अन्तर्वाता/विचार
मास्टर्समा आइटी : कहाँ पढ्ने ? किन पढ्ने ?
शिव बस्नेत-
सूचना प्रविधि क्षेत्रको विकास र विस्तार भइरहँदा यससम्बन्धी औपचारिक शिक्षाको क्रेज पनि बढिरहेको छ । पछिल्लो समयमा नेपालमै विभिन्न विश्वविद्यालयका सूचना प्रविधि कार्यक्रमहरु सञ्चालन भइरहेको छ । विश्व परिवेशमा हेर्दा कम्प्युटर विज्ञानको सुरुवात सन् १९५३ मा भएको थियो । क्याम्ब्रिज डिप्लोमा इन कम्प्युटर साइन्स नाम दिइएको यो कोर्स युनिभर्सिटी अफ क्याम्ब्रिज कम्प्युटर ल्याबोरेटरीले ल्याएको थियो । त्यस्तै, अमेरिकामा सन् १९६२ मा पुर्डे विश्वविद्यालयमा पहिलो कम्प्युटर साइन्सको शैक्षिक कार्यक्रम सुरु भएको थियो ।
सन् १९९० अघिसम्म यस्ता कोर्समा कम्प्युटर प्रविधिको मात्रै कुरा हुन्थ्यो । सन् १९९० तिर इन्टरनेटको सुरुवात भएपछि सूचना प्रविधि (आइटी) भनेर पनि बुझ्न थालियो । सन् २००५ पछि यो क्षेत्र अझ फराकिलो हुँदै सञ्चार पनि कम्प्युटर प्रविधिसँगै गाभिएपछि समग्रमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) भनेर बढी प्रचलनमा आएको देखिन्छ ।
पढाइपछिको राम्रो सम्भावना, बढ्दो प्रविधिको प्रयोग, विद्यार्थीको व्यक्तिगत रुचि, अन्य विज्ञान र मेडिकल विषयको तुलनामा कम खर्च आदिका कारण यस्तो शिक्षामा विद्यार्थीको आकर्षण बढिरहेको छ ।
नेपालमा सबैभन्दा पहिलोपटक सन् १९९४ मा काठमाडौं विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङको कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी त्रिविले इन्जिनियरिङ अध्ययन संस्थानमार्फत १९९८ देखि नै शैक्षिक कार्यक्रम सञ्चालन गरेको हो । हाल नेपालमा २ सयको हाराहारीमा आइटीसम्बन्धी शैक्षिक कलेज सञ्चालनमा छन् । वर्षेनि अनुमानित ७ हजार ५ सय आइटीमा ग्य्राजुएट भइरहेका छन् ।
स्नातक तहमा कम्प्युटर साइन्स वा इन्जिनियरिङ गरेका विद्यार्थीका लागि मास्टर्समा विभिन्न आइटी कार्यक्रम छन् । हार्डवेयर र सफ्टवेयर इन्जिनियरिङका क्षेत्र फराकिलो भएसँगै आइटी शिक्षाको लोकप्रियता बढेको छ । पढाइपछिको राम्रो सम्भावना, बढ्दो प्रविधिको प्रयोग, विद्यार्थीको व्यक्तिगत रुचि, अन्य विज्ञान र मेडिकल विषयको तुलनामा कम खर्च आदिका कारण यस्तो शिक्षामा विद्यार्थीको आकर्षण बढिरहेको छ । नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र केही विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइटी कोर्सको अध्ययन तथा अध्यापन भइरहेको छ ।
टियूका मास्टर्स कार्यक्रम
आइटी विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयका कार्यक्रम बढी आकर्षण रहने गर्दछन् । सरकारी विश्वविद्यालय भएको नाताले यसका कार्यक्रममा आकर्षण हुनु स्वाभाविकै हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कम्प्युटर साइन्स एन्ड आइटीबाट पहिलो पटक मास्टर डिग्री इन कम्प्युटर साइन्स एन्ड आइटी (एमएससी आइटी) सुरु भएको हो ।
त्यसैगरी इन्जिनियरिङ संस्थान पुल्चोकले पहिलो पटक मासटर्स इन इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ सुरु गर्यो । यसपछि त्रिविले कम्प्युटर सिस्टम एन्ड नलेज इन्जिनियरिङ सुरु ग¥यो । साथै त्रिविअन्तर्गतकै डिपार्टमेन्ट अफ एजुकेसनले एमएड आइसिटी सुरु भएको छ । अर्कोतर्फ त्रिविमा एमबिएआइटी कार्यक्रम सुरु भएको २ वर्ष भएको छ । त्रिभुवन विश्वविद्यालयय इन्जिनियरिङ संस्थानअन्तर्गकै पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस (डब्लुआरसी)मा नयाँ प्रोगाम इन्फर्मेसन एन्ड नलेज इन्जिनियरिङको पढाइ पनि सञ्चालन भइरहेको छ ।
