कीवर्डहरू -

अन्तर्वाता/विचार

मेसिन लर्निङ र डेटा साइन्सको वर्कशप जारी, नेपाललाई एआई हब बनाउन सकिने आयोजकको भनाई

गत साउन १५ गतेदेखि सुरु भएको राष्ट्रिय स्तरको डेटा साइन्स तथा मेसिन लर्निङ सम्बन्धी भर्चुअल वर्कशप आज पनि जारी रहेको छ । तेस्रो संस्करणको रुपमा आयोजना भएको यो भर्चुअल वर्कशप भोलिसम्म सञ्चालन हुनेछ ।

यो वर्कशप बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भनिएता पनि फरक फरक पार्टमा डिभाइड गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म वर्कशप सञ्चालन भइरहेको वर्कशपका संयोजक सुर्य बस्नेतले बताए ।

उनले भने, ‘ स्पीकरहरुले नयाँ नयाँ टपिकमा सेसन दिनु हुन्छ यसमा पनि सुरुमा सैदान्तिक सेसन लिनुहुन्छ अनि त्यसको डेमो पोर्ट देखाउनु हुन्छ । त्यसपछि प्रश्न उत्तरको सेसन हुन्छ । यसले गर्दा सहभागीलाई पनि अझै जानकारी लिन सजिलो हुन्छ भने हामीले उनीहरुलाई प्रोजेक्ट पनि असाइन गरेका हुन्छौं । यसले गर्दा पनि अलि धेरै समय लागेको हो ।’
यस भर्चुअल वर्कशपमा करिब १०० जना जति सहभागी भएका छन् । मेसिन लर्निङ तथा डेटा साइन्सको विषयमा प्यानल डिस्कसन गर्ने कार्यक्रम भोलि रहेको छ ।

अनलाइन मार्फत पनि नेपालमा वर्कशप आयोजना गर्न सकिने रहेछ भनेर आफुहरुले सन्देश दिएको बस्नेतले बताए । अब यो वर्कशपलाई अन्तराष्ट्रिय रुपमा लैजाने योजना रहेको उनले बताए ।

बस्नेतका अनुसार नेपाललाई एआई हब बनाउने टार्गेट रहेको छ । नेपालमा एकलाख एआई इन्जिनियरहरु उत्पादन गर्ने र कम्तिमा पनि २० हजार एआई इन्जिनियरहरुलाई चाही नेपालबाट काम गर्ने गरी बनाउन सक्नु पर्छ भन्ने उदेश्यका साथ आफुहरु अगाडी बढेको उनले जानकारी दिए ।

अन्तर्वाता/विचार

शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’ ल्याएका हौं - पराग श्रेष्ठ

पराग श्रेष्ठ
निर्देशक, फ्युज क्लासरुम, फ्युज मेशिन्स


आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा…

घरबाटै रोजगारी – घरमै कामदार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धि जसले मानि…

प्रबिधि र मानव सभ्यता - \'ढुङ्गे युगदेखि कृत्रिम वौद्धिकता सम्मको यात्रा\'

ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज

प्रविधि मावन जिवनका अभिन्न अंगको रुपमा स्थापित भइसकेको …

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चो…

परम्परागत शिक्षा भर्सेज डिजिटल शिक्षा


समिक्षा गौतम

प्रविधिले एकदमै फड्को मारिरहेको अहिलेको यो समयमा सबै क्षेत्रमा यसको प्रभाव् उत्तिकै परेको छ । विद्यालर्य ्शिक्…

प्रविधिमा समान पहुच : आजको आवश्यकता

दामोदर पौडेल

सूचना र सञ्चार प्रविधिको माध्यमबाट धेरै देशले आर्थिक क्रान्ति गरिसक्दा पनि हाम्रो देश नेपालमा यसको प्रयोग र …

भर्चुअल शिक्षा र गाउँको पीडा 

नेपाल सरकारले अहिले मुख्य योजनाको रुपमा अगाडि सार्न लागेको अनलाईन कक्षा र त्यसको प्रभवकारिताबारे पुनर्बिचार गर्न पर्ने देखिएको छ । शहर केन्द्रित अवस्थालाई …

बढ्दैछ सूचना प्रविधिमा महिलाको क्रेज र पहिचान

८ वर्षअघिको कुरा हो । सफ्टवेयर कम्पनी लगप्वइन्ट नेपालमा मोना न्याच्छों गोपाजुले काम सुरु गर्दा एक्ली महिला कर्मचारी थिइन् । डेनिसबेस्ड यो कम्पनीमा अवसर पाउनु…

होम डेलीभरी ब्यापार कसरी सुरु गर्ने ?

के हो \'ब्लकचेन\' प्रविधि ?  के छन यसँका फाइदाहरु 

ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु)बीचको नेटवर्क हो । सन् २००८ को अक्टोबरमा बिटक्वाइनको प्रोपोजलको एक भागको रुपमा यसलाई परिचित गराइयो । …