ग्याजेट्स
अनरको नयाँ ट्याबलेट सार्वजनिक, वाईफाई सिक्स, फाइभजी सँगै ७२५० एमएएचको ब्याट्री
हुवावेको सब ब्राण्ड अनरले चीनमा फाइभजी ट्याबलेट अनर भीसिक्स सार्वजनिक गरेको छ । अनरको भीसिक्स ट्याबलेटमा १०.४ इन्चको डिस्प्ले रहेको छ ।
यो ट्याबलेट किरिण ९८५ प्रोसेसरबाट सञ्चालित रहेको छ । अनरको यस ट्याबलेटमा एन्ड्रोइड १० अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।
६ जीबी र्याम रहेको यस ट्याबलेट ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध रहेको छ । इन्टर्नल स्टोरेज ५१२ जीबीसम्म बढाउन सकिनेछ ।
एन्ड्रोइडमा आधारित यस ट्याबलेटमा १३ मेगापिक्सेलको सिंगल लेन्स रियर क्यामेरा रहेको छ । भने ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।
अनर भीसिक्स चार स्पीकर र चार माइक्रोफोनमा आउँछ । यसमा ७२५० एमएएचको ब्याट्री रहेको छ । यसले फास्ट चार्जिङको सपोर्ट गर्नेछ । फाइभजी सँगै यसमा वाईफाई सिक्स, ब्लुटुथ, जीपीएस र युएसबी टाइप सी कनेक्टीभिटिको विकल्प रहेको छ ।
कम्पनीले अनर भीसिक्सको मूल्य र उपलब्धता बारे अझै घोषणा गरेको छैन । कम्पनीले आगामी जुनमा मूल्य र प्रडक्ट रिलिज मिति सार्वजनिक गर्नेछ ।
ग्याजेट्स
डिजिटल लर्निङको लागि यस्ता छन टुल्स र प्रविधिहरु
अहिले धेरै विद्यालय तथा कलेजहरुले विभिन्न अनलाइन टुल्सहरु मार्फत अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन । धेरैले जुम मार्फत कक्षाहरु सञ्चालन गरेको पाइएको छ …
एप्पलले सार्वजनिक गर्यो नयाँ म्याक बुक प्रो, बटरफ्लाई किबोर्डको अन्त्यसँगै म्याजिक किबोर्डको प्रयोग
एप्पलले सोमबार १३ इन्चको म्याक बुक प्रोको मोडिफाई भर्सन सार्वजनिक गरेको छ । एप्पलले …
कोरानाको जाखिम कम गर्न \' प्रो फेस एक्स\' उपयुक्त
बारकोड नेपालले नेपालमै पहिलो भित्रयाएको प्रडक्ट हो 'प्रो फेस एक्स' । बारकोड प्रो फेस एक्सको आधिकारिक वितरक पनि हो । बारकोडले क्यान इन्फोटेकमा प्रो फेस एक्स…
जीपीएस सिस्टम प्रयोग गरिएको एक्स ल्याब डीडब्लु ०२८ स्मार्टवाच
एक्स ल्याब डिडब्लु ०२८ स्मार्ट वाच जीपीएस सिस्टम प्रयोग गरी बनाइएको एउटा स्मार्टवाच हो…
इन्ट्री लेभल ट्याबलेट ‘अल्काटेल थ्रिटी टेन’
नेपाली बजारमा अल्काटेल थ्रिटी टेन ट्याबलेट उपलब्ध रहेको छ । यो १० इन्चको आइपीएस एलसीडी सँगै एचडी डिस्प्लेमा उपल्ध रह…
आठ जीबी र्याम सहित ओपो एफ १५ नेपालमा
ओपोले नेपाली बजारमा ओपो एफ १५ फोन सार्वजनिक गरेको छ । आपोले सार्वजनिक गरेको एफ …
एआई ट्रीपल क्यामेरा भएको हुवावे सेभेन पी नेपालमा
हुवावे कन्…
रियलमी एक्स ५० प्रो फाइभ जी
रियलमी एक्स ५० प्रो फाइभ जी मोबाइल सार्वजनिक भएको छ । ६.४ इन्चको सुपर एमोलेड…
६ हजार एमएएचको ब्याट्री रहेको ग्यालेक्सी एम ३१
सामसुङले ग्यालेक्सी एम ३१ सार्वजनिक गरेको छ । यसमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । फुल एचडी प्लस रिसोलुसन भएको ग्यालेक्सी एम ३१ मा र जीबी र्याम …
लेनोभो योगा ५३० ल्यापटप
नेपाली बजारमा उपलब्ध लेनोभो योगा ५३० ल्यापटप पारखीका लागि एक उत्कृष्ट रोजाइ हुन सक्छ । स्टाइलिस र पोर्टेबल रहेको यो ल्यापटप विद्यार्थी, युवादेखि बिजनेश म्यान…