कीवर्डहरू -

अन्तर्वाता/विचार

‘आईटी’ देशको लागि ठूलो फाइनान्सियल ब्याकबोन हुनसक्छ: विज्ञान श्रेष्ठ

सफ्टवेरिका कलेज स्थापना भएको आज दश वर्ष पुगेको छ । सन् २०१० देखि नेपालमा गुणस्तरिय आईटी शिक्षा प्रदान गर्ने उदेश्यले कलेजको स्थापना भएको हो । कलेज स्थापना भएको १० वर्षसम्मको यात्रा कस्तो रह्यो, कलेजमा कस्ता कस्ता कोर्ष सञ्चालनमा छन् र भर्खरै सञ्चालनमा आएको डिजि स्कूलको विषयमा आधारित रहेर डिजि स्कूलका संस्थापक तथा सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठसँग आईसिटी समाचारले गरेको कुराकानीः

सफ्टवेरिका कलेज स्थापना भएको १० वर्ष पुगेको छ । कस्तो रह्यो आजसम्मको यात्रा ?

सफ्टवेरिका कलेज स्थापना भएको आज दश वर्ष पुगेको छ । सन् २०१० मा कलेज स्थापना गर्दा हामीलाई समस्या नै थियो । हामीले कलेज स्थापना गर्दा आइटी शिक्षाको खासै महत्व थिएन ।

तर अहिले आएर यसको महत्व बढ्दै गयो । हाम्रो युके एजुकेशन भएकाले सुरुसुरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न चुनौती नै थियो । अहिले आएर हामीले रिसर्च, फेसिलिटी तथा फ्याकल्टीमा धेरै नै सुधार गरिसकेका छौं ।

गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि धेरै मिहेनत गरी हामी यहाँसम्म आईपुगेका छौं । समग्रमा भन्नुपर्दा हाम्रो यात्रा उतारचडाब रह्यो ।

१० वर्षमा कति विद्यार्थी ग्राजुएट भए ? कहाँ कस्तो अवस्थामा कार्यरत होलान ?

हाम्रो कलेजबाट हरेक वर्ष चारसय देखि पाँचसय विद्यार्थी ग्राजुएट हुन्छन् । त्यस हिसाबले कुरा गर्दा कम्तिमा पनि ४ हजार विद्यार्थी अहिलेसम्म ग्राजुएट भइसके । अनि हाम्रो कलेजबाट ग्राजुएट भएका विद्यार्थी नेपाल तथा विश्वका टप आईटी कम्पनीमा कार्यरत छन् ।

विश्वका उत्कृष्ट आईटी कम्पनी गूगल, फेसबुक तथा माइक्रोसफ्टमा पनि हाम्रो विद्यार्थीले काम गरिरहेका छन् । त्यस्तै अष्ट्रेलियाको पनि ठूला ठूला आईटी कम्पनीमा काम गरिरहेका छन् ।

उद्यमशिलताको विकासमा सफ्टवेरिका कलेजको भुमिका कस्तो देख्नुहुन्छ ?

उद्यमशीलताको विकासमा पनि सफ्टवेरिकाको भूमिका पनि रहेको छ । हाम्रो कलेजमा पढेर गएकाहरुले पनि टेक स्टार्टअपको विकास गरेका छन् । हामीले नेपालमा विजनेस कसरी सुरु गर्ने र कोर्स गरेपछि कस्ता अवसर छन् भनेर पनि ट्रेनिङ दिन्छौं ।

सफ्टवेरिका कलेजको छुटै रिसर्च ल्याब छ । रिसर्च ल्याबमा विद्यार्थीले सैद्धान्तिक विषय पढेपछि प्रयोगात्मक विषयमा ज्ञान लिन्छन् । त्यहाँबाट उनीहरुले कामको अनुभव लिन्छन् ।

\"\"

कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यले थप उचाई दिएको हो सफ्टवेरिकालाई ?

सफ्टवेरिका कलेज सुरु गर्दा नै हामीले युके एजुकेशन सुरु गरेको हो । कोभेन्ट्री विश्विद्यालयसँग सहकार्यको लागि हामीले सन् २०१६ देखि नै प्रक्रिया सुरु गरेका हौं ।

तर सबै प्रक्रिया मिलाउदा सन् २०१९ मा हामीलाई सफलता मिल्यो । त्यसपछि हामीले सन् २०१९ बाट कोभेन्ट्री विश्वविद्यालयको विषय पढाउनु सुरु गर्‍यो । कोभेन्ट्री विश्वविद्यालय विश्वको उत्कृष्ट विश्वविद्यालयमा पर्छ ।

यस सहकार्यबाट विद्यार्थीले राम्रो आईटी शिक्षा लिन बाहिर जानु परेन । युकेको भन्दा सस्तो मूल्यमा विश्वविद्यालयको कोर्ष विद्यार्थीले अध्ययन गर्न पाएका छन् । यस सहकार्यले सफ्टवेरिकाका कलेजलाई त थप उचाई दिएको नै छ । तर यसले देशलाई पनि सहयोग गरेको छ ।

सफ्टवेरिकामा केके कोर्ष सञ्चालनमा रहेका छन् ? नयाँ केही कोर्ष आउँदै छन् ?

