अन्तर्वाता/विचार
‘सानिमा बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ’
कोरोना महामारी पछि नेपालमा प्रविधिको प्रयोग बढेको छ । सामान खरिद देखि कारोबारसम्म धेरैले अनलाइनबाटै गरिरहेका छन् । कोरोना महामारी पछि बैंकहरुले पनि डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेका छन् ।
नयाँ नयाँ प्रविधिहरु ल्याएका छन् भने आफ्ना सेवाहरुलाई अनलाइनमा लैजान थालेका छन् । जसका कारण डिजिटल बैंकिङका प्रयोगकर्ता समेत बढेका छन् ।
यसै सन्दर्भमा बैंकिङ क्षेत्रमा दुई दशकको अनुभव बटुलेका इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष, आइसिटी अवार्डका जुरी मेम्बर तथा सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठ सँग डिजिटल बैंकिङ, साइबर सुरक्षा लगायतका विषयमा आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः
सानिमा बेंकले डिजिटल बैंकिङलाई कसरी अगाडि बढाइरहेको छ ?
सानिमा बैंकले अहिले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ । बोर्ड र व्यवस्थापनको पनि डिजिटल बैंकिङलाई प्राथमिकता साथ अगाडि बढाउने भिजन रहेको छ । नेपालमा अहिले जति पनि चाहिने प्रडक्टहरु छ, फिचरहरु छ, त्यो हामीले सुरूवात गरिसकेका छौं ।
हामीले हरेक शाखामा निःशुल्क वाईफाई राखेका छौं । बैंकले नेपालमै पहिलो पटक किओस्क मेसिनको सुरूवात गर्यो । जसबाट लाइन नबसेरै चेक डिपोजिट गर्न सकिन्छ । हामीले अहिले ओम्नी च्यानल पनि शुरू गरेका छौं । अर्को हामीले ई-बैंकिङ भनेर पनि शुरु गर्यो ।
यसबाट एउटै लगइन आईडीबाट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा पहुँच राख्न सकिन्छ । ई-बैंकिङमा इक्यासको सुविधा रहेको छ ।
सानिमा बैंकमा तपाईको अकाउन्ट छैन् भने मैले तपाईको नम्बरमा फण्ड ट्रान्सफर गरेपछि तपाई सानिमा बैंकको जुनसुकै शाखामा गएर इक्यासमा यति ट्रान्सफर भएको छ मलाई काउन्टरबाट दिनुहोस् भन्नुभयो भने त्यहाँ तपाईले ओटिपी शेयर गर्नुपर्ने हुन्छ र त्यसपछि तपाईले रकम पाउनुहुन्छ ।
अर्को हामीसँग इभौचर सुविधा पनि रहेको छ । तपाई बैंकमा गएर भौचर भरिरहनुपर्ने झन्झट भएन । घरमै बसेर भौचर भरेर शाखामा गएर मैले यति रकमको भौचर भरेको छु क्यास डिपोजिट गरिदिनुहोस् भन्नुभयो भने डिपोजिट हुन्छ ।
सानिमा बैंकका कुन कुन सेवाहरु अनलाइनबाटै लिन सकिन्छ ?
सानिमा बैंकका ग्राहकले अनलाइनबाटै क्रेडिट कार्डका लागि आवेदन दिन सक्छन् । त्यस्तै ग्राहकसँग चेक पनि छैन् एटिएम पनि छैन् भने मोबाइल बैंकिङबाट सानिमा बैंकको शाखामा रहेको क्युआर कोड स्क्यान गरेर रकम झिक्न सकिन्छ । रकम डिपोजिट गर्न अनलाइनबाटै भौचर भर्न सकिन्छ ।
सानिमा बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, बैंकसँग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्छन् ।
त्यसैगरी खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्छन् । ग्राहकले अनलाइनबाटै केवाईसी अपडेट पनि गर्न सक्छन् ।
सानिमा बैंकले ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न थालेको छ । बैंकबाट डलरको प्रिपेड कार्ड लिन के गर्नुपर्छ ?
