कीवर्डहरू -

अन्तर्वाता/विचार

आइओटी (IOT) मा नेपाली पन आवश्यक

संसारमा मानव जनसंख्या निरन्तर रुपले बदिरखेको छ र ब्रिदी दर प्रत्येक वर्ष आकासिदै छ । बढ्दै गएको जनसंख्या मध्य जेष्ठ नागरिकको संख्या अन्य उमेर समूह भन्दा धेरै छ । संसार भरिकै तथ्यांक हेर्दा ६० वर्ष वा सो भन्दा माथिको उमेर भएको मानिसको संख्या संसारै भरि धेरै छ ।

सन् २०१७ मा बिस्व जनसंख्यामा ६० वर्ष माथिको मानिसको संख्या संसारको कुल जनसंख्याको १३ प्रतिसत थियो । यो बृद्दी हेर्दा बिस्वमानै जेष्ठ नागरिकलाई दिनुपर्ने सुबिधा , हेरचाह , आदिको आधुनिकीकरण आवश्यक र चुनौती पूर्ण पनि छ ।

नेदरल्याण्डको एउटा Sensara नामक कम्पनीले जेष्ठ नागरिकहरुलाई उनीहरुको दैनिक जीवनलाई सहज बनाउनको लागि इन्टरनेट र सेन्सरहरुको प्रयोगले गर्ने काम गरिरहेको छ । उक्त कम्पनीले सन् २०१३ देखि जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै सेवाको विकास गर्दै आइरहेको छ । Sensara ले उसको प्रथम लक्ष्य भनेको जेष्ठ नागरिकहरुलाई स्वतन्त्र बनाउने रहेको छ भन्दै आएको छ । विभिन्न खोज र अध्ययन पछि मात्र कुन सेन्सरको प्रयोग गर्ने भनेर निर्णय गरेको उक्त कम्पनीले जेष्ठ नागरिकहरुलाई उनीहरुले सधै गर्ने क्रियाकलापलाई मोनिटरिङ गरी त्यसलाई सुरक्षित राख्ने काम गर्दछन् ।

\"\"

जेष्ठ नागरिक जसलाई कुनै सहयोगको आवश्यक छैन उनीहरुलाई घरमै Sensara को Technology प्रयोग गरेर निगरानी गर्न सकिन्छ । उनीहरुको दैनिक क्रियाकलापको आधारमा उनीहरुलाई के कस्तो सेवा सुबिधा चाहिने हो निर्धारण गर्न सकिन्छ । उनीहरुलाई चाहिने सेवा सुबिधाको जानकारीलाई उनीहरुको आफन्तको Mobile, Laptop इमेलमा Sensara ले पठाउने कार्य गर्दछ ।

Sensara ले सेवालिने व्यक्तिको निगरानी गर्न आवश्यक सेन्सर र त्यसको प्रकारको आफैं निर्णय गर्छ र त्यस्तो सेन्सरहरु कुन ठाउँमा राख्ने भनेर अध्ययन गर्छ । सेन्सरहरुमा motion सेन्सर , तापक्रम नाप्ने सेन्सर , रक्तचाप नाप्ने सेन्सर , मुटुको ढुकढुकी नाप्ने सेन्सर , आदि पर्दछ । उक्त सेन्सरहरुलाई कुन ठाउँमा राख्दा राम्रो र प्रभावकरी हुन्छ भन्ने कुराको पनि निर्धारण गरिन्छ ।

Sensara ले विकास गरेको प्रणालीमा सेन्सरहरुले दिएको मबतब लाई प्रशोधन गरिने Software छुट्टै स्थानमा हुन्छ । Software ले सम्पूर्ण सेन्सर र त्यो सेन्सरले कुन समयमा त्यो मबतब दिएको हो राम्रो संग हेर्दछ अनि मात्रै कस्तो बेलामा कुन Notification ल दिनु पर्दछ भनेर निर्णय गर्ने कार्य गर्दछ । सेन्सरहरुको सम्पूर्ण मबतब लाई Software सम्म पुराउने कार्य इन्टरनेट को माध्यम बाट नै हुने हुनाले यो पनि इन्टरनेट अफ थिंगस्को अर्को प्रयोग हो ।

