अन्तर्वाता/विचार
वर्डप्रेस कम्युनिटी र वर्डक्याम्पको क्रेज
सर्वप्रथम मलाई साथ दिई वर्डप्रेस कम्युनिटीमा भूमिका निर्वाह गर्नुभएका उज्ज्वल थापा, सकिन श्रेष्ठ र चन्द्र महर्जनलाई सम्झेर विचार पोख्दै छु । ७ वर्ष अघिसम्म नेपालमा वर्डप्रेसबारे कुरा गर्ने मानिस हातमा गन्न सकिन्थ्यो । विदेशमा पर्याप्त वर्डप्रेसको सफल अभ्यास भइरहेको थियो । हामी केहीले नेपालमा पनि सम्भावना देख्न थाल्यौं । वर्डप्रेसको त्यतिबेलासम्म यहाँ कुनै कम्युनिटी थिएन । एकाध कम्पनी थिए जो खुलेर वर्डप्रेसमा आधारित रही काम गर्थे । त्यस्तो अवस्थामा नेपालमा वर्डप्रेसको माहोल ल्याउन जरुरी छ र सकिन्छ भन्ने तर्क आउन थाले ।
वर्डप्रेस कम्युनिटीहरु अन्तर्राष्ट्रिय बजारमै काम गरिरहेका थिए । नेपालमा पनि यस्तो कम्युनिटी सुरु गर्नुपर्छ भन्ने विषयमा छलफल सुरु गर्यौं । वर्डप्रेसको अन्तर्राष्ट्रिय बजार कस्तो छ, नेपालमा स्कोप कस्तो छ, कसरी अघि बढाउने, उद्यमशीलता कसरी वृद्धि गर्ने लगायत विषयमा व्यापक छलफल गर्ने थलो (प्लाटफर्म)को रूपमा सन् २०१२ मा वर्डप्रेस नेपाल नामको कम्युनिटी सुरु भयो । हामीले पनि यो कम्युनिटीबाट वर्डप्रेस मिटअप (हाल वर्डक्याम्प) गर्ने जमर्को थाल्यौं ।
पहिलो वर्डक्याम्प २०१२ मा सुरु गरेका हौं । स्वभावैले थोरै सहभागी आए । हामी पनि नयाँ नै थियौं । हामी राम्रो वर्डप्रेस मिटअप गरेर उदाहरण दिन चाहन्थ्यौं । आयोजनाका हिसाबले पनि फरक गर्ने प्रयास गर्यौं । समयको सम्मान गर्ने परम्परा बसाल्यौं । १० बजे सुरु गर्ने भनेपछि १० बजे नै सुरु गथ्र्यौं । एक मिनेट कुरेर बस्ने परम्परा भएन । वर्डक्याम्पमा विभिन्न सेसन सञ्चालन गर्ने र सहभागीले रमाउँदै सिक्ने वातावरण हामीले प्रदान गर्यौं ।
हामीले २०१२ को अन्त्यमै पहिलो लक्ष्य हासिल गर्यौं पनि । त्यो वर्डक्याम्पमा वर्डप्रेस अटोमेटिकबाट फिलिप अर्थर मुरसमेत मुख्य वक्ताको रुको आएका थिए । मानिसहरूमा वर्डप्रेससम्बन्धी जानकारी नभएको अवस्थामा वर्डप्रेसमै लागेर करियर बनाउन चाहनेको संख्या स्वभावैले कम हुन्थ्यो । सुरुवाती दिनमा हाम्रो कम्युनिटी संघर्षमै थियो । वर्डप्रेस र हाम्रो कम्युनिटीको प्रभावकारिता बुझाउनलाई धेरै गाह्रो हुन्थ्यो । समयसँगै वर्डक्याम्पको क्रेज बढ्न थाल्यो । हामी यहाँसम्म पुग्छौं भन्ने त थाहा थियो, तर यति छिटै आइपुग्छौं भन्ने थाहा थिएन । अहिले आर्ईटी विद्यार्थी र युवा वर्डप्रेसरका लागि ठूलो चाड बनेको छ ‘वर्डक्याम्प’ ।
सुरुमा हाम्रो उद्देश्य थियो, वर्डप्रेसमा आधारित अवसरबारे जानकारी दिनु । विस्तारै आईटी उद्योगलाई जोड्ने, उद्यमशीलतामा वृद्धि गर्ने, युवा र महिलाको सशक्तीकरण गर्ने लगायत विषयमा पनि वर्डक्याम्पको विशेष योगदान हुन थाल्यो । २०१२ मा वर्डक्याम्प गरौं भनेर नेतृत्व र अग्रणी भूमिका खेल्ने एक सहकर्मी अग्रजको नाम हो उज्ज्वल थापा । उहाँसँगै सकिन श्रेष्ठ, चन्द्र महर्जनले यो भिजनलाई आत्मसात् गर्दै सक्रिय भूमिका खेल्नुभयो ।
