कीवर्डहरू -

अन्तर्वाता/विचार

‘दक्ष जनशक्ति उत्पादन गर्न आईओई र सिपसँग मिलेर एडब्ल्युएस क्लाउड एकेडेमी सञ्चालन गर्दैछौं’

जेनेस सोलुसन नेपालको बहुराष्ट्रिय कम्पनी हो । नेपालसहित अन्य विभिन्न देशमा कम्पनीले सेवा प्रदान गर्दै आएको छ । जेनेस क्लाउड अमेजन वेब सर्भिसेस (एडब्लुएस) को नेपालका लागि आधिकारिक विक्रेता समेत हो ।

जेनेस एकेडेमीले जेठ १८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोकमा ‘जेनेस क्लाउड एकेडेमी’ शुरु हँदै छ ।

यसै सन्दर्भमा जेनेस क्लाउड एकेडेमी के हो ? शुल्क कति छ ? किन यसको आवश्यकता छ लगायतका विषयमा जेनेस सोलुसनका ग्लोबल चीफ अपरेटिङ अफिसर (सीटीओ) अञ्जनि फुँयाल सँग आइसिटी समाचारका लागि स्नेहा झा र प्रज्वल नेपाली ले गरेको कुराकानीः


जेनेस क्लाउडमा काम गर्ने कम्पनीको रूपमा तपाईंलाई धेरैले चिन्छन् ।  तपाईं आफ्नो कम्पनीलाई कसरी चिनाउनुहुन्छ, के के गर्छ जेनसले ?

जेनेस क्लाउड एक बहुराष्ट्रिय डिजिटल रूपान्तरण क्लाउड परामर्श कम्पनी हो । यसको प्रमुख अफिस बेलायतमा रहेको छ र यो कम्पनीले ६ ओटा देशहरूमा काम गर्ने गर्दछ ।

यसमा बेलायत, नेपाल, भारत, पाकिस्तान, अस्ट्रेलिया र बंगलादेश पर्ने गर्दछन् । जेनस क्लाउडले विशेषगरी दक्षिण एसियालाई ध्यान दिएको छ ।

नेपालमा गूगल, जूम जस्ता क्लाउडमा आधारित कम्पनीहरूलाई भित्र्याउन जेनेस क्लाउडले एकदमै ठूलो भूमिका खेलेको छ । डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याउनका निम्ति जेनस एक प्रमुख कम्पनी पनि हो ।

पहिलो पटक जेनेसले सिप र यूकेएडसँगको सहकार्यमा ‘एडब्ल्युएस क्लाउड एकेडेमी’ कोर्स सञ्चालन गर्दै छ ।  किन आवश्यक पर्‍यो यो कोर्स ?

मैले यसमा सर्वप्रथम भूमिका जोडेर जवाफ दिन चाहेँ । जेनेस एफडिआई अन्तर्गत दर्ता हुने नेपालको पहिलो कम्पनी हो र विदेशी लगानी भित्र्याएर नेपालमा क्लाउड कम्पनी स्थापित भएको पनि जेनेस नै पहिलो कम्पनी हो ।

यस्तो शीर्षकमा दर्ता हुने पहिलो कम्पनी नै जेनस भएकाले हाम्रो लागि त्यो बेलाको बजार परिदृश्य अनुकूल थिएन । कम्पनी दर्ता भए तापनि कम्पनीलाई अगाडि लैजान मानव संसाधनको एकदमै कमी भएको पाइएको थियो ।

\"\"

त्यही कारणले हामीले आफै प्रशिक्षणहरू दिएर मानव संसाधन जुटायौं । तर ती जनशक्तिले पछिसम्मै साथ नदिएकाले हामीले एउटा एकेडेमी नै खोल्नुपर्छ  भन्ने लागेपछि ‘एडब्ल्युएस क्लाउड एकेडेमी’ कोर्स सञ्चालन गरेको हो ।

जेनेसले आफुलाई देशभर नै फैलाउनुपर्छ भन्ने लागेपछि यूकेएड सिपको च्यालेन्ज कोष भन्ने एक प्रोग्रामको बारेमा हामीले थाहा पायौं ।

सोही कार्यक्रम अन्तर्गत यूकेएड सिपले निजी प्रोजेक्टहरूलाई सहयोग गर्ने हुँदा अहिले हामी काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवल लगायत चार ओटा सहरमा अफिस नै सञ्चालन गर्दै प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनीमा एकेडेमीको सेवा विस्तार गरिसकेका छौं ।

आइओइसँगै सहकार्य कसरी सम्भव भयो ? यसको सञ्चालन कसरी हुँदैछ ?

