अन्तर्वाता/विचार
ई–पेमेन्ट उद्योगमा कनेक्ट आईपीएसको सार्थक योगदान रहने छ : सिइओ प्रधान
निलेशमान सिंह प्रधान नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । करीब २ दशकयता बैंक तथा वित्तीय क्षेत्रमा प्रविधिमार्फत् दिइने सेवाहरूको खाका, विकास र कार्यान्वयनमा दक्षता हासिल गरिरहेका प्रधान नेपालको इलेक्ट्रोनिक पेमेन्ट इन्डस्ट्रीको दायरा बढाउन क्रियाशील छन् । यसैबीच संस्थाले ल्याएको डिजिटल पेमेन्ट प्लाटफर्म ‘कनेक्ट आईपीएस’बारे लिभिङ विथ आइसिटीका सम्पादक शिव बस्नेत ले उनीसँग कुराकानी गरेका छन् :
नेपाल क्लियरिङ हाउसले चेक क्लियरिङ र अन्तरबैंक विद्युतीय प्रणाली सेवा अन्तर्गत हाल कसरी आफ्नो सेवा सञ्चालन गर्दै आएको छ ?
नेपालको राष्ट्रिय स्तरको भुक्तानी प्रणालीलाई चाहिने पूर्वाधारहरूको विकास, विस्तार र त्यसको सञ्चालन गर्ने मनसायले एनसीएचएल स्थापना भएको हो । यसअघि राष्ट्र बैंकले म्यानुअल हिसाबले चेक क्लियरिङको काम गर्दै आएकोमा त्यसलाई अटोमेशन गर्ने जिम्मेवारी एनसीएचएलले पाएको थियो । यसको सुरुवात भइसकेपछि अरू भुक्तानी प्रणालीमा पनि काम गर्न थाल्यौं । विदेशमा रहेका क्लियरिङ हाउसको जस्तै काम हामीले पनि गर्न थाल्यौं । अटोमेटिक क्लियरिङ हाउस भनेर आईपीएस (विद्युतीय भुक्तानी प्रणाली) अन्तर्गत
अहिले कनेक्ट आईपीएस सिस्टम ल्याएका छौं । यसलाई अगाडि बढाउन जति पनि बैंक तथा वित्तीय संस्था छन्, उनीहरूलाई यो राष्ट्रिय स्तरको भुक्तानी प्रणालीमा जोड्न फेसिलिटेशन गरिरहेका छौं ।
कनेक्ट आईपीएस सुरु गरेको १० महिना मात्रै भएको छ । यसको प्रयोग र पहुँच बैंक तथा वित्तीय संस्थाका ग्राहकहरू, अरू सेवा प्रदायक र सरकारी एवं गैरसरकारी संस्थाहरूमा राम्रैसँग पुगेको देखिन्छ । ग्राहकहरुले सेवा सुविधा लिन इलेक्ट्रोनिक पेमेन्टका वैकल्पिक माध्यमको प्रयोग गर्न चाहेको अवस्था छ । यहीकारण कनेक्ट आईपीएसको सिस्टममा अहिले प्रतिदिन ३ देखि ४ करोड रुपैयाँको कारोबार भइरहेको छ । यसमा फन्ड ट्रान्स्फर, खाताबाट खातामा गरिने कारोबारका अतिरिक्त सार्वजनिक सेवा प्रयोग गरेबापत् सरकारी निकायलाई बुझाउनुपर्ने राजस्व तिर्न सकिने लगायतका सुविधा ल्याइएको छ ।
एनसीएचएलले १० महिनाअघि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली औपचारिक रूपमा सुरु गरेको थियो । यो बीचमा बैंकिङ कारोबार सहज गराउन यसले कसरी भूमिका खेलेको छ ?
