कीवर्डहरू -

अन्तर्वाता/विचार

क्रिकेट छोडेर आइटीमा जम्दै \'भावना भिमिरे\'

भावना घिमिरे लाई धेरैले नेपाल क्रिकेट संघ (क्यान)को पहिलो प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा चिन्छन् । उनले लामो समयसम्म क्यानको गुटबन्दी र विवाद झेलेर भए पनि नेपाली क्रिकेटका लागि केही गर्न खोजिन् । क्रिकेट लामो समयसम्म बन्दी भइरहँदा उनको मेहनत बालुवामा पानीझैं बन्न पुग्यो । अन्ततः क्यानको सिइओबाट राजिनामा दिएकी उनको परिचय अहिले फेरिएको छ ।

उनी इन्टरनेश्नल भिडियो अन डिमान्ड सर्भिस आइफ्ल्क्सिकी नेपालकी कन्ट्री लिड हुन् । क्रिकेटको ‘पब्लिक जब’बाट आइफ्ल्क्सिको ‘कर्पोरेट जब’मा अभ्यस्त भइरहेकी घिमिरेसँग  नेपालमा आइफ्ल्क्सिको बजार र व्यवसायिक योजबारे लिभिङ विथ आइसिटीका शिव बस्नेतले कुराकानी गरेका छन् :

क्रिकेट छोडेर आइटी उद्योगमा आउनुभयो नि ? कसरी जुर्यो यो अवसर ?
नेपाल क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत पदबाट राजनीनामा दिएपछि फरक कामहरुमा आबद्ध हुन चाहिरहेको थिएँ । मलाई चुनौतीपूर्ण कामहरु गर्न मन पर्छ । मैले त्यस्तै अवसर खोजिरेकी थिएँ । म आइफ्ल्क्सिमा आउनुभन्दा अघि योन्डर म्युजिक नामक एपलाई नेपालमा इन्ट्रोड्युस गर्नमा योगदान दिन पाएँ ।  एफडिआई रजिस्ट्रेसन गरेर एक वर्ष म आफैं कन्ट्री म्यानेजर भएर योन्डर म्युजिक सञ्चालन गराएको थिएँ । यसकै अनुभवले आइफ्ल्क्सिको नेपाल बिजनेश अघि बढाउने अवसर मिलेको छ । मलाई क्रिकेट छोडेर आइटीमा आउनुमा त्यस्तो अप्ठ्यारो भएन । म आफैं आइटीकै वातावरणमा विदेशमा बसेर आएँ । मेरो श्रीमान् पनि आइटी पृष्ठभूमिकै हुनुहुन्छ । भाइ पनि आइटी इन्जिनियर नै हो । आइटीको डेभलपमेन्टमा अपटुडेट नै थिएँ । बिजनेशका हिसाबले चैं मेरो लागि यो नयाँ थियो । योन्डर म्युजिकपछि सेटअप भएको आइफ्ल्क्सिमा मैले कन्ट्री लिडकै भूमिकामा काम गरिरहेकी छु ।

हामीले धेरै कन्टेन्टहरु जस्तै कोरियन, पाकिस्तानी, इन्डोनेसियन, चाइनिज आदि कन्टेन्टहरु नेपालीमा सबटाइटल उपलब्ध गराउँछौं । वेस्टर्न सिरिज, मुभीहरु, फ्ल्यास एरोजस्ता सबै कन्टेन्ट छन् । कस्टुमरलाई वान स्टप सोलुसन्स दिएका छौं भन्न चाहन्छु ।

