अन्तर्वाता/विचार
हामी अटो शो होइन, नेपालको स्मार्ट मोबिलिटी प्लेटफर्म निर्माण गर्दैछौँ : नाईमाका कार्यकारी निर्देशक दुलाल (भिडियो)
काठमाडौं । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा पछिल्लो समय तीव्र परिवर्तन देखिएको छ । विद्युतीय सवारी साधनको बढ्दो प्रयोग, दिगो यातायातप्रतिको चासो र उपभोक्ताको बदलिँदो सोचबीच नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ले विशेष चर्चा बटुलिरहेको छ ।
यसै सन्दर्भमा आईसीटी समाचारकी स्नेहा झाले नाईमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँग एक्स्पोको उद्देश्य, तयारी, विद्युतीय मोबिलिटीको अवस्था, उद्योगका चुनौती तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे विस्तृत कुराकानी गरेकी छन् ।
नाईमा अहिले नेपालको अटोमोबाइल क्षेत्रमा प्रभावशाली संस्थाको रूपमा उदाएको छ । यसको स्थापना गर्न प्रेरित गर्ने मुख्य कारण के थियो ?
नाईमा (NAIMA) को पूरा रूप नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन हो । यो सवारी आयातकर्ता र उत्पादकहरूको साझा संस्था हो । यसको स्थापनाको मुख्य उद्देश्य एउटै छानामुनि आयातकर्ता र उत्पादकहरूको आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गर्नु थियो । यसअघि यस्तो समन्वयकारी प्लेटफर्मको अभाव महसुस गरिएको थियो ।
नाईमाले पाँच प्रमुख आधारस्तम्भमा काम गरिरहेको छ; बहस तथा पैरवी, क्षमता विकास, डाटा व्यवस्थापन, दिगोपन र नवप्रवर्तन तथा सडक सुरक्षा । हाम्रो भिजन ‘गतिशीलतामार्फत वृद्धि’ (Empowering Growth through Mobility) र मिसन ‘सबैका लागि गतिशीलता’ (Mobility for All) हो ।
नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अघिल्ला अटो शोभन्दा कसरी फरक छ ?
यसपटकको एक्स्पो अझ बृहत्तर र व्यवस्थित छ । अघिल्लो संस्करणमा ४७ वटा स्टल थिए भने यस वर्ष ५२ वटा स्टल रहेका छन् । ४० भन्दा बढी नयाँ मोडेल; दुईपाङ्ग्रे, चारपाङ्ग्रे, प्यासेन्जर कार, कमर्सियल भेहिकल्स र स्कुटरहरू सार्वजनिक हुँदैछन् ।
हामीले यसलाई केवल सवारी किन्ने ठाउँमा सीमित नगरी लर्निङ सेन्टरको रूपमा विकास गरेका छौँ । नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा हरेक दिन लर्निङ सेसन सञ्चालन हुनेछ ।
यसपटक पार्किङ, शौचालय, हाइजेनिक फुड स्टल, अपाङ्गता मैत्री पहुँच तथा सहायताका लागि डेडिकेटेड डेस्कको व्यवस्था गरिएको छ । टिकटिङ पार्टनर खल्ती र क्युआर पार्टनर युनियन पे रहेका छन् । टिकट शुल्क विद्यार्थीका लागि रु. १०० र सर्वसाधारणका लागि रु. २०० तोकिएको छ ।
‘अटो शो’ भन्दा ‘मोबिलिटी एक्स्पो’ किन भनिएको हो ?
हामीले यसलाई केवल सप्लाई साइडबाट होइन, डिमान्ड साइडबाट हेरेका छौँ । उपभोक्तालाई सचेत बनाउने, मोबिलिटी क्षेत्रका नीति, प्रविधि र भविष्यबारे छलफल गर्ने उद्देश्यले यसलाई मोबिलिटी एक्स्पो भनिएको हो । यहाँ नेपाल सरकारका विज्ञ, प्रशासक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच पनि संवाद हुनेछ ।
नेपालमा विद्युतीय सवारीसाधन अपनाउने वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नेपाल सरकारको नीति र प्राथमिकताका कारण विद्युतीय सवारी साधनप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको छ । नाईमामा हाल ३६ सदस्य कम्पनी आबद्ध छन् र धेरैले ईभीलाई प्राथमिकतामा राखेका छन् । तर एक्स्पोमा ईभी मात्र होइन, पेट्रोल, डिजेल (ICE) र हाइब्रिड सवारी साधन पनि उपलब्ध हुनेछन् । हामी उपभोक्तालाई विकल्पको स्वतन्त्रता दिन चाहन्छौँ ।
चार्जिङ प्रविधि वा स्मार्ट मोबिलिटी समाधानबारे आगन्तुकले के जानकारी पाउन सक्छन् ?