सानिमा बैंकले ग्राहकहरुलाई ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न थालिसकेको छ । हामीले यो प्रिपेड कार्डको नाम सानिमा युएसडी इकार्ड दिएका छौं । यो प्रिपेड कार्ड लिन शुरूमा सानिमा बैंकमा खाता हुनुपर्छ ।
त्यस्तै कार्ड लिन ग्राककको केवाईसी विवरण अद्यावधिक भएको र स्थायी लेखा नम्बर (प्यान) भएको हुनुपर्छ । ग्राहकले अन्य बैंकबाट डलर प्रिपेड कार्ड लिएको छैन् भनेर घोषणा पनि गर्नुपर्छ ।
यो कार्डको अवधि २ वर्षको रहेको छ । उक्त कार्डमा डलर राख्दा ५०० रूपैयाँ शुल्क लाग्छ । कार्ड लिदा त्यो बाहेक अन्य शुल्क लाग्दैन् । यो आफ्नो नाम अंकित कार्ड लिएमा कार्ड आउन केही समय लाग्छ तर इन्स्ट्यान्ट कार्ड तुरून्तै पाइन्छ ।
साइबर सुरक्षामा बैंकले कत्तिको ध्यान दिएको छ ?
म एउटा बैंकको मात्रै भन्दा पनि पुरै बैंकिङ उद्योगको कुरा गर्छु । मैले विगत दुई दशकदेखि बैंकिङ उद्योगमा काम गरिरहेको छु । बैंकले सुरक्षामा ध्यान दिदा दिदै पनि कुनै कुरा प्रयोगकर्ताले प्रयोग गर्न नजान्दा साइबर सुरक्षाका घटनाहरु भइरहेका हुन्छन् ।
अर्को कुरा उद्योगमा जुन स्तरको पूर्वाधार हुनुपर्ने हो, जुन स्तरको लगानी हुनुपर्ने हो, त्यो छैन् । स्ट्याण्डर्ड लेभल मेन्टेन नगर्दा पनि कतिपय घटना भइरहेका हुन्छन् । थ्रेट त दिनदिनै आउँछ । घोडामा चढेर लडिन्छ भनेर घोडा नचढ्ने त होइन । तर थ्रेट र चुनौतिलाई कम गर्नुपर्यो । यसलाई कम गर्न प्रयोगकर्ताको अवयरनेस बढाउनु पर्यो ।
पूर्वाधारमा लगानी गर्नुपर्यो । हामीसँग एक्सपर्ट नभएका कारणले पनि साइबर सुरक्षाका घटनाहरु हुन्छन् । अरूसँग शेयर नगरेर ढाकछोप गर्ने प्रवृतिले यस्ता घटना घट्छन् । नलेज शेयरिङको वातावरण भयो अझ राम्रो हुन्छ । कमी कमजोरीलाई सुधार्ने मौका मिल्छ ।
अहिलेको समयमा थ्रेट त छ त्यसलाई कम गर्न कमन प्लेटफर्म बनाएर नलेज शेयरिङ र अनुभव शेयरिङ गर्दै जाने हो भने हामी चुनौतिलाई कम गर्न सक्छौं । प्रविधिको क्षेत्रमा दिनदिनै नयाँ नयाँ मालवेयर, भाइरस र र्यानसमवेयहरु आइरहेका हुन्छन् । त्यसलाई कम गर्न हामीले साझा प्लेटफर्म बनाएर काम गर्नुपर्छ ।
अब बैंकिङ क्षेत्र कसरी अगाडि बढ्ने देख्नुहुन्छ ?
अब बैंकहरुमा डिजिटल प्रविधिको प्रयोग बढ्दो मात्रामा हुन्छ । प्रविधि प्रयोग नगर्ने बैंक अब पछाडि पर्दै जान्छन् भने प्रविधि प्रयोग गर्दै जाने बैंक अगाडि बढ्दै जान्छन् । ग्राहकलाई सहज रूपमा सेवा प्रदान गर्न प्रविधिको प्रयोग गर्नुपर्छ । अहिले पनि बैंकमा प्रविधिको प्रयोग त भएको छ तर यसलाई अझै व्यापक गर्नुपर्छ ।
कोरोना महामारीले गर्दा झन प्रविधिको महत्व कत्तिको छ भनेर देखाइ दिएको छ । कोरोना महामारीको समयमा डिजिटल बैंकिङको प्रयोगमा वृद्धि भएको छ । कोरोना महामारीले डिजिटाइजेसन तिर जान एकदमै राम्रो अवसर सिर्जना गरेको छ ।
यसले अरू क्षेत्रलाई असर गरेपनि डिजिटाइजेसनमा जान भने ठुलो भूमिका खेल्यो । ३ वर्षमा हुने प्रविधिको प्रयोग कोरोना महामारीले गर्दा केही महिनामै सम्भव गराइ दिएको छ ।
डिजिटल बैंकिङका लागि आगामी योजनाहरु के के छन् ?
