अन्तर्वाता/विचार
सन् २०२२ का १० इमर्जिङ प्रविधि
पछिल्लो समय प्रविधिको विकास तीब्र रूपमा भइरहेको छ । हरेक दिन प्रविधिमा केही न केही नयाँ भइरहेको हुन्छ । केही वर्ष यता एआई, डेटा साइन्स, थ्रिडी प्रिन्टिङ, क्लाउड कम्प्युटिङ लगायतका इमर्जिङ प्रविधिहरू लोकप्रिय हुन थालेका छन् । केही वर्षमै यस्ता इमर्जिङ प्रविधिको प्रयोग व्यापक हुने निश्चित छ ।
साथै यसले मानवीय आवश्यकता समेत कम गर्नेछ । आज हामी तपाईलाई सन् २०२२ का १० इमर्जिङ प्रविधिको बारेमा जानकारी दिदैछौं ।
क्लाउड कम्प्युटिङ
सन् २०२२ मा पनि क्लाउड कम्प्यूटिङ एकदमै विस्तृत हुँदै जानेछ । इन्टरनेटबाट भर्चुअल स्पेसमा सफ्टवेयर, सूचना, तथ्यांक र अन्य फाइलहरु शेयर गर्नुलाई क्लाउड कम्प्युटिङ भनिन्छ । आज साना साना कम्पनीदेखि ठूला ठूला कम्पनीमा क्लाउड कम्प्युटिङको प्रयोग हुने गरेको छ । क्लाउड कम्प्युटिङमा स्टोर गरेको कुनै पनि फाइल इन्टरनेट प्रयोग गरेर जहाँबाट पनि पहुँच पाउन सकिन्छ । उक्त फाइललाई एडिट र शेयर पनि गर्न सकिन्छ । गूगल ड्राइभ, ड्रपबक्स, जीमेल, फेसबुक, अमेजन वेब सर्भिसेस, आईबीएम क्लाउड लगायत क्लाउड कम्प्युटिङका उदाहरण हुन् ।
क्लाउड कम्प्युटिङ सस्तो पनि हुन्छ । क्लाउड कम्प्युटिङको प्रयोग गर्न हार्डवेयर, सफ्टवेयर, सेटअप आदी बनाउनु पर्दैन् ।
सिक्सजीको विकास
सिक्सजी भनेको वाइड एरिया वायरलेस प्रविधिको छैठौँ संस्करण हो । वायरलेस पुस्तालाई हरेक एक दशकमा अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले मानकीकृत गर्ने गर्दछ र अहिले हाम्रो संसार फाइभजीमा रहेको छ । यसलाई एयर इन्टरफेस पनि भनिन्छ, जसको अर्थ ट्रान्समिसन वा इनकोडिङमा परिवर्तन ल्याउनु हो । फाइभजी सन् २०१७ मा आएको पछिल्लो प्रविधि हो ।
आगामी सन् २०३० सम्ममा सिक्सजी आउने अनुमान गरिएको छ । फाइभजी भर्खर भर्खर सुरू भएका बेला विश्व भनेको सिक्सजीको विकासमा अगाडि बढेको छ । सिक्सजीमा चीन, दक्षिण कोरिया र जापानले चासो देखाउँदै आएका छन् । त्यस्तै एप्पल, नोकिया, एरिक्सन, ह्वावे, सामसङ र एलजी जस्ता कम्पनीले पनि यसको विकासमा काम गरिरहेका छन् । तर पनि अहिले विश्वका धेरै देशहरुले थ्रीजी र फोरजी नै प्रयोग गरिरहेका छन् ।
अहिले पनि धेरै प्रयोगकर्ताको पहुँचमा फाइभजी छैन् । तर विकसित देशहरु सिक्सजीको बाटोमा हिडिसेकका छन् । यसलाई सिक्सजी नभनेर फाइभजी एडभान्सड वा फाइभ जी इन्ह्यान्सड पनि भनिन सक्ने विज्ञहरु बताउँछन् ।
क्वान्टम कम्प्युटिङ
क्वान्टम कम्प्युटर परम्परागत कम्प्युटर भन्दा धेरै शक्तिशाली हुन्छ । क्वान्टम कम्प्युटिङ विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स, औषधी, साइबर सेक्युरिटी, क्रिप्टोग्राफी, मौसम पूर्वानुमान, बिग डेटा विश्लेषण, एरोस्पेश डिजाइन लगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।