कनेक्ट आईपीएसभन्दा अघिको हाम्रा सिस्टम भनेको इलेक्ट्रोनिक चेक क्लियरिङ सिस्टम हो । यो विद्युतीय प्रणाली कुनै पनि अन्तरबैंकिङ कारोबार गराउन, चेक प्रयोग नगरी एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा फन्ड ट्रान्सफर गर्न वा लिन प्रयोग गरिन्छ । तर त्यसको लागि कुनै न कुनै माध्यमबाट आफ्नो बैंकको इन्स्ट्रक्सन दिनुपर्ने हुन्छ । हामीले ल्याएको कनेक्ट आईपीएस भनेको सेवाग्राही आफैले घरमै बसेर आफ्नो मोबाइल वा इन्टरनेट बैंकिङ सेवामार्फत कारोबार सुरु गर्न सकिने माध्यम सहितको भुक्तानी प्रणाली हो । यो ई–पेमेन्ट सिस्टममा सबै कारोबार ग्राहकको आफ्नो जुन बैंकमा खाता रहेको छ, त्यही बैंकको खाताबाट नै हुने भएका कारण विद्युतीय बैंकिङ च्यानलबाट नै गरिने कारोबारलाई प्रश्रय दिने गरी आएको सिस्टम हो ।
कस्ता सेवाग्राहीलाई सेवा दिइरहनु भएको छ ?
कनेक्ट आईपीएस सुरु गरेको १० महिना मात्रै भएको छ । यसको प्रयोग र पहुँच बैंक तथा वित्तीय संस्थाका ग्राहकहरू, अरू सेवा प्रदायक र सरकारी एवं गैरसरकारी संस्थाहरूमा राम्रैसँग पुगेको देखिन्छ । ग्राहकहरुले सेवा सुविधा लिन इलेक्ट्रोनिक पेमेन्टका वैकल्पिक माध्यमको प्रयोग गर्न चाहेको अवस्था छ । यहीकारण कनेक्ट आईपीएसको सिस्टममा अहिले प्रतिदिन ३ देखि ४ करोड रुपैयाँको कारोबार भइरहेको छ । यसमा फन्ड ट्रान्स्फर, खाताबाट खातामा गरिने कारोबारका अतिरिक्त सार्वजनिक सेवा प्रयोग गरेबापत् सरकारी निकायलाई बुझाउनुपर्ने राजस्व तिर्न सकिने लगायतका सुविधा ल्याइएको छ । योबाहेक हामीले कर्पोरेट लेभलमा स्टक ब्रोकरहरू, अनलाइन कमर्श, नागरिक लगानी कोष आदिमा यसको विस्तार गरिरहेका छौं । कर्मचारी सञ्चयकोषमा पनि यो सिस्टम प्रयोगमा ल्याउँदै छौं । विभिन्न सेवामा हुने भुक्तानीलाई पनि कनेक्ट आईपीएसमा क्रमशः जोड्नेछौं ।
नेपाली बजारमा अहिले डिजिटल भुक्तानीका अरू सेवा प्रदायकहरु पनि छन् । कनेक्ट आईपीएसले आफूलाई फरक रूपमा कसरी विस्तार गर्दै छ ?
