कीवर्डहरू -

अन्तर्वाता/विचार

इन्ड्राइभले छिट्टै बीमाको सुविधा पनि ल्याउँदै छः निर्देशक रिता पोखरेल (अन्तर्वाता)

करिब २ वर्ष अगाडि नेपालमा विदेशी राइड हेलिङ प्लेटफर्म इन्ड्राइभ सुरू भएको थियो । सुरू २ वर्ष अगाडि भएपनि नेपालमा दर्ता नहुँदा औपचारिक रूपमा सार्वजनिक हुन सकेको थिएन । 

लामो प्रयासपछि इन्ड्राइभ दर्ता भएसँगै यही वैशाख २४ गतेबाट कम्पनीले नेपालमा औपचारिक रूपमा सेवा सुरू गरेको छ । दर्ता भइसकेपछि इन्ड्राइभले १० प्रतिशत कमिसन लिने थालेको छ भने नेपालका लागि निर्देशक समेत नियुक्त गरेको छ । 

इन्ड्राइभ नेपालको निर्देशकमा रिता पोखरेल नियुक्त भएकी छन् । उनी एक वर्षदेखि इन्ड्राइभको बिजनेस डेभलपमेन्टमा कार्यरत थिइन । उनै पोखरेलसँग इन्ड्राइभ र आगामी योजना लगायतका विषयमा आईसीटी समाचारका लागि आईसीटी समाचारले गरेको सम्पादित कुराकानी


विगत २ वर्षदेखि इन्ड्राइभले नेपालमा सेवा दिँदै आएको छ । तर औपचारिक रूपमा सार्वजनिक चाँहि भर्खरै मात्र गर्नुभयो, किन ? 

नेपालमा इन्ड्राइभ सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पुरा गर्न समय लाग्दा औपचारिक रूपमा सार्वजनिक गर्न ढिलाइ भएको हो । यो समयमा हामीले दर्ता प्रक्रिया सबै पुरा गर्यौं । हात्तिसारमा भौतिक कार्यालय समेत राखिसकेका छौं । 

बजारमा अन्य राइड शेयरिङ प्लेटफर्महरू पनि छन् । अरूभन्दा इन्ड्राइभ कसरी फरक छ ? 

इन्ड्राइभमा बार्गेनिङको सुविधा छ । यसले यात्रु र राइडरलाई आफ्नो ‘फेयर प्राइस’ निर्धारण गर्न मद्दत गर्छ । यो हाम्रो युनिक सेलिङ पोइन्ट हो । 

तर यात्रुले धेरै मूल्य घटाउन भने पाउनुहुन्न । त्यसमा हामीले लिमिट गरेका छौं । ड्राइभर र यात्रुलाई मर्का नपर्ने गरी लिमिट तय गरेका छौं, जसले दुवैलाई फाइदा पुग्छ । 

यो बाहेक हामीले कमभन्दा कम कमिसनमा सेवा दिने हाम्रो सधैं प्रयास रहन्छ । फेयर बिजनेस हाम्रो नीति पनि हो । 

पछिल्लो समय इन्ड्राइभमा नयाँ फिचर्सहरू केही थपिएका छन् ? 

प्रयोगकर्ताहरू बढ्दै जाँदा उहाँहरूलाई नयाँ अनुभव दिन हामीले युआईमा समेत केही परिवर्तन गरेका छौं । इन्ड्राइभमा आएका कत्ति फिचर नेपालमा उपलब्ध छन् कत्ति छैनन् । 

null

प्राविधिक पाटो स्मुथ बनाउन ब्याकएण्डमा पनि हामीले केही परिवर्तन गरेका छौं । अहिले अटो फेयर भन्ने सुविधा थपिएको छ । यसबाट आफुले दिएको फेयर ड्राइभरले अफर गर्नुभएको छ भने त्यो अटो एसेप्ट हुन्छ । 

यसबाट रियल टाइम डिल्स (आरटीडी) मोडलमार्फत यात्रुले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर पठाउन सक्छन् । त्यसैकारण अन्य प्लेटफर्मभन्दा यो फरक छ ।

औपचारिक रूपमा सार्वजनिक भएसँगै इन्ड्राइभले राइडरबाट १० प्रतिशत कमिसन समेत लिन थालेको छ । भविष्यमा यो कमिसन बढ्छ वा घट्छ ? 