हामी सबै काठमाडौंतिर बस्ने भएकाले काठमाडौंबाटै वर्डक्याम्प सुरु गरौं भनेर बालुवाटारस्थित चप्पल कारखानामा कार्यक्रम गर्न थाल्यौं । त्यो मिटअपमा वर्डप्रेसका फिलिप अर्थरमर मुख्य वक्ताको रूपमा आएका थिए । काठमाडौंमा भएको पहिलो वर्डक्याम्प भव्य सफल भएपछि हामी झनै हौसिएका थियौं । सन् २०१९ सम्म आउँदा वर्डक्याम्प धेरै अर्थमा व्यापक, भव्य र चर्चित कार्यक्रमको रूपमा स्थापित हुन सफल भएको छ । वर्डप्रेससम्बन्धी विविध विषयमा छलफल हुने गरेका छन् । आइटी जगतमा ज्ञान बाँड्ने र लिने प्लाटफर्म बनेको छ । नेटवर्किङ गर्न चाहनेका लागि उत्तम अवसर बनेको छ ।
फेसबुकमा रहेको वर्डप्रेस नेपाल नामक ग्रुपका साथीहरू नै त्यतिबेला देखि नै कम्युनिटीका सक्रिय सदस्य थिए । अहिले काठमाडौंबाट काभ्रे, पोखरा, भरतपुर आदि भएको छ । काठमाडौं मात्र विशेष कम्युनिटी भन्ने रहेन । वर्डप्रेसमा लागिरहेका वा छरिएर काम गरिरहेका व्यक्तिहरू र कम्पनीहरू यो कम्युनिटीमा आउनुभएको छ । यसले हाम्रो कम्युनिटीलाई झनै ठूलो बनाइदिएको छ ।
म स्वयम् देशका विभिन्न ठाउँमा वर्डप्रेस र कम्युनिटीको भ्यालु बढाउने काममा २०१२ देखि आजको मितिसम्म सक्रिय छु । विभिन्न मिटअपको गुणस्तर साथीहरुले दिनप्रतिदिन बढाइरहनु भएको छ । हालै बुटवल, पोखरा पुगेर त्यहाँका लोकल वर्डप्रेस कम्युनिटीले आयोजना गरेका वर्डक्याम्पमा पनि सहभागिता जनाएँ । यस्ता गतिविधिमार्फत् उनीहरू पनि वर्ड क्याम्पमार्फत भ्यालु क्रिएट गर्न हौसिएका छन् ।
युवालाई उद्यमी बनाउनुपर्छ भन्ने आवाज र अभ्यास सन् २०१२ देखि नै हामीले सुरु गरेका थियौं । हामीले सबै आईटी कलेजमा वर्डप्रेस मिटअप गर्ने योजना ल्यायौं । केही हदसम्म सफल पनि भयौं । सुरुको मिटअप अस्कल क्याम्पसमा राखेका थियौं । अन्य कलेजमा पनि विस्तार गर्दै गयौं । वर्डप्रेस के हो र यसको कसरी व्यावहारिक प्रयोग गर्ने भन्ने विषयमा सिकाउँदै गयौं । विशेषतः उपत्यकाका आईटी कलेजहरूमा वर्डप्रेसका इभेन्ट गर्न थाल्यौं । धेरै जना युवा वर्डप्रेस चलाउन र करियर बनाउन उत्साहका साथ आबद्ध भए ।
२०१३, २०१४ हुँदै २०१५ सम्म आउँदा हरेक वर्षका वर्डक्याम्प प्रभावकारी बन्दै गए । वर्डक्याम्प गर्न हामी पनि अभ्यस्त भइसकेका थियौं ।
२०१५ को ‘वर्डक्याम्प नेपाल’पछि हाम्रो कम्युनिटीका साथी रोशन भट्टराई र मबीच उद्यमी घरमा वर्डप्रेस मिटअप उपत्यकाबाहिर पनि गर्नेबारे छलफल भयो । जसमा सकिन श्रेष्ठले सारै सहयोग गर्नुभयो । पहिलो थालनी चितवनबाट गर्ने निष्कर्षअनूरूप हामीले चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा वर्डक्याम्प गर्न सक्यौं । यसअघि नै उज्ज्वल थापासहितका टिमले विराटनगर गएर एकतहको वर्डप्रेस तालिम दिइसकेका थिए । हाम्रो अनुसन्धानले के भन्यो भने लोकल कम्युनिटीका सदस्यहरू जबसम्म आफै एक्टिभ हुँदैनन् तबसम्म वर्डक्याम्प र वर्डप्रेस मिटअप सार्थक रूपले सञ्चालन गर्न सकिँदैन । त्यसैले हामीहरूले उहाँहरूलाई ट्रेन गर्ने, रिसोर्स प्रदान गर्ने, टुल्स र टेक्निक दिने लगायत काममा सहयोग गर्दै गयौं ।
