अन्तर्वाता/विचार
५३ खर्बमा एलन मस्कले खरिद गरे ट्वीटर, कस्तो होला परिवर्तन ?
विश्वकै धनी व्यक्ति एलन मस्कले लोकप्रिय सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । ४४ बिलियन डलर अर्थात ५३ खर्ब ८९ अर्ब रूपैयाँमा ट्वीटर खरिद गर्ने सम्झौता भएको हो ।
१४ अप्रिलमा मस्कले ट्वीटरको पूरै स्वामित्व खरिद गर्ने प्रस्ताव राखेका थिए । उनको उक्त अफर अहिले ट्विटरको सञ्चालक समितिले स्वीकृत गरेको छ ।
यसका लागि उनले विभिन्न सेयरहोल्डरसँग बेग्लाबेग्लै छलफल पनि थिए र अफर छिटै स्वीकृत हुनका लागि विभिन्न भिडियो कलहरु प्नि सेयरहोल्डरसँग गरेका थिए ।
विभिन्न नव प्रविधिहरुमा लाखौँ लगानी गर्ने एलन मस्कले किन अचानक एक सामाजिक सञ्जाल खरिद गर्ने विचार गरे त ? यो लेखमा सोही कारण खोतल्ने प्रयास गर्दैछौं ।
मस्कले किन खरिद गरे ट्वीटर ?
एलन मस्कले पहिले देखि नै स्वतन्त्र अभिव्यक्तिको वकालत गर्दै आएका थिए । उनले ट्वीटरलाई डिजिटल टाउन स्क्वायर मान्ने गर्दछन्, जहाँ मानवताको भविष्यका विषयहरु छलफल हुने गर्दछ । मानिसको विकास र समोन्नतीको कुरा गर्ने सामाजिक सञ्जालले पक्कै पनि राम्रो प्रभाव पार्छ भन्ने उनको विश्वास रहेको छ ।
उनले ट्वीटरलाई पहिलेको भन्दा परिमार्जित गर्ने अवधारणा पनि अगाडि सारेका छन् र यसका लागि उनले एपमा नयाँ नयाँ फिचरहरु ल्याउने बताएका छन् ।
मस्कका अनुसार ट्वीटर एक प्राइभेट कम्पनी नभएसम्म अगाडि पनि बढ्न सक्दैन र चाहे जस्तो सेवा दिन पनि सक्दैन । त्यस कारण पनि उनले कम्पनी खरिद गर्ने विचार गरेका हुन् ।
ट्वीटरसँग असिमित क्षमता रहेको र एक महत्वपूर्ण सामाजिक सञ्जालको रुपमा स्थापित गरिसकेको एपसँग मिलेर काम गर्ने मौका पाएका कारण आफू निकै खुशी रहेको पनि उनले बताएका छन् ।
ट्वीटरलाई पैसा कमाउने बाटो भन्दा पनि अभिव्यक्ति स्वतन्त्रता बचाउने प्लेटफर्मका रूपमा विकास गर्ने मस्क बताउँछन् ।
ट्वीटरले उनको प्रस्ताव स्वीकार नगरेको भए उनले अभिव्यक्ति स्वतन्त्रताका लागि आफ्नै नयाँ सामाजिक सञ्जाल खोल्ने योजना बनाएका थिए ।
ट्वीटरमा कस्तो परिवर्तन आउँला ?
एलन मस्कले ट्वीटरको अल्गोरिदम ओपन सोर्स हुनुपर्ने बताएका छन् । कानूनले नबाधिँकन बोल्न पाउने प्लेटफर्म हुन ट्वीटरको अल्गारिदम ओपन सोर्स हुनुपर्ने एलनको तर्क छ ।
आफ्नो ट्वीटहरुलाई एपले कुन प्रकारले सञ्चालन गरिरहेको छ भनेर थाहा पाउन अल्गारिदममा रहेको कोड जिट हबमा उपलब्ध रहनुपर्ने उनको भनाइ छ । यसले गर्दा कोडहरुको विश्लेषण प्रयोगकर्ताहरुले आफै गर्न पाउने छन् ।
मस्कको विचारमा कन्टेन्ट मोर्डेसन पनि धेरै गरिनु हुँदैन् र मान्छेको अभिव्यक्ति स्वतन्त्रतालाई एपले हनन गर्नु हुँदैन् । स्थायी रुपमा कसैको पनि अकाउन्टलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइदिने काम पनि गर्नुहुँदैन् भन्ने मस्कको धारणा रहेको छ । मस्कले स्पाम बोट हटाउनका निम्ति पनि काम गर्ने बताएका छन् ।
ओपन सोर्स एप भएपछि प्रयोगकर्ताको गोपनीयता सुरक्षामा पनि यसले ठूलो योगदान पुर्याउने छ । मस्कले सामाजिक सञ्जाल खरिद गर्नु लगत्तै बिहान ट्वीटहरु जिटहब रिपोजटरीमा आईसकेको थियो, जुन अहिले हटाइएको छ ।
त्यस्तै ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । केही समय अघि मात्रै ट्विटरको ९.२ प्रतिशत शेयर खरिद गरेपछि मस्कले ट्विटरमा के तपाई एडिट बटन चाहनुहुन्छ ? भन्दै पोल बनाएका थिए ।