हरेक स्टलमा सम्बन्धित ब्रान्डका प्राविधिक विज्ञहरू उपलब्ध हुनेछन् । उपभोक्ताको आवश्यकता, बजेट र प्रयोगको आधारमा उपयुक्त सवारीसाधन तथा चार्जिङ समाधानबारे विस्तृत जानकारी प्रदान गरिनेछ ।
यो एक्स्पोले निर्माता, डिलर र स्टार्टअपहरूलाई कस्तो अवसर दिन्छ ?
यो नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हो । यहाँ ठूलो आर्थिक गतिविधि हुन्छ । साथै, यसले बजार अनुसन्धानको काम पनि गर्छ । उपभोक्ताको रुचि र प्राथमिकता बुझेर कम्पनीहरूले आफ्नो व्यापार रणनीति र उत्पादन योजना तयार गर्न सक्छन् ।
यस्तो ठूलो कार्यक्रम आयोजना गर्दा मुख्य चुनौतीहरू के-के छन् ?
सबैभन्दा ठूलो चुनौती पर्याप्त प्रदर्शनी स्थलको अभाव हो । ठाउँ सीमित भएकाले हामीले करिब १० वटा ब्रान्डलाई स्टल उपलब्ध गराउन सकेनौँ । अर्को चुनौती भनेको विदेशबाट प्रदर्शनका लागि ल्याइने सवारी साधनहरू सिमाना प्रक्रिया र सडक पूर्वाधारका कारण समयमै आइपुग्न कठिन हुनु हो । यदि नेपालमा अझ व्यवस्थित र ठूलो अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र उपलब्ध हुन्थ्यो भने अझ धेरै अवसर सिर्जना गर्न सकिन्थ्यो ।
के यसले लगानी र रोजगारी सिर्जना गर्न पनि सहयोग गर्छ ?
निश्चित रूपमा । स्टल निर्माण, व्यवस्थापन, प्रवर्द्धन र सञ्चालनमा ठूलो संख्यामा मानव स्रोत परिचालन हुन्छ । यसले अल्पकालीन रोजगारी सिर्जना गर्छ भने समग्र मोबिलिटी क्षेत्रले दीर्घकालीन रूपमा पनि ठूलो रोजगारी प्रदान गरिरहेको छ । आज सवारी साधन केवल विलासिता (Luxury) होइन, आवश्यकता (Necessity) र धेरैका लागि आर्थिक सम्पत्ति (Asset) बनिसकेको छ ।
उपभोक्ताका लागि विशेष छुट वा लाभहरू छन् ?
चाडपर्वको मुखमा आयोजना भएकाले अधिकांश एक्जिबिटर्सहरूले विशेष अफर, छुट तथा नयाँ लन्च योजनाहरू ल्याएका छन् । हाम्रो बैंकिङ पार्टनर ग्लोबल आइएमई बैंक तथा इन्स्योरेन्स पार्टनरहरूले पनि आकर्षक योजना ल्याएका छन् । रेडबुलले विभिन्न गेम तथा गिफ्ट ह्याम्पर कार्यक्रम सञ्चालन गर्नेछ ।
टेस्ट ड्राइभ र वित्तीय परामर्शको व्यवस्था कस्तो छ ?
वित्तीय परामर्शका लागि तीनवटा बैंक तथा इन्स्योरेन्स कम्पनीहरू एक्स्पोमा उपस्थित हुनेछन् । प्रदर्शनी स्थलको सीमित स्थानका कारण प्रत्यक्ष टेस्ट ड्राइभको व्यवस्था छैन । तर बुकिङ प्रक्रिया अगाडि बढेपछि सम्बन्धित ब्रान्डले शोरुम वा ग्राहकको सुविधाजनक स्थानमा टेस्ट ड्राइभको व्यवस्था गर्नेछन् ।
अन्तिम सन्देश
मोबिलिटी अब विलासिता होइन, आवश्यकता हो । सवारी साधनले मानिसको आर्थिक समृद्धि, स्वास्थ्य, समय व्यवस्थापन र सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छ । नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ त्यस्ता विषय बुझ्ने उत्कृष्ट अवसर हो । लर्निङ सेसनहरूमा प्रवेश निःशुल्क हुनेछ, जहाँ ग्रान्डी हस्पिटलद्वारा ‘बेसिक लाइफ सपोर्ट’ तालिम समेत प्रदान गरिनेछ ।
हामीले हालै ‘नाईमा नेपाल मोबिलिटी जर्नल’ पनि प्रकाशन गरेका छौँ । टिकट बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत मोबिलिटी क्षेत्रको अनुसन्धान तथा अध्ययनमा खर्च गरिनेछ । त्यसैले म सम्पूर्ण सर्वसाधारणलाई सपरिवार एक्स्पोमा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रको वर्तमान र भविष्यलाई नजिकबाट अवलोकन गर्न हार्दिक आमन्त्रण गर्दछु ।
अन्तर्वाता/विचार
