अन्तर्वाता/विचार
विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको प्लेटफर्म दिएका छौंः जेसन लि
सीड्स फर द फ्युचर सबैभन्दा लामो चलिरहेको हाम्रो ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम हो । २००८ देखि विश्वभरबाट १२,००० भन्दा बढी विद्यार्थीहरूले यसमा भाग लिएका छन् ।
यस वर्ष हामीले नेपालबाट ७ जना प्रतिभाशाली विद्यार्थीहरूलाई बैंकक, थाइल्यान्डमा रहेको हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाएकोमा मलाई धेरै गर्व छ ।
टेक फर गूड प्रतियोगिताको लागि म उहाँहरूलाई र उहाँहरूको शानदार विचारप्रति शुभकामना प्रकट गर्दछु ।ह्वावेमा डिजिटल प्रतिभाहरू डिजिटल विकासको आधार हो भन्ने हामी बुझ्छौं ।
हामी सबै १७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढवा दिइरहेका छौं । मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ भनेर हामी सबै सहमत हुन सक्छौं ।
यस रूपान्तरणको मुटु प्रतिभाशाली युवा व्यक्तिहरू हुनेछन् । सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको विकास गर्न योगदान दिने आशा गर्छौं ।
मलाई आशा छ कि यस वर्षको टेक फर गूड प्रतियोगिताको लागि विद्यार्थीहरूले विकास गरेको विचार वास्तविकतामा परिणत होस् ।
आईसिटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नयाँ प्रविधिहरू प्रस्तुत गर्न प्रतिबद्ध रहेको छ । हाम्रो लक्ष्य सधैं समाजमा भ्यालु निर्माण गर्ने रहेको छ । हामीले त्यो हाम्रा उत्पादन र सोलुसनहरू मार्फत गरेका छौं ।
हाल सरकारी एजेन्सी, मोबाइल नेटवर्क अपरेटर, इन्टरनेट सेवा प्रदायक र निजी उद्यमहरूसँग नेपालको प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।
सबै आईसिटी सरोकारवालाहरूसँग ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टरहरू, क्लाउड र कम्प्युटिङ र अन्य नयाँ प्रविधिहरू मार्फत साझेदारी गरेर नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्ने आशा गर्दर्छौं ।
सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम हुन चाहन्छौं ।
यस वर्ष छनोट भएका ७ जना विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले खेलिरहेको भूमिका फस्ट–ह्यान्ड हेर्न सक्नेछन् । मलाई आशा छ कि उनीहरू फर्किएपछि उनीहरूले आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन् ।
(लि ह्वावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालयका सहायक बोर्ड निर्देशक हुन्)
अन्तर्वाता/विचार
टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट
काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइ…
चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता)
पछिल्लो समय नेपालमा राइड शेयरिङ लोकप्रिय भइरहेको छ । केही समय अगाडि अन्त…
विद्युतीय सुशासन निर्माणका लागि नेतृत्वको अपनत्व आवश्यक छ
काठमाडौं । विद्युतीय सुशासनको अवधारणाभित्र नागरिक, प्र…
‘दिगो आइसिटी उद्योग र इकोसिस्टम विकासका लागि फाइभजी स्पेक्ट्रम व्यवस्थित गर्नुपर्छ’
२०२२ मा, नेपाल सरकार पाइलट साइटहरूमा देशको पहिलो फाइभ जी परीक्षण पेश गर्न तयार…
‘विदेशमा पिएसओ र पिएसपी छुट्याएर लाइसेन्स दिने चलन छैन्, बैंकलाई पनि प्रतिस्पर्धामा राखिदैन्’
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोरू डिजिटल वालेट सन् २०२० देखि सञ्चालन…
आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)
आवर विराटनगर प्रदेश १ को पहिलो अनलाइन म्यागजीन हो । पूर्वमा अनलाइन मिडिय…
भीपीएन के हो र कसरी काम गर्छ ? किन प्रयोग गर्ने भीपीएन ?
गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? युट्युबमा कु…
वेब ३.० को बारेमा रोचक तथ्य
प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…
स्मार्ट सिटीका लागि पाँच महत्वपूर्ण आधार
स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभह…
रोबोटको बारेमा राेचक इतिहास
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो य…
ओपन सोर्स सफ्टवेयर भनेको के हो ? कसरी फाइदा लिने ?
ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…
एआईको प्रयोग र भविष्य
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धि जसले मानिसको जस्तै काम गर्न सक्छ ।…
सन् २०२२ का साइबर सुरक्षा ट्रेन्ड
पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, …
यस्ता छन् अनलाइनबाट कमाउने तरिका
सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मा…
के हो क्युआर कोड ? यसरी जोगिनुहोस् क्युआर कोडबाट हुने ह्याकिङबाट
क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै ज…