नेपालमा मास्टर्स पढ्दै गरेका विद्यार्थीहरु प्रायः जबहोल्डर रहेका छन् । आफूलाई अपग्रेड गर्न, पदोन्नति गर्न मास्टर्स पढ्ने विद्यार्थीहरु बढी छन् ।
टियूको एमआइटी
त्रिभुवन विश्वविद्यालयले नयाँ आइटी कार्यक्रम एमआइटी (मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी) सुरु गर्न लागेको छ । २ वर्षको यो कोर्स पाठ्यक्रम पास भइसकेको छ । यसमा आइटी जुनसुकै पृष्ठभूमि भएका विद्यार्थीले पढ्न पाउनेछन् । साथै बिसिए भर्खरै सुरु गरेको त्रिविले मास्टर्सका लागि पनि यो कम्प्युटर एप्लिकेसन विषय सञ्चालन गर्ने योजना ल्याएको छ । यो विषयको सम्बन्धनका लागि त्रिवि विज्ञान प्रविधि संस्थानमा निवेदन प्राप्त भइरहेको जानकारी डिन कार्यालयले दिएको छ ।
काठमाडौं विश्वविद्यालयका मास्टर्स कार्यक्रम
अर्को विश्वविद्यालय काठमाडौं विश्वविद्यालय (केयू)ले पनि सूचना प्रविधिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङमार्फत एमई कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स डिपार्टमेन्टमार्फत मास्टर्स अफ टेक्नोलोजी इन आइटी (एमटेक इन आइटी) सञ्चालन गरेको छ । गत वर्षदेखि यी दुवै विषयमा विद्यार्थीहरुको निकै आकर्षण रहेको जानकारी विभागका प्रमुख पुरुषोत्तम खरेलले दिए । उनका अनुसार यी दुवै कार्यक्रम समान भए पनि डिग्री फरक छ ।
एमटेकचाहिँ ब्याचलर जुनसुकै आइटी विषय पढेका विद्यार्थीले पढ्न सक्छन् । एमईचाहिँ बिई गरेकोले मात्र पाउँछ । उनले यी दुवै मार्केट ओरियन्टेड कोर्स भएको जानकारी दिदै यसमा आकर्षण बढेको जानकारी दिए । विद्यार्थीको सिट सीमित भएकाले केयुले इन्ट्रान्स एक्जामबाट विद्यार्थी छनोट गर्ने गर्दछ । अर्को वर्षदेखि सिट बढाउने योजना विश्वविद्यालयको छ ।
केयूका विद्यार्थीलाई विशेषगरी रिसर्चमा फोकस गर्ने गरेको पाइन्छ । स्पेस पनि मनग्गे रहेको केयुले बिजनेश इनक्युबेसन कार्यक्रममार्फत विद्यार्थीका बिजनेश आइडियालाई पनि व्यवसायमा रुपान्तरण गर्न सहयोग प्रदान गर्ने गदर्छ । केयूले यी दुवै विषयमा १०÷ १० सिट भर्ना लिने गरेकोमा अर्को वर्षदेखि सिट संख्या बढाउने जानकारी दिएको छ ।
नेपालमा मास्टर्सका लागि उपयुक्त पाठ्यक्रमको अभाव, रिसर्चमा लगानीको कमी, फ्याकल्टी मेम्बरहरुको गुणस्तर आदिका कारण धेरै विद्यार्थी स्वदेशमा मास्टर्स अध्ययन गर्न चाहँदैनन् ।
पूर्वाञ्चल विश्वविद्यालयका कार्यक्रम
पूर्वाञ्चल विश्वविद्यालयले सूचना प्रविधि कार्यक्रममा इन्जिनियरिङअन्तर्गत इन्फर्मेसन सिस्टम इन्जिनियरिङ सञ्चालन गरिरहेको छ । उसको सबैभन्दा बढी चर्चाको विषय कम्प्युटर साइन्सअन्तर्गत मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसिए) हो । ‘पूर्वाञ्चल विश्वविद्यालयका यी दुवै कार्यक्रम विद्यार्थीले मन पराएका छन्,’ विराटनगरस्थित पुसेट कलेजका प्रमुख मनोज साहले भने ।
त्यसैगरी एमसिए कार्यक्रम काठमाडौंको कान्तिपुर सिटी कलेजले पनि सञ्चालन गरिरहेको छ । साथै ब्याचलर्स डिग्री अन्य विषयमा गरेका विद्यार्थीका लागि कम्प्युटर एप्लिकेसन विषयमा पोस्ट ग्य्र ाजुएट डिप्लोमा (पिजिडिसिए) विषय पनि पुसेट र केसीसीमा सञ्चालन भइरहेको छ ।