नेपालमा पनि त्यस्त्तो प्रबिधिको विकास हुन जरुरी देखिन्छ । नेपालमा सर्बप्रथम अस्पताल बाट नै त्यस्तो सेवा सुरु हुनु पर्दछ । अस्पतालमा डाक्टरको अभावले हुने गरेको समस्या नेपालीहरुले धेरै पहिले देखिने भोग्दै आएको बिषय हो । अस्पतालमा बिरामीलाई हेर्न डाक्टर आउन ढिला भएपनि सेन्सरको डेटा भने डाक्टरले जति बेला पनि सहज रुपमा पाउन सक्ने हुनाले डाक्टरले बिरामीको जाचँ गर्न अस्पताल सम्म नै पुगेर गर्न जरुरी हुदैन तर जटिल समस्याको भने डाक्टरकै उपस्थितिमा हुनु पर्दछ ।

नेपालमा इन्टरनेट अफ थिंगस्को प्रयोगले जेष्ठ नागरिकको सेवा दिन चाहिने सामग्रीको विकास नेपालीपन र यहाँको वातावरण सुहाउदो हुनु पर्दछ । यस्तो सेवाको विकास यहीं नगरी बिदेशी प्रणालिनै भित्रिने हो भने हामीलाई सुहाउदो र हाम्रो समस्या समाधानहुनुको साटो झन् बढ्ने खतरा पनि हुन सक्छ । प्रबिधिमा हामी सिक्नु पर्ने कुराहरु बिदेशी प्रबिधि बाट सिक्ने तर विकास गर्दा भने आफ्नै ठाउं सुहाउदो गर्नु पर्दछ ।

हिडडुल गर्न नसक्ने बिरामी वा जेष्ठ नागरिकलाई सेवा दिनको लागि उनीहरु बस्ने स्थानमा सेन्सर राखेर उनीहरुको क्रियाकलापलाई इन्टरनेटको प्रयोगले कयातधबचभ सम्म पुराएर बिरामी वा जेष्ठ नागरिकको आफन्त को Mobile मा जानकारी गराउन सकिन्छ ।

\"\"

आफन्तले प्रयोग गरेको उक्त Mobile को Application लाई उनीहरुकै सहमतिमा डाक्टर सम्म पनि पुराउन सकिन्छ जसले गर्दा बिरामीलाई दुख नदिई टाढा बाटनै डाक्टरले बिरामीको प्रारम्भिक जानकारी पाउन सक्दछन् । यसले बिरामीलाई मात्रै सेवा दिने होइन उसको आफन्तलाई समेत धेरै सहज वातावारण निर्माण गर्ने कार्य गर्दछ ।

बिरामीले कुन समयमा औषधि सेवन गरेको थियो वा कुन समयमा खानु पर्ने हो त्यो सबै Mobile ले नै Notification दिन्छ र त्यो सम्पूर्ण कुराको जानकारी गराउने चाहिं सेन्सर र इन्टरनेटको माध्यम बाट मबतब पाउने Software ले गर्दा सम्भव भएको हुन्छ । बिरामीलाई कति पनि पिउनुपर्छ र उसले कति बेला कति मात्रमा पनि पियो भन्ने जानकारी पनि सहजै उसको आफन्तले थाहा पाईरहेको हुन्छ चाहे उसको आफन्त जता सुकै होस् ।

यस्तो प्रणालीको विकासले बिरामी , आफन्त र डाक्टर सबैलाई धेरै सहज हुन्छ । बिरामीले सेवा पाउन समय कुर्नु पर्दैन र उसको आफन्तलाई डाक्टर खोज्दै हिड्ने झन्झट पनि हुदैन साथै डाक्टरले पनि धेरै समय देखिको मबतब एकै चोटी हेर्न सक्ने भएको हुनाले उपचार कस्तो प्रकारको गर्ने भनेर तुरुन्त नै निर्णय गर्न सक्दछन् । यस्तो प्रणालीको विकासमा नेपाल सरकारलेनै अग्रसर भएर लागेमा नेपाल र नेपालीको सपनाको स्मार्ट सहरको सबै भन्दा छिटो अगाडी लम्किने थियो र नेपाल एसियाकै राम्रो स्मार्ट सहर भएको मुलुकमा गनिने दिन छिटै आउने थियो ।

इन्टरनेट अफ थिंगस्को प्रयोग हामीले आफुलाई सहज हुने सम्पूर्ण क्षेत्रमा गर्न र गराउन सक्छौ । उदाहरणको लागि हामीले प्रयोग गर्ने दैनिक सामग्रीहरु जसलाई हामीले प्रयोग नगरी हाम्रो काम नै अगाडी बढ्दैन जस्तै Mobile, कम्प्युटर वा अन्य Electrical, electronic appliances । इन्टरनेट अफ थिंगस् यस्तो प्रबिधि हो जुन पहिलेनै बनेर आउने होइन यसको विकास आफ्नो कार्यलाई सहज हुने ढंगले गर्नु पर्ने हुन्छ । नेपालमा यसको ठुलो सम्भावना छ र यसको विकासमा नेपालीपन नै हुनु आजको आवश्यकता हो किनकि नेपालको वातावारण र भूगोल अनि यहाँको जीवन शैली अन्य मुलुकको भन्दा फरक पनि छ ।