अमेजनको दुईओटा प्रोग्राम थियो, जसमा एउटा कार्यक्रम अमेजन एजुकेट प्रोग्राम जुन व्यावसायिक पाठ्यक्रम हो । यसबाट कुनै संस्थासँग आबद्ध नभएर क्लाउड सिक्न पाइन्छ ।

शुरुमा नेपालमा अमेजन एजुकेट प्रोग्राम पनि आधिकारिक थिएन र यसका लागि कुनै पनि कम्पनी अनबोर्ड हुन सक्दैन थिए । अमेजन एजुकेटले विद्यार्थी तथा शिक्षक दुवैलाई आफै अध्ययन अध्यापनलाई अझै सहज बनाउन मद्दत पुर्‍याउने गर्दछ ।

त्यस्तै पढिसकेका कुरालाई अझै प्रयोगात्मक ढङ्गमा गएर परीक्षण गर्न दिन्छ । विद्यार्थीहरूले ल्याबको अनुभूति गर्न पाउँछन् । जेनस क्लाउडले नेपालको लागि पहिलोचोटि अमेजन एजुकेटलाई आधिकारिक बनाउनमा सहयोग पुर्‍याएको थियो ।

अमेजनसँग हामीले जानकारी लिँदा नेपालको ७ हजारभन्दा बढी विद्यार्थीहरू पहिले नै अमेजन एजुकेटमा आबद्ध भइसकेका छन् । विश्वमै नेपाल एजुकेटको मामिलामा अगाडि भएको पाइएको छ ।

यस्तो खालको प्रोजेक्टहरूले एकेडेमिया र उद्योगको दूरीलाई अझै कम गर्ने हुँदा जेनेसले अमेजनसँग सहकार्य गरेर अमेजन एकेडेमी ल्याएको हो । त्यसपछि जेनसले आईओईसँग अमेजन एकेडेमीलाई नेपालमा अनबोर्ड गर्न पहल गर्‍यो र एक प्रतिष्ठित संस्थासँग सहकार्य गरेपछि अमेजन एकेडेमीको पनि प्रतिष्ठा बढ्ने आशा गरिएको छ ।

यसले स्रोतको दूरीलाई पनि कम गर्ने देखिएकाले आईओईले अमेजन एकेडेमीका लागि आधिकारिक रूपमा निवेदन गर्‍यो र अब स्वीकृति पाएपछि हामी लञ्च प्रोग्रामतर्फ अघि बढेका छौं ।

कस्ता विद्यार्थीले यसमा अध्ययन गर्न पाउँछन् ? शुल्क कस्तो छ, कति तिर्नुपर्छ ?

अमेजन क्लाउड एकेडेमी मेनस्ट्रिम शिक्षामा नै पर्ने गर्दछ । यसमा ५२–५४ ओटा विषयहरू पढ्नुपर्ने हुन्छ । तर अहिलेसम्मको हाम्रो निर्णय अनुसार इन्जिनियरिङको तीनओटा विषय अमेजन क्लाउड एकेडेमीले डिजाइन गरेको पाठ्यक्रम अनुसार पढाइ हुनेछ । यही कारण कुनै थप शुल्कको कुरा हुँदैन ।

स्नातक तहको नौ क्रेडिटको विषयहरू पढ्नुपर्छ । विद्यार्थीहरूले आईओईमा जति शुल्क तिरेर पढ्न आएका थिए, सोही शुल्कमा एकेडेमी पाठ्यक्रम पनि समावेश हुनेछ ।

यसले गर्दा विद्यार्थीहरूले स्थानीय आईओईको डिग्री पनि पाउने भए र अन्तर्राष्ट्रिय तहमा परिचित सिलेबसमा अध्ययन गर्न पनि पाउने भए ।

