अन्तर्वाता/विचार
होम डेलीभरी ब्यापार कसरी सुरु गर्ने ?
प्रबिधिको प्रयोग मार्फत विभिन्न बस्तुहरुको बजारीकरण गर्ने, एउटा ठाउमा उत्पादन भएको बस्तुलाइ अर्को ठाउसम्म पुर्याउने व्यवस्था, गाउँमा उत्पादन भएको बस्तुलाइ सहरमा राम्रो बजार दिने अवसर प्रदान गर्दछ।
डिजिटल मीडियाले मानिसको जीवनमा परेको प्रभाबले बिलासितामा रमेको जिन्दगीलाइ COVID 19 को माहामारीसंगै आवश्यकतालाइ मात्र प्राथमिकता दिदै आएको छ। स्मार्टफोन, खाली गोजी तर इसेवा, खल्ती अनि विभिन्न डिजिटल वालेटमा टन्न पैसा अनि तरकारी पसलदेखि लिएर ठाउंठाउँमा क्युआर कोड मार्फत भुक्तानी, पिन थिच्यो पैसा तिर्यो, स्क्यान गर्यो मोबाइलमा पेमेन्ट भयो भन्ने कन्फरमेसन म्यासेज, ढुक्कको सुबिधा दिदै आएको थियो।
केहि वर्ष अगाडी देखि “मेट्रो तरकारी” ले गर्दै आएको अथक प्रयास, अनि केहि ठुला, साना तथा केहि स्टार्टअपहरु २/४ वर्ष अगाडीदेखि दिदै आएको ग्रोसरी तथा तरकारी डेलिभरी सेवा अहिलेको चर्चाको बिषय बन्दै आएको छ। हिजोको दिनमा खानेकुरा डेलिभरी, औसधी डेलिभरी, कपडा, केक, क्यामु हुदै दराज, सस्तोडिल, किताब, कापी, कलम टिभी हुदै विभिन्न सामान, फेशबुक पेजबाट किनबेच, वर्ल्डकप फुटबलको बेलामा जर्सी, फागु पुर्णिमाको बेलामा टिशर्ट आदि हुदै विभिन्न आवश्यकता अनि बिलासिताका बस्तुहरुको किनबेच यहि डिजिटल प्ल्याटफर्मको माध्यमबाट नै हुदै आएको थियो र आगामी दिनमा फेरीपनि यसले प्राथमिकता पाउने नै छ।
समाज त्यहि हो, सामान पनि त्यहि नै हो तर अहिले त्यसका तरिकाहरु परिवर्तन हुदै छन्, हिजो टोल टोलमा हल्ला गर्दै खाली सिसि खाली सिसि भन्नेले अहिले सजिलै संग khalisishi को प्लाटफर्म चलाएर हो हल्ला नगरी सजिलैसंग कारोबार गरि रहेको छ। भनौ प्रबिधिले खोज्ने र बेच्नेलाइ सजिलै अनि सुरक्षित तरिकाले जोडेको हामीले देखि नै रहेको छौ ।
कोरोना भाइरस महामारी (Covid19) ले पारेको प्रभावसंगै अहिले बिलासिता भन्दा पनि आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ तथा पुरानै डिजिटल प्ल्याटफर्मले एप, वेबसाइट, फेसबुक पेज, गूगल फर्म्सको पेजबाट दैनिक जीवनमा चाहिने अति आवश्यक बस्तु जस्तै ग्रोसरी, तरकारी आदिले अहिले उच्च स्थान पाएको छ ।
कुनैपनि बस्तु घरमै डेलिभरी गर्नु वा त्यो सेवा सुरु गर्नु खासै नया कुरा भने हैन, बिगतका दिनलाइ नियालेर हेर्ने हो भने घर घरवा टोल टोलमा तरकारीबेच्न डुलाउने, फल फुल बेच्न डुलाउने चलन थियो। त्यो आजसम्म पनि काठमान्डौको टोल टोलमा देख्न सकिन्छ, काठमाण्डौ बाहिर हेर्दा ठेलामा बिभिन्न बस्तु बेच्न डुलाउने, जाडोको बेला राडी कम्बल, भाडाकुडा बेच्ने देखि लिएर तन्ना, खेलौना, हरेक माल आदिले टाउकोमा बोकेको, डोकोमा बोकेको, आप बेच्नेले ठेलैमा आपको बिरुवा पनि बेच्दै आएको हामीले देख्दै आएका छौ।