हामीले डिजिटल बैंकिङका लागि पहिलै नै धेरै प्रोजेक्टहरु शुरु गरेका छौं । त्यसका साथ साथै एआई र ब्लचेन प्रविधिमा काम गर्न अध्ययन गरिरहेका छौं । सानिमा बैंकको आन्तरिक डिजिटाइजेसनमा काम गर्ने पनि हाम्रो योजना छ ।
पेपरलेस भन्दा पनि लेसपेपरमा जान सक्ने वातावरण बनाउछौं । सानिमा बैंक भित्र ‘डिजिकम’ भन्ने कम्युनिटी पनि रहेको छ । सानिमा बैंकले डिजिटल प्रविधिलाई फोकस गरेर काम गरिरहेको छ ।
प्रविधिको क्षेत्रमा कस्ट शेयरिङ मोडेलमा काम गर्न सकिन्छ की भनेर समेत हामीले रिसर्च गरिरहेका छौं । हामीसँग छुट्टै रिसर्च एण्ड डेभलपमेन्टको टिम पनि रहेको छ । कसरी जाँदा राम्रो हुन्छ त्यसमा पनि हामी रिसर्च गरेर अगाडि बढिरहेका छौं ।
अन्तर्वाता/विचार
‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’
आगामी फ्रेबुअरी २५ अर्थात् फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने…
‘ह्वावे कहिल्यै विविधीकरणको पछि लाग्ने छैन’
सन् १८८७ मा चीनको एउटा अपोर्टमेन्टबाट शुरु भएको हुवावे आज १७० भन्दा बढि द…
‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी चारवर्ष पछि यात उद्यमी बन्ने छन् यात राम्रो जब पाउने छन्’
बिगत केही वर्षदेखि नेपालमा आइटी लगायतका अन्य शिक्षा प्रदान गरिरहेको छ । स…
‘तपाई जस्तो प्रतिभावान व्यक्तिका लागि संसार कुर्दैं छ’
सोफी एलकर्न हुवावे आइसिटी अवार्ड २०२० की सल्लाहकार हुन् । उनी अमेरिकाको क्…
हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको प्रतिवद्धतासँगै उत्कृष्टलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं- गंगा सुब्बा
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सगरमाथा कलेज अफ साइन्…
‘हामीले विद्यार्थीलाई २५ देखि १०० प्रतिशतसम्म स्कलरसीपको व्यवस्था गरेका छौं’
स फ्टवेरिका कलेजले विगत एक दशक देखि नेपालमा आइटी शिक्षा प्रदान गरिरहेक…
डिजिटल मार्केटिङ र यसकाे उपयोगिता
डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल ह…
‘नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिइरहेका छौँ’
सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटी) पो…
‘सबै स्थानिय निकाय र सरकारी कार्यालयको डेटा सेन्ट्रलाइजड गर्न आवश्यक छ’
नेपाल सरकारको आईटी सम्बन्धि विज्ञ निकायको रुपमा रहेको सूचना…
कनेक्टिभिटी र डाटा मार्फत डिजिटल नेपाल यात्राको सशक्तिकरण
पछिल्ला २१ बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र …
‘ह्वावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो’
स्विडेनको टेलिकम नियामक पीटीएसले हालसालै देशका अपरेटरहरूलाई उनीहरूको फाइभजी ने…
५ जी : क्रमागत विकास कि क्रान्ति ?
ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज
मोबाइल प्रविधिमा हामि एनालग प्रविधिमा आधारित पहिलो पुस्…
ब्लग के हो ? ब्लगबाट कसरी पैसा कमाउने ?
के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा …
किन सफल भएनन आइटीका सरकारी प्रोजेक्टहरु ?
आइसिटी अन्तगर्तका धेरैजसो सरकारी प्रोजेक्टहरु पुर्णरुपमा सफल नभएको देखिन्छ । एडिबी र विश्व बैंकको अनुदानकै प्रोजेक्टहरु पनि मास्टरप्लानमै कता हराएजस्तै भान …
‘साइबर सेक्युरिटीमा सरकारको तयारी र योजना कामचलाउ मात्रै भयो’
साइबर सुरक्षा विज्ञ राजनराज पन्त