सबै किसिमका कारोबार यो सिस्टममा हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । तर, आजका दिनमा कनेक्ट आईपीएसबाहेक अरु इलेक्ट्रोनिक पेमेन्ट च्यानलहरूले पनि निश्चित कारोबार गरिरहेका छन् । युटिलिटी पेमेन्टमा राम्रै काम भएको देखिन्छ । आजको आवश्यकता भनेको सरकारी, अर्धसरकारी, ठूला कम्पनीहरु, (नन कन्भेन्सनल इन्टिटी) लगायतको कारोबारमा पनि हामीले इलेक्ट्रोनिक पेमेन्टको प्रयोग ल्याउनु छ । यसर्थ हामीले विस्तारै अरू कारोबारका लागि पनि कनेक्ट आईपीएसलाई जोड्दै छौं । अहिले धेरै प्लेयर (पेमेन्ट प्लाटफर्महरु) आएका छन् । यसले इन्डस्ट्रीलाई फाइदा नै ग्र्छ । तर तत्कालको अवस्था हेर्ने हो भने पेमेन्ट इन्डस्ट्रीको अवस्था त्यति उत्साहित छैन । धेरैजसो क्यासमै काम भइरहेको छ । केही चेकबाट भइरहेको छ । एनसीएचएलको संस्थागत संरचनाको आधारमा बैंक तथा वित्तीय संस्थाहरूलाई चाहिने पूर्वाधारहरू बनाउँदै आएका छौं । रणनीतिक रुपमा अहिले बैंक तथा वित्तीय संस्थाबाहेक जति पनि राष्ट्र बैंकले बैंकले मान्यता दिएका पीएसओ र पीएसपी छन्, उनीहरूलाई पनि चाहिने भुक्तानीका पूर्वाधारहरू हामीले दिन सक्छौं । प्रतिस्पर्धाभन्दा पनि यी पूर्वाधार सबैले प्रयोग गर्न सक्ने आधार हामीले बनाएका छौं । यसर्थ हामी सबैसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं ।
कनेक्ट आईपीएसलाई मल्टिबैंकिङका लागि सिंगल प्लाटफर्मको रूपमा विकास गर्न के सम्भव छ ?
हामीले कनेक्ट आईपीएसलाई मल्टिबैंकिङका लागि सिंगल पेमेन्ट प्लाटफर्मको रूपमा विकास गर्दै छौं, जसमा कनेक्ट आईपीएसमा कुनै पनि बैंक आबद्ध भइसकेपछि उनीहरूले एउटै युजरनेम र पासवर्डबाट सहजै म्यानेज गर्न सक्छन् । कस्ता सेवाहरु यो प्लाटफर्ममा राख्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । जस्तो कनेक्ट आईपीएसमार्फत् पेमेन्ट प्रोसेसिङ, फन्ड ट्रान्स्फर, बिल पेमेन्टलगायतका अधिकतम कार्य गर्न सकिन्छ । यसमा अझै सेवाहरु थप्दै हामी ‘अल इन वान पेमेन्ट प्लाटफर्म’ बन्न खोजिरहेका छौं ।
संस्था भोलिका दिनमा कसरी आउँदै छ ?
आजका दिनमा बैंक तथा वित्तीय संस्थाहरू, अरु पीएसओ र पीएसपीहरू कनेक्ट आईपीएसमा सर्भिस डेलिभरी पार्टनरको रूपमा आबद्ध हुनुभएको छ । यो सर्भिस उहाँहरूको ग्राहकले लिने हुन् । यसर्थ ती ग्राहकलाई पनि यो सेवाबारे बुझाउन र जानकारी दिने काम भइरहेको छ ।
सरकारले पनि ई–पेमेन्टको पक्षमा नीति लिएको अवस्था छ । यसलाई सफल बनाउन एनसीएचएलको के भूमिका हुन्छ ?
नेपाल सरकाले आफ्नो नीतिगत व्यवस्थामा विद्युतीय भुक्तानी प्रणालीमा जाने उल्लेख गरिसकेको छ । यो प्रोसेसलाई डिजिटलाइज गर्दै जाने र इलेक्ट्रोनिक बैंक एकाउन्टको अवधारणामा काम गर्नुपर्छ भन्ने नीतिगत व्यवस्था सरकारको छ । त्योबाहेक नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायहरूले पनि ई–पेमेन्टलाई प्राथमिकतामा राखेर सहजीकरण गर्दैै आएका छन् । पछिल्लो २/३ वर्षयता नेपाल सरकार, राष्ट्र बैंक, आफै एक प्रयोगकर्ता भएर आफ्नो कारोबार विद्युतीय प्रणालीमार्फत् गर्न लागिपरेका छन्। यसर्थ चाँडै नै नेपालमा ई–पेमेन्ट उद्योग फस्टाउने विश्वास गरेको छु । यो अभियानमा नेपाल क्लियरिङ हाउस लिमिटेडको सार्थक योगदान हुने छ ।
अन्तर्वाता/विचार
लोकसेवाको तयारी मोबाइल एपबाटै
अशोक बस्नेत
सिइओ, मन्त्र आइडियाज
के गर्दै छन् स्टार्टअप आइसिटी अवार्ड विजेताहरू ? ९ स्टार्टअपकाे कथा
नेपालको आइसिटी क्षेत्रको प्रतिष्ठित सम्मान हो, आइसिटी अवार्ड । ४ वर्षदेखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमको चर्च…
अनलाइनबाट यसरी कमाउनुहोस्
सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मात्रै होइन, रोजगारीका नयाँ अवसर सृजना …
इन्टरनेटमा कर होइन, नि:शुल्क बनाऊ
सबै प्रकारका ब्यापार व्यवसायले राज्यलाई कर तिर्नु पर्दछ । राज्यले आवश्यकता अनुसार कुनै व्यवसायमा कर छुटसमेत गर्ने गर्छ । वर्त…
किन गर्ने डिजिटल मार्केटिङ ? कस्ता छन् मार्केटिङका टुल्स ?