प्रबिधिको प्रयोगसंगै धेरै कुरामा परिवर्तन आएको सर्बबिधितै छ, मोबाइलमा एप इन्स्टल गर्यो, लगिन गर्यो, आफ्नो विवरण राख्यो, मन परेको सामान वा सेवामा क्लिक गर्यो, २/४ क्लिक या टचमै सामान केहि बेरमै वा केहि दिनमै घरसम्म आउने प्राबधान मिल्यो।
समाज त्यहि हो, सामान पनि त्यहि नै हो तर अहिले त्यसका तरिकाहरु परिवर्तन हुदै छन्, हिजो टोल टोलमा हल्ला गर्दै खाली सिसि खाली सिसि भन्नेले अहिले सजिलै संग khalisishi को प्लाटफर्म चलाएर हो हल्ला नगरी सजिलैसंग कारोबार गरि रहेको छ। भनौ प्रबिधिले खोज्ने र बेच्नेलाइ सजिलै अनि सुरक्षित तरिकाले जोडेको हामीले देखि नै रहेको छौ ।
टुटलले प्रबिधिको प्रयोग यस्तो गरिदियो कि मान्छे लाइ एक ठाउँबाट अर्को ठाउँमा सजिलै जानको लागि झन्झट लिनु नै नपर्ने भयो । ट्याक्सीको सेवालाइ सारथीले परिमार्जनगर्दै प्रबिधि युक्त बनाउदै लागेको छ । बर्थडे मनाउन अर्बान केकले घरै सम्म ल्याइदिने व्यवस्था मिलाइदियो, यस्तै विभिन्न प्लात्फर्मले आफ्नो प्रभुत्व जमाइसकेका छन्। प्रबधिले मानिषको जीवन सजिलो बनाउन सघाउ पुर्याउछ र पुर्याउदै लिएर आएको छ ।
त्यस्तै, अहिलेको समयमा दैनिक खाद्यान्न र तरकारीको डेलिभरी विभिन्न डिजिटल प्लाटफर्मले गर्दै आएको छ । त्यसमा सुरुको दिन देखि नै भाटभटेनीले सोसियल मिडियामा ब्यानर राखी फोन मार्फत अर्डर लिने प्राबधान मिलाएको छ साथै सस्तोडिलले पनि डेलिभरी सुरु गर्यो। फुडमांडू, अर्ग्यानिक खाद्यान्न उत्पादन गर्ने “माटो” नामक स्टार्टअपले पनि काठमाण्डौमा विभिन्न ठाउँमा डेलिभरी गर्ने व्यवस्था मिलायो ।
समाचार र डिजिटल प्लाटफर्ममा विभिन्न त्यस्ता अनलाइन प्लाटफर्महरु आए जसले पहिले नै सुरु गरे पनि ग्राहकले धेरै मात्रामा अनुसरण गरेका भने थिएनन्। बिराटनगरमा पनि आर राके मार्टले ग्रोसरी तथा तरकारी डेलिभरी गर्ने व्यवस्था मिलायो जसले गर्दा लक्डाउनमा परेकाहरुलाइ घरमै डेलिभरी गर्ने प्राबधान मिलायो ।
नेपाली समाजमा नया प्रबिधिलाइ टेस्ट गर्ने बजारभर्खर नै बन्दै आएको छ, भारतका विभिन्नसहरहरु मा खानेकुरा मात्र हैन चिया पनि अनलाइन मार्फत बुक गर्ने याप्सहरु बजारमा आएका छन्, व्हाटसयाप मार्फत सामान अर्डर गर्ने पेटियम, गुगल पे, फोन पे आदि मार्फत भुक्तानी गर्ने सजिलो अनि भरपर्दो प्रबिधिको विकास केहि बर्ष अगाडी देखि नै सुरु भएको छ। प्रबिधिको प्रयोगले सजिलो बनाउने, समयको बचत गर्ने,कारोबारको रेकर्ड राख्ने जस्ता विभिन्नकुराहरुलाई मध्यनजर गरेर बनाएको हुन्छ जसले दैनिक जीवनलाई सहज मात्रै नभई छिटो छरितो बनाउछ।
यस्ता डिजिटल प्लाटफर्म अब आउने दिनमा अन्य अति आवश्यक बस्तुहरुको लागि खुल्नेछन । ग्यास डेलिभरी, तरकारी, मसला, चिया, दुध, घियु, साथै घरेलु उत्पादनले पनि स्थान पाउनेछन । प्रबिधि तर्फको सहज र मागलाइ डिजिटल प्रबिधिले सहज बनाउदै लैजाने छ ।
होम डेलीभरी ब्यापार कसरि सुरु गर्न सकिन्छ ?
