अन्तर्वाता/विचार
बिगतको भन्दा यसपटकको क्यान इन्फोटेक राम्रो हुनेछ
क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० गते देखि २४ गतेसम्म नेपालगञ्जको सिद्धार्थ कटेजको प्राङगणमा आयोजना हुने क्यान इन्फोटेकको तयारी तिब्र रुपमा भइरहेको छ ।
नेपालगञ्जमा हुने क्यान इन्फोटेकको बारेमा क्यान महासंघ बाँकेका अध्यक्ष रमणी प्रसाद शर्मासंग गरिएको कुराकानीको केही अशं ।
नेपालगञ्जमा आयोजना हुने इन्फोटेकको उदेश्य के हो ?
विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा ‘प्रभु पे क्यान इन्फोटेक २०२० इन एशोशिएसन विथ वर्ल्ड लिंक’ आयोजना गर्देछौं ।
यो क्यान इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।
नेपालगञ्जमा इन्फोटेक आयोजना गर्नुको मुख्य उदेश्य भनेको धेरै भन्दा धेरैलाई सूचना प्रविधि सम्बन्धि जानकारी प्रदान गर्नु रहेको छ ।
इन्फोटेकमा कतिवटा स्टल रहेका छन् ?
इन्फोटेकमा ९० वटा प्रदर्शनी स्टल राखेका छौं । जस अन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन, मोबाइल एशोसरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आइसीटी कलेज, शैक्षिक परामर्श केन्द्र, ट्रेनिङ इन्स्चियुट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित स्टल रहेका छन् ।
प्रवेशको व्यवस्था कसरी मिलाउनु भएको छ ?
पाँच दिनसम्म संचालन गरिने प्रदर्शनीमा अवलोकनका लागि सर्वसाधारणलाई ३० रुपैयाँ र विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेका छौं ।
अनलाइन माफर्त् टिकट खरीद गर्नेलाई पाँच रुपैयाँ छुटको व्यवस्था समेत गरेका छौं । यस पटकको क्यान इन्फोटेकमा हामीले टिकटलाई पेपरलेस (डिजिटल) बनाएका छौं ।
प्रदर्शनीमा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर माथिका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाएका छौं ।
नेपालगञ्जमा हुने इन्फोटेकका मुख्य बिशेषता के के छन् ?
बिगतको भन्दा यसपटकको क्यान इन्फोटेक परिस्कृत हुनेछ । बिगतको वर्ष भन्दा यो वर्ष इन्फोटेकमा अवलोकनकर्ताले केही फरक अनुभुति प्राप्त गर्नेछन् ।
यस पटकको इन्फोटेकमा कम्प्युटर, मोबाइल तथा सूचना प्रविधिको बृहत प्रदर्शनी गर्दै छौं । इन्फोटेकमा हामीले अनलाइन अर्निङ, आइटी सचेतना, अनलाइन बिलिङ लगायत विभिन्न विषयमा प्रदर्शनी र रोबोटिक्स प्रतिस्पर्धाको समेत आयोजना गरेका छौं ।
त्यस्तै नेपाली वैज्ञानिकद्धारा निर्मित रोबोट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकथन प्रतियोगिता, पब्जी, फिपा लगायतका विभिन्न खेलहरु इन्फोटेकमा हुनेछन् ।
प्रदर्शनीमा एग्रीकल्चर ड्रोनको प्रदर्शन, फेसबुक तथा टिकटक प्रतिस्पर्धा समेत हुने छ ।
अन्तर्वाता/विचार
छोटो समयमै सेल पे स्थापित हुन सफल भएको छ
पवन प्रधान
प्रबन्ध निर्देशक, सेल पे
नेपालका बैंकिङ सिष्टम कुनै पनि बेला ह्याक हुन सक्छन्, अधिकांश सिष्टम असुरक्षित छन् - मुकुन्द पोखरेल, प्रविधिविज्ञ
नेपालका बैंकहरुका सिष्टमहरु ह्याक भइरहेका छन् नि ? नेपालका बैंकहरुका सिष्टम असुरक्षित नै हुन् त ?
हामी हाम्रो भाषामा म्यचुरिटी लेभ…
सूचना प्रविधि, आइटी कोर्सहरू र करियर
कुमार पौड्याल
हेड, आइटी डिपार्टमेन्ट, टेक्सास इन्टरनेशनल कलेज
नेपालमा सूचना प्रविधि क्षेत्रको वि…
‘क्यानमा गुटबन्दी आउन दिन्न, सबैलाई समान अवसर र उचित भूमिका दिनेछु’
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को नेतृत्वमा नवराज कुँवर निर्वाचित भए…
‘असक्षम नेतृत्वले क्यानको शाख घट्यो, योग्य र सबल नेतृत्व रोजौं’
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को महाधिवेशन र १३औं कार्यसमितिको निर्वाचन यही मंसिर ७ गते शनिबार हुँदैछ…
\'युवा, विद्यार्थी र स्टार्टअपको हितमा काम गर्न क्यानमा मेरो उम्मेदवारी\'
क्यान महासंघको आसन्न १३औं कार्यसमितिको निर्वाचनका लागि नवराज कुँवर र सुनैना घिमिरेको प्यानल प्रतिष्पर्धामा उत्रिएको…
आइटीका लागि छुट्टै युनिभर्सिटी : प्रा. डा. मनिष पोखरेल
सूचना प्रविधि क्षेत्रमा नेपालको प्रवेश भएको अहिले होइन । भारतमा भन्दा पहिले सुपर कम्प्युटर यहाँ भित्रिएको थियो । अहिले भारतीय अर्थतन्त्रमा सूचना प्रव…
के हो बिटकोइन ?
बिटकोइन, इन्टरनेट को भर्चूयल मुद्रा सुरु देखी नै बिबादास्पद रहदै आएको छ । तर मानिसहरु यसलाई इन्टरनेट मा वास्तविक सामग्रीहरु खरिद गर्नको लागि प्रय…