यो डिजिटल दुनियाँ हो जहाँ इन्टरनेट सबैलाई अपरिहार्य भइसकेको छ । डिजिटल युगमा मान्छेले युरोप अमेरिकाको काम घरम…
इन्टरनेटमा बच्चालाई कसरी सुरक्षित राख्ने ?
संसारभरी इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा पनि हातहातमा मोबाइल फोन र घरघरमा इन्टरनेट घरघर पुगेको छ । नेपाल दूरसञ्चा…
के पढ्ने आइटीमा ?
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु …
नेपालमा आइटी : हामी कता अलमलिरहेका छौं ?
सूचना प्रविधि क्षेत्रमा नेपालको प्रवेश भएको अहिले होइन । भारतमा भन्दा पहिले कम्प्युटर यहाँ भित्रिएको थियो । अहिले भारतीय …
ह्याकरले आफ्नो शीप गलत काममा प्रयोग गर्न हुँदैन : एलेक्स धिताल
१६ वर्षका एलेक्स धिताल आफूलाई साइबर सेक्युरिटीका रिसर्चर र इथिकल ह्याकर भनेर चिनाउन चाहन्छन् । केही प्रसिद्ध संस्थाका लागि बग बाउन्टी गरिरहेका उनी युवा र विद्…
मास्टर्समा पहिलाेपटक इन्फमेर्शन टेक्नोलोजी म्यानेजमेन्ट सम्बन्धी काेर्श ल्याएका छाैं : जालान
पंकज जालान
कार्यकारी निर्देशक, लर्ड बुद्द एजुकेशन फाउन्डेशन
लर्डबुद्ध एजुकेशन फाउन्डेशनले मास्टर्समा कस्ता आइटी कार्…
वर्डप्रेस कम्युनिटी र वर्डक्याम्पको क्रेज
सर्वप्रथम मलाई साथ दिई वर्डप्रेस कम्युनिटीमा भूमिका निर्वाह गर्नुभएका उज्ज्वल थापा, सकिन श्रेष्ठ र चन्द्र महर्जनलाई सम्झेर विचार…
वर्डप्रेस कम्युनिटी र वर्डक्याम्पको क्रेज
सर्वप्रथम मलाई साथ दिई वर्डप्रेस कम्युनिटीमा भूमिका निर्वाह गर्नुभएका उज्ज्वल थापा, सकिन श्रेष्ठ र चन्द्र महर्जनलाई सम्झेर विचार…
सुबिसु कन्क्लेभमा इमर्जिङ टक्नोलोजी र ट्रेन्डबारे गम्भीर छलफल हुनेछ : अधिकारी
सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘सुबिसु…
‘स्कुलका लागि डिजिटल लर्निङ प्लाटफर्म ‘निमा एकेडेमी’ ल्याएका छौं’ : प्रधान
‘डिजिटाइजिङ एजुकेशन’को नारासहित नेपालका स्कुल र विद्यार्थीलाई स्मार्ट बनाउन उद्धेश्यले सुरु डिजिटल लर्निङ प्लाटफर्म सुरु गर…