हामीले अहिले बीएससी अर्नस कम्प्युटिङ र बीएससी अर्नस इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी कोर्ष छन् । कम्प्युटिङमा कोर्षमा इन्टरनेट अफ थिङ्स, रोबोटिक्स, मोबाइल एप डेभलपमेन्ट र वेब डेभलपमेन्ट लगायतमा स्पेशिलाइजेसन छ । त्यस्तै साइबर सेक्युरिटीको कोर्ष पनि हामीले नेपालमै पहिलो पटक सुरु गरेका हौं ।

त्यसैगरी हामीले नेपालमा आर्टिफिसयल इन्टेलिजेन्स र डेटा साइन्सको कोर्ष ल्याउने तयारी गरेका छौं । अर्को वर्ष सार्वजनिक गर्ने योजनामा छौं । यसको लागि अहिले प्रकृया भइरहेको छ ।

तपाईले सञ्चालन गर्नु भएको डिजि स्कुल केहो ? डिजि स्कूल चाहि किन सञ्चालन गर्नुभएको हो ?

विद्यालय तह देखि नै आईटी शिक्षाको एउटा लेभल तयार गरौं भन्ने उदेश्यका डिजि स्कूल सुरु भएको हो । जुन किसिमले स्कूल लेभलमा आईटी शिक्षाको फाउन्डेसन बन्नुपर्ने हो, त्यो किसिमले नभएपछी डिजि स्कूलको अवधारणा सुरु भयो ।

अब विश्व भनेको आईटी कै हो । अंग्रेजी जस्तै आईटीको पनि ज्ञान हुन अहिलेको युगमा जरुरी छ । डिजि स्कूलमा कोडिङ, भिडियो इडिटिङ, फोटो इडिटिङ, अनलाइन सेफ्टी, डेटा, डिजिटल लिट्रेसी,साइबर सेक्युरिटीलगायतका कोर्षहरु छन् ।

यी सामान्य कुराहरु विद्यार्थीहरुलाई थाहा हुनुपर्छ । खासमा विद्यालयलाई डिजिटल बनाउनकै लागि हामीले नाम पनि डिजि स्कूलनै राखेका हौं ।

\"\"

डिजि स्कूलमा कसरी सहभागी हुन् सकिन्छ ?

यसमा दुई तरिकाले सहभागी हुन् सकिन्छ । पहिलो तरिका भनेको स्कूलले नै यो हाल्न सक्छ । स्कूलले राखिसकेपछि यो कोर्ष सबै विद्यार्थीले पढ्ने पाए ।

यदी विद्यालयले राख्न सकेन भनेपनि विद्यार्थी सिधै डिजि स्कूलको वेबसाइट मा गएर यसको प्रयोग गर्न सक्छन् । कोरोना महामारीको समयमा डिजि स्कूल अहिले निशूल्क उपलब्ध गराएका छौं । अहिले १५ सय २ हजारले विद्यार्थी डिजि स्कूलमा पढि रहेका छन् ।

एजुकेशन कन्सलटेन्सीबाट सुरु भएको यात्रा सफ्टवेरिका एक उतकृष्ट आइटी कलेजमा विकास गरिसक्नुभयो, सनवेदेखि डिजि स्कुलसम्म सञ्चलनमा छ । कसरी सम्भव भयो यो सफलताको यात्रा ?

सफ्टवेरिका सन् २००१ मा आईटी ट्रेनिङ तथा सफ्टवेयर सोलुसन सेन्टरबाट सुरु भएको हो । पछि केही समय आयल्स तथा एब्रोड स्टडीको पनि काम गरियो ।

त्यसपछि यसलाई सन् २०१० मा सफ्टवेरिका कलेजको रुपमा रुपान्तरण भयो, जुन सुरुदेखि कै उदेश्य थियो । हामी सुरु गर्दा नेपालमा थोरै मात्र आईटी कलेज थिए ।

त्यसपछि नेपालमै गुणस्तरिय आईटी शिक्षा प्रदान गर्न सफ्टवेरिका कलेज स्थापना भयो । कलेज स्थापना गर्ने सुरु देखिको नै उदेश्य भएको कारण यो सम्भव भएको हो ।

यो यात्रामा कस कसलाई सम्झनुहुन्छ ? विद्यार्थी र अभिभावकलाई केहि भन्नुपर्नेछ ?

