कीवर्डहरू -

अन्तर्वाता/विचार

राजनीतिको नयाँ ‘कुरुक्षेत्र’ बन्दै छ सामाजिक सञ्जाल !

नयाँ प्रविधिसँगै विकास भएका सामाजिक सञ्जाल आधुनिक युगको जीवनशैली बनेका छन् । सूचनाको स्रोतमात्र होइन पक्ष–विपक्षबीच बहस र ‘झम्टाझम्टी’ गर्ने थलो बनेको छ सामाजिक सञ्जाल ।

यसले व्यक्तिगत रुपमा सम्पर्क बढाउन र जानकारी लिन सहयोग गरे कै छ, तर आज मैले कुरा गर्न खोजेको सामाजिक सञ्जाल र राजनीतिक हो । हामीले हेर्दाहेर्दै सामाजिक सञ्जाल यस्तो ठाउँ बनेको जहाँ राजनीतिकबाहेक अरु केही छैन भन्ने भइसकेको छ ।

हाली देखिरहेका छौं, राजनीतिक दलहरुले आफ्ना कार्य र अजेण्डाहरु जनतामाझ पुर्याउन सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जाल यति ठूलो र प्रभावकारी माध्यम हो जसको माध्यमबाट कुनै पनि समाचार लाखौं मान्छेका बीचमा केही मिनेटमै पुग्नसक्छ । छोटो समयमै नयाँ तरगं उत्पन्न गर्न सक्ने भएकाले राजनीतिक दल र नेताहरुको लागि आमजनता माझ पुग्न सामाजिक सञ्जाल ठूलो माध्यम बनेको छ । त्यसैले त उनीहरु कुनै पनि कुरा सार्वजनिक गर्नुपर्यो वा टिकाटिप्पणी गर्नुपर्यो भने फेसबुक, ट्विटर, क्लबहाउस, टिकटक प्रयोग गर्छन् ।

सामाजिक सञ्जाल आज अधिकांश मानिसहरुको समाचारको स्रोत पनि हो । एक रिपोर्टका अनुसार आज तीन चौथाई मानिसहरुले सामाजिक सञ्जालबाट विभिन्न समाचारहरु लिन्छन् । राजनीतिक समाचार त हाम्रो देशमा झनै व्यापकरुपमा यसैमाध्यबाट सार्वजनिक गरिन्छ ।

राजनीतिक दल र नेताहरु कुनै पनि कुरा सार्वजनिक गर्नुपर्यो वा टिकाटिप्पणी गर्नुपर्यो भने फेसबुक, ट्विटर, क्लबहाउस, टिकटक प्रयोग गर्छन् ।

सामाजिक सञ्जालले समाचार प्रसारणमा मात्रै नभएर समाचार उपभोगमा पनि आमुल परिवर्तन ल्याएको छ । हिजोको दिनमा हामी समाचारका निष्क्रिय उपभोक्ता मात्रै थियौं । रेडियो, टेलिभिजन र पत्रपत्रिकाले छापेका र प्रसारण गरेका समाचार हामीले एकतर्फी रुपमा मात्रै लिने गथ्र्यौं ।

सामाजिक सञ्जालले समाचार उपभोग शैलीमा फरक ल्याएको छ । यसले दोहोर अन्र्तक्रिया सृजना गरेको छ । हामी एकतर्फीरुपमा सामाचार पढ्ने र सुन्नेमात्रै नभएर कुनै पनि समाचार वा धारणाप्रति टिकाटिप्पणी गर्न, जवाफ दिन, आलोचना गर्न सक्छौं । चित्त नबुझेको खन्डमा आफ्ना वैकल्पिक धारणाहरु व्यक्त गर्न सक्छौं। कुनै पनि सूचना वा समाचारको तार्किकता वा सत्यतामा प्रश्न उठाउन सक्छौं । यो सबै सुविधाको श्रेय सामाजिक संजाललाई जान्छ ।