होम डेलिभरी सुरु गर्नेले सुरुमा डिजिटल प्लाटफर्म छान्नु पर्ने छ। सुरुमै मोबाइल याप बनाउने कि, वेबसाइट मात्र बनाउने कि, फेशबुक वा इन्स्टाग्राम वा भाइबर, व्हाटसयाप, इमो अथवा फेशबुकमा कुनै गुगल फर्म्स, यरटेबल, जटफर्म्सको लिंक मात्र राखेर शुरु गर्ने त्यो निश्चित गरेर मात्र सुरु गर्नु पर्छ।
यस्ता डिजिटल प्लाटफर्म अब आउने दिनमा अन्य अति आवश्यक बस्तुहरुको लागि खुल्नेछन । ग्यास डेलिभरी, तरकारी, मसला, चिया, दुध, घियु, साथै घरेलु उत्पादनले पनि स्थान पाउनेछन । प्रबिधि तर्फको सहज र मागलाइ डिजिटल प्रबिधिले सहज बनाउदै लैजाने छ ।
आफ्नो सेवा दिने स्थानको बारेमा जानकारी, ग्राहकको पहिचान, फेशबुक वा कुन डिजिटल प्लाटफर्ममा ग्राहाकहरु छन् त्यो सम्बन्धी जानकारी लिएर त्यस्तोप्लाटफर्मसंचलान गर्नु पर्दछ। संस्था वा ब्यापार दर्ताको प्रक्रिया, आफ्नो प्रोडक्टको प्रमाणीकरण, बजार प्रतिस्पर्धा आदिको जानकारी लिएर सुरु गर्नु नै बेश हुन्छ। पेमेन्ट गर्न कुन माध्यम छान्ने, डेबिट या क्रेडिट कार्डबाट भुक्तानी गर्ने बनाउने आदि बिषयमा अध्यन गर्नु जरुरि हुन्छ।
सोसियल मिडियामा बिज्ञापन गर्न वा कुनै ब्यानर बनाउन डेस्कटपमा एडोब फोटोसप टुल अनि अनलाइन मा क्यानभा जस्ता टुलको प्रयोग गर्न सकिन्छ, थोरै समय खर्चेर येस्ता फोटोसप, क्यानभास जस्ता टुलहरु राम्रो संग चलाउन सकिन्छ। जसले राम्रो ब्यानरहरु सजिलै बनाउन सिकाउछन। भिडियो एडीट गर्नको लागि उच्च गतिको कम्प्युटर वा ल्यापटप चाहिन्छ। एडोब प्रिमियर, आफ्टर इफेक्ट्स वा फ्लिमोरा नामक टुलको प्रयोग गरेर पनि सजिलै भिडियो बिज्ञापन बनाउन सकिन्छ ।
होम डेलिभरीको ब्यापार सुरु गर्दा कुनै ठाउमा गोदाम मात्र लिएर पनि संचालन गर्न सकिन्छ। आफ्नो ग्राहकहरुको रेकर्ड राखी बस्तुहरुको बजारीकरण गर्नाले आफ्नो सामानले राम्रो बजार बनाउन सक्छ, यस्ता सबै माध्यमलाइ एउटा मोबाइल फोन, एउटा ल्यापटप मात्रले सुरु सुरुमा संचालन गर्न सकिन्छ।
बिज्ञापन गर्ने, अर्डर लिने, सुरक्षित तरिकाले डेलिभरी गर्ने बारेमा सुरुमै अभ्यास गर्नु जरुरि हुन्छ। प्रबिधिको प्रयोग कुनै नौलो हैन। हामीले दैनिक जीवनमा चलाउदै आएको फेशबुक, इमो, टिकटक जस्तै हुन्, मान्छेको आवश्यकता ररहर हुदै जाने हो भने मनिसले जुनसुकै चाहेको कुरा गर्न सक्छ।