सफ्टवेरिका कलेजलाई यहाँ सम्म ल्याउन सहयोग गर्नु हुने सबैलाई म धन्यवाद भन्न चाहन्छु । तपाईहरुको सहयोग मिहेनतले हामी यहाँ सम्म आईपुगेका छौं ।

बोर्ड सदस्य, शिक्षक, स्टाफ तथा हामीलाई सहयोग गर्ने सबैलाई सम्झन चाहन्छु । त्यस्तै विद्यार्थी तथा अभिभावकलाई म के भन्न चाहन्छु भने हामीलाई विश्वास गरिदिनु भएको छ, त्यसको लागि यहाँहरु सबैलाई विशेष धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा भन्नुपर्ने केही छ ?

अन्त्यमा म के भन्न चाहन्छु भने सरकारले आईटी क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्‍यो । यो क्षेत्रलाई उद्योगको रुपमा लिनुपर्‍यो, खाली फ्याक्ट्री, सिमेन्ट तथा कारखानालाई मात्रै उद्योगको रुपमा लिनु भएन ।

आईटी भनेको देशको लागि ठूलो फाइनान्सियल ब्याकबोन हुन सक्छ । सरकारले आईटी कम्पनीलाई मोटिभेट गर्ने, इन्करेज गर्ने, ट्याक्स छुट गर्ने तथा यसको अवयरनेश बढाउने जस्ता काम गर्नुपर्‍यो ।

यस्तो काम गरेमा ठूला आईटी कम्पनी पनि नेपालमा भित्रिन सक्छन् । जस्तै भारतले मात्रै आईटीबाट वर्षेनी १० अर्ब डलर राजस्व जेनेरेट गर्छ ।

अन्तर्वाता/विचार

सबैका लागी पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने ?

स्नातक तहमा अध्ययन गरिरहेको एक युवा हुँ । अध्ययनको साथसाथै म केही संस्थाहरूमा आबद्ध छु भने एक कन्सल्टिङ एजेन्सीमा पनि काम गरिरहेको छु। दृष्टिबिहिन भएका क…

मेसिन लर्निङ र डेटा साइन्सको वर्कशप जारी, नेपाललाई एआई हब बनाउन सकिने आयोजकको भनाई

गत साउन १५ गतेदेखि सुरु भएको राष्ट्रिय स्तरको डेटा साइन्स तथा मेसिन लर्निङ सम्बन्धी …

आइटी उद्योग र एकेडेमियाबीचको ग्यापलाई पूरा गर्न ब्रोडवे आएको हो - राजु अधिकारी


राजु अधिकारी
प्रमुख कार्यकारी अधिकृत, ब्रोडवे इन्फोसिस

एकेडेमिया र इन्डस्ट्रीको ब्रिजिङ गर्ने…

कोरोना महामारीसँगै डिजिटल बैंकिङको अपरिहार्यता


नविन थापा ‘नूतन’


कोभिड–१९ले विश्वव्यापी रूपमा अर्थतन्त्रलाई असर गर्ने प्रष्ट छ । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ से…

डिजिटल समाजका आधारहरु

ई. कैलाश कार्की

शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’ ल्याएका हौं - पराग श्रेष्ठ

पराग श्रेष्ठ
निर्देशक, फ्युज क्लासरुम, फ्युज मेशिन्स


आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा…

घरबाटै रोजगारी – घरमै कामदार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धि जसले मानि…

प्रबिधि र मानव सभ्यता - \'ढुङ्गे युगदेखि कृत्रिम वौद्धिकता सम्मको यात्रा\'

ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज

प्रविधि मावन जिवनका अभिन्न अंगको रुपमा स्थापित भइसकेको …

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चो…

परम्परागत शिक्षा भर्सेज डिजिटल शिक्षा


समिक्षा गौतम

प्रविधिले एकदमै फड्को मारिरहेको अहिलेको यो समयमा सबै क्षेत्रमा यसको प्रभाव् उत्तिकै परेको छ । विद्यालर्य ्शिक्…

प्रविधिमा समान पहुच : आजको आवश्यकता

दामोदर पौडेल

सूचना र सञ्चार प्रविधिको माध्यमबाट धेरै देशले आर्थिक क्रान्ति गरिसक्दा पनि हाम्रो देश नेपालमा यसको प्रयोग र …

भर्चुअल शिक्षा र गाउँको पीडा 

नेपाल सरकारले अहिले मुख्य योजनाको रुपमा अगाडि सार्न लागेको अनलाईन कक्षा र त्यसको प्रभवकारिताबारे पुनर्बिचार गर्न पर्ने देखिएको छ । शहर केन्द्रित अवस्थालाई …