अहिले सबैजसो राजनीतिक दल, भातृ संगठनका सामाजिक सञ्जालका पेज, अकाउन्ट रहेका छन् । साथै, दल र संगठनका नेताहरुका आफ्नै पेज, अकाउन्ट छन्, जहाँ लाखौं मानिसले उनीहरुलाई पछ्याइरहेका छन् ।  बिभिन्न पार्टीका सबै उच्च पदस्तहरुका ट्विटर एकाउन्ट निकै सक्रिय रहेको देख्न सकिन्छ ।आफ्नो पार्टीका नेत्तृत्वको गुनगानदेखि आफ्ना अजेण्डा, गरिरहेका राम्रा कामहरु, आगामी योजनाहरु राम्रोसँग प्रचार गरिरहेका छन् ।

नेपालमा सामाजिक सञ्जालमा युवा पुस्ताको चाँसो व्यापक छ । १८–३४ बर्षका उमेरसमुहका ब्यक्तीहरुले सामाजिक सञ्जाल सबैभन्दा बढिप्रयोग गर्ने गर्छन । यसैकारण पनि सामाजिक संजालले युवा पुस्ताको राजनीतिक विचार, आस्था र विश्वासलाई आकार प्रदान गर्न निकै महत्वपूर्ण भुमिका खेलेको प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।

नेपाली युवाहरु कति छिट्टै सामाजिक सञ्जालबाट संचालित हुन सक्छन् भन्ने उदाहरण गत बर्ष मात्रै भएको ‘इनफ इज इनफ’ नामको आन्दोलबाट प्रष्ट देख्न सकिन्छ । गतवर्ष बालुवाटार अघि थोरै युवाहरु भेला भएर सरकारको विरोध गरे, केहि मागहरु राखे । २०२० जुन ९ का दिन फेसबुकमा एउटा ईनफ ईज ईनफ नाम ग्रुप बन्यो, उक्त ग्रुपमा दुई दिनमै एक लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भए।

देशव्यापी रुपमा युवाहरु सहभागी भएर आ–आफ्नो क्षेत्रको सडकमा उत्रिए । बालुवाटारको आन्दोलन सरकार विरुद्ध फैलिदै गयो । उक्त विरोधमा शतप्रतिशत पीसीआर परीक्षणको मागका अगाडि सारे । आन्दोलनमा आउने अधिकांशव्यक्ती १८ देखि २५ बर्ष उमेर समुहका थिए । फेसबुक ग्रुपको माध्यमबाट पनि राष्ट्रव्यापी आन्दोलन गरेर सरकारलाई दवाब दिन सकिन्छ भन्ने राम्रो उदाहरण बन्यो ।

उक्त ग्रुप कहाँबाट संचालित भएको हो भन्ने प्रष्ट नभए पनि यसले केही कुरा प्रष्ट देखाएको छ । जस्तो कि सामाजिक सञ्जालका माध्यमबाट कति सजिलै मानिसहरु परिचालन गर्न सकिन्छ,  कति सजिलै  राम्रा र नराम्रा विचार मानिसको मस्तिष्कमा बसाउन सकिन्छ र कति सजिलै राजनीतिक स्वार्थ वा अजेण्डा पुरा गर्न सकिन्छ भन्ने प्रष्ट देखाएको छ ।

त्यसैले त आज राजनीतिक दल, संगठन, नेत्तृत्व, कार्यकर्ता र केही विदेशी शक्तिको ‘युद्ध’ गर्ने ‘कुरुक्षेत्र’ बनेको छ सामाजिक सञ्जाल । जहाँ सिपाईको भूमिकामा छन् युवाहरु ।
सरकारी पक्ष र विपक्षी पक्ष दुवै सामाजिक संजालमा निकै सक्रिय छन् । आफ्नो पक्षका ग्रुप बनाउन सक्रिय छन् । एकअर्कालाई आक्षेप लगाउन र समाजिक सञ्जालमै गालीगलौज गर्नसमेत पछि पर्दैनन् ।