क्वान्टम कम्प्युटिङ क्वान्टम सिद्धान्तमा आधारित रहेको छ । क्वान्टम कम्प्युटिङले क्वान्टम बिट वा क्यूबिट प्रयोग गर्ने गर्दछ । मुख्यतः धेरै जटिल समस्याहरू समाधान गर्न कवान्टम कम्प्युटिङको प्रयोग गरिन्छ ।
क्वान्टम कम्प्युटिङ अहिले भएका सुपर कम्प्युटरभन्दा १५८ मिलियन फास्ट हुन्छ । सुपर कम्प्युटरले १० हजार वर्षमा गर्न सक्ने काम क्वान्टम कम्प्युटिङले ४ मिनेटमा गर्न सक्छ । सन् २०१९ मा आईबीएमले सर्किटमा आधारित पहिलो व्यवसायिक क्वान्टम कम्प्युटिङ सार्वजनिक गरेको थियो । त्यस्तै गूगल र चिनियाँ वैज्ञानिकले समेत क्वान्टम कम्प्युटर निर्माण गरेका छन् ।
डाटा साइन्स
पछिल्लो समय डाटाको प्रयोग बढ्दै गएको छ । डाटालाई २१ औं शताब्दीको खनिज तेल पनि भनिन्छ । डेटा साइन्समा विभिन्न स्रोतबाट प्राप्त भएका डाटालाई एडभान्स्ड उपकरण प्रयोग गरी प्रोसेसिङ गरिन्छ । डाटाको प्रयोगले पहिले समाधान गर्न नसकिएका समस्याहरुलाई पनि सजिलै समाधान गर्न सकिन्छ । डाटा साइन्स अटोमेसन, स्वास्थ्य, मार्केटिङ, ट्राभल, सेल्स, सामाजिक सञ्जाल, बिजनेस लगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।
डाटा साइन्समा जटिल मेसिन लर्निङ अल्गोरिदमहरु प्रयोग हुन्छ । हार्भड विश्वविद्यालयले पनि डाटा साइन्सलाई एकाइसौं शताब्दीको ‘सेक्सिएस्ट जब’ रूपमा परिभाषित गरेको छ ।
अहिले पनि नेपाल लगायत विश्वमा लाखौं डाटा साइन्टिस्टको माग छ । भविष्यमा पनि डाटा साइन्टिस्टको माग बढ्ने निश्चित छ ।
साइबर सुरक्षा
साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम वा नेटवर्कलाई क्षति हुन या चोरी हुनबाट बचाउनु हो । यसले डाटा, सिस्टम र सफ्टवेयरको सुरक्षा गर्छ ।
पछिल्लो समय जति जति प्रविधिको विकास हुँदै गइरहेको छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल बन्दै छ । साइबर सुरक्षा जति मजबुत भएपनि ह्याकरले नयाँ नयाँ तरिका अपनाएर सिस्टममा घुस्ने प्रयास गरिरहेका हुन्छन् । त्यसकारण त दिनदिनै साइबर अपराधका घटना बढिरहेका छन् ।
साइबर क्राइम म्यागजिनका अनुसार सन् २०२५ सम्ममा साइबर सुरक्षामा वार्षिक १०.५ ट्रिलियन खर्च हुनेछ । अनलाइनमा हुने साइबर अपराधबाट सुरक्षित हुन बलियो पासवर्ड राख्ने, ओटीपी कोड, पीन कोड कसैलाई शेयर नगर्ने, शंकास्पद लिंक नखोल्ने, टु फ्याक्ट अथेन्टिकेसनको प्रयोग लगायतका काम गर्न सकिन्छ । त्यस्तै सिस्टमलाई सुरक्षित पार्न बेला बेला आईटी अडिट गर्ने, मापदण्ड अनुसार पूर्वाधार बनाउने जस्ता काम गर्नुपर्छ ।
ब्लकचेन र एनएफटी
पछिल्लो समय ब्लकचेन र एनएफटी प्रविधि लोकप्रिय हुँदै गइरहेका छन् । ब्लकचेन प्रविधि धेरै जसो कारोबारोको लागि प्रयोग गरिन्छ । ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु) बीचको नेटवर्क हो । ब्लकचेनभित्र विभाजित डाटाबेसहरु रहन्छन् । अर्थात् धेरैवटा कम्प्युटरहरुमा डाटाबेस धेरैवटा कपीमा अवस्थित हुन्छन् । र, तिनै कम्प्युटरहरुले पियर टु पियर नेटवर्क सिर्जना गर्दछन् ।