यसले अमेजन सर्टिफिकेसन डिग्रीहरूको पाटोमा नेतृत्व पनि गर्नेछ । विद्यार्थीले सर्टिफिकेसन लिने भएमा मात्रै थप शुल्क तिर्नुपर्ने हुन्छ । बाहिर सर्टिफिकेसनको १५० डलर परे तापनि अमेजन क्लाउड एकेडेमीका विद्यार्थीले यसलाई एकदमै छूटमा पाउन सक्नेछन् ।

त्यस्तै जेनेस र यूकेएडको पहलमा हामी अघि बढिरहेकाले हामीले पुलचोकको धेरै विद्यार्थीका निम्ति छात्रवृत्तिको पनि व्यवस्था गरेका छौं ।

देशभरि ३ सयभन्दा धेरै आइटी कलेज छन् । अरूसँग पनि सहकार्य गरेर देशभरी कोर्स विस्तार गर्ने केही योजना छ ? विश्वविद्यालयहरूको पाठ्यक्रममै समावेश गर्दै हुनुहुन्छ यसलाई ?

हामीले अमेजन क्लाउड एकेडेमीको प्रस्ताव आईओईमा लिएर जानु भनेकै आईओई अन्तर्गतका सबै निजी आइटी कलेजलाई समेट्नु हो । ती सबै कलेजमा यो नयाँ अमेजन क्लाउड एकेडेमीको पाठ्यक्रम लागू हुन्छ । हाम्रो अर्को लक्ष्य भनेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिएससिसिएसआईटी चलाइरहनुभएको कलेजहरू रहनेछन् ।

त्यस्तै एउटा राम्रो समाचार दिनुपर्दा म लकडाउनको केही दिन अघि भाग्यवश पोखरा गएको थिएँ र त्यहाँ पोखरा विश्वविद्यालयमा हामीले आईओईसँग यसरी सहकार्य गर्न लागेका छौं भनेर सुनाउँदा उहाँहरू पनि एकदमै उत्साहित हुनुभयो र आईओईको सफलतापछि चाँडै नै पोखरा विश्वविद्यालयमा पनि अमेजन क्लाउड एकेडेमीको शुरुवात हुने मैले विश्वास राखेको छु ।

त्यसपछि हामी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरूलाई लक्षित गर्नेछौं । यी विश्वविद्यालयको सफलतापछि हामी केयू र अरू नयाँ विश्वविद्यालयसँग पनि सहकार्य गर्ने हाम्रो योजना रहेको छ ।

यूकेएड सिपसँगको सहकार्यलाई कसरी लिनुहुन्छ ? यो सहकार्यले नेपालको शिक्षालाई केही रूपान्तरण गर्न सक्छ ?

यूकेएड सिपको च्यालेन्ज कोष पब्लिक प्राइभेट पार्टनरसिप मोडेल अन्तर्गत रहेको छ र त्यसकारण हामीले फण्ड पाएका हौं । हामीले त्यही फण्ड प्रयोग गरेर आफ्नो प्रोग्रामलाई विस्तार गर्न सक्छौं ।

\"\"

यूकेएड सिपले हामीलाई अमेजन क्लाउड एकेडेमीको पहललाई अघि सार्न एकदमै मद्दत पुर्‍याएको छ । आर्थिक रूपमा त पक्कै पनि हामीलाई सहयोग पुगेकै छ । तर अरू तरिकाले पनि यूकेएड सिपले एकदमै सहयोग पुर्‍याएको छ । लुम्बिनी प्रदेशमा हामीलाई यूकेएड सिपले आफै योजना समितिसँग मिटिङहरू गराउनुभयो, जसले गर्दा हामीलाई स्थानीय रूपमा नै काम गर्न सहज भयो ।

प्रदेश २ मा पनि अन्तरक्रिया गर्न यूकेएड सिपबाट धेरै नै मद्दत पायौं । सरकारी निकायसँग सहकार्य गर्न उहाँहरूले एकदमै सहज बनाइ दिनुभयो । सिप नभएको भए ढेड वर्षमा हामी अहिले जहाँ छौं, त्यहाँ पक्कै पनि पुग्न गाह्रै हुन्थ्यो वा निकै नै समय लाग्थ्यो ।