अब सामाजिक सञ्जालनै खरिद गरेपछि पक्कै पनि यो फिचर चाँडै नै सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ । त्यसो त ट्विटरले यसअघि नै गत वर्षदेखि नै एडिट फिचरमा ट्विटरले काम गरिरहेको जनाएको थियो ।
सब्सिक्रिप्सन मोडेलमा जाने
अहिलेसम्म ट्वीटरको करिब ९० प्रतिशत आम्दानी सबै विज्ञापनबाट आउने गर्दथ्यो तर कम्पनीले विज्ञापनदाता पाउन भने समस्या भोगिरहेको थियो ।
अब कम्पनी प्राईभेट भएपछि सेयरहोल्डरहरुले विज्ञापन ल्याउनलाई दवाव दिने छैनन् । मस्कले अबको आम्दानी सब्सिक्रिप्सन मोडेलबाट गर्नुपर्ने धारणा राखेका छन् ।
ट्वीटरले गत वर्ष ट्वीटर ब्लु भन्ने प्रिमियम सेवा सार्वजनिक गरेर यस क्षेत्रमा केही हदसम्म काम गरिसकेको छ । मस्कले त्यो प्रिमियम सेवालाई अझै सस्तो बनाएर भुक्तानी डोजक्वाइनबाट पनि गर्न मिल्ने व्यवस्था बनाउनुपर्ने बताएका छन् ।
के अब ट्रम्पले पुनः एपमा मौका पाउँलान ?
ट्वीटरले डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरेको थियो । ट्रम्पले यसअघि हिंसा भड्काउने काम गरेपछि ट्रम्पको अकाउन्ट स्थायी रुपमा बन्द गर्ने निर्णय लिइएको थियो ।
तर अब मस्क आएपछि ट्रम्प पनि एपमा आउन पाउँला त ? भन्ने प्रश्न उब्जिएकोछ । ट्रम्पलाई यस विषयमा सोध्दा मस्कले ट्वीटर खरिद गरेकोमा उनी एकदमै खुसी रहेको बताएका छन् तर उनी एपमा नफर्किने र आफ्नै सामाजिक सञ्जालमा ध्यान दिने बताएका छन् । यस बारे मस्कले कस्तो निर्णय गर्नेछन् त्यस सम्बन्धमा भने उनले कुनै जानकारी दिएका छैनन्।
अन्तर्वाता/विचार
ओपन सोर्स सफ्टवेयर भनेको के हो ? कसरी फाइदा लिने ?
ओपन सोर्स सफ्टवेयर भनेको सार्वजनिक रुपमा सबैले सोर्स कोर्ड हेर्न र परिवर्तन गर्न मिल्न…
वेब ३.० को बारेमा केही रोचक तथ्य
प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…
मोबाइलको लतमा कसरी फस्दै छन् मानिस ?
मानिसले इन्टरनेटको एउटा जालो बनायो र आज मानिस त्यही जालाेमा फस्दैछ । समस्या स्मार्ट…
डिजिटल लर्निङ सम्बन्धि १२ रोचक तथ्य
आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…
बीआईटी शुरू भइसक्यो, अर्को वर्षदेखि एमआईटी पनि शुरू गर्दै छौंः प्रमुख पौडेल (अन्तर्वाता)
२०७६ सालदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बीआईटी कोर्ष पढाउन शुरू गर…
थपिएको लगानीसँगै बजारमा आक्रामक रूपमा जाने हाम्रो योजना होः संस्थापक अधिकारी (अन्तर्वाता)
आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको फुडमाण्डु नेपालको पहिलो अनलाइन फुड डेल…
साइबर सुरक्षा बारे जागरूक गराउन भिडियो प्रतियोगिता आयोजना गरेका हौंः निर्देशक राय
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता …
किन करोडौं रकम खर्चेर एनएफटी किन्छन् मानिस ?
आज सुरक्षित इन्टरनेट दिवस । नेपालसहित विश्वका १७० भन्दा बढी देशमा सुरक्षित…
विस्तारै मान्छे र मेशिनबीचको अन्तर छुट्याउन गाह्रो हुने समय आउँदै छः एआई विज्ञ पौडेल
एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । पछिल्लो समय प्रविधि उद्योगमा ए…
एनएफटीः भविष्यको डिजिटल स्वामित्व
अब विश्व वेब ३.० तर्फ अघि बढ्दै छ । वेब ३.० इन्टरनेटको तेस्रो पुस्ता हो । यसलाई स्मा…
क्रिप्टोकरेन्सी, बिटक्वाइन र नेपाल
नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायत भर्चुअल मुद्राको बारेमा चर्चा बढ्…
कोभिड–१९ ले ल्याएको केहि प्राविधिक तरङ्ग
यो महामारीले विश्वभरिनै डिजिटल युगको आयाम ल्याएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने तर जनजीवनलाई भएसम्म सामान्यनै राख्नुपर्ने बाध्यताले अत्याधिक मात्र…