कुन क्षेत्रमा काम गर्न सहज हुँदो रहेछ ? क्रिकेटमा बढी नै राजनीति हुन्थ्यो, यहाँ कामको वातावरण कस्तो छ ?
यो बिजनेश भयो । यसमा कसैको हस्तक्षेप छैन । हामीसँग स्पेसिफिक टार्गेट हुन्छ । भिजन क्लियर हुन्छ । क्रिकेटमा केही अप्ठ्यारा छन् । धेरै स्टेकहोल्डर भएका हुनाले उहाँहरु सबैलाई मिलाएर जानुपर्ने हुन्छ । अहिले गरिरहेको काम पूर्णरुपले फरक छ । क्रिकेट पब्लिक जब हो । यो कर्पाेरेट भएकाले आफ्नो उच्च सीप प्रयाग गरी र भिजन र मिसन बनाएर काम गर्न सक्छु । क्रिकेटमा धेरै कुराको विचार गर्नुपर्ने थियो भने आइफ्ल्क्सिमा मैले बिजनेश ग्रोथलाई जोड दिनुपर्छ ।

नेपालमा पछिल्लो समय प्रविधिको प्रयोग र विकासलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मैले धेरै सुनिरहेको हुन्छु, यो एप लञ्च गर्यो, त्यो एप लञ्च गर्यो भनेर । वास्तवमा एप र अन्य यस्तै प्रडक्ट बनाउने काम ज्यादा छ । जे कुरामा पनि एप लञ्च गरिएको छ । एप बनाउँदैमा त्यसले रिटर्न दिने होइन । प्राविधिक हिसाबले बनाउन सजिलो हुन्छ तर, त्यसको इन्टायर सिस्टम कस्तो हुन्छ, मार्केटिङ कसरी हुन्छ, यसको प्रयोग कसरी गर्ने, कसरी बजारमा चलाउने भन्ने कुरा फरक हो । यहाँ धेरै एपहरु छन्, तर चलेको कमै छ । किनभने बनाउनु र चलाउनुमा धेरै भिन्नता छ । दीर्घकालसम्म चलाउन लगानी बढी लाग्छ । त्यसका लागि बिजनेश स्किल र बिजनेश माइन्ड चाहिन्छ ।

सबैले बुझ्ने भाषामा भनिदिनुस् न, आइफ्लिक्स के हो ? नेपालमा कसरी काम गरिरहेको छ ?
सामान्य भाषामा भन्दा आइफ्ल्क्सि भनेको एउटा मुभी, सिडी, भिडियोसम्बन्धी कन्टेन्टहरुको प्लेटफर्म हो, युट्युब जस्तै । नेपालमा यो गत वर्ष लञ्च भएको हो । हाम्रो १५ लाख डाउनलोड भएको छ । १० लाख एक्टिभ कस्टुमर छन् । नेपालमा हाम्रो टेलिकम पार्टनर एनसेल हो । यसको मतलब एक्स्क्लुसिभ पार्टनर एनसेल होइन, एउटा पार्टनरसिप मात्रै हो । हामीले ई–सेवाबाट पनि सर्भिस किन्न मिल्ने सुविधा मिलाएका छौं । ई-सेवासँगै अन्य पेमेन्ट गेटवेसँग हामी सब्सिक्रप्सन मोडलमै काम गर्ने योजना ल्याएका छौं । हाल कस्टुमरले आइफ्ल्क्सिमा साइनअप गरेपछि एक महिना फ्रि एक्सेस दिएका छौं । एक महिना सकिएपछि कस्टुमर फ्रि टियरमा जानुहुन्छ । कस्टुमरले क्याटलग हेरेर अन्य टियर रोज्न पाउन हुन्छ । अन्य टियर नरोजे पनि १ महिनापछि एकाउन्ट बन्द हुने वा कस्टुमर गइहाल्ने भन्ने हुँदैन । फ्रि टियरमा धेरै कन्टेन्ट हुन्छन् । सब्सक्रिप्सन नगरे पनि भिडियोको मज्जा लिन सक्नु हुनेछ । यसमा अहिले एडहरु पनि राख्ने अवसर छ ।