भविष्यको कुरा गर्दा इन्ड्राइभले लिने कमिसन बढ्दैन् । हामी १० प्रतिशतभन्दा माथि जाँदैनौं । यो १० प्रतिशतमा भ्याट लगायत सबै शुल्क समावेश रहेको छ । चालकबाट १० प्रतिशत कमिसन बाहेक अन्य कुनै पनि शुल्क लिँदैनौं । 

विदेशमा इन्ड्राइभको कमिसन १० प्रतिशतभन्दा माथि छैन् । त्यसैकारण नेपालमा पनि १० प्रतिशत माथि कमिसन लिँदैनौं । 

डिजिटल भुक्तानीका लागि इन्ड्राइभले आईएमई पेसँग साझेदारी गरेको छ । यस बारे बताइदिनुन...

राइडरले तिर्ने कमिसनलाई सहज र सिमलेस बनाउनका लागि हामीले आईएमई पेसँग सहकार्य गरेका हौं । राइडरले आईएमई पेबाटै कमिसन इन्ड्राइभलाई भुक्तानी गर्न सक्नुहुन्छ भने प्रयोगकर्ताले पनि आईएमई पेमार्फत आफ्नो यात्राको शुल्क भुक्तानी गर्न सक्नुहुन्छ ।

आईएमई पे नेपालको लोकप्रिय डिजिटल वालेट समेत हो ।  आईएमई पेको युजर एक्सपेरियन्सदेखि सबै कुरा स्मुथ छ । इन्ड्राइभ र आईएमईको भिजन पनि कता कता मिल्न जान्छ । त्यसले गर्दा पनि यो सहकार्य सम्भव भएको हो । 

इन्ड्राइभको सेवा काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा उपलब्ध रहेको छ । देशका अन्य ठाउँमा विस्तार गर्ने योजना के छ ? 

तत्काललाई देशका अन्य भागमा विस्तार गर्ने योजना छैन् । अहिलेलाई काठमाडौं उपत्यका, पोखरा र भरतपुरको सेवालाई उत्कृष्ट बनाउनेमा केन्द्रित छौं । 

भविष्यमा माग र आवश्यकता अनुसार देशका अन्य ठाउँमा पनि जान सक्छौं । 

टुटलबाट सुरू भएको नेपालको राइड शेयरिङ बजारमा अहिले करिब दर्जन सेवा प्रदायकहरू छन् । यो प्रतिस्पर्धालाई इन्ड्राइभले कसरी हेर्छ ? 

प्रतिस्पर्धालाई हामी राम्रो रूपमा हेर्छौं । प्रतिस्पर्धाले तपाईलाई ब्यूझाउँछ । यसले प्रयोगकर्तालाई थप छनौटको विकल्प प्रदान गर्दछ । तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । प्रतिस्पर्धा हुनुपर्छ, यसलाई हामी सकारात्मक रूपमा लिन्छौं । 

बजारमा अन्य राइड शेयरिङ प्लेटफर्मले बीमाको सुविधा ल्याएका छन् । इन्ड्राइभले बीमाको सुविधा ल्याउँछ की ल्याउँदैन् ? 

इन्ड्राइभले छिट्टै बीमाको सुविधा ल्याउँदै छ । यसका लागि तयारी गरिरहेका छौं । पहिलेदेखि नै यसमा योजना बनाइरहेका थियौं । पाइपलाइनमै छ । हाम्रो शीर्ष प्राथमिकतामै बीमा सुविधा छ । 

यसअघि कमिसन नलिँदा इन्ड्राइभ नेपाली प्रयोगकर्तामाझ लोकप्रिय थियो । तर कमिसन लिन थालेपछि प्रयोगकर्ता घट्ने आकलन गर्नुभएको छ की छैन् ? 