यसको मतलब यहाँ डाटाबेस तथा सर्भर सिंगल अथवा सेन्ट्रलाइज्ड हुँदैन । बरू ब्लकचेन डाटाबेस मेसिनको नेटवर्कभित्र छरिएर रहेको हुन्छ । त्यस्तै हरेक डाटाबेसले त्यो नेटवर्कमा नोडको भूमिका निर्वाह गर्ने गर्दछन् । ब्लकचेनमा ट्रान्जेक्सन पब्लिक की क्रिप्टोग्राफीको प्रयोगद्वारा डिजिटल्ली साइन गरिएको हुन्छ ।
यसमा कारोबार गर्दा शुल्क पनि कम लाग्छ । यो बिटकोइन जस्तै हो । ब्लकचेनबाट पैसा पठाउन कुनै पनि बैंकको आवश्यकता पर्दैन । ब्लकचेन बिटकोइनको लागि सुरु भएको हो । ब्लकचेन ह्याक गर्न पनि गार्हो छ । किनभने यसलाई ह्याक गर्न एकैपटक हजारौ कम्प्युटरलाई ह्याक गर्नु पर्छ ।
ब्लकचेनमा डिजिटल लेजर राखिएको हुन्छ, जसलाई मानिसका विभिन्न कुराहरु रेकर्ड गर्न मिल्ने गरी प्रोग्राम्ड गरिएको हुन्छ । मानिसको जन्म तथा मृत्यु दर्ता, विवाह दर्ता, मेडिकल सर्टिफिकेट, इन्स्योरेन्स क्लेम, एजुकेसनल डिग्री, इम्प्लोयमेन्ट कन्ट्र्याक्टलगायत अन्य थुप्रै आवश्यक डकुमेन्ट उक्त डिजिटल लेजरमा संग्रह गर्न सकिन्छ ।
त्यस्तै एनएफटी नन फन्जिबल टोकन (एनएफटी) भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।
यो एउटा स्वामित्वको टोकन हो, जसको भ्यालु रहन्छ । त्यसको मतलब, जब मानिसहरू एनएफटीमा किन्ने र बेच्ने गर्छन्, तब तीनीहरू केवल केही चीजहरूमा आफ्नो भर्चुअल स्वामित्वको खरिद र बिक्री गरिरहेका हुन्छन् ।
यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । अरु मान्छेहरुले स्क्रीनसट लिने, ट्वीट वा डिजिटल कपी निःशुल्क डाउनलोड गर्ने जस्ता कार्य गर्न सक्छन् तर स्वामित्व अधिकारको डिलिटल कपी एनएफटीको मालिकसँग मात्रै हुने गर्दछ ।
एआई र मेसिन लर्निङ्ग
एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । एआईको माध्यमबाट ग्राहकसँग अन्तरक्रिया गर्न व्यवसायमा सजिलो हुन्छ । एआई प्रविधि उद्योगमा सबैभन्दा ‘ग्रो’ भइरहेको प्रविधि हो । एआईले डाटा सुरक्षा, छिटो डिसिजन गर्न र शुद्घता सुधारमा विशेष भुमिका खेल्छ ।
कुनै पनि मेसिन, जसले निणर्य लिन सक्छ र मान्छेलाई मद्दत पुर्याउन सक्छ, त्यसलाई एआई भनिन्छ । पहिलेको समयमा एआई प्रणाली नियमहरुमा आधारित हुने गर्दथ्यो । तपाईले ट्रान्सलेटर प्रयोग गर्नु हुन्छ भने त्यो पनि मानिसले बनाएको नियममै आधारित छ । तर मेसिन लर्निङ भने नियममा आधारित हुँदैन् ।
मेसिन लर्निङ प्रणाली विशेषगरी गणितमा आधारित हुने र तथ्यांकीय हुने गर्दछ । यसमा मेसिनले नै निणर्य लिनका लागि डाटामा प्याटर्न खोज्छ । तथ्यांकीय मोडेल बनाउनका लागि विभिन्न अल्गोरिदम हुन्छ, यो एआईको एउटा अल्गोरिदम मात्रै हो । एआईका विभिन्न प्रकार हुन्छन् र त्यसको एउटा भाग मेसिन लर्निङ हो ।