सरकारी पक्ष र विपक्षी पक्ष दुवै सामाजिक संजालमा निकै सक्रिय छन् । आफ्नो पक्षका ग्रुप बनाउन सक्रिय छन् । एकअर्कालाई आक्षेप लगाउन र समाजिक सञ्जालमै गालीगलौज गर्नसमेत पछि पर्दैनन् ।

जसरी हुन्छ आफ्नै पक्षमा निष्कर्ष निकाल्ने प्रयत्न गर्छन् । अहिले त राजनीतिकरण यति धेरै भयो कि कुनै व्यक्तिको गल्तीलाई पनि यो पार्टीको व्यक्तिले यसो गर्यो भन्ने आरोप आउँछ ।
आफ्नो राजनीतिक दलको एकोहोरो समर्थन गर्ने कार्यकर्तालाई सम्बोधन गर्न साइबर सेना, हनुमान जस्ता शब्दको पनि प्यापक प्रयोग भइरहेको छ ।

आज कोरोना माहामारीका बीचमा सामाजिक सञ्जालले झनै व्यापकता पाएको छ । भर्खरै आएको क्लबहाउसमा समेत राजनीतिक गफ व्यापक हुन थालेका छन् । राजनीतिक दलले आफ्नो अजेन्डामा बहस गर्न समुहसमेत बनाइसकेका छन् । आफ्ना पार्टीले गरेका कामहरुको व्याख्या गर्ने, सरकारका पक्ष र विपक्षमा बहस चर्काउने काम पनि क्लबहाउसमा हुन थालेको छ ।

प्रत्यक्ष रुपमा हेर्दा क्लबहाउसमा विवेकशिल साझा पार्टीको सहभागिता धेरै देखिन्छ । युवाहरुको राम्रै समर्थन पाएकोले पनि विवेकशिल पार्टीलाई क्लबहाउसमा निरन्तर कार्यक्रम चलाउन सहज भएको छ । अन्य पार्टीका भातृ संगठन जस्तै, अनेरास्यवियु र नेबी संघजस्ता संगठनहरुले पनि आफ्ना आफ्नाकार्यक्रमहरु चलाएको देख्न सकिन्छ ।

त्यस्ता बहसमा सत्यको खोजीभन्दा पनि आफ्नो कुरा बलियो बनाउने प्रयत्न देखिन्छ । झुटले सिंगारिएका कुराहरु पनि सुन्न सकिन्छ । पक्ष–विपक्षले काल्पनिक कुराहरु समाजिक सञ्जालमा व्यापक प्रचार गरेको देख्न सकिन्छ ।

वर्तमान सरकार र ठूला राजनैतिक दलप्रति नयाँ पुस्ताको निकै वितृष्णा बढ्दै गएको छ । एक समयमा भारतबिरुद्ध राष्ट्रिय मुद्धा उठाएर जनमानसमा निकै चर्चा कमाएको सरकारलाई ‘व्याक अफ इन्डिया’ नामक ग्रुप र अभियन्ताहरुले सामजिक सञ्जालमा राम्रो समर्थन गरेका थिए तर आज सोही सरकारको छबी सामाजिक सञ्जालमा निकै तल झरेको देख्न सकिन्छ ।

वर्तमान सरकारको आलोचना आइरहदा तेस्रो पुस्ता साच्चै नै यो सरकारको काम छैन भन्ने मानसिकतामा पुगिसकेको छन् । यो सबै निष्कर्ष निकाल्ने वातावरण बनाएको सामाजिक सञ्जालबाट नै हो ।

विषेश गरेर नयाँ पुस्ता जसले भर्खर राजनीतिको बारेमा बुझ्दै छन् र प्रथम पटक मताधिकारको प्रयोग गर्न गइरहेका छन्, उनिहरु सामाजिक सञ्जालको यो लडाईबाट सबैभन्दा धेरै  प्रभावित हुने देखिन्छ । सामाजिक सञ्जालमा त्यसैले पनि विभिन्न कार्यक्रमहरुमा यही उमेरसमुहका मतदातालाई विषेश प्राथमिकतामा राखेको देखिन्छ ।