बजेटले ऊर्जा क्षेत्रमा नयाँ आशा जगायो, केही विषय अझै अस्पष्ट छन् : इपान उपाध्यक्ष लामा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष उत्तम भ्लोन लामाले सरकारले आगामी…
नेपालको डिजिटल रूपान्तरण : अवसर, चुनौती र भविष्यको मार्गचित्र
प्रज्वल शर्मा
नेपाल आज ठूलो राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको दहारमा उभिएको छ। हालै सम्पन्न संविधानसभा निर्वाचन र स्थानीय तहदेखि संघीय…
नेपालमा महिला उद्यमशीलता : अवसर, चुनौती र नयाँ युगको यात्रा
नेपालमा महिला उद्यमशीलता र एआई : नयाँ युगको सुरुवात
नेपाल अहिले डिजिटल रूपान्तरणको एउटा महत्त्वपूर्ण चरणबाट गुज्रिरहेको छ। विशेष गरी सन् २०२६ सम्म आइपुग्दा, महिला उद्यमशीलताको क्षेत्…
डिजिटल अर्थतन्त्रतर्फ नेपाल: नीति, सीप र पूर्वाधारको आवश्यकता
विश्व अहिले तीव्र रूपमा डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको छ। सूचना प्रविधि, डिजिटल साक्षरता र प्रविधिमा आधारित रोजगारी आजको आर्थ…
‘नेपालजस्ता साना देशका लागि एआई ठूलो अवसर हो, अब अपस्किलिङमा काम गर्नुपर्छ’
पछिल्लो केही वर्षमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले मानव जीवनका लगभग सबै क्षेत्रलाई प्रभाव पार्न थालेको छ। अमेरिका, चीन, युर…
नाराले मात्रै होइन, सरकारको व्यवहारले सार्थक पार्नेछ डिजिटल नेपालको सपना
तुलनात्मक रूपमा सुस्त आर्थिक वृद्धिदरको मार खेप्दै आएको नेपालले पछिल्लो दुई दशकको अवधिमा दूरसञ्चार क्षेत्रमा भने व्यापक गति लिएको…
भीओएलटीई र भीओवाईफाई: किन आवश्यक छन् र कसरी काम गर्छन् ?
तपाईंले नेपाल टेलिकम र एनसेलजस्ता दूरसञ्चार सेवा प्रदायकहरूले भीओएलटीई (VoLTE) र भीओवाईफाई (VoWiFi) सेवासम्बन्धी सूचना बारम्ब…
नेपालमा नियो बैंक: प्रविधि, चुनौती र अन्तर्राष्ट्रिय अभ्यास
पूर्ण डिजिटल रूपमा कारोबार गर्ने गरी नेपाल सरकारले नियो बैंकको अवधारणा अघि सारेको छ । आर्थिक वर्ष २०८२÷८३ भित्र नियो …
सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर
सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डि…
ओपन सोर्स सफ्टवेयरले डिजिटल स्वतन्त्रता प्रदान गर्छ: माउरो (अन्तर्वाता)
नेपालमा पहिलो पटक यही भदौ १४ र १५ गते ‘उबुकन एशिया २०२५’ कन्फेरेन्स सम्पन्न भएको छ । उबन्टु कम्युनिटी एशियाले…
आईटी क्षेत्रलाई नियन्त्रण गर्ने सोचबाट सरकार मुक्त हुनुपर्छ, डण्डा बोकेर नियमन गर्ने होइन
आईटी क्षेत्रका लागि अध्यादेशबाट हामीले केही कानुनी सुधारहरू गर्यौं । केही पनि नभइरहेको बेला केही कानुन सुधार हुँदा त्यस…
विद्यार्थीले डिग्री सँगसँगै सीप सिकाउने कलेज छनौट गर्नुपर्छ: निरञ्जन खकुरेल (अन्तर्वाता)
हालै प्लस टुको नतिजा सार्वजनिक भएको छ । प्लस टुको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको बाटो खुल्छ ।&n…
‘साइबर सुरक्षालाई खर्च होइन, बिजनेस इनेबलरको रूपमा लिनुपर्छ’
पछिल्लो समय टेलिकम कम्पनीहरूको आम्दानी घटिरहेको छ । घट्दो आम्दानीका निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल यतिबेल…
फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउँदा राष्ट्रको डिजिटल भविष्य नै संकटमा पर्नेछ
अहिलेको डिजिटल युगमा विश्वव्यापी अर्थतन्त्रको केन्द्रमा डिजिटल संसार उभिएको छ । नेपालजस्तो विकासोन्मुख मुलुकका लागि डिजिटल प्लेटफ…