कन्टेन्ट कसरी बनाउनुहुन्छ ? भिडियो डिमाण्ड कम्पनीले गर्छ कि कन्जुमरले ?
हामीले सुरुवाती चरणमा पश्चिमा देशहरुको कन्टेन्ट आइफ्ल्क्सिमा राखेका थियौं । त्यसले बिजनेशमा खासै प्रभाव पारेन । जब हामीले नेपाली फिल्महरु लञ्च गर्यौं, यसपछि ठूलो रेस्पोन्स आयो । हामीले बुझ्यौं भने नेपालमा लोकल कन्टेन्ट नै चल्छ ।

हामी आफैंले पनि आइफ्ल्किस ओरिजिनल भनेर बनाइरहेका छौं । मुभी बनाइरहेका छौं । अहिले सर्ट मुभीहरुबाट सुरु गरेका छौं । फ्युचरमा आफ्नो मुभी, सिरिजहरु र आफ्नै रियालिटी शोहरु उत्पादन गर्ने योजना छ ।

यहाँ केही समय पहिले फिल्म रिलिज गर्ने एप ‘हाम्रो मुभी’ खासै चलेन । भर्खरै ‘सिनेमा घर’ एप पनि आएको छ । यसैगरी डिस होम लगायतले पनि मुभी अन डिमाण्ड च्यानलहरु ल्याइरहेका छन् । कुनै पनि गज्जबले चलेको भन्ने त छैन, यसमा चुनौतीहरु थुप्रै छन् हो ?
मैले अघि पनि भनेँ, एप चलाउन धेरै फ्याक्टर चाहिन्छ । हामीले कन्टेन्ट लञ्च गर्दा एकदमै धेरै मार्केटिङ गरिरहेका छौं, फेसबुक, गुगल लगायतमा नियमित मार्केटिङ भइरहेको छ । एप नोटिफिकेसन र अन्य हाम्रा आफ्नै च्यानलमार्फत कन्टेन्टको प्रोमोट गर्छौं । अरुसँग सेल्स गर्ने युनिक फिचर के छ, त्यो थाहा छैन । हामीले धेरै कन्टेन्टहरु जस्तै कोरियन, पाकिस्तानी, इन्डोनेसियन, चाइनिज आदि कन्टेन्टहरु नेपालीमा सबटाइटल उपलब्ध गराउँछौं । वेस्टर्न सिरिज, मुभीहरु, फ्ल्यास एरोजस्ता सबै कन्टेन्ट छन् । कस्टुमरलाई वान स्टप सोलुसन्स दिएका छौं भन्न चाहन्छु ।

एनसेलको सहकार्यमा नेपालमा काम भइरहेकको छ, बजार र मार्केटिङको लागि त समस्या नहोला नि ?
एनसेल वा अरु ब्रान्डसँग हाम्रो त्यस्तो एशोसिएशन होइन । ३ वर्षको लागि सम्झौता हो । भिआइपी सब्सक्रिप्सन छ, त्यति समयका लागि हामीले उपलब्ध गराउने हो ।

अरु प्लेयर आउनु र नआउनुमा खासै फरक नि देख्दिनँ । २/३ महिना यता नम्बर वान डाउनलोड हुने एप हो, आइफ्ल्क्सि । यसर्थ ५ वर्षपछि सबैले मन पराउने, प्रविधिले पहुँच पु¥याएको ठाउँमा मात्रै होइन, गाउँगाउँमा पनि पुग्नेछौं ।

डिजिटल पेमेन्ट सर्वसुलभ नहुनु पनि त यसको समस्या वा चुनौती होला । तपाईंहरुको छुट्टैै पेमेन्ट सिस्टम वा मोडल केही छ ?
यो कुरा च्यालेन्ज पनि हो र आइफ्ल्क्सि जस्तो कम्पनीलाई अवसर पनि हो । हाम्रो जस्तो देशहरुमा त्रेडिट कार्ड, डेबिट कार्डको प्रयोग त्यत्ति हुँदैन । यही कारण  आइफ्ल्क्सि जस्तो इमर्जिङ कम्पनीले न्यून र मध्यम आम्दानी भएका उपभोक्तालाई लक्षित गरी सस्तो र फ्रि दुवै तरिकाबाट सेवा दिइरहेका छौं । हामीलाई चुनौती भनेको ग्राहकलाई विस्तारै सब्सक्राइब गर्ने बनाउनु छ ।  यो हाम्रो मात्रै होइन सबैका लागि चुनौती हो ।

