कीवर्डहरू -

अन्तर्वाता/विचार

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

\"\" रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल ग्रुपका कार्यकारी निर्देशक हुन् । यो ग्रुप इनभेस्टमेन्ट र होल्डिङ कम्पनी हो जुन कम्पनीले नेपालमा विभिन्न संस्था सञ्चालन गरेको छ । फुयाल नेपाल आन्टप्रनर्स हबका समेत सह–संस्थापक हुन् । यो हबले नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवं स्टार्टअप कम्युनिटीलाई सहयोग गर्न स्टार्टअप विकेन्ड, स्पार्क मेन्टरिगं, स्पार्क इम्प्याक्ट एवं स्पार्क टक र विभिन्न ह्याकथन र मिटअपहरु गरिरहेको छ । फुयालले Local Interventions Group को टेक र इन्नोभेसन एजेन्डालाई पनि नेतृत्व गरिरहेका छन् । उनी आइसिटी अवार्ड २०१७ का जुरी कोओर्डिनेटर पनि हुन् :

नेपालमा सूचना प्रविधिमा आधारित स्टार्टअप प्रडक्टहरूले अपेक्षित सफलता नपाउनुको मुख्य कारण केलाई मान्नुहुन्छ ?
हामी अहिले स्टार्टअप कल्चरको अर्ली स्टेज (सुरुवाती चरण)मै छौं । यही कारण राम्रा प्रडक्ट आउन नसकेका हुन् । बाहिरको अवस्था हेर्ने हो भने आन्ट्रप्रेनरहरु रातारात सफल नभई ५ वर्ष, १० वर्षको चरण पार गरेर आएका छन् । नेपालको सन्दर्भमा स्टार्टअपहरु चाँडै ‘डाई डाउन’ भइरहेका छन् । उनीहरु त्यति वर्ष कुर्न सकेनन् । कतिपय प्रडक्ट मार्केटभन्दा चाँडै आएका छन् । मार्केट साइज सानो छ । युजरको पेइङ क्यापासिटी कमजोर छ । यसकारण प्रडक्ट एडप्ट हुन सकिरहेका छैनन् । अर्को कुरा मार्केटमा गएर प्रपर मार्केटिङ गर्न नसकेका प्रडक्ट पनि छन् । समग्रमा प्रडक्ट चाँडै ल्याउनु, लक्षित उपभोक्तामा पुग्न नसक्नु र बिजनेश पावर नभएका कारण स्टार्टअप प्रडक्ट फेलर भइरहेका हुन् ।

हामी नेपालीहरु आइडियालाई ठूलो मान्छौं । तर, त्यो आइडियालाई एक्ज्युकेशन लेभल र मोनिटाइजेशन गर्ने भनेर सुरुमा सोच्दै सोच्दैनौं ।

असफल भएका प्रडक्ट मार्केटले अप्रिसिएट गर्दागर्दै पनि मोनिटाइजेशनमा चुकेको देखिन्छ, किन होला ?
म आफै पनि विगत ६/७ वर्षयता स्टार्टअप सिनारियोमा काम गरिरहेको छु, स्टार्टअपलाई मेन्टर गरिरहेको छु । हामी नेपालीहरु आइडियालाई ठूलो मान्छौं । तर, त्यो आइडियालाई एक्ज्युकेशन लेभल र मोनिटाइजेशन गर्ने भनेर सुरुमा सोच्दै सोच्दैनौं । मार्केटमा मेरो आइडिया चल्छ भनेर सोच्छौं । तर, भोलि यसले आर्थिक लाभ दिन्छ कि दिँदैन भनेर सोच्दैनौं । यसमा नेपालका स्टार्टअपहरुको ‘स्ट्रेस’ कम देखिरहेको छु ।