यूकेएड सिपको यसैगरी सहकार्य रहिरह्यो भने हामी नेपालका ८ देखि १० हजार विद्यार्थीलाई अमेजन क्लाउड एकेडेमीमा समावेश गराउन सफल हुनेछौं ।

यो सहकार्यले नेपालको शिक्षालाई पक्कै पनि रूपान्तरण गर्नेछ र पक्कै पनि हाम्रो यो सहकार्यले एकेडेमिया र उद्योगबीचको दूरीलाई केही हदसम्म कम गर्नेछ ।

जुन १ तारिखमा हुने विशेष सार्वजनिक कार्यक्रम कस्तो हुनेछ ? क-कसले कसरी सहभागिता जनाउन सक्नेछन् ?

जेनेस क्लाउड, यूकेएड सिप र आईओईको धेरै लामो प्रयासले यो पहल अघि बढेको हो र यस्तो पहललाई किन सार्वजनिक रूपमा सबैको सामु नल्याउने त भनेर हामीले जुन १ तारिखमा लञ्चको कार्यक्रम राखेका छौं ।

जुन १ को कार्यक्रम मल्टि स्टेक होल्डर कार्यक्रम हो । यसमा अमेजन क्लाउड, यूके एड सिप, आईओई, एफसिडीओको सहयोग रहेको छ । निजी र सरकारी संस्थाहरू एकदमै उत्सुक भएर यो कार्यक्रमका लागि अगाडि आउनुभएको छ । कार्यक्रममा सिपको बारेमा कुरा हुनेछ ।

त्यसपछि प्यानल छलफल हुनेछ, जसमा विभिन्न उद्योगहरूका हस्तीहरू आएर आफ्ना कुराहरू राख्नुहुनेछ । त्यसपछि सार्वजनिक कार्यक्रम आधिकारिक रूपमा सञ्चालन गरिनेछ ।

अब एकछिन क्लाउड प्रविधिको कुरा गरौं । खासमा क्लाउड प्रविधि के हो ? नेपालमा पनि अहिले धेरै डेटा सेन्टरहरू छन् । उनीहरूले पनि क्लाउड सेवा दिरहेका छन् नि, के फरक छ तपाईंहरूको सेवामा ?

अहिले क्लाउड प्रविधि नभएको भए हामीले भिडियो कन्फेरेन्सिङ गर्न पनि आफ्नै घरमा टावर राखेर आफै होस्टिङ गरेर मात्रै प्रयोग गर्न सक्थ्यौं । तर क्लाउड प्रविधिको कारणले हामीले सजिलै जूम जस्ता एपहरू प्रयोग गर्न सकिरहेका छौं ।

क्लाउड प्रविधिले आउटसोर्सिङ गरिदिन्छ । तपाईंले प्रविधि बनाउन जुन मिहिनेत गर्नुपर्थ्यो, त्यो सबै क्लाउड प्रदायकले नियन्त्रण गरिदिन्छ । सर्भरका सबै समस्या हटाउन र व्यवस्थापन गर्न क्लाउड प्रविधिले एकदमै ठूलो भूमिका खेलेको छ ।

साधारण भाषामा भन्नुपर्दा आफैले हार्डवेयर व्यवस्थापन गर्नुभन्दा कोहीसँग भाडामा हार्डवेयर तथा स्टोरेज लिनु नै क्लाउड हो । क्लाउडको विशेषता भनेको इलास्टिसिटी हो । तपाईंलाई आज एउटा सर्भर चाहियो भने तपाईंले एउटा लिन सक्नुहुन्छ, ५०० चाहिएमा ५०० र हजार चाहिएमा हजार ।

यो विशेषगरी प्रिपेड मोडेलकै हुने गर्दछ । यो सबै फिचर भएमा मात्रै पब्लिक क्लाउड हुन सकिन्छ । विश्वमा धेरै पब्लिक क्लाउड नै छैनन् । नेपालका अरू डेटा सेन्टरहरू खासै स्वतः प्रावधानको व्यवस्था नै छैन । र, यही सबैले हामीलाई अरूभन्दा थोरै बेग्लै बनाउन मद्दत पुर्‍याएको छ ।

सरकारी वेब तथा एप्लिकेशन देशभित्रै डेटा सेन्टरमा राख्नुपर्ने बाध्यता छ । सरकारी निकायले किन एडब्ल्युएस लगायत सेवा लिन नचाएको होला ?