अन्तर्वाता/विचार

आइटीमा छात्रा विद्यार्थीलाई आकर्षण गर्न सगरमाथा कलेजले छात्रवृत्ति कार्यक्रम ल्याएकाे छ : सुब्बा

गंगा सुब्बा
कार्यक्रम संयाेजक (बिसिए/बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्…

ई–पेमेन्ट उद्योगमा कनेक्ट आईपीएसको सार्थक योगदान रहने छ : सिइओ प्रधान

निलेशमान सिंह प्रधान नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । करीब २ दशकयता बैंक तथा वित्तीय क्षेत्…

विद्यार्थीहरुले विभिन्न व्यावसायिक तालिम कलेजमै प्राप्त गर्दछन् : विभागीय प्रमुख कार्की

सुवास कार्की
प्रमुख, सिएसआइटी विभाग
काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजम…

‘हामीले विद्यार्थीलाई कलेजमै इन्डस्ट्रीको ‘स्पेसल एक्सपोजर’ दिएका छौं’

भेषराज पाेखरेल
सिइओ, टेक्सास इन्टरनेश्नल कलेज

व्यवहारिक र प्रयोगात्मक आइटी शिक्षामा समर्पित छौं : क्याम्पस प्रमुख कट्टेल 

राजु कट्टेल
क्याम्पस प्रमुख, कान्तिपुर सिटी कलेज (केसीसी), काठमाडौं 

कान्तिपुर सिटी कलेजले पूर्वाञ्चल विश्वविद्यालयबा…

लोकसेवाको तयारी मोबाइल एपबाटै 

अशोक बस्नेत
सिइओ, मन्त्र आइडियाज


Note 10+ versus P30 Pro: Which flagship smartphone is the best?

With t…

के गर्दै छन् स्टार्टअप आइसिटी अवार्ड विजेताहरू ? ९ स्टार्टअपकाे कथा

नेपालको आइसिटी क्षेत्रको प्रतिष्ठित सम्मान हो, आइसिटी अवार्ड । ४ वर्षदेखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमको चर्च…

अनलाइनबाट यसरी कमाउनुहोस्

सूचना प्रविधिको तीव्र विकास र विस्तारका कारण हरेक काम सहज र सरल भएका छन् । यति मात्रै होइन, रोजगारीका नयाँ अवसर सृजना …

इन्टरनेटमा कर होइन, नि:शुल्क बनाऊ 

सबै प्रकारका ब्यापार व्यवसायले राज्यलाई कर तिर्नु पर्दछ । राज्यले आवश्यकता अनुसार कुनै व्यवसायमा कर छुटसमेत गर्ने गर्छ । वर्त…

किन गर्ने डिजिटल मार्केटिङ ? कस्ता छन् मार्केटिङका टुल्स ?

यो डिजिटल दुनियाँ हो जहाँ इन्टरनेट सबैलाई अपरिहार्य भइसकेको छ । डिजिटल युगमा मान्छेले युरोप अमेरिकाको काम घरम…

इन्टरनेटमा बच्चालाई कसरी सुरक्षित राख्ने ? 

संसारभरी इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा पनि हातहातमा मोबाइल फोन र घरघरमा इन्टरनेट घरघर पुगेको छ । नेपाल दूरसञ्चा…

के पढ्ने आइटीमा ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु …

नेपालमा आइटी : हामी कता अलमलिरहेका छौं ?

सूचना प्रविधि क्षेत्रमा नेपालको प्रवेश भएको अहिले होइन । भारतमा भन्दा पहिले कम्प्युटर यहाँ भित्रिएको थियो । अहिले भारतीय …

ह्याकरले आफ्नो शीप गलत काममा प्रयोग गर्न हुँदैन : एलेक्स धिताल

१६ वर्षका एलेक्स धिताल आफूलाई साइबर सेक्युरिटीका रिसर्चर र इथिकल ह्याकर भनेर चिनाउन चाहन्छन् । केही प्रसिद्ध संस्थाका लागि बग बाउन्टी गरिरहेका उनी युवा र विद्…