कीवर्डहरू -

अन्तर्वाता/विचार

२ वर्षका लागि क्यान महासंघको रोडम्याप बनाएका छौ

रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ

आज चौथो दिनसम्म आउँदा क्यान इन्फोटेक कसरी सञ्चालन भइरहेको पाउनुभएको छ ? 
निश्चय नै तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ अक्सफोर्डले चितवन जिल्लामा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको मैले पाएको छु । हामीले केन्द्रमा मात्रै होइन, यस्ता इन्फोटेक अब मोफसलमा गरी नवीनतम प्रविधको जानकारी हरेक तप्काका दिनुपर्छ भन्ने आशयले चितवनमा गर्ने 
निर्णय गरेका हौं । 
यसको आयोजकका रुपमा रहेको क्यान महासंघ चितवन शाखाले उत्कृष्ट इन्फोटेक आयोजना गरेको अनुभूति गरेको छु । मुख्य कुरा यहाँ मलाई राम्रो लागेको भनेको व्यवस्थित प्रदर्शनी कक्ष हो । अन्तर्राष्ट्रियस्तरको यस्तो प्रदर्शनी कक्ष काठमाडौंमा भइदिने हो भने पनि धेरै व्यवस्थित इन्फोटेक गर्न सकिने थियो । त्यस्तै चितवन आसपासका ठाउँहरुबाट इन्फोटेक हेर्न आउने संख्या पनि बढेको छ ।

मोफसलका अन्य जिल्लामा पनि इन्फोटेक गर्ने तयारी छ कि ?
हामीले चितवनलगत्तै बुटवलमा क्यान इन्फोटेक गर्दै छौं । बुटवलका साथीहरुले निकै तयारीका साथ काम गरिरहेको पाएको छु । त्यस्तै बर्सेनि इन्फोटेक गर्दै आएको क्यान कास्कीले पनि यसपटक झनै उत्कृष्ट इन्फोटेक गर्ने तयारी गरेको छ । सुनसरीमा पहिलो पटक इन्फोटेक हुन लागेकाले त्यसको व्यवस्थापनका लागि भने हामीले थप तयारी गर्नुपर्ने देखेको छु । 
चितवन क्यान इन्फोटेककै दौरान क्यान महासंघको रणनीतिक बैठक पनि बसेको छ, केके विषयमा छलफल भएको छ ?
हामीले २ वर्षका लागि क्यान महासंघको कार्यसमितिले अवलम्बन गर्ने कार्ययोजना यो बैठकबाट तय गर्दै छौं । साथीहरुले आआफ्नो तर्फबाट बनाइ राखेपछि हामीले संगठन, आइसिटी क्षेत्र, नीति निर्माण तह आदि विषयमा रोडम्याप बनाउँदै छौं । 
 

अन्तर्वाता/विचार

एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल

आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा

पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ

हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले आइटी मिटको आयोजना गरेका छन । सन २००६ बाट सुरुवात गरिएको आइटी मिटको यो सातौं संस्करण हो …

नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा

नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षाका विषयमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । एनआइसी एसिया बैंकको स्विफ्ट प्रणाली ह्याक गरेर रकम स्थानान्त…

युवाहरुलाई अवसर अनलाइन जब

अनुज कुलुङ

\"\"

फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ

मीन प्रसाद अर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण

 

यसअघि हामी म्यानुअल सिस्टममा थियौ । अब आइएमइआर दर्तालाई अनलाइन प्रणा…

भविष्यको आधार आइटी शिक्षा : कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?

हामी नेपालमा भविष्य नै छैन भन्दै विदेश दगुरिरहेका हुन्छौं । देश, नेता र यहाँको बेथिती सराप्दै मुग्लान छिर्नु धेरैको रहर नहोला तर, २१औं शताब्दी र विश्…

क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि…

दूरसञ्चारको क्षेत्रमा स्पष्ट परिवर्तन देखिने गरी काम गरेका छौं : अध्यक्ष झा

दिगम्बर झा नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् । २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका उनीविरुद्ध अध्यक्षका ल…