विषेश गरेर नयाँ पुस्ता जसले भर्खर राजनीतिको बारेमा बुझ्दै छन् र प्रथम पटक मताधिकारको प्रयोग गर्न गइरहेका छन्, उनिहरु सामाजिक सञ्जालको यो लडाईबाट सबैभन्दा धेरै  प्रभावित हुने देखिन्छ ।

युवाहरु मात्रै नभएर प्रत्येक उमेरका व्यक्तिहरुले विभिन्न समाचार सामाजिक सञ्जालबाट लिने गर्छन् । यस्ता प्लेटफर्मले देशका अधिकांश मतदाको मानसिकतामा सोझै असर गर्न सक्ने देखिन्छ ।

कुनै पनि कुरालाई राजनीतिक रुपले जोडेर सामाजिक सञ्जालमा पस्किदा आम जनमानसमा यसले सकारात्मक र नकारात्मक असर गर्ने निश्चित छ । त्यसैले पनि अबको राजनैतिक भविष्य कता जान्छ भन्ने निर्णायकको रुपमा सामाजिक संजालमा कसको दबदबा रहन्छ भन्ने कुराले पनि निकै ठूलो भूमिका खेल्नेछ ।

राजनीतिमा सामाजिक सञ्जालको प्रयोग अपरिहार्य भइसकेको छ तर सस्तो लोकप्रियताको होडबाजीमा कतै राजनीतिक दलहरुले यसको गलत प्रयोग त गरिरहेका छैनन् भन्ने प्रश्न भने पक्कै उठेको छ ।

प्रयोगकर्ताहरुले कत्तिको सहि जानकारी पाइरहेका छन् ? कतै ग्रुप र पेजको नाममा प्रयोगकर्ताहरुको राजनैतिक आस्थामै हेरफेर गर्ने प्रयास त भैरहेको छैन ? यस्ता प्रश्नहरुको उत्तरले पनि सामाजिक सञ्जालले देशको राजनीतिक अवस्थालाई कसरी असर पारिराखेको छ भन्ने कुरा बुझ्न निकै मद्दत पुर्याउँछ ।

सामाजिक सञ्जालको सदुपयोग गर्ने हो भने हरेक पार्टिलाई प्रत्यक्ष फाइदा हुने कुरामा दुई मत छैन । यसको सदुपयोग गर्ने र सत्यतथ्यमा आधारित कुराहरु मात्र सार्वजनिक गर्ने हो भने राजनीतिक पार्टी मात्रै नभएर जनतालाई पनि सहि राजनीतिक दल छान्न निकै ठूलो भूमिका खेल्ने देखिन्छ । राजनैतिक नेत्तृत्वले जनतासँग प्रत्यक्ष कुरा गरेर आफ्ना कार्ययोजनाहरु बनाउन पनि यसले बाटो खोलिदिएको छ ।

आफ्ना योजना र नेत्तृत्वको सहि व्याख्या गर्ने हो भने सामाजिक सञ्जालबाट पनि लोकप्रियता कमाउन सकिन्छ । स्वस्थ्य आलोचनाको माध्यमबाट सत्यतथ्यको पहिचान गर्न सकिन्छ । राजनीतिक दललाई चुनावमा जनतामाझ जान पनि ठूलो सहयोग हुनेछ ।

(सीटीईभीटीमा कम्प्युटर एप्लिकेसनमा डिप्लोमा गरेका न्यौपाने हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था सातदोबाटोमा चार्टर्ड काउन्टेन्सी र शंकरदेव क्याम्पसमा बीबीएस गर्दै छन् ।)

अन्तर्वाता/विचार

यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी

कोरोना संक्रमणले देशभर निशेषधाज्ञा भइरहँदा टेलिकम क्षेत्रलाई दोहोरो प्रभाव परिरहेको छ । पहिलो, डेटाबाट बढे पनि भ्व…

