कीवर्डहरू -

अन्तर्वाता/विचार

ब्लग के हो ? कसरी पैसा कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने भएको हो ।

ब्लग के हो ?

वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन् ।

जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ । यसैले त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण  व्यवसाय प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् । विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।

ब्लग कसरी बनाउने ?

यसका लागि सुरुमा गुगलको ब्लगर, वर्डप्रेसजस्ता निःशुल्क साइटमा अकाउन्ट बनाउनुपर्छ । जस्तै मैले यो मेरो ब्लग ब्लगर साईटमा बनाएको हो ।

यो ब्लग वर्डप्रेसको साईटमा बनाएको हो जुन यहाँले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।

कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषा

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ ।

त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने फेसबुकको इन्स्टान्ट अर्टिकलले नेपाली भाषा स्वीकार गर्छ ।

पैसा कसरी कमाउन सकिन्छ त ?

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ । यदी तपाईंले अङ्ग्रेजी भाषामा लेख्नु भएको छ भने एड्सेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ ।

नेपाली भाषामा ब्लग लेख्नुभएको छ भने फेसबूकको इन्स्टान्ट आर्टिकल अर्को आम्दानीको स्रोत हुन सक्छ । ब्लगगिङ सबन्धी अन्य जानकारी यो ब्लग मा गएर लिन सक्नु हुन्छ ।

अन्तर्वाता/विचार

शिक्षामा आधुनिकीकरणसँगै आमूल परिवर्तन आवश्यक

नेपालको शिक्षा क्षेत्रमा धेरै समस्याहरु विद्धमान छन् । नेपालको शिक्षा अझै पनि परम्परागत पद्धतिमा आधारित छ । त्यसैले नेपाली शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खा…

\'१ जी देखि ५ जी\'मोवाइल पुस्ताको विकासक्रम

रेडियो टेलिफोन अझ विकास हुदै गयो र १ जीको नामले चिनिन थाल्यो जसलाई पहिलो जेनरे…

रोबोट कसरी सुरु भयो ? यस्ताे छ राेचक इतिहास

रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो य…

स्मार्ट सिटीका लागि यी महत्वपूर्ण पाँच आधार

स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभह…

यस्तो छ अनलाइनबाट कमाउने तरिका !

सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मा…

कसले गर्यो विश्वमा पहिलो पटक मोबाइल फोनबाट कुराकानी ? यस्तो छ इतिहास

२१ औं शताब्दिमा बिज्ञानले हामिलाई अनौठो उपकरण दिएको छ,जसको प्रयोग गरि हामि आफ्ना …

कस्तो थियो प्राचिनकालमा आर्टीफिसिअल इन्टेलिजेन्सको भूमिका ?

आर्टिफिसियल इन्टेलिजेन्स धेरै अघिदेखि प्रचलनमा आएको मानिन्छ,ग्रिकका पुराना कल्पित कथ…

प्राविधिक शिक्षाका लागि कस्तो कलेज छान्ने ?

नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्ष…

फेसबुक मार्केटप्लेस के हो ? कसरी काम गर्छ ? 

तपाईंलाई थाहा छ फेसबुकमा एउटा फिचर छ, मार्केटप्लेस । तपाईंले फेसबुक एपको तीन ला…

आइटी शिक्षा भविष्यको आधार: कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?

नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्ष…

के हो डिजिटल मार्केटिङ र के छ यसकाे उपयोगिता ?

डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल ह…

ब्लगबाट कसरी पैसा कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा …

केयुले नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्समा एआईको कोर्स सञ्चालन गर्दै छः प्रा.डा पोखरेल

काठमाडौं विश्वविद्यालय (केयु)ले नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्समा आर्ट…

हाम्रो लक्ष्य भनेको नेपालबाट एक लाख एआई इन्जिनियरलाई तालिम दिने होः सूर्य बस्नेत

बुधबार अर्थात भोलिदेखि अनलाइनबाट ५ दिने मेसिन लर्निङ तथा डेटा साइन्समा व…