कन्टेन्ट ट्रान्सलेट गर्दा थिम र भाव अनुसारको रियल प्रडक्ट ल्याउन गाह्रो हुन्छ नि, यसमा कसरी काम गरिरहनुभएको छ ?
लोकलाइजेशन अहिले नेपालमा आइफ्ल्क्सिले नै स्थापित गरेको हो । हामीले वेस्टर्न कन्टेन्टलाई सबटाइटल गरेर काम सुरुवात गर्यौं । अहिले आइफ्ल्क्सिमा २ हजार घण्टा बढी कन्टेन्टहरुको सबटाइटल छ । आइफ्ल्क्सि आफैले अरु देशमा बनाएका ओरिजिनल कन्टेन्टहरुका पनि नेपालीमा सबटाइटलमा राखेका छौं । यसकारण लोकलाइजेशनको अवधारण हामीले नै सुरु गरेका हौं ।

हाम्रो अहिले स्ट्यान्ड नै अलग्गै छ । बजारमा प्रतिष्पर्धी खासै छैनन् । अरु प्लेयर आउनु र नआउनुमा खासै फरक नि देख्दिनँ । २/३ महिना यता नम्बर वान डाउनलोड हुने एप हो, आइफ्ल्क्सि । यसर्थ ५ वर्षपछि सबैले मन पराउने, प्रविधिले पहुँच पु¥याएको ठाउँमा मात्रै होइन, गाउँगाउँमा पनि पुग्नेछौं ।

अबको ५ वर्षमा आइफ्लिक्सको बजार कहाँ पुग्ला ?
हाम्रो अहिले स्ट्यान्ड नै अलग्गै छ । बजारमा प्रतिष्पर्धी खासै छैनन् । अरु प्लेयर आउनु र नआउनुमा खासै फरक नि देख्दिनँ । २/३ महिना यता नम्बर वान डाउनलोड हुने एप हो, आइफ्ल्क्सि । यसर्थ ५ वर्षपछि सबैले मन पराउने, प्रविधिले पहुँच पु¥याएको ठाउँमा मात्रै होइन, गाउँगाउँमा पनि पुग्नेछौं । त्यतिबेलासम्म सबैले फोनबाट पे गर्ने सिस्टम पनि आयो भने झनै सजिलो हुन्छ । क्वालिटी कन्टेन्ट उत्पादन गरेर यो इन्डस्ट्रीलाई सहयोग गर्नु छ । युट्युबमा जति अहिले भिडियो कन्टेन्टको ट्रेन्ड छ, त्यो घटेर आइफ्लिक्समा ल्याउने सोच छ । यसका लागि नेपाली कन्टेन्टमा ठूलो लगानी गर्ने सोच पनि ल्याएका छौं ।

अन्त्यमा, भावना घिमिरे आफैमा मल्टि ट्यालेन्ट पर्सनालिटी भएको व्यक्ति हो, यहाँ बन्द कोठाभित्र काम गरिरहँदा कहिलेकाहीँ साँघुरो महसुस गर्नुभएको छैन ?
त्यस्तो साँघुरो महसुस कहिल्यै भएको छैन । हामी आइफ्ल्क्सिमा मल्टिपल इन्भाइरोमेन्टमा काम गरिरहेका छौं । हाम्रो हेडक्वार्टर मलेसियामा छ । हप्ता, दैनिक जसो नै कन्फरेन्स कल भइरहेको हुन्छ । ट्रेनिङहरु भइरहेका हुन्छन् । कोठामा बसेर काम गरे जस्तो लाग्दैन । जे काम गरिरहेको छु, सिकिरहेको छु । नयाँ प्रविधिमा काम गरिरहेको छु । आइफ्ल्क्स्किो सन्दर्भमा एप लञ्च गर्न मात्रै होइन, यसलाई चलाउन बिजनेश माइन्डको प्रयोग गरिरहेको छु ।

अन्तर्वाता/विचार

किन जरुरी छ नेपालमा ड्रोन ? 