एआइका धेरै सकारात्मक पक्षहरु रहेका छन् । तपाईको फोनदेखि कुरा सुरु गर्ने हो भने पक्कै पनि तपाईसँग एन्ड्राईड फोन वा आईओएस फोन भएको हुनुपर्छ । त्यसको प्रयोगले तपाईले मौसमको जानकारी लिनुहुन्छ भने त्यो पनि एउटा एआई प्रणाली हो । फोन, टेक्स्टमा पनि एआईकै प्रयोग हुने गर्दछ ।
एआईले हाम्रो समय बचत गर्ने र कार्यक्षमतालाई प्रभावकारी बनाउँछ । एआईलाई शिक्षा, चिकित्सा, मौसम पुर्नानुमान जस्ता कार्यका लागि प्रयोग भइरहेको छ । सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुने गर्दछ । उदाहरणका लागि ड्रोनमा क्यामेरा प्रयोग गरेर मानवलाई हानी पुर्याउन खोज्ने, निजी डाटा लान खोज्ने जस्ता कार्यहरु भइरहेका छन् । प्रविधिले राम्रो र नराम्रो दुवै प्रभाव पार्न सक्छ ।
भर्चुअल रियालिटी र अगुमेन्टेड रियालिटी
भर्चुअल रियालिटी र अगमेन्टेड रियालिटीमा तपाई जुन चिज देख्नुहुन्छ, त्यो चिज वास्तविक जस्तो लाग्छ । तर त्यो चिज वास्तविक हुँदैन । एआर, भीआर भनेको मिक्स्ड रियालिटी हो । यसमा केही वास्तविकता हुन्छ भने केही हुँदैन ।
भर्चुअल रियालीटीले नक्कली वातावरणको सिर्जना गर्छ भने अगमेन्टेड रियालीटीले वास्तविक वातारणलाई ओभरल्याप गरेर त्यसमा नयाँ सूचना थप्ने गर्दछ ।
अगमेन्टेड रियालिटी प्रयोग गरेर भौतिक संसारमै डिजिटल भिजुअल कुरा थप गरिन्छ । भर्चुअल रियालिटी एक सिमुलेटेट अनुभव हो, जहाँ हामीले भौतिक संसारभन्दा बेग्लै अनुभव पाउन सक्छौँ । भर्चुअल रियालिटीमा भर्चुअल रियालिटी हेडसेट प्रयोग गरिन्छ । यसमा अडिटरी र भिडियो प्रतिक्रिया दिन सकिन्छ ।
थ्रिडी प्रिन्टिङ
थ्री डाइमेन्सिनल (थ्रिडी) प्रिन्टिङ भनेको कुनै पनि वस्तुलाई प्रिन्ट गर्दा वास्तविक जस्तो देखिन्छ । त्यसलाई हामी छुन सक्छौ । विश्वमा यस प्रविधिको प्रयोग दिनानुदिन बढिरहेको छ । यसको प्रयोग चिकित्सा, शिक्षा लगायत अन्य विभिन्न क्षेत्रमा हुन्छ । आपूर्तिको समस्या कम गर्न थ्रीडी प्रिन्टिङ प्रविधिको विकास गरिएको हो । यसले थोरै समयमा धेरै उत्पादन गर्न सक्छ र उत्पादन खर्च पनि घटाउँछ ।
रोबोट र ड्रोन
रोबोट आजको विश्वमा धेरै प्रयोग भइरहेको छ । रोबोटको सहायताबाट व्यवसायलाई छिटो, कम लागत तथा धेरै दक्षता ल्याउन सकिन्छ । रोबोट एक मानव निर्मित यन्त्र हो । रोबोटको सफ्वेयरमा जुन प्रोग्राम राखिन्छ, त्यही मात्र काम गर्न सक्छ । विश्वमा रोबोट समाचार वाचकदेखि वेटरको कामको लागि प्रयोग भएका छन् ।
साउदी अरबले सोफिया रोबोटको लागि नागरिकता समेत प्रदान गरेको छ । रोबोट हिड्न सक्छ, बोल्न सक्छ, लेन्स जस्तो आखाँले स्क्यान गरेर हेर्न सक्छ । रोबोटले कुनैपनी काम लगातार गर्न सक्ने भएकाले पनि धेरै क्षेत्रमा यसको प्रयोग बढेको छ । त्यस्तै अर्को प्रविधि भनेको ‘ड्रोन’ हो ।