पोखरा विश्वविद्यालयका कार्यक्रम
पोखरा विश्वविद्यालयले मास्टर्समा एमसिए, एमएससी कम्प्युटर साइन्स, एमएससी कम्प्युटर इन्जिनियरिङ, मास्टर्स इन कम्प्युटर साइन्सलगायतका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
ललितपुरको एनसिआइटीले मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन्स सिस्टम र एमएससी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपालमा एकेडेमिक इन्स्टिच्युसनमा रिसर्च गर्नका लागि जनशक्तिको सधैं अभाव हुने गर्दछ । अझ आइटी क्षेत्रको रिसर्च गर्ने जनशक्ति केही संख्यामा छ । नेपालमा राम्रो इन्डस्ट्री पनि नबनिसकेको अवस्था भएकाले इन्डस्ट्रीमा रिसर्चको फङ्सन सुरु नै भएको छैन ।
नेपालमा विदेशी विश्वविद्यालयका कार्यक्रम
नेपालमा इस्लिङटन कलेज, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, द ब्रिटिस कलेजलगायतले विदेशका मास्टर्स कार्यक्रम सञ्चालन गरिरहेका छन् । काठमाडौंको इस्लिङटन कलेजले लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट सम्बन्धन लिई एमएससी (कम्प्युटिङ) र एमएससी (नेटवर्किङ) विषय सञ्चालन गरिरहेको छ । ३ ओटा ब्याच पासआउट भइसकेको जानकारी कलेजले दियो । त्यसैगरी लर्डबुद्ध एजुकेसन फाउन्डेसनले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेसनल स्टडिजमार्फत मलेसियाको एसिया प्यासिफिक युनिभार्सिटीसँग सहकार्य गरी नेपालमा मास्टर्स इन आइटी म्यानेजमेन्ट कोर्स सुरु गरेको छ । यता ब्रिटिस कलेजले मास्टर्स इन इन्फर्मेसन म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गरिरहेको छ ।
किन पढ्ने मास्टर्समा आइटी ?
नेपालमा मास्टर्स पढ्दै गरेका विद्यार्थीहरु प्रायः जबहोल्डर रहेका छन् । आफूलाई अपग्रेड गर्न, पदोन्नति गर्न मास्टर्स पढ्ने विद्यार्थीहरु बढी छन् । यस्तोमा विशेषगरी टेलिकम सेक्टरका इन्जिनियरहरु बढी रहेको प्राडा. सुवर्ण शाक्य बताउँछन् । अहिले विद्यालय, उच्च मावि र कलेजमा अध्यापन गर्न पनि मास्टर्स आवश्यक भइसकेकाले पनि अध्यापनमा भविष्य देख्नेहरु मास्टर्स पढ्न हौसिएका छन् । मुख्य कुरा यदि रिसर्चमा रुचि छ भने मास्टर्समा पढ्न आउनुपर्छ भन्ने मत शाक्यको छ । ‘प्रोफेसनल काम गर्ने भए ब्याचलर डिग्रीले पनि पर्याप्त हुन्छ । मास्टर्स डिग्री भनेको पढाउनका लागि मात्रै होइन निरन्तर रिसर्च गर्न पनि हो,’ उनले भने ।
मास्टर्स पढिसकेपछि रिसर्चको भूमिका मुख्य हुने र अन्तर्राष्ट्रिय रुपमा रिसर्च पेपरहरु प्रकासन गर्नुपर्ने हुन्छ । अहिले नपालको ४ वर्षे ब्याचलर डिग्री पढेर विदेशका विभिन्न विश्वविद्यालयमार्फत ८ वर्षमा पिएचडी गर्न सकिन्छ । साथै यहाँ जब गर्दै आइटीमा मास्टर डिग्री सकेर विदेशमा ३ वर्षमै पिएचडी पढ्न जाने विद्यार्थीहरुको संख्या पनि बढिरहेको छ । यसकारण पहिलाको दाँजोमा मास्टर्समा पढ्न चाहने विद्यार्थीहरु बढिरहेको विश्लेषण उनको छ ।
इन्जिनियरिङ सेक्टरका इलेक्ट्रोनिक्स, कम्युनिकेसन्स, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले सीधै एमएससी इन्जिनियरिङ पढ्न सक्छन् । कम्प्युटर साइन्समा बिएससी कम्प्युटर साइन्स गरेका विद्यार्थी, बिसिए गरेका विद्यार्र्थीहरुले पनि अहिले आइटीमा मास्टर्स गर्न निकै सजिलो अवसर पाएका छन् ।
मास्टर्समा विद्यार्थी र कलेज किन कम ?