भौगोलिक क्षेत्रफलमा निकै नै सानो भए पनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कैयौं कुरा र विशेषताहरु छन्, जसले न…

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको 'बेस्ट सेलर बुक' बन्न सफल यो उपन्यासपछि पौडेलले द…

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको बेस्ट सेलर बुक ब…

डिजिटल नेपालको रोडम्याप बनाउन आवश्यक : अध्यक्ष चौरासिया

'समृद्ध नेपाल र सुखी नेपाली अभियान' साकार पार्न आइसिटीको भूमिका : मेरा ५ सुझाव

समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य

हरेक तहमा आइसिटी शिक्षा 
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ कि समृद्ध नेपाल बनाउनु छ भने विद्य…

समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य

हरेक तहमा आइसिटी शिक्षा
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ…

\'प्रविधिबिनाको जीवन कष्टकर\'

म जन्मजात नै दृष्टिविहीन हुँ । अहिले म नेपाल मेघा कलेजमा स्नातक तहमा सोसल वर्क विषय अध्ययन गरिरहेकी छु । मेरो जीवनमा प्रविधिको सहयोगकै कारण यहाँसम्म आउन …

स्मार्ट सिटीका लागि यी महत्वपूर्ण ५ आधार

स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरुको सिर्जना गर्नु हो । अबको तीन दशकपछ…

आइसिटी क्षेत्रमा कहाँ कहाँ छ अवसर ?

शिव बस्नेत-
सरकारले चालु बजेटमा ५ वर्षमा ५ लाखलाई रोजगारी दिने योजना ल्याएको सन्दर्भमा य…

इन्टरनेट अफ थिङ्क्स (आइओटी) ले सिर्जना गरेका रोजगारीका अवसर

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ असम्भव कुराहरु सम्भव भएका छन् । अर्थात् के…

पिजिडिसिए : स्नातकपछि सबैले पढ्ने मिल्ने आइटीको शैक्षिक कार्यक्रम

शिव बस्नेत-
तपाईं स्नातक तहमा आइटी विषय नपढे पनि अब आइटी विषय पढ्न चाहिरहनु भएको छ ? आ…

नेपाली बजारमा म्याकक्याफेका सेक्युरिटी प्रडक्ट विस्तार गरेका छाैं : धर

नेपाली डिजिटल कन्जुमरको माझ सेक्युरिटीका लागि म्याकक्याफेले नयाँ प्रडक्टहरु सार्वजनिक गरेको छ । डिसेम्बर २० मा होटल अन्नपू…

मास्टर्समा आइटी : कहाँ पढ्ने ? किन पढ्ने ?

शिव बस्नेत-
सूचना प्रविधि क्षेत्रको विकास र विस्तार भइरहँदा यससम्बन्धी औपचारिक शिक्षाको क्रे…

‘नेपालमा डिजिटल रुपान्तरण गर्न ५ वर्षको कार्यक्रम ल्याउँदैछौं’ 

वीरेन्द्रकुमार मिश्र
सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
प्रमुख, सूचना प्रविधि महाशा…

‘आरटिडिएफको करिब ३० अर्ब रुपियाँ डिजिटल नेपाल निर्माणमा खर्च हुनेछ’ 

आइसिटी क्षेत्रको नियमन एवं व्यवस्थापनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना गतिविधिहरु तीव्रताका साथ अगाडि बढाइरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने अहि…