कीवर्डहरू -

अन्तर्वाता/विचार

‘ह्वावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो’ 

स्विडेनको टेलिकम नियामक पीटीएसले हालसालै देशका अपरेटरहरूलाई उनीहरूको फाइभजी नेटवर्कमा ह्वावे उपकरण प्रयोग गर्नबाट वञ्चित गरेको छ ।

यस कार्यको औचित्य देखाउन चीनका कुनै पनि विक्रेताले स्वीडेनको राष्ट्रिय सुरक्षामा स्वतः खतरा उत्पन्न गराउने भनिएको छ ।

यस्तो गलत धारणाले स्विडेनी परिवार र व्यवसायलाई ह्वावेको इनोभेसनका फाइदाहरू लिनबाट रोक्न सक्छ । दुर्भाग्यवस, उनीहरु ती प्रेसद्वारा प्रबलित छन् ।

उदाहरणका लागि नोभेम्बर १० मा डागेन्स इन्डस्ट्रीमा प्रकाशित एक सम्पादकीय स्तम्भ सुझाव गर्दछ कि, ‘चीनले विदेशी स्वामित्वका लागि पनि ह्वावे खुल्ला हुनपर्छ ।’

यो सिफारिश निसन्देह पूर्ण रूपमा अभिप्रेत भई हाम्रो कम्पनी कसरी संरचित र व्यवस्थित गरिएको छ भन्ने गहन गलतफहमी प्रदर्शन गर्दछ।

ह्वावेको स्थापना १९८७ मा भएको थियो र म १९८९ मा ह्वावेसंग संलग्न भएँ । त्यतिबेला बैंकहरू साना स्टार्ट अप कम्पनीहरूलाई ऋण दिन हिचकिचाउँथे । ह्वावेले कर्मचारीहरूलाई सेयर बेचेर पूंजी जुटाउनु परेको थियो र यो व्यवस्था आज सम्म जारी छ ।

कर्मचारीहरू आफ्नै पैसाले सेयर खरीद गर्छन् र उनीहरूको स्वामित्वमा रहेको सेयरको संख्याको आधारमा वार्षिक लाभांश प्राप्त गर्दछन् । तिनीहरू एक–मत–प्रति–सेयरको आधारमा प्रतिनिधि आयोग गठन गर्न सदस्यहरू पनि छनौट गर्दछन् । आयोगले कम्पनीको बोर्ड निर्देशक छान्दछ ।

यस्तो नाफा र जोखिमको साझा प्रणालीले ह्वावेलाई दीर्घकालीन विकासको लागि आवश्यक रकम प्रदान गर्दछ र यसको शासन र व्यवस्थापनको लागि आधारशिला निर्माण गर्दछ ।

निजी रूपमा आयोजित भएको ह्वावेलाई सार्वजनिक रूपमा सूचीबद्ध कम्पनीहरूले सामना गरेको छोटो अवधिको दबावबाट मुक्त गर्दछ जसका सेयरहोल्डरहरू त्रैमासिक आय लक्ष्य प्राप्त गर्ने आशा राख्दछन् ।

यस्तो बाह्य दबाबबाट स्वतन्त्र ह्वावेले अनुसन्धान र विकासमा आफ्नो दीर्घकालीन ध्यान केन्द्रित गर्न सक्दछ जबकि सेयर भएका कर्मचारीहरूले बढी लाभान्वित हुन सक्दछन् ।

हाल ह्वावे संस्थापक र सीईओ रेन जेङफीको ह्वावेमा लगभग १ प्रतिशत हिस्सेदारी रहेको छ । बाँकी ह्वावे युनियनद्वारा नियन्त्रित छ जसमार्फत कर्मचारीहरूले कम्पनीको स्वामित्व राख्दछन् । चीनमा कम्पनीहरूले आफ्नो सेयर होल्डिंग प्लेटफर्मको रूपमा ट्रेड युनियन स्थापना गर्नु सामान्य र वैध हो ।

मिडियाले यस प्रबन्धलाई अस्पष्ट माने पनि वास्तवमा यो संसारको अन्य ठाउँमा कर्मचारीको स्वामित्वमा रहेका कम्पनीहरूले पाएको भन्दा फरक छैन जस्तै जोन लुइस पार्टनरशिप (युकेमा डिपार्टमेन्ट स्टोर ग्रुप) र एसिलोर (एक फ्रान्सेली अन्तर्राष्ट्रिय नेत्र अप्टिक्स कम्पनी) रहेका छन् ।

वास्तवमा हाम्रो स्वामित्व संरचना आज धेरै स्विडेनी कम्पनीहरूले अँगालेका छन् । गत वर्षको यूरोपीयन कम्पनीको सर्वेक्षणले देखाएको छ कि स्विडेनको निजी क्षेत्रको ११ प्रतिशत कर्मचारी सेयर स्वामित्व योजना–जुन युरोपियन औसत भन्दा दोब्बर रहेको छ ।

हुनसक्छ यो मोडेलले स्वीडेनको समानता सम्बन्धी सम्वेदनशीलताका लागि अपील गर्दछः जहाँ कर्मचारीहरूलाई उनीहरूले गरेको कामको आधारमा भिन्न भुक्तान गरिन्छ तर त्यहाँ पारदर्शी लाभ साझेदारी प्रणाली रहेको छ ।