नेपालमा डेटा वर्गीकरण सम्बन्धी नियम नै प्रष्ट छैन । भएका नियमहरू पनि एकदमै अस्पष्ट छ । परिभाषित छैनन्, जसले गर्दा डेटा सुरक्षित होला कि नहोला, अरू देशले हाम्रो डेटाले गर्दा सार्वभौमिक सत्तामा असर पारिदिन्छन् कि भन्ने खालको गलत धारणा एकदमै बढी भएको पाइएको छ ।

पेन्टागन जस्तो एकदमै सुरक्षा सचेत संस्था पनि क्लाउडमा गइसकेको छ । उसको जेडआई भन्ने १० बिलियनको प्रोजेक्टका लागि माइक्रोसफ्ट र अमेजनले प्रतिस्पर्धा गरिरहेका छन् ।

नासाले पनि रोभर ल्याण्ड गर्दा अमेजन क्लाउड सेवा नै उपयोग गर्ने गर्छ । हामी एकदमै आदिम चरणमै छौं । नेपाल सरकारबाट न नागरिक एप पावर भएको छ, न लाइसेन्सिङ सेवा पावर भएको छ न सिसिएमसी नै भएको छ ।

जे पनि सरकारी क्लाउडमा भएको छ भनिन्छ । तर त्यसले क्लाउड कम्प्युटिङ मान्छ जस्तो त मलाई लाग्दैन । डेटा वर्गीकरणलाई एकदमै स्पष्ट रूपमा गर्नुपर्छ । त्यो अनुसार नीति नियमहरू ल्याउनुपर्छ । सरकारले आउटसोर्सिङका निम्ति क्लाउड कम्पनीहरूलाई जिम्मा लगाइदिएको बेस हुन्छ ।

नेपालको आइटी पोलिसी तथा डिजिटल नेपाल फ्रेमवर्क कस्तो छ ? यसले नेपालमा आइटी उद्योग प्रवर्द्धन गर्न सहज छ वा केही समस्या देख्नुहुन्छ ?

डिजिटल नेपाल फ्रेमवर्क एकदमै राम्रो अवधारणा हो । यसलाई एकदमै राम्रो तरिकाले बनाएको मैले पाएको छु । त्यो एकदमै ठूलो र धेरै पाटाहरू समेट्न खोजिएको मैले पाएँ ।

तर नेपाल सरकार त्यसको कार्यान्वयन गर्ने तयारीमा छ त भन्ने पक्षमा मैले चुनौती रहेको पाएँ । कार्यान्वयन एकदमै महत्वपूर्ण पक्ष हो ।

अन्त्यमा क्लाउड एकेडेमी कोर्स सार्वजनिक हुने कार्यक्रमको बारेमा केही सन्देश दिन चाहनुहुन्छ ?

अन्त्यमा फेरि जुन १ मा हुन लागेको कार्यक्रमको बारेमा जोड्दै हाम्रो धेरै लामो प्रयासले यो कार्यक्रम हुन लागेको जानकारी दिन चाहन्छु । आईओई जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा हामी एकदमै खुशी छौं ।

\"\"

उहाँहरूले आफै यो कार्यक्रमको लागि एकदमै उत्सुकता देखाउनुभयो र अमेजन पनि आफै बहुराष्ट्रिय कम्पनी हुनुको नाताले बाटोमा केही बाधाहरू आए तापनि त्यसलाई टार्दै यो कार्यक्रमसम्म हामी आइपुगेका छौं ।

यो कार्यक्रम मल्टि ट्रस्टको नतीजा हो । नेपाली विद्यार्थीका लागि यसले कोसेढुंगा भएको सावित गर्ने आशा गर्दछु । किनभने अन्तर्राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरूले मात्रै पाउने यो अवसर अब नेपाली विद्यार्थीले पाएका छन् ।

