कीवर्डहरू -

अन्तर्वाता/विचार

यसरी बनाउनुहोस् एएसपी डटनेटमा वेबसाइट

आलोक कुमार पाण्डे

CTO at BRAINDIGIT | MVP (Visual Studio and Development Technologies) at Microsoft Most Valuable Professional


ASP.NET 4.5 मा वेब साइट बनाउने चरणवद्ध प्रक्रिया

अघिल्लो लेखमा हामीले बार्चा गरे अनुसार, यस लेखमा हामी Microsoft Visual Studio 2012 बाट वेब साइट बनाउने चरणबद्ध प्रक्रियाको जानकारी गराउनेछौं ।

हामीलाई थाहा भएकै कुरा हो, VS ले विभिन्न प्रोग्रामिंग मोडललाई सहयोग गर्दछ, तीमध्ये Web Form Model बाट शुरु गरौं ।

Web Forms

Web Form  ASP.NET,  वेब साइट र वेब एप्लिकेशन बनाउने तीन मध्ये एक प्रोग्रामिङ मोडल हो । बाँकि दुई वटा प्रोग्रामिङ मोडलहरू Web Pages र MVC (Model, View र Controller) हुन् । Web Form सबैभन्दा पुरानो ASP.NET प्रोग्रामिङ मोडल हो ।

यसको वेब पेजहरू event-driven हुन्छन् जुन HTML, सर्भर कन्ट्रोल र सर्भर कोडका मिश्रणले लेखिएका हुन्छन् । Web Form हरूको संकलन र परिचालन सर्भरमा गरिन्छ, जसको फलस्वरुप HTML जेनेरेट हुन्छ र तीनैद्धारा वेब पेजहरू प्रदर्शन हुन्छन् ।

Data Access सहितको user-driven वेब साइटहरूको निर्माण गर्नका लागि Web Form  हरू सयौं विभिन्न web control र web component हरू सँग आउँछ ।

आउँदो लेखमा हामी server controls र तिनिहरूका उपयोगिताका बारेमा विस्तारमा चर्चा गर्नेछौं । अहिलेलाई भने वेब साईट निर्माण गर्ने चरणहरूका बारेमा नै जानकारी लिऔं ।

सबैभन्दा पहिले कम्प्युटरमा VS 2012 सँग MSSQL इन्सटल भएको हुनुपर्दछ । Visual Studio 2012 खोलेर file menu सेलेक्ट गर्नुहोस् । त्यसपछि new menu option मा जानुहोस् जसले प्रोजेक्ट टाइपहरूको सुचि तयार गर्दछ । Web Site लाई छान्नुहोस् र तलको तस्विरमा देखिए जस्तो खालको dialogue box खुल्नेछ

माथिको तस्विरमा हामी विभिन्न प्रकारका applications देख्न सक्छौं तर यस लेखलाई ध्यानमा राखि ASP.NET Web Forms Site  छान्नुहोस्, र यसका साथै फिजिकल हार्ड डिस्कमा आफ्नो वेब साइट जहाँ store गर्ने हो, त्यो location पनि छान्नुहोस् । माथिको drop-down मा .NET framework र त्यसको दायँपट्टि आफ्नो अनुकुलको programming language : C# वा VB छान्नुहोस् ।

ध्यान राख्नुहोला: यो नै सबैभन्दा महत्वपुर्ण ठाउँ हो जहाँ हामिले language, location र framework जस्ता आवश्यक कुराहरूको छान्न सक्छौं ।

मिल्दो नाम र location छानिसकेपछि OK मा click गर्नुहोस् । यति गरिसकेपछि हामिले हाम्रो simple data सहितको default page देख्न सक्छौं जुन web site development को लागि तयार हुन्छ ।

यति गरेपछि हामी यो वेब साइट F5 थिचेर वा debug menu बाट debug वा without debugging option (यि दुईमा थोरै भिन्नता छ जसका बारेमा हामी पछि चर्चा गर्नेछौं) मध्ये एक छानेर पनि run गर्न सक्छौं ।

यसरी run गरेपछि हामीले नमुना data र login अनि registration का लागि नमुना पेज सहितको हाम्रो पुरा भएको वेब साइट पाउन सक्छौं । तर, real web site अथवा web application का लागि भने यसलाई आफ्नो आवश्यकता अनुसार customize गर्न जरुरी छ ।

यस प्रक्रियामा हामीले थाहा पाउने छौं कि धेरै resource हरू default बाट नै generate भएका हुन्छन् जुन हाम्रो web site को स्वरूप अनुसार नभएमा हामिले हटाउन पनि सक्छौं । माथिको sample data मा केही link हरू छन् ।

जसले थप resource हरू कहाँ पाउने र कसरी काम गर्ने भन्ने बारेमा सिक्र्न मद्धत गर्नेछन् । यो link हरू कृपया एक पटक हेर्नुहोला । यहाँ तपाइले धेरै महत्वपुर्ण र कामलाग्दा ज्ञान पाउन सक्नुहुनेछ । NuGet का बारेमा सबै डभेलोपरलाई थाहा हुनुपर्छ ।