यो मोडल सफल भएको महसुस गरेपछि हामीले काभ्रे, पोखरा, विराटनगर, भक्तपुर हुँदै बुटवल, वीरगञ्ज, हुम्लासम्म वर्डप्रेस कम्युनिटीको विस्तार गरेका छौं । हुम्लाका महिलालाई वर्डप्रेसमा ब्लग लेख्न सक्ने बनाएको उदाहरण हामीसामु छ । सन् २०१८ मा पोखरा, विराटनगर लगायतमा भएको वर्डक्याम्पले वर्डप्रेसको लहर ल्याउन थालेका छन् । वर्डक्याम्प मात्रै नभएर विभिन्न शहरहरूमा वर्डप्रेससम्बन्धी वर्कसप र सेमिनार हुन थालेका छन् । हामी इभेन्ट मात्रै गर्दैनौं, त्यसको इम्प्याक्टलाई पनि मापन गर्छौं । यही कारण हालसम्म ४ हजारभन्दा बढी कम्पनीहरू जोडिन आएका छन् । वर्डक्याम्पकै प्रभावले युवा साथीहरूले उद्यमशीलतामा पाइला बढाएका छन् । आईटी उद्योगले उत्कृष्ट जनशक्ति छान्ने प्लाटफर्म पाएका छन् । केही गर्न चाहनेले हौसला र बलियो साथ पाएका छन् । वर्डप्रेस मिटअपमा अहिले एक्सेसिबिलिटी, थिम डेमलपमेन्ट, प्लगइन डेभलपमेन्ट, डिजाइन, सेक्युरिटी लगायत टपिकहरूमा बढी चासो रहेको पाइन्छ ।
अहिलेको विश्व बजारको ६० प्रतिशतभन्दा बढी वेबसाइट वर्डप्रेसमा बनेका छन् । सीएनएन, टेकक्रन्च, बीबीसी अमेरिका जस्ता चर्चित साइटहरू केही उदाहरण हुन् । कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको बजारमा पनि ३० प्रतिशतभन्दा बढी हिस्सा वर्डप्रेसको छ । यी यस्ता तथ्य भएर नै वर्डप्रेसको मार्केटमा भ्यालु छ । अहिले विभिन्न ठाउँमा वर्डप्रेस कम्युनिटी विस्तार भइरहेको छ । जोकोही यहाँ आबद्ध हुन सक्छन् । वर्डप्रेसले आन्ट्रप्रेनियर बन्न र आईटी उद्योगको आवश्यकता बमोजिम दक्षता हासिल गर्न सहयोग गरिरहेको छ । अर्कोतर्फ नयाँ बन्न लागेको आईटी एक्टमा डिजिटल डिभाइड, डिजिटल लिट्रेसी, क्लाउड कम्प्युटिङ, सेक्युरिटी लगायत विषय समावेश गरिएको छ । उद्योगले मागेका जनशक्ति बनाउन व्यवहारिक र व्यावसायिक ज्ञान तथा तालिम दिन हाम्रो आवश्यकता पर्छ ।
कलेजमा पढ्ने भाइबाहिनीले हामीले वर्डप्रेस सेमिनारमा दिएको ज्ञानकै जगमा आफ्नै कम्पनी खोल्न सफल भइरहेका छन् । देशका विभिन्न भागमा उद्यमशीलताको सपना बोकेर हिँड्ने युवा साथीले हौसला पाइरहेका छन् । समग्रमा भन्दा उद्यमशीलता, महिला सशक्तीकरण, रोजगारी, भ्यालु बेस्ड आर्ईटी सोसाइटीको अवधारणामा काम वर्डप्रेस नेपाल र अन्य ठाउँका लोकल वर्डप्रेस कम्युनिटीहरूको भूमिका महत्त्वपूर्ण बनिरहेको छ । हामी सरकारले ल्याएको भिजन २०–२० को फ्रेमवर्कमा पनि योगदान दिन चाहन्छौं । सँगसँगै अरु कम्युनिटीसँग पनि मिलेर काम गर्न खोजिरहेका छौं । सन् २०१२ देखिका तथ्य समेटेर वर्डप्रेस डिरेक्ट्री पनि ल्याउँदै छौं ।