व्यक्ति सशक्त महसुस गर्दछन्, उनीहरूको कामको गुणस्तरको ख्याल राख्छन् र निरन्तर व्यापार सुधार गर्ने तरिकाहरूको बारेमा सोच्दछन् । केही युरोपेली विज्ञहरूले निष्कर्ष निकालेका छन् कि ह्वावेले “कर्मचारी पूंजीवाद” कार्यान्वयन गरिरहेको छ ।

डेट्राक्टरको आरोप छ कि हामी सरकारी समर्थनबाट एक ग्लोबल लिडर बनेका छौं । वास्तवमा कम्पनीले विपरित कारणबाट सफल भएको छः हामी स्वतन्त्र रूपमा संचालन गर्छौं र राजनीतिमा होइन तर व्यापारको तर्कको अनुसरण गर्दछौं ।

यसको स्थापना भएको सन् १९८७ देखि सुरुवाती २००० सम्म ह्वावेले चिनियाँ सरकारी स्वामित्वको उद्यमहरूसँग प्रतिस्पर्धा गरको थियो जसमध्ये धेरै महत्वहीन भए कि त पूर्ण रूपमा हराए ।

यस परिणामले पूँजीपतिहरूलाई अचम्मित पार्दैन, जसले बुझ्छन् कि प्रायः जसो राज्यको स्वामित्व प्राप्त वा नियन्त्रीत कम्पनीहरूले कर्मचारीतन्त्र र कम दक्षताका कारण प्रतिस्पर्धा गुमाउँछन् । यो हाई–टेक उद्योगमा विशेष गरी सत्य हो ।

किन चीनको टेक उद्योग यति छिटो र यति राम्रो विकास भएको छ ? सायद किनभने १९८० को दशकदेखि चीनले आफ्नो बजार खोलेको छ र एरिक्सन, नोकिया, मोटोरोला, सिएमेन्स र अन्य विदेशी कम्पनीहरूको लागि समान अवसर प्रदान गरेको छ ।

पीटीएस स्टेटमेन्टले मलाई १९६० र १९७० को दशकमा चीनको राजनीतिक उथलपुथलको सम्झना गरायो । किनभने मेरो परिवार जग्गा मालिकका रूपमा वर्गीकृत गरिएको थियो, त्यसैले मैले विश्वविद्यालयमा जाने मौका झण्डै गुमाएको थिए ।

मलाई आशा छ कि पीटीएसले एक उद्देश्यपूर्ण, निष्पक्ष र तथ्यमा आधारित मूल्याकंन गर्न र निर्णय लिन सक्छ जुन सम्पूर्ण स्विडेनलाई फाइदा हुनेछ ।

ह्वावले स्वीडेनका राजनीतिज्ञ, अन्वेषक, पत्रकारहरु र अन्यका लागि कम्पनी र यसको कर्मचारी स्टक स्वामित्व योजना (ईएसओपी) कोठा भ्रमण गर्न, र कम्पनीले विगत तीन दशकहरूमा निर्माण गरेको प्रणालीको बारेमा विचारहरू आदानप्रदानका लागि ढोका सँधै खुल्ला राखेको छ ।

यस बीचमा तथ्यहरू अपरिवर्तित रहेका छन्ः कुनै पनि सरकारी इकाईले ह्वावेको ब्यापार वा लगानीका निर्णयहरूलाई डिक्टेट गर्दैन र ह्वावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो ।

जियाङ सिसेङ ह्वावे बोर्डका मुख्य सचिव हुन् । उनको यो लेख हामीलाई ह्वावे नेपालले उपलब्ध गराएको हो ।

अन्तर्वाता/विचार

‘साइबर सेक्युरिटीमा सरकारको तयारी र योजना कामचलाउ मात्रै भयो’

साइबर सुरक्षा विज्ञ राजनराज पन्त


\"कौशिक

‘ह्याकर’ भन्ने बित्तिकै नराम्रो तरिकाले बुझ्ने एउटा गलत धारणा छ

फोटोः सौगात पोखरेल


केह…

कोभिडले नेपालमा ल्याएको डिजिटल तरंग

अहिले पूरै विश्व नै कोभिड कहरले ग्रस्त बनेको छ । देशहरू कोभिडको खोप खोज्नमा तत्पर …

एएसपी डटनेटमा भ्यु स्टेटको चर्चा

CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional


एएसपी डटनेटमा यसरी गर्नुहोस् सर्भर कन्ट्रोल 

फोटोः आलोक कुमार पाण्डे

CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional

बिज्ञान प्रविधिमा नेपाल, विकास एजेन्सीको भूमिका के हुन्छ ?

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहर…

यसरी बनाउनुहोस् एएसपी डटनेटमा वेबसाइट

आलोक कुमार पाण्डे

CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional

विज्ञान दिवसको मूल उदेश्य नै इन्नोभेसन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने हो - गणेश शाह


गणेश शाह, पूर्वमन्त्री, विज्ञान तथा प्रविधि

पूर्व मन्त्…

एएसपी डटनेट के हो र के छन् यसका बिशेषताहरु ?

आलोक कुमार पाण्डे