बायाँपट्टि को toolbar मा विभिन्न प्रकारका controls पाउन सक्नुहुनेछ जसले तपाइलाई complete web application बनाउनमा मद्धत पुर्याउँछन् जस अन्तर्गत HTML, Graphical Controls आदि पर्दछन् ।

toolbar को माथिपट्टि server explorer रहेको हुन्छ जसको सहायताले त्यहि कम्प्युटरमा रहेका वा कार्य समुहमा रहेका अरु Server हरू explore गर्न सकिनेछ ।

यही explore को सहायताले हामी चलिरहेको Server सँग जोडिन सक्छौं र सबै SQL सम्बन्धित कामहरू यहि IDE बाट पुरा गर्न सक्छौं ।

यस IDE का धेरै विशेषताहरू छन् । ति सबै विशेषताहरूलाई यहि एक लेखमा विस्तार गर्न सम्भव नभएकाले तिनका बारेमा हामी आगामि लेखहरूमा चर्चा गर्दै जानेछौं । कृपया हाम्रो आगामी बिहीबार प्रकाशित हुने लेख पढ्नुहोला । साथै 'डट नेट गाइड'को डिजिटल कपी खरिद गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

अन्तर्वाता/विचार

कोभिड १९ र सूचना प्रविधि

प्रज्वल शर्मा, प्रवन्ध निर्देशक
आइसबर्ग टेक्नोलोजी प्राइभेट लिमिटेड

कोरोना भाइरसको महामारीले सम्पूर्ण मानव जाति आ…

७४ वटै जिल्लाका स्थानीय तहसम्म ब्रोडव्याण्ड इन्टरनेट पुर्याइरहेका छौ - डा. सुरेन्द्र हाडा


डा. सुरेन्द्र हाडा
निर्देशक, पूर्वाधार महाशाखा, नेपाल दूरसञ्चार प्राधिकरण


दूरसञ्चार प्राधिकरणले …

‘आईटी’ देशको लागि ठूलो फाइनान्सियल ब्याकबोन हुनसक्छ: विज्ञान श्रेष्ठ

सफ्टवेरिका कलेज स्थापना भएको आज दश वर्ष पुगेको छ । सन् २०१० देखि नेपालमा …

आइटी शिक्षालाई अझ गुणस्तरिय बनाउन इण्डस्ट्रीले पनि ओनरसीप लिनुपर्यो - प्रा.डा. शुवर्ण शाक्य

नेपालको कम्युटर तथा आइटी शिक्षामा एउटा गर्विलो नाम हो, प्राध्यापक डा. शुवर्ण शाक्य । शाक्य केहि दिनअघि प्रर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्य…

हामीले त कुनै अपराध गरेका छैनौं नि दलबल सहित आएर लाने - शैलेश लोहनी, प्रवन्ध निर्देशक (सोचेको डटकम)

बिहीबार नेपाल प्रहरीले इकमर्श व्यसाय सञ्चालन गर्ने सञ्चालकहरु र डेलिभरीकर्तालाई पक्राउ गर्यो । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ८० जना पक्राउ प…

सन् २०२० मा हामीले धेरै रेकर्डहरू तोड्ने छौं - सौरभ कोथारी

साओमी सफल हुनुमा पहिलो कारण इन्नोभेसन हो । साओमी सन् २००९ मा स्थापना भएको चिनियाँ कम्पनी हो । साओमी स्थापना हुँदा संस्थापक ली चुन सहित अन्य …

सबैका लागी पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने ?

स्नातक तहमा अध्ययन गरिरहेको एक युवा हुँ । अध्ययनको साथसाथै म केही संस्थाहरूमा आबद्ध छु भने एक कन्सल्टिङ एजेन्सीमा पनि काम गरिरहेको छु। दृष्टिबिहिन भएका क…

मेसिन लर्निङ र डेटा साइन्सको वर्कशप जारी, नेपाललाई एआई हब बनाउन सकिने आयोजकको भनाई

गत साउन १५ गतेदेखि सुरु भएको राष्ट्रिय स्तरको डेटा साइन्स तथा मेसिन लर्निङ सम्बन्धी …

आइटी उद्योग र एकेडेमियाबीचको ग्यापलाई पूरा गर्न ब्रोडवे आएको हो - राजु अधिकारी


राजु अधिकारी
प्रमुख कार्यकारी अधिकृत, ब्रोडवे इन्फोसिस

एकेडेमिया र इन्डस्ट्रीको ब्रिजिङ गर्ने…

कोरोना महामारीसँगै डिजिटल बैंकिङको अपरिहार्यता


नविन थापा ‘नूतन’


कोभिड–१९ले विश्वव्यापी रूपमा अर्थतन्त्रलाई असर गर्ने प्रष्ट छ । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ से…

डिजिटल समाजका आधारहरु

ई. कैलाश कार्की

शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’ ल्याएका हौं - पराग श्रेष्ठ

पराग श्रेष्ठ
निर्देशक, फ्युज क्लासरुम, फ्युज मेशिन्स


आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा…

घरबाटै रोजगारी – घरमै कामदार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धि जसले मानि…

प्रबिधि र मानव सभ्यता - \'ढुङ्गे युगदेखि कृत्रिम वौद्धिकता सम्मको यात्रा\'

ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज

प्रविधि मावन जिवनका अभिन्न अंगको रुपमा स्थापित भइसकेको …