स्नातकमा एक सयभन्दा बढी कलेजले आइटी तथा कम्प्युटर इन्जिनियरिङका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर यसको अनुपातमा मास्टर्समा अध्यापन गराउने कलेज निकै कम छन् । भएका कलेजले पनि थोरै संख्यामा विद्यार्थी भर्ना लिने गरेका छन् । यता सूचना प्रविधि, कम्प्युटर विज्ञान र कम्प्युटर इन्जिनियरिङसम्बन्धी ब्याचलर डिग्री उत्तीर्ण गरेका अधिकांश विद्यार्थीहरुले आइटीमा मास्टर्स ज्वाइन गरेको पाइँदैन ।
मास्टर्स पढ्नेले पनि एमबीएलगायतका कोर्सहरु पढ्ने गर्ने गरेको पाइन्छ । कतिपय पासआउट विद्यार्थीले पनि स्नातकपछि व्यावसायिक करिअर सुरु गर्ने इच्छा राख्छन् । उनीहरुलाई आवश्यक पर्ने ज्ञान स्नातकमै लिने र थप व्यावािसयक तालिम लिएर आइटी उद्योगमा आउन सक्छन् । त्यस्तै अर्को जमात पनि छ, मास्टर्स पढ्न विदेशमै जान प्रयासरत धेरै विद्यार्थीले गर्ने गर्दछन् । नेपालमा मास्टर्सका लागि उपयुक्त पाठ्यक्रमको अभाव, रिसर्चमा लगानीको कमी, फ्याकल्टी मेम्बरहरुको गुणस्तर आदिका कारण धेरै विद्यार्थी स्वदेशमा मास्टर्स अध्ययन गर्न चाहँदैनन् ।
रिसर्चका लागि मास्टर्स
नेपालमा एकेडेमिक इन्स्टिच्युसनमा रिसर्च गर्नका लागि जनशक्तिको सधैं अभाव हुने गर्दछ । अझ आइटी क्षेत्रको रिसर्च गर्ने जनशक्ति केही संख्यामा छ । नेपालमा राम्रो इन्डस्ट्री पनि नबनिसकेको अवस्था भएकाले इन्डस्ट्रीमा रिसर्चको फङ्सन सुरु नै भएको छैन । ‘इन्डस्ट्रीमा जब रिसर्चको काम हुन थाल्छन्, मास्टर्स र पिएचडी गरेका जनशक्तिले अवसर पाइहाल्छन्,’ काठमाडौं विश्वविद्यालयका डा. पुरुषोत्तम खरेलले भने, ‘कम्पिटेन्स मेनपावर जन्माउनु भनेको रिसर्च गर्न जान्ने मेनपावर जन्माउनु हो । यसका लागि विद्यार्थीलाई रिसर्च र एप्लिकेसन ओरियन्टेड शिक्षा प्रदान गर्न आवश्यक छ ।’
तर यहाँ समस्या भनेको एकेडेमिक इन्स्टिच्युसनमा राम्रो वातावरण छैन । रिसर्च फन्डिङका लागि समस्या छ । रिसर्चरका लागि पेपरमा फन्डिङ हुन सकिरहेको छैन । पेपरहरु अन्तर्राष्ट्रिय रुपमा उच्चस्तरका जर्नलहरुमा प्रकाशित हुनुपर्छ । आफै सहभागी हुनुपर्छ । यसकारण नेपालका विश्वविद्यालयमा फन्डिङ रिसर्चकै कमी भएको देख्न सकिन्छ ।
आइटीमा पिएचडी
इन्जिनियरिङ सेक्टरका इलेक्ट्रोनिक्स, कम्युनिकेसन्स, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले सीधै एमएससी इन्जिनियरिङ पढ्न सक्छन् । कम्प्युटर साइन्समा बिएससी कम्प्युटर साइन्स गरेका विद्यार्थी, बिसिए गरेका विद्यार्र्थीहरुले पनि अहिले आइटीमा मास्टर्स गर्न निकै सजिलो अवसर पाएका छन् । त्यस्तै अर्कोतर्फ काठमाडौं युनिभर्सिटीमा र त्रिभुवन विश्वविद्यालयले पिएचडी प्रोगाम सञ्चालनमा रहेको छ । केयूमा ५ जनाले विभिन्न विषयमा पिएचडी हासिल गरिसकेका छन् भने टीयूमा पनि इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स इन्जिनियरिङमा २ जनाले पिएचडी गरेका छन् । आइसिटी फर रुरल डेभलपमेन्ट विषयमा पनि पिएचडी हासिल गर्ने क्रम सुरु भएको छ ।
अन्तर्वाता/विचार
बिसिएको लहर सम्बन्धनको ब्यापार !
