अन्तर्वाता/विचार
कर्मठले देख्नुभएको सपना
हेमपाल श्रेष्ठ
[email protected]
अझै विश्वास गर्न सकिरहेको छैन । आइटी क्षेत्रका लागि उदाहरणीय व्यक्तित्व मेरा हितैषी मित्र कर्मठ डंगोलको भौतिक शरीर अब हामीसामु छैन । यी शब्द लेखिरहँदा पनि अपत्यारिलो लाग्छ । तर भावीको खेल, हामीले चाँडै उहाँलाई गुमाउनुप¥यो । नेपालको आइटी क्षेत्रले उहाँलाई सधैं सम्झिरहनेछ । उहाँको निष्ठावान् व्यक्तित्वप्रति सम्मान समर्पण गरिरहने छ ।
कर्मठ गूगल जस्तो कम्पनीमा दशौं वर्ष काम गरेर अमेरिकामै स्थापित भइसक्नुभएको थियो । तर मनको इच्छा नेपालमै बसेर काम गरौं भन्ने रहेछ । नेपालकै आइटी इकोसिस्टमलाई योगदान दिन सकिन्छ भन्ने ठूलो सपना लिएर स्वदेश फर्कनुभएको थियो ।
व्यक्तिगत रुपमा मैले नजीकबाट उहाँलाई चिनेको सन् २०१३ देखि हो । भेट्दाखेरि नै उहाँलाई साधारण र स्पष्ट वक्ताको रुपमा पाएँ । व्यवहारमा शालीनता । आफूसँग कुरा गरेकाहरुको भावना निकै छिटो बुझ्ने । टेक्निकल मात्रै होइन, ननटेक्निकल व्यक्तिहरुसँग पनि सहजै जोडिन सक्ने हुनुहुन्थ्यो । विगतको ५÷६ वर्षमा त धेरै समयसँगै भयौं । धेरै काम मिलेर ग¥यौं । योबीचमा व्यवस्थापकीय हिसाबले पनि निकै राम्रो मान्छे पाएँ उहाँलाई । कुनै पनि समस्यालाई हल्का लिने र समाधान तुरुन्तै गरिहाल्ने बानी उहाँमा थियो ।
कर्मठ गूगल जस्तो कम्पनीमा दशौं वर्ष काम गरेर अमेरिकामै स्थापित भइसक्नुभएको थियो । तर मनको इच्छा नेपालमै बसेर काम गरौं भन्ने रहेछ । नेपालकै आइटी इकोसिस्टमलाई योगदान दिन सकिन्छ भन्ने ठूलो सपना लिएर स्वदेश फर्कनुभएको थियो । नेपाल आइसकेपछि आइटी कम्पनी सुरुवात गर्नुभयो । केही वर्षसम्म चलाउनुभयो र पछि क्राउड सोर्सिङ कम्पनी क्लाउड फ्याक्ट्री ज्वाइन गर्नुभयो । कम्पनी चलाउँदा वा काम गर्दा उहाँको विशेष जोड आइटीले नेपालको सामाजिक आर्थिक विकास गर्छ, यसलाई महत्व दिनुपर्छ भन्नेमै थियो ।
यहीकारण उहाँ युवालाई मोटिभेट गर्न हरबखत खटिरहनुहुन्थ्यो । युवाले बोलाएका हरेक कार्यक्रममा उहाँले कहिल्यै नाइ भन्नुभएन । पछिल्लो समय जनवरीमा फ्युज मेशिनमा काम थालनी गर्नुभयो । अझै यो क्षेत्रमा नयाँ जोश र जाँगरसहित आउँछु भनेर हामी साथीभाइसँग सरसल्लाह पनि गर्नुहुन्थ्यो । दुर्भाग्यवश यो अकल्पनीय घटना हुन पुग्यो ।
कलेजका विद्यार्थी, स्टार्टअप र केही गर्न चाहनेहरुका लागि कर्मठ एउटा ‘मोटिभेटर’ हुनुहुन्थ्यो । आइटीमा प्रोफेशनल करियर बनाउन चाहनेलाई सम्बोधन गर्न खोज्नुहुन्थ्यो ।
आइटीको विकासका लागि उहाँले सधैं भन्ने गर्नुहुन्थ्यो, ‘सम्वाद हुनुपर्यो’ । सम्वादका लागि कहीँ न कहीँबाट सुरुवात हुनुपर्छ । चाहे त्यो कलेजबाट होस्, चाहे अन्य फोरमबाट । कर्मठले यस्ता सम्वादमा आइटी सरोकारवालाबीचको सहकार्यमा जोड दिनुहुन्थ्यो । कलेजका विद्यार्थी, स्टार्टअप र केही गर्न चाहनेहरुका लागि कर्मठ एउटा ‘मोटिभेटर’ हुनुहुन्थ्यो । आइटीमा प्रोफेशनल करियर बनाउन चाहनेलाई सम्बोधन गर्न खोज्नुहुन्थ्यो ।