कमिसन लिँदा केही इम्प्याक्ट आउन सक्छ । यसले ठूलो प्रभाव पार्ला जस्तो लाग्दैन् । किनभने प्रयोगकर्ताले इन्ड्राइभ चलाउनु भएको छ, सुविधा बुझ्नु भएको छ, उहाँहरूले मन पराउनु भएको छ । यदी तपाईलाई केही कुरा मन परेको छ भने पैसा तिर्नु नै हुन्छ । 

null

बाईक र ट्याक्सी बाहेक अन्य सेवामा जाने योजना छ ? 

भविष्यमा शहरको आवश्यकता र माग अनुसार अन्य सेवा विस्तार गर्न सक्छौं । काठमाडौं र पोखरामा बाईक र ट्याक्सी बाहेक अरू चल्दैनन् । भरतपुरमा अटो चल्छ ।

भरतपुरमा हामीले भर्खर भर्खर सेवा सुरू गरेका हौं । तर भविष्यमा अटोको पनि माग हुन थाल्यो भने राख्छौं । हामीले बिजनस मात्रै गर्नेभन्दा पनि त्यस समुदायको समस्यालाई समाधान गर्ने हो । 

प्रयोगकर्ताको सुरक्षालाई कसरी ध्यान दिनुभएको छ ? 

हामीले प्रयोगकर्ताको सुरक्षालाई सधैं पहिलो प्राथमिकता राखेका हुन्छौं । हामीसँग इन्सिडेन्ट म्यानेजमेन्ट टिम नै छ । २४ घण्टा सपोर्ट टिम समेत छ । 

राइडरहरूलाई ट्रेनिङ दिनु भएको छ की छैन् ? 

तपाईहरूले अहिलेसम्म तालिम दिनुभएको छैन् भनेर सोच्नु भएको छ होला । हामीले भौतिक रूपमा ट्रेनिङ नदिएपनि भिडियो ट्युटोरियलहरू बनाएका छौं । ह्वाट्सएप र च्याट सपोर्ट दिन्छौं ।

हामीसँग फिल्ड एजेन्ट पनि हुनुहुन्छ, जसले ड्राइभरहरूलाई एप चलाउन सिकाउनु हुन्छ । राइडरका लागि भौतिक तालिम र सपोर्टको सुविधा छैन् । तर छिट्टै हामी त्यो सेवा पनि सुरू गर्दैछौं ।

इन्ड्राइभ नेपालको निर्देशकमा नियुक्त हुनु भएको छ । अब तपाईको योजना के के छन् ? 

इन्ड्राइभ आफैमा स्थापित एउटा ब्राण्ड हो । नेपाली बजारमा आउन सक्ने चुनौतीहरूलाई सामान गर्दै नेपाली बजारमा पनि इन्ड्राइभलाई एउटा ब्राण्डको रूपमा स्थापित गर्ने र बिजनेसको ग्रोथमा काम गर्ने योजना छ ।

अन्त्यमा, नेपालमा नीतिगत चुनौतीहरू केही पाउनु भएको छ ? 

पहिला राइड हेलिङको कानुन थिएन । त्यसले केही असहजता भएको थियो । तर सरकारले हालै राइड हेलिङलाई मान्यता दिएको छ ।

सरकारले कानुन ल्याउनुमा हाम्रो पनि महत्त्पूर्ण योगदान छ । चुनौतीहरू आउँछन्, त्यसलाई सबै मिलेर व्यवस्थापन गर्दै जानुपर्छ । 

अन्तर्वाता/विचार

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्…

इन्ड्राइभ दर्ता प्रक्रियाको अन्तिम चरणमा छः पवित नन्दा (अन्तर्वाता)

पछिल्लो समय नेपालमा राइड शेयरिङ प्लेटफर्मको रूपमा इन्ड्राइभ लोकप्रिय हुँदै गइरहेको छ । 

