अन्तर्वाता/विचार
‘डिजिटल स्वास्थ्यका लागि पूर्वाधारको काम अबिलम्ब अगाडि बढाउनु पर्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ अर्थात आजकै दिन तयार गरि कार्यान्वयनमा ल्याएको ई-हेल्थ मार्गचित्रले आज डिजिटल हेल्थ दिवस मनाउने अवसर दिएको छ । यस सन्दर्भमा ई-हेल्थ रणनीति २०७४ र सो को कार्यान्वयनका लागि तयार गरिएको मार्गचित्र तयार गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।
प्रविधिहरुको उच्चतम र सही प्रयोगमार्फत सामाजिक र आर्थिक रुपान्तरण भएको हामीले देखेका छौं । नेपालमा २०२८ सालमा जनगणनामा कम्प्युटरको प्रयोगबाट थालनी भएको सूचना प्रविधि आज घर घर र हात हातमा पुगि सकेको छ ।
लगभग ७३ प्रतिशत घरपरिवारमा कम्तिमा एउटा स्मार्ट मोबाईल फोन, आधा जसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारको इन्टरनेटमा पहुँच रहेको सूचना जनगणना २०२१ बाट प्राप्त भएको छ ।
यसै गरी ५५ प्रतिशत स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा संचार प्रविधिको द्रुत विकास भइरहेको देखिन्छ ।
गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउने अभिभारा हामीले लिएका छौं र यसलाई पुरा गर्न सबै किसिमका उपाय र प्रविधि अबलम्बन गर्ने हाम्रो नीति रहेको छ ।
स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य संगठनले दिएको ई-हेल्थको अवधारणालाई अवलम्बन गर्दै हामी सोको विस्तारित रूप डिजिटल हेल्थ कार्यान्वयनको चरणमा पुगेका छौँ ।
डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज पहुँच योग्य र गुणस्तरीय बनाउदै स्वास्थ्यकर्मीहरुको व्यवसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएका छौं ।
सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामिल हुनु विकल्प रहित भएको अवस्थामा हामीले हाम्रा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनु जरूरी भएको छ ।
स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलीमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम संचार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ, मानव श्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रहरुलाई प्रारम्भिक रुपमा कार्य सूची बनाई क्रमशः सूचना प्रविधिको प्रयोगको दायरा बढाउन मेरो आग्रह छ ।
हाल स्वास्थ्य सेवामा रहेका विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिंदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयहरुलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने मैले विश्वास लिएको छु । डिजिटल सेवाप्रति जनताको विश्वास अभिवृद्धि गर्नु समेत भविष्यको चुनौती रहेको छ ।
डिजिटल हेल्थको विकास र विस्तारमा आवश्यक कानून, नियम, निर्देशिका जस्ता शासकीय व्यवस्था, यसका मापदण्डहरुको निर्माण र कार्यान्वयन, अंतरनिकाय सहयोग र समन्वय संयन्त्रको स्थापना, सबै तहमा उपयुक्त संस्थागत संरचना, मिश्रित ज्ञानयुक्त जनशक्ति, डिजिटल हेल्थसंग मेल खाने स्वास्थ्य पूर्वाधार, स्रोत साधनको सुनिश्चितता लगायत आवश्यक विषयहरुमा अबिलम्ब कार्य अघि बढाउन समेत आग्रह गर्दछु ।
(पहिलो डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गरेको सम्बोधन )
अन्तर्वाता/विचार
नेपालमा पोष्टग्रे एसक्युएल कम्युनिटी विकास गर्न खोज्दै छौः बालकृष्ण बाल (अन्तर्वाता)
आउँदो वैशाख २८ र २९ गते अर्थात मे ११ र १२ तारिखमा धुलिखेलको काठमाडौं व…
इन्टरनेट नभएपनि मोबाइल बैंकिङबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउँदै छौः दिवस सापकोटा
नेपालकाे अग्रणी फिनेटेक कम्पनी फोनपेले गत माघमा इन्टरनेट नभएपनि भुक्तानी गर्न मिल्ने अफलाइन भुक्तानी सुविधा ल्यायो । यो नेपाली फिनेटक क्षेत्रका लागि आफै…
नागरिक एपको ड्राइभिङ लाइसेन्स ट्राफिकले चिन्दैन् भने किन चलाउने एप ?
करिब १ महिना अगाडि यातायात कार्यालयमा बिल बुक नवीकरण गर्न गएको थिए । त्यसक्रममा च…
अब वस्तु र सेवा मात्रै होइन, डिजिटल कन्टेन्टलाई पनि उपभोक्ता अधिकारभित्र राख्नुपर्छ
विश्व उपभोक्ता अधिकार दिवस अन्य देशले भन्दा नेपालले फरक तरिकाले मनाउनु पर्छ । किनभ…
सूचना प्रविधि सम्भावना बोकेको क्षेत्र हो, यसले सबैका लागि समान अवसर सिर्जना गर्नुपर्दछ
कोभिड-१९ महामारीले एडभान्स नेटवर्क र डिजिटल प्रविधिहरूमा पहुँच हुनु केवल विलासित…
१५ वर्षदेखि ऐन संशोधन हुन सकेको छैन्, नियामक धार नभएको भुत्ते खुकुरी जस्तै भएको छ
सबै तिरबाट डिजिटल प्रदुषण भइरहेको छ । सफ्टवेयर, हार्डवेयर, कन्टेन्ट सबैमा प्रदुषण छ…
लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार
संयुक्त राष्ट्रसंघको सन् २०२२ को प्रतिवेदन अनुसार विश्वमा ३७ प्रतिशत महिलाहरु इन्टरने…
डाटा सेन्टर के हो अनि कति प्रकारका हुन्छन् ?
डाटा सेन्टर भनेको सुविधा सम्पन्न, सुरक्षित तथा स्वचालित तथ्याङ्क भण्डारण केन्द्र हो, जह…
नेपालमा सूचना प्रविधि पूर्वाधारको अवस्था र चुनौती
पृष्ठभूमि
पछिल्लो समय नेपाल विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको छ । सरकारले विद्युती…
सरकार अब डिजिटल इकोसिस्टम बनाउन लाग्नै पर्छ
१९ वर्ष अघि देशमै केही गरौं भन्ने हुटहुटीले मैले इन्फोडेभलपर्स सुरु गरेको थिए । त्…
एसईओ र्यांकिङ मात्रै होइन्, ब्राण्ड मार्केटिङ हो
एसईओ के हो ?
क्लाउड कम्प्युटिङ भनेको क्लाउड सेवा प्रदायक संस्थाहरुले क्लाउड प्लेटफर्म मार्फत सुरक्षित…
प्रविधिमा भौतिक विज्ञानको भूमिका
प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरु शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै ह…
यस्ता छन् इन्फोडेभलपर्स आइसिटी अवार्डका विजेताहरु
पुस ८ गते शुक्रबार विभिन्न १४ विधामा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ वितरण गरिएको…