर जडान गरेको छ। यसकारण ह्यान्डसेटले सिनेम्याटिक साउण्ड उत्पादन गर्दछ । यसमा ३.५ एमएम अडीयो ज्याक छ । हुवावे पी २० मा पनि डल्बी एटमसको अडीयो फिचर छ र युएसबि टाईप् सी अडीयो ज्याक छ ।
स्पेसल फिचर
हुवावे पी २० मा फिंगरप्रिन्ट सेन्सर फ्रन्टमा छ । यसमा लाइट सेन्सर, प्रोक्सीमिटि, एक्सेलेरोमिटर, कम्पास, जायरोस्कोप लगायतका सेन्सरहरु उपलब्ध छन् । तर सामसुङमा भने फिंगरप्रिन्ट सेन्सर रियरमा छ,र यसमा लाइट,आरजीबि डब्ल्यु,ब्यारोमिटर तथा कम्पास जस्ता सेन्सरहरु उपलब्ध छन । फोनको थप सुरक्षाको निमित्त ग्यालेक्सी एस ९ मा इन्टेलीजेन्ट स्क्यान समेत दिईएको छ । इन्टेलीजेन्ट स्क्यानमा फेस तथा आइरिस स्क्यानर समाबेश छ।
आइफोन एक्समा जस्तै सामसुङ एस ९ मा पनि एनइमोजीको फिचर रहेको छ । यो फिचरले युजरको फेस अनुसारको इमोजी तयार गर्दछ । यसमा इमोजी कार्टुनको स्किन कलर र ड्रेस युजरले आफ्नो इच्छा अनुसारको बनाउन सक्छन् । थप यो फिचरमा युजरले चस्मा,हेयर स्टायल आदि समेत परिवर्तन गर्न सक्छन् ।
मुल्य
हुवावे पि २० को मुल्य ७४, ९०० रहेको छ भने सामसुङ एस ९ को मुल्य ९२, ००० रहेको छ । यसैगरी पि २० प्रोको मुल्य नेपाली बजारमा ९९, ९०० रहेको छ भने सामसुङ एस ९ प्लसको मुल्य १ लाख ४ हजार ९ सय रहको छ ।
मुल्यको हिसाबले यि दुइ ब्राण्डका फ्लागशिप फोनमा खासै ठुलो फरक भने छैन । सामसुङलाई बजारमा टक्कर दिइरहेको हुवावेका हाइरेन्जका फोनहरु सामसुङको तुलनामा कम बिक्री भएपनि विशेषता र प्रविधिका हिसाबले कमि छैन । माथि उल्लेखित विशेषता अध्ययन गरेर छान्न सक्नुहुनेछ ।
ग्याजेट्स
मिड रेन्जको काम लाग्ने स्मार्टफोन - हुवावे वाई ९
स्मार्टफोन इन्डस्ट्रीमा हुवावे प्रचलित नाम हो । बिगत केहि समय यता हुवावेले आधुनिक फिचर सहितका नयाँ मोडलका स्मार्टफोनहरु विश्वबजारमा ल्याएको छ ।
…
ओपोद्वारा स्मार्ट सेल्फीका लागि ए८३ को नयाँ भर्सन सार्वजनिक
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । ए ८३ २०१८ यसै बर्षको ज्यानुअरी महिनामा सार्वजनिक गरिएको लो…
मिड रेन्जको राम्रो स्मार्टफोन - सामसुङ जे सेभेन प्राइम २
अहिले नेपाली बजारमा मध्यम खाले फोनहरु धेरै प्रचलित छन । यसैलाई मध्यनजर गर्दै विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी सामसुङले जे सेभेन ग्यालेक्सी प्राइम २ नेपालमा …
ओपोद्वारा बैशाख ११ गते नेपालमा एफसेवेन सार्वजनिक गर्ने घोषणा
ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । काठमाडौंमा ओपो एफसेवेन सार्वजनिकका लागि आयोजना हु…
२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरे…
ओपो ए ७१ (२०१८) सार्वजनिक, एआई प्रविधिको प्रयोग
सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक गरेको छ । ओपोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्यू…
रिभ्यू : मि मिक्स २ Vs वान प्लस ५ टी
कुनै समय थियो जब चाइनिज मोबाइल भन्दा उपभोक्ताले नाक खुम्च्याउने गर्दथे र हेयका दृष्टिले हेर्ने गर्दथे । तर विस्तारै अहिले विश्व बजारमा चाइनीज प्रोडक्ट स्थापि…
कपडाको अनलाइन स्टोर - कपडा डटकम
अहिले अनलाइन सपिङको बढ्दो बजारलाइ आत्मसाथ गर्दै नेपालमा पनि विभिन्न अनलाइन स्टोरहरु सञ्चालनमा आइरहेका छन । लण्डनबाट सुरु भएको कपडा डटकमले अब नेपालीहरुम…
नोकिया ८
विश्व प्रसिद्ध मोवाईल कम्पनि नोकियाकोे नोकिया ८ अब नेपाली बजारमा आईसकेको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसन स्मार्टफोन हो ।
…
एचटिसी ड्जाइर १० प्रो
एचटिसी विश्वमा कहलिएको नामुद स्मार्टफोन कम्पनी हो । नेपालमा भने यसले तहल्का पिट्न नसकेपनि ब्राण्ड खोजेर किन्नेहरुको लागि यो राम्रो अप्सन हो । अहिले नया वित…
मिडरेन्ज स्मार्टफोन - हुवावे नोभा टु आइ
चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेले गत महिना अन्तर्रा्ष्ट्रिय बजारमा सार्वजनिक गरेको फोन ‘नोभा टु आइ’ नेपाली बजारमा भित्रिएको छ । यसमा प्रयोग भएको हुव…
वानप्लस ५ टि अब नेपालमा, ८ जीबीको र्याम र २० मेगापिक्सलको क्यामेरा
वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ ।
‘वानप्ल…