उत्पादनहरुको राम्रो फोटोग्राफी, राम्रोसंग मिलेको लाइट, समानको धेरै नाफा नराखी कुनै पनि सामानको प्रबर्दन गर्ने, साथीहरुको सहयोग लिएर कुनै पनि स्थान बिशेषमा कुनै पेज, राम्रो फेशबुक प्रोफाइल, इन्स्टाग्राम बाट प्रबर्दन गर्नाले कुनै पनि होम डेलिभरीको ब्यापार सुरु गर्न सकिन्छ ।
स्मरण रहोस –सोसियल मिडियाको राम्रोसंग प्रयोग गर्दा यसले बजार बढाउन, प्रबिधिको सहि प्रयोग गर्न सहज बनाउछ ।
प्रकाश उप्रेती
लेखक परिचय : प्रकाश उप्रेती सुचना प्रविधिका बिद्यार्थीहुन् । उनि बिगत सन २००३ देखि सुचना प्रबिधिको छेत्रमा कार्यरत छन् ।
अन्तर्वाता/विचार
राम्रा साइबर हाइजिन अभ्यासहरु , कसरी सुरक्षित रहने ?
उपयुक्त सेक्युरिटी तथा पर्याप्त साइबर हाइजिनका लागि चामत्कारिक समाधान छैन । सम्भावित साइबर आक्रमणहरु हुन नदिन तपाईंको डिभाइस, नेटवर्क र साइबर क्षेत्र मेन्ट…
नेपालमा ब्रोडव्याण्ड इकोसिस्टम बनाउन जरुरी
सुमनलाल प्रधान, पूर्वअध्यक्ष, इन्टरनेट सेवा प्रदायक संघ नेपाल
समग्र नेपालको इन्टरनेट क्षेत्रलाई विश्लेषण गर्ने हो भने उत्साहज…
डिजिटल पेमेन्ट सोलुसनका लागि पूर्वाधार विकास गरिरहेका छौं
कुसुम लामा
अध्यक्ष, प्रभु म्यानेजमेन्ट
नेपालको डिजिटल पेमेन्ट सोलुसनमा प्रभु पेको कस्तो य…
छोटो समयमै सेल पे स्थापित हुन सफल भएको छ
पवन प्रधान
प्रबन्ध निर्देशक, सेल पे
नेपालका बैंकिङ सिष्टम कुनै पनि बेला ह्याक हुन सक्छन्, अधिकांश सिष्टम असुरक्षित छन् - मुकुन्द पोखरेल, प्रविधिविज्ञ
नेपालका बैंकहरुका सिष्टमहरु ह्याक भइरहेका छन् नि ? नेपालका बैंकहरुका सिष्टम असुरक्षित नै हुन् त ?
हामी हाम्रो भाषामा म्यचुरिटी लेभ…
सूचना प्रविधि, आइटी कोर्सहरू र करियर
कुमार पौड्याल
हेड, आइटी डिपार्टमेन्ट, टेक्सास इन्टरनेशनल कलेज
नेपालमा सूचना प्रविधि क्षेत्रको वि…
‘क्यानमा गुटबन्दी आउन दिन्न, सबैलाई समान अवसर र उचित भूमिका दिनेछु’
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को नेतृत्वमा नवराज कुँवर निर्वाचित भए…
‘असक्षम नेतृत्वले क्यानको शाख घट्यो, योग्य र सबल नेतृत्व रोजौं’
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को महाधिवेशन र १३औं कार्यसमितिको निर्वाचन यही मंसिर ७ गते शनिबार हुँदैछ…