यसले उनीहरूको स्तर अन्तर्राष्ट्रियकरण गरिदिन्छ । नेपाल आगामी दिनमा आईओटी, मेशिन लर्निङ, एआर, भीआर जस्तो प्रविधिको भूमिको रूपमा चिनिनेछ भन्ने मैले आशा गरेको छु ।

अन्तर्वाता/विचार

यस्तो छ सिलिन्डरमा अक्सिजन भर्ने प्रकृया 

कोभिडको महामारी बढेसँगै अक्सिजनको माग पनि एकदमै बढ्दै गइरहेको छ । कोरोनाका कारण…

डिजिटल रूपान्तरणको प्रयासमा नेपाल

डिजिटल रुपान्तरणले हाम्रो बाँच्ने, खेल्ने र काम गर्ने तरिकामा आमूल परिवर्तन ल्याएको …

फेसबुक र गुगलसँगको सम्झौता मार्केटिङको लागि ‘ब्रेक थ्रु’ हो– सीईओ रवि सिंघल  

फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बन्ने पहिलो कम्प…

नागरिक एप संचालनको टिमसहित तीन चरणको कार्ययोजना बनेको छ

सन् २०१८ मा‘आइसिटी डे’को दिन भृकुटीमण्डपमा एउटा कार्यक्रम थियो । त्यही कार्यक्रममा नागरिक एपको कन्सेप्ट पहिलो पटकप्रस्त…

हामी थप परिष्कृत भएर आएका छौं 

आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस । सर्वप्रथम यस दिनको अवसरमा यहाँ सम्पूर्णमा हार्दिक शुभकामना बाँड्न चा…

कतै हामी ‘डिजिटल दुर्व्यसनी’मा फसिरहेका त छैनौं ? 

कोरोना भाइरसको माहामारीले संसारलाई अत्याइहेको छ र अझ केहि समय अत्याउने देखिन्छ । यसले व्यापार, व्यवसाय, उद्योगलगाय…

किन बढ्दै बिटक्वाइनको लोकप्रियता ? कसरी लगानी गर्ने ?

पछिल्लो समय बजारमा बिटक्वाइन धेरै चर्चामा रहेको छ । बढ्दो मूल्यसँगै यसको लोकप्रियता…

‘हुलाकमा प्रयोग भएको नयाँ प्रविधिले आपत्कालीन सेवालाई प्रभावकारी बनाउँदै छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समय अगाडि गूगल प्लस कोड सम्बन्धी क…

नेपालले एक दशकमा दूरसञ्चार प्रविधिमा पाएका सफलता, यी हुन अझ सस्तो र प्रतिस्पर्धी बनाउने उपाय

हामी सबैलाई थाहा छ दूरसञ्चार क्षेत्र क्रसकटिङ विषय हो । यसले सबै क्षेत्रलाई छोएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा, पर्यटन, सरकारी सेवा होस् सबै क्षेत्रमा …

‘सानिमा बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको छ’

कोरोना महामारी पछि नेपालमा प्रविधिको प्रयोग बढेको छ । सामान खरिद देखि क…

फाइभजीको भू–राजनैतिक पाटो


ई. रवीन्द्र फोजू

नेपाल चौथो पुस्ताको मोबाइल प्रविधि (एलटिई) दे…

‘हाम्रो बजार सधैंभरि निःशुल्क नै रहन्छ’ - रोहित तिवारी

विगत १० वर्षदेखि सञ्चालनमा रहेको इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड से…

नेपालमा सफ्टवेयर इन्जिनियरिङ र यसको क्षेत्र

प्रविधिको प्रयोगले भइरहेका अकल्पनिय परिवर्तनहरुको पछाडी सफ्टवेयरको सबैभन्दा ठुलो भुमिका छ । कुरा गरिरहनु पर्दैन कि,…

‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’

आगामी फ्रेबुअरी २५ अर्थात् फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने…

‘ह्वावे कहिल्यै विविधीकरणको पछि लाग्ने छैन’

सन् १८८७ मा चीनको एउटा अपोर्टमेन्टबाट शुरु भएको हुवावे आज १७० भन्दा बढि द…