प्रविधि सिकेर मात्रै हुदैन, त्यसको समाजमा कसरी प्रयोग गर्ने ? बदलिदो जमानाअनुसार समाजको कसरी विश्लेषण गर्ने ? वा प्रविधिको दृष्टिकोणमा समाज र सामाजिक क्रि…
अपाङ्गको पहुँचबाहिर आइसिटी (विशेष रिपोर्ट)
शिव बस्नेत
मार्च १४ । विश्वले भौतिक विज्ञानका महान् वैज्ञानिक स्टेफन हकिगंको भौतिक शरीर गु…
ई कमर्समा ठगिँदै उपभोक्ता, बच्ने कसरी ?
शिव बस्नेत
इन्टरनेट अहिले खुद्रा व्यापारको केन्द्र बनेकोमा आशंका छैन । नेपालमा पनि करिब ६…
काठफोर्डले \'बिसिए प्लस(BCA +)को अवधारणा ल्याएको छ
– ई. सुवास कार्की
प्रोग्राम कोओर्डिनेटर, काठफोर्ड कलेज
शिक्षा क्षेत्रमा १५ वर्षदेखि क्रियाशील काठफोर्ड इन्ट…
किन जरुरी छ नेपालमा ड्रोन ?
दर्पण पुणासैनी
भौगोलिक क्षेत्रफलमा निकै नै सानो भएपनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कयौं कुराहरू र विशेष…
मलेसियाको प्रसिद्ध विश्वविद्यालयको आइटी डिग्री ल्याएका छौं
अमरदिप मण्डल, हेड, मार्केटिङ एन्ड एडमिसन, पाटन कलेज फर प्रोफेसनल स्टडिज&nb…
आइटीमा स्थापित कलेज भएकोले सिएसआइटीसँगै बिसिएको लागि प्राइम उत्कृष्ट गन्तब्य हो
सत्यबहादुर श्रेष्ठ
भाइस प्रिन्सिपल, प्राइम कलेज
प्राइम कलेज आइटी शिक्षाका लागि नेपालकै प्रसिद्ध कलेज हो । ह…
सरकारले पोलिसी ल्याउने हो भने \'स्मार्ट ट्रान्सपोर्टेशन\' टाढाको कुरा होइन
प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी
डोटीमा विसं. २०३५ सालमा जन्मिएका प्रा. डा. ज्ञानेन्द्रप्रसाद जोशी संयुक्त…
स्मार्ट सिटीको लागि \'स्मार्ट अर्थतन्त्र\'
स्मार्ट सिटिको उद्देश्य जिबनस्तरको बिकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरूको सिर्जना गर्नु हो । अबको तीन दशक पछि सात बिलियन मानिसहरु सहरी क्षे…
टेक्सासले एकेडेमिया र इन्डस्ट्रीको ग्याप हटाएको छ
शंकरप्रसाद शर्मा
प्रमुख, सिएसआइटी विभाग, टेक्सास इन्टरनेश्नल कलेज
टेक्सास इन्टरनेश्नल कलेज काठमा…
स्वदेशी सफ्टवेयर कम्पनीलाई विश्वास गर्ने बेला आएको छ
उमेश रघुवंशी, सिइओ, इन्फोडेभलपर्स प्रालि
सबैभन्दा…
इन्टरनेटमा कर थोपरेर चुस्ने काम मात्रै भयो
सुधीर पराजुली
अध्यक्ष, सुबिसु केबल नेट
…
अपाङ्गको पहुँचबाहिर \'सूचना प्रविधि\'
शिब बस्नेत
मार्च १४ । विश्वले भौतिक विज्ञानका महान् वैज्ञानिक स्टेफन हकिगंको भौतिक शरीर गुमाएको दिन । आफ्नो जीवन नै ब्रम्हाण्डको खोज अुनसन्…
आइटी र प्रोग्राममिङमा महिलाको संलग्नता कसरी बढाउने ?
समिक्षा गौतम
अहिले को समय सुचना प्रविधिको समय हो । कम्प्युटर, ईन्टरनेट, वाइफाइ जहाँ पनी छ र त्यो बिना को…