अन्तर्वाता/विचार
‘क्यानमा गुटबन्दी आउन दिन्न, सबैलाई समान अवसर र उचित भूमिका दिनेछु’
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को नेतृत्वमा नवराज कुँवर निर्वाचित भएका छन् । मंसिर ७ गते शनिवार भएको क्यानको २६औं वार्षिक साधारणसभा एवं १३औं कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन् । पाण्डेलाई करिब १३ प्रतिशत मतले पराजित गर्दै पाण्डेले विजय हासिल गरेका हुन् । कुुँवरले ५६.१० प्रतिशत मत हासिल गरे । पाण्डेले ४३.९० प्रतिशत मत ल्याइन् । क्यानमा लामो समयदेखि विभिन्न पद र जिम्मेवारीमा रहेर काम गरेका कुँवरले उपत्यकाबाहिर संगठनलाई लैजान अभियान सञ्चालन गरेका थिए । उनी उपत्यका बाहिर तत्कालिन क्यान लुम्बिनी गठन गरि त्यस मार्फत् केन्द्रिय कार्यसमितिमा पर्यवेक्षक सदस्य हुँदै संघको केन्द्रीय समिति सदस्य, प्रथम उपाध्यक्ष र महासंघमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षकाे भूमिकामा थिए :
क्यान महासंघले तपाईंको नेतृत्व पाएको छ । यो जितलाई कसरी लिनुभएको छ ?
यो सबै सदस्यहरुले ममाथि देखाएको विश्वास हो । मैले जसरी लामो समयसम्म क्यानमा बिताएँ, सदस्यहरुले मलाई नजिकबाट नियाल्ने र मूल्यांकन गर्ने मौका पाउनुभएको थियो । र, नवराज कुँवरले संगठनको नेतृत्व लिँदा समग्र जिल्ला र केन्द्रको समेत हितमा काम गर्छ, केन्द्र र जिल्लामा रहेको खाडल पूरा गर्न सक्छ, क्यानलाई दिशानिर्देश दिन सक्छ भन्ने हिसाबले नै मतदाताले मलाई मत दिनुभएको हो । यो मतलाई सम्मान गर्दै मेरो कार्यकालमा मैले जति प्रतिबद्धता व्यक्त गरेको छु, ती प्रतिबद्धताहरुलाई पूरा गर्न टिम बलियो बनाउनेछु ।
क्यानभित्र केन्द्रदेखि जिल्ला शाखासम्म प्रस्ट २ समूह देखियो । संगठनभित्र गुटबन्दी जारी भइरहने हाे भने कार्यसम्पादनमा समस्या आउला नि ?
चुनावको दिनसम्म यताको र उताको टिम भन्ने रहेको थियो । अब सबै मेरो टिम हो । सबै टिमलाई एउटा धागोमा फुलका गुच्छा गाँसेझै गाँसेर म अघि बढ्नेछु । जुनसुकै पक्षबाट जितेर आए पनि चुनावलाई बिर्सेर पदाधिकारी छनौट गर्ने सन्दर्भ होस् या अन्य कार्यविभाजनका विषय होस्, दुवै पक्षका साथीहरुलाई सँगै राखेर क्यान एउटै छ भन्ने सन्देश दिन खोजेको छु ।
चुनावको दिनसम्म यताको र उताको टिम भन्ने रहेको थियो । अब सबै मेरो टिम हो । सबै टिमलाई एउटा धागोमा फुलका गुच्छा गाँसेझै गाँसेर म अघि बढ्नेछु ।
२ वर्षको लागि तपाईंको कार्यकाल सुरु भइसकेको छ । अब क्यान कसरी अघि बढ्दै छ ?
तत्कालै नजीक आएको कार्यक्रम हो, इन्फोटेक । अब २ महिना मात्रै बाँकी छ । पहिलो काम हामी इन्फोटेकलाई सफल बनाउनतर्फ लाग्छौं । त्योसँगै सबै सदस्यलाई जिम्मेवारी दिएर, विभिन्न ठाउँमा खटाएर सबैतिर क्यानलाई लैजान खोजेको छु । २ वर्षको अवधिमा पनि थुप्रै काम गर्न सकिन्छ भन्ने सन्देश दिनेछौं । ३ दिन बितिसक्यो । प्रत्येक दिनको काउन्टडाउन हुनेछ । हामी हरेक दिन सदुपयोग गर्नेछौं । पदाधिकारी फिक्स भएलगत्तै क्यान इन्फोटेकका लागि जुट्छौं । योसँगै हाम्रा अन्य कार्यक्रम पनि जारी राख्नेछौं । चुनावमा गरेका प्रतिबद्दताअनुरूप नै सबै साथीहरूसँग समझदारीमा याेजनावद्द रूपले काम ल्याउने छाैं ।
पुरानो कमिटीले अघि सारेका योजनाहरुको सन्दर्भमा कार्यान्वयन कसरी गर्नुहुन्छ ?