अन्त्यमा म के भन्न चाहन्छु भने आउनुहोस् मिलेर यो देशमा आइटीको माहोल बनाऔं । समृद्धिका भाषणभन्दा काम गरेर उदाहरण बनौं, नेपालमा पनि प्रशस्त सम्भावना छन् ।
अन्तर्वाता/विचार
नास्टमा ‘इन्नोभेसन फर प्रस्परिटी’ कार्यक्रम ल्याउँदै छु : उपकुलपति श्रेष्ठ
डा. सुनिलबाबु श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को उपकलपति हुन् । उनी …
कसरी बन्छ स्मार्ट स्कुल ?
स्मार्ट स्कुल भन्नेबित्तिकै अध्ययन अध्यापन पद्धतिमा सहज र भरपर्दो शैली र व्यवस्था आएको बुझिन्छ । प्रत्येक विधार्थीको दैनिक क्रिया…
पेमेन्ट इन्डस्ट्रीमा एनपेको सार्थक योगदान हुनेछ : प्रबन्ध निर्देशक श्रेष्ठ
११ वर्षदेखि नेपालको पेमेन्ट इन्डस्ट्रीमा काम गरिरहेका प्रताप श्रेष्ठ डिजिटल सेवा प्रदाय…
मिदासले ५ हजारभन्दा बढी विद्यालयसँग काम गरिरहेको छ : निर्देशक बानियाँ
शिक्षामा प्रविधिको प्रयोगका लागि १६ वर्षदेखि मिदासले निरन्तर काम गरिरहेको छ । अहिले पछिल्ला २ वर्षलाई हेर्ने हो भने शिक्षण…
विद्यालयलाई ‘स्मार्ट लर्निङ सेन्टर’ बनाउन आवश्यक
विद्यालयमा चाँडै नै नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यार्थी अर्को कक्षामा उक्लिँदै छन् । साना नानीहरू पनि कखरा सिक्न विद्…
इन्टरनेटजन्य अपराधमा बालबालिकाको संख्या बढ्दो छ
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा इन्टरनेटजन्य अपराधका घटना लिएर आउनेको संख्या बढिरहेको छ । यसमध्ये बालबालिका र किशोर उमेर समूहका पीडितका उजुरी …
मोवाइल पुस्ता \'१ जी देखि ५ जी\'को विकासक्रम
रेडियो टेलिफोन अझ विकास हुदै गयो र १ जीको नामले चिनिन थाल्यो जसलाई पहिलो जेनरेशनको वायरेस टेलिफोन टेक्नोलोजी मानिन्थ्यो । १९८०मा पहिलो एनलग ट…
नेप्सेको सफ्टवेयरमा व्यापक घोटाला
- जहा वाईको, त्यहा घोटाला
- २९ मिनेट पनि राम्रोसग चलेन २९ करोडमा बनाइएको सफ्टवेर
…
के हो \'एम–गर्भनेन्स\' ?
मदन कडरिया
पहिलो महिला कम्प्युटर इन्जियिर \'गुणकेशरी\'
आइटीमा नेपाली महिलाको नाम लिने बित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् ।
पहिलो महिला इन्जिनियर प्रोफेसर \'तिमिला\'
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन हुन्, तिमिलया यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्छन् ।
…ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट मेरो प्राथमिकता
पुरुषोत्तम खनाल
निमित्त अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण
वर्तमान विश्व अर्थतन्त्र सूचना प्रविधिमा आधारित नवीन व्यावसायिक सोचमा निर्भर छ । आजका गूगल, एप्पल, माइक्रोसफ्ट, अमेजन, फेसबु…