‘सीपले नेपाल सरकारसँग मिलेर रोजगारीको अवसर सिर्जना गर्ने काम थालेको छ’ - बलजीत भोरा, युकेएड सीप

जेनेस एकेडेमीले जेठ १८ गते आज अर्थात देखि इन्जिनियरिङ अध्ययन संस्थान (आईओ…

‘दक्ष जनशक्ति उत्पादन गर्न आईओई र सिपसँग मिलेर एडब्ल्युएस क्लाउड एकेडेमी सञ्चालन गर्दैछौं’

जेनेस सोलुसन नेपालको बहुराष्ट्रिय कम्पनी हो । नेपालसहित अन्य विभिन्न देशमा…

इन्टरनेटको भाषा र डिजिटल डिभाइड

इन्टरनेट कुन भाषामा बोल्छ ? यस प्रश्नको मुख्य मर्म हो इन्टरनेटमा हुने सामाग्रीहरू कुन भाषामा उपलब्ध छन् ।

जब अर्थव्यवस्था अधिक डिजिटल हुन्छ, त्यसले डाटाको विशाल ताल उत्पन्न गर्छ

हालका केही महिना यता विश्व एक असाधारण चुनौती, अनिश्चितता र जटिलता सामना गरिरहेक…

क्युआर कोड के हो र कसरी काम गर्छ ?

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै ज…

यस्तो छ सिलिन्डरमा अक्सिजन भर्ने प्रकृया 

कोभिडको महामारी बढेसँगै अक्सिजनको माग पनि एकदमै बढ्दै गइरहेको छ । कोरोनाका कारण…

डिजिटल रूपान्तरणको प्रयासमा नेपाल

डिजिटल रुपान्तरणले हाम्रो बाँच्ने, खेल्ने र काम गर्ने तरिकामा आमूल परिवर्तन ल्याएको …

फेसबुक र गुगलसँगको सम्झौता मार्केटिङको लागि ‘ब्रेक थ्रु’ हो– सीईओ रवि सिंघल  

फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बन्ने पहिलो कम्प…

नागरिक एप संचालनको टिमसहित तीन चरणको कार्ययोजना बनेको छ

सन् २०१८ मा‘आइसिटी डे’को दिन भृकुटीमण्डपमा एउटा कार्यक्रम थियो । त्यही कार्यक्रममा नागरिक एपको कन्सेप्ट पहिलो पटकप्रस्त…

हामी थप परिष्कृत भएर आएका छौं 

आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस । सर्वप्रथम यस दिनको अवसरमा यहाँ सम्पूर्णमा हार्दिक शुभकामना बाँड्न चा…

कतै हामी ‘डिजिटल दुर्व्यसनी’मा फसिरहेका त छैनौं ? 

कोरोना भाइरसको माहामारीले संसारलाई अत्याइहेको छ र अझ केहि समय अत्याउने देखिन्छ । यसले व्यापार, व्यवसाय, उद्योगलगाय…

किन बढ्दै बिटक्वाइनको लोकप्रियता ? कसरी लगानी गर्ने ?

पछिल्लो समय बजारमा बिटक्वाइन धेरै चर्चामा रहेको छ । बढ्दो मूल्यसँगै यसको लोकप्रियता…

‘हुलाकमा प्रयोग भएको नयाँ प्रविधिले आपत्कालीन सेवालाई प्रभावकारी बनाउँदै छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समय अगाडि गूगल प्लस कोड सम्बन्धी क…

नेपालले एक दशकमा दूरसञ्चार प्रविधिमा पाएका सफलता, यी हुन अझ सस्तो र प्रतिस्पर्धी बनाउने उपाय

हामी सबैलाई थाहा छ दूरसञ्चार क्षेत्र क्रसकटिङ विषय हो । यसले सबै क्षेत्रलाई छोएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा, पर्यटन, सरकारी सेवा होस् सबै क्षेत्रमा …