पुरानो कमिटीको मुख्य एजेन्डा भनेका २ ओटा छन् । एउटा क्यानलाई स्थायी बिल्डिङको व्यवस्था गर्ने सन्दर्भमा छ । त्यसलाई मैले पूर्ण रुपमा कार्यान्वयन गर्ने योजना ल्याएको छु । त्यस्तै निवर्तमान अध्यक्ष हेमन्त चौरासियाज्यूले क्यानलाई स्मार्ट क्यान र पेपरलेस बनाउने योजना सुरु गर्नुभएको थियो, त्यसलाई मेरो कार्यकालमा पूर्णता दिनेछु । विश्वबजारमा भएका आइसिटीलाई नेपालमा भित्र्याउन अन्तर्राष्ट्रिय सेमिनार गर्ने भनेका छौं । यसलाई पनि उपयुक्त समय हेरेर गर्नेछौं ।
क्यानका ५७ जिल्ला शाखा भए पनि अधिकांश जिल्ला शाखाहरु निष्क्रिय छन् । यसका लागि कसरी काम गर्ने योजना ल्याउनुभएको छ ?
हामीले यो वर्षमात्रै सबै प्रदेश क्यानमा सचिवको पद थपेका छौं । सचिव पदमार्फत सबै जिल्लाहरुलाई सक्रिय बनाउन सहज होस् भन्ने अभिप्राय हो हाम्रो । हामीलाई सबै जिल्लाको राय लिन र त्यस अनूकुल कार्यक्रम ल्याउन सहयोग पुग्ने विश्वास छ । प्रदेश र जिल्लातहमा सदस्यता वितरणदेखि हरेक क्रियाकलापलाई सशक्त र प्रभावकारी बनाउन हामीले काम गर्नेछौं ।
क्यानले राज्यसँग नीतिगत तहमा रहेर कसरी समन्वयकारी भूमिका खेल्नेछ ?
यो पाटोमा पनि मैले योजना बनाएको छु । सरकारी क्षेत्रबाट हुने आइसिटी सबन्धी कामहरुमा हामी होतमोलो गर्छौं । सरकारका सूचना प्रविधि सम्बन्धमा जति पनि लक्ष्य र योजनाहरु रहेका छन् त्यसकाे कार्यान्वयनमा क्यानकाे विशेष भूमिका रहने छ । सूचना प्रविधिका व्यवसायीहरुलाई अघि बढ्नका निम्ति के कस्ता अप्ठ्यारा परेका छन्, त्यस सन्दर्भमा हामी सरकारसँग बसेर काम गर्नेछौं । निजी क्षेत्र र सरकारको सहकार्यले मात्रै यो क्षेत्रको विकास हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।
अन्तर्वाता/विचार
के हो बिटकोइन ?
बिटकोइन, इन्टरनेट को भर्चूयल मुद्रा सुरु देखी नै बिबादास्पद रहदै आएको छ । तर मानिसहरु यसलाई इन्टरनेट मा वास्तविक सामग्रीहरु खरिद गर्नको लागि प्रय…
‘गर्नुपर्ने धेरै छ, फुटेर होइन जुटेर आइटी क्षेत्रको विकासमा लागौं’
यदि तपाईं सूचना प्रविधिप्रेमी हुनुहुन्छ र नेपालमै वा नेपाल बाहिर बसेर पनि नेपालका लागि काम गर्न चाहनुहुन्छ भने मेरो यो…
डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वकृत, पारित गर्नै लाग्यो १५ महिना
सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेम…
बुधबारदेखि देशका मुख्य शहरहरूमा फोरजी सेवा सुरु गर्दैछौं : टेलिकम प्रबन्ध निर्देशक अधिकारी
डिल्ली अधिकारी सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका प्रबन्ध निर्देशक…
अब हरेक क्षेत्रका लागि डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ : खतिवडा
आइटी क्षेत्रमा विभिन्न काम गर्न सकिन्छ । डिजिटल मार्केटिङ पछिल्लो समय फस्टाएको एक करियर हो । यसभित्रको एसइओ (सर्च इन्…
विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न किस्ट कलेज छान्ने गरेका छन् : बस्नेत
सूर्य बस्नेत
डिपार्टमेन्ट अफ बिआइएम, किस्ट कलेज, काठमाडौं
\'हामीले एकाडेमिकसँगै ननक्रेडिट प्रोफेसनल कोर्शहरु पनि उपलब्ध गराइरहेका छाैं\' - सन्दिप श्रेष्ठ
सन्दिप श्रेष्ठ
प्रिन्सिपल, समृद्धि कलेज, भक्तपुर
(बिसिए विशेष) हामीले कलेजमै प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउँछौं : कडरिया
मदन कडरिया
प्रमुख, डिपार्टमेन्ट अफ आइटी, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नाेलाेजी (एनसिआइटी)
…
विद्यार्थीकाे सुरक्षित करियर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौं : दवाडी
चोकराज दवाडी
एकेडेमिक डाइरेक्टर, न्यू समिट कलेज
सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ : सुब्बा
गंगा सुब्बा
प्रोग्राम कोअर्डिनेटर
(बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्स ए…
शिक्षामा प्रविधि र शीपको मागलाई जोड्न आवश्यक छ : प्याब्सन अध्यक्ष पुरी
टीकाराम पुरी निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का केन्द्रीय अध्यक्ष हुन् । प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशन…
आइटी शिक्षाको क्रेज !
केही वर्षअघिसम्म मेडिकल साइन्स र इन्जिनीयरिङमा नाम निक्लिएन भने मात्रै विद्यार्थी आइटी पढ्न आइपुग्थे । अहिले भने विद्यार्थीको…