नेपाली स्टार्टअपहरूमा मिलेर काम गर्ने संस्कृतिको पनि अभाव देखिएको हो ?
यो कल्चरल प्रोब्लम नै हो । यहाँ पार्टनरसिपमा काम गर्ने वा धेरै पार्टनरहरु बनाउने प्रचलन एकदमै थोरै छ । आफ्नो आइडिया भएका कारण त्यसको मालिक आफै बन्नुपर्ने सोच छ । फेसबुक, गुगल, एप्पलको कुरा गर्नुहुन्छ भने पनि त्यहाँ आइडिया इनिसिएटर वा सिइओको मात्रै सेयर हुँदैन । नेपालमा बरु सानो कम्पनी खोली आफै म्यानेजिङ डाइरेक्टर बन्न खोज्ने तर ५०औं करोडको मल्टिपार्टनरसिपका कम्पनी रन गर्ने सोच देखिँदैन । यसले मार्केट साइजलाई पनि रोक्छ ।

आन्ट्रप्रेनरको हिम्मतले निर्धारण गर्छ भोलिको बिजनेश । बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस् ।

नेपालमा भेन्चर क्यापिटल र सिड फन्डिङको अभावमा पनि धेरै स्टार्टअपहरूको स्केल अप नभइरहेको बताइन्छ नि ?
हामी विदेशको मार्केट हेर्छौं र त्यस्तै मार्केटको परिकल्पना नेपालमा बसेर गर्छौं । वास्तवमा त्यहाँको मार्केट ‘मच्योर्ड’ भइसकेको छ, आन्ट्रप्रेनरहरु ‘मच्योर्ड’ भएर आइरहेका छन् । त्यहाँ ‘इन्भेस्टर’ले आइडियामा लगानी गर्ने होइनन्, मान्छे (आन्ट्रप्रेनर/टिम)मै गर्ने हुन् । भोलि नेपालमा भेन्चर्स क्यापिटल वा सिड फन्डिङ आउँदा पनि आन्ट्रपे्रनरमाथि नै इन्भेस्ट गर्नेछन् । बाहिर एक लाख युजर भइसक्दा पनि ऊ स्टार्टअप नै हुन्छ र उसको भविष्यको बिजनेशलाई हेरेर लगानीकर्ता आउने हुन् । नेपालमा ५ जना युजर भए पनि ऊ स्टार्टअप हुन्छ । यस्तो अवस्थामा इन्भेस्टर्स पाउन मुस्किल हुन्छ ।

आगामी स्टार्टअपहरूका लागि तपाईंका टिप्स ?
मेरो पहिलो टिप्स– नडराउनुहोस् फेल भएर केही हुँदैन । किनकि, विश्वमा ९० प्रतिशत प्रडक्ट सुरुमा फेल हुने गर्छन् । आन्ट्रप्रेनरको हिम्मतले निर्धारण गर्छ भोलिको बिजनेश । बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस् । अहिले आफ्नो आइडियालाई भ्यालुएट गर्ने, एक्सिलेरेट गर्ने, मेन्टरसिप पाउने थुप्रै प्लेटफर्म छन्, त्यसको सहयोग लिनुहोस् । आइडिया कसैले चोर्ला भनेर चिन्तित हुन छाडिदिनुहोस्, तपार्इंको एक्ज्युकेशन कसैले चोर्न सक्दैन । मार्केटमा प्रडक्ट टेस्ट गर्ने, प्रपर सर्भे गर्ने र व्यावसायिक रुपमा हरेक कोणबाट पहिल्यै अध्ययन गर्नुहोस् ।

प्रस्तुति : शिव बस्नेत

अन्तर्वाता/विचार

नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठलाइ नाइजेरियामा बिशेष सम्मान

काठमाडौँ – नेपाल खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ पश्चीम अफ्रिकी मुलुक नाईजेरियामा हुन गईरहेको कार्याक्रम मा जाँदै हुनुहुन्छ जहाँ विश्…

इथिकल ह्याकर अर्विन गोदार भन्छन्– ‘नेपालमा बग बाउन्टी प्रोग्रामकाे कल्चर नै छैन’

‘ह्याकिङ’ शब्द सुन्नेबित्तिकै धेरै नेपालीले अझै ‘अपराध’ र ‘नराम्रो’ भनेरै बुझ्छन् । अरु प्रकृतिका अपराधीभन्दा ह्याकर अझै खतरनाक हुन् भन्ने सोच उनीहरुको छ । …

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी समितीको सह–आयोज…