ड्रोन पनि एउटा चालकरहित विमान हो, जसले मानिसको कामलाई सजिलो पार्छ । नेपालमा पनि औषधि पुर्याउने, विषादी छर्ने लगायतका काममा ड्रोनको प्रयोग भइरहेको छ । भौगलिक विकटता भएको ठाउँमा ड्रोन सबैभन्दा बढी उपयोगी हुन्छ ।
अन्तर्वाता/विचार
नेपालमा सूचना प्रविधिको भविष्य राम्रो छ, त्यसका लागि हामीले नयाँ नयाँ सिप सिक्नुपर्छः पन्थी
भक्तपुरका कोविद पन्थी उमेरले १८ वर्ष भए । १८ वर्षकै उमेरमा उनले २ वटा कम्प…
विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको प्लेटफर्म दिएका छौंः जेसन लि
सीड्स फर द फ्युचर सबैभन्दा लामो चलिरहेको हाम्रो ग्लोबल फ्ल्यागशिप सिएसआर कार्यक्रम हो …
स्टार्टअपका लागि १५ प्रतिशतको लगानी पोर्टफोलियो बनाउँदैछौंः डा. मनिष थापा
सन् २०१९ मा स्थापना भएको ग्लोबल इक्विटी फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्या…
डिजिटल रूपान्तरण सोलुसन र इकोसिस्टम
डिजिटल रूपान्तरणले कर्पोरेट संस्था र उनीहरूको व्यापार प्रक्रियाहरूको पूर्ण सुधार गर्छ…
सकारात्मक सोच र परिवारको सहकार्यले ब्रोडवे इन्फोसिस सफल भएको होः राजु अधिकारी (अन्तर्वाता)
ब्रोडवे इन्फोसिस बिहीबारदेखि १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्…
टुटल बन्द भएको छैन्, परिस्कृत भएर आउँदैछ: शिक्षित भट्ट
काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइ…
चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता)
पछिल्लो समय नेपालमा राइड शेयरिङ लोकप्रिय भइरहेको छ । केही समय अगाडि अन्त…
विद्युतीय सुशासन निर्माणका लागि नेतृत्वको अपनत्व आवश्यक छ
काठमाडौं । विद्युतीय सुशासनको अवधारणाभित्र नागरिक, प्र…
‘दिगो आइसिटी उद्योग र इकोसिस्टम विकासका लागि फाइभजी स्पेक्ट्रम व्यवस्थित गर्नुपर्छ’
२०२२ मा, नेपाल सरकार पाइलट साइटहरूमा देशको पहिलो फाइभ जी परीक्षण पेश गर्न तयार…
‘विदेशमा पिएसओ र पिएसपी छुट्याएर लाइसेन्स दिने चलन छैन्, बैंकलाई पनि प्रतिस्पर्धामा राखिदैन्’
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोरू डिजिटल वालेट सन् २०२० देखि सञ्चालन…
आवर विराटनगरले डिजिटल साक्षरतामा सहयोग पुर्याएको छः प्रबन्ध निर्देशक दाहाल (भिडियो)
आवर विराटनगर प्रदेश १ को पहिलो अनलाइन म्यागजीन हो । पूर्वमा अनलाइन मिडिय…
भीपीएन के हो र कसरी काम गर्छ ? किन प्रयोग गर्ने भीपीएन ?
गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? युट्युबमा कु…
वेब ३.० को बारेमा रोचक तथ्य
प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…
स्मार्ट सिटीका लागि पाँच महत्वपूर्ण आधार
स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभह…
रोबोटको बारेमा राेचक इतिहास
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो य…