तर नेपालमा सेवा सुरू गरिसकेको करिब द…

‘कर्णालीमा रूखको टुप्पोमा गएर टावर लाग्छ कि भनेर मोबाइल घुमाउनु पर्ने अवस्था छ’

आईसीटी अवार्ड २०२३ वितरण कार्यक्रममा कर्णाली प्रदेशलाई सम्झिनु भयो आयोजकलाई धन्यवाद । यहाँ आउँदा नेपालको डिजिटल विकास धेरै भएक…

‘नेपालको आईटी क्षेत्र दश वर्ष पछाडि छ, यस्तै ढिलासुस्ती हुँदै गयो भने झन झन पछाडि पर्छ’

सूचना प्रविधिले गर्दा विश्वलाई एउटै ग्लोबल भिलेजको रूपमा अगाडि बढाएको छ । हामीहरू विदेशको काम नेपालको कुनै पनि ठाउँमा ब…

‘साइबर सुरक्षाका नयाँ ट्रेन्डहरूलाई सम्बोधन गर्ने गरी नयाँ कानुन ल्याउन आवश्यक छ’

नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार बढिरहेको छ । देशको अधिकांश भुभागमा इन्टरनेट पुगेको छ । सबैको हातहातमा डिजिटल डिभाइहरू पुग्न थालेका छन् । प्र…

‘३ करोड जनसंख्या भनेको सानो होइन, सम्भावना देखेरै इन्ड्राइभ नेपाल आएको हो’

करिब डेढ वर्ष अगाडि नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभ सुरू भएको थियो …

नेपालमा अवसर देखेरै लिडस्क्वार्ड आएको होः श्रीधर सम्पत (अन्तर्वार्ता)

लिडस्क्वार्ड एक सास प्रडक्ट हो । सन् २०२३ देखि लिड स्क्वार्डले मेन्टर ल्याबसँग स…

‘डिजिटल स्वास्थ्यका लागि पूर्वाधारको काम अबिलम्ब अगाडि बढाउनु पर्छ’ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ अर्थात आजकै दिन तयार गरि कार्यान्वयनमा …

‘एआईको युग सुरू भएको छ, कार्यान्वयनको खाँचो छ’

च्याटजीपीटी सार्वजनिक भएपछि विश्वभर आर्टिफिसयल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम बौद्धिकताको चर्चा व्यापक भइरहेको छ । नेपालमा पनि एआईको चर्चा हुन थालेको छ …

भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् मेसिन इन्टेलिजेन्स यी दुवै शब्दले कृत्रिम बौद्धि…

भविष्यमा विश्वभर डिजिटल डिप्लोमेसी वृद्धि हुनेछ, सामाजिक सञ्जालको दुरूपयोग अझै बढ्ने छ 

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण …

नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)

आउँदो वैशाख २८ र २९ गते अर्थात मे ११ र १२ तारिखमा धुलिखेलको काठमाडौं व…

इन्टरनेट नभएपनि मोबाइल बैंकिङबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउँदै छौः दिवस सापकोटा

नेपालकाे अग्रणी फिनेटेक कम्पनी फोनपेले गत माघमा इन्टरनेट नभएपनि भुक्तानी गर्न मिल्ने अफलाइन भुक्तानी सुविधा ल्यायो । यो नेपाली फिनेटक क्षेत्रका लागि आफै…

नागरिक एपको ड्राइभिङ लाइसेन्स ट्राफिकले चिन्दैन् भने किन चलाउने एप ? 

करिब १ महिना अगाडि यातायात कार्यालयमा बिल बुक नवीकरण गर्न गएको थिए । त्यसक्रममा च…

अब वस्तु र सेवा मात्रै होइन, डिजिटल कन्टेन्टलाई पनि उपभोक्ता अधिकारभित्र राख्नुपर्छ

विश्व उपभोक्ता अधिकार दिवस अन्य देशले भन्दा नेपालले फरक तरिकाले मनाउनु पर्छ । किनभ…