युवाले के कुरा सिक्नुपर्छ, कसरी सीप बढाउनुपर्छ, यी विषयमा उहाँको सधैं चासो रहन्थ्यो । आइटी इकोसिस्टम बनाउने सन्दर्भमा नेपाल सरकारका धेरै पोलिसी बनाउन हामीले सँगै काम गरेका थियौं । नेपाल सरकार, क्यान महासंघका धेरै प्रोजेक्टमा हाम्रो सहकार्य भयो । योसँगै नेपाल आन्टरप्रेनर हब नामक संस्थाका ५ सहसंस्थापकमध्ये उहाँ एक हुनुहुन्थ्यो । उद्यमशीलताबाट देश र समाजलाई कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा हाम्रो संस्थाले काम गर्छ । यो अभियानमा कर्मठको सक्रियता झनै बढेको थियो ।
उहासँग धेरै फोरममा सहकार्य गर्ने अवसर पाएँ । पछिल्लो समय सरकारले डिजिटल नेपालको कार्यक्रम ल्याउन लाग्दा उहाँमा धेरै उत्साह देखेको थिएँ । राज्यले आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना र कार्यक्रम ल्याउने हो भने धेरै काम थोरै समयमा हुने आशा थियो उहाँमा । आज उहाँको भौतिक शरीर हामीसामु छैन । तर, उहाँले देखेको सपना, देखाएको बाटो हामीसँगै छ ।
उहाँको भावना, सोच, विचारसँगै उहाँले हामीसँग गर्नु भएका कामका धेरै उदाहरण छन्, त्यो हामीसँगै छ । यसर्थ उहाँप्रतिको साँचो सम्मान जब सबै मिलेर यो उद्योगको मुहार फेर्छौं, तब हुने छ । यसो भएमा कर्मठ हाम्रा लागि, आइटी उद्योगका लागि अमर रहिरहनु हुनेछ ।
अन्तर्वाता/विचार
यसरी सुरु भएको थियो पब्जी गेम
भिडियो गेम भन्दा तपार्ईलाई विभिन्न भिडियो गेमको याद आउँछ होला । विश्वमा सर्वप्रथम सन् १९५८ अक्टोबरमा भिडियो गेमको सुरुवात…
क्रिकेट छोडेर आइटीमा जम्दै \'भावना भिमिरे\'
भावना घिमिरे लाई धेरैले नेपाल क्रिकेट संघ (क्यान)को पहिलो प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुप…
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना
संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति त…
अनुसन्धानमा डिजिटल फरेन्सिक : के नेपालमा सम्भव छ ?
डिजिटल फरेन्सिक भन्नाले सञ्चित विद्युतीय सूचनाको गहिरो अध्ययन हो । र यो पछिल्लो समय देखा परेको फरेन्सिक विज्ञानको एउटा हा…
कसरी सुरु भयो रोबोट ? यस्ताे छ राेचक इतिहास
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्रभित्र पनि जीवन छ । रोबोटको निर्माण …
किन जरुरी छ नेपालमा ड्रोन ?
भौगोलिक क्षेत्रफलमा निकै नै सानो भए पनि विभिन्न प्राकृतिक सम्पदाको धनी नेपालका यस्ता कैयौं कुरा र विशेषताहरु छन्, जसले न…
इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल
निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको 'बेस्ट सेलर बुक' बन्न सफल यो उपन्यासपछि पौडेलले द…
इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल
निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको बेस्ट सेलर बुक ब…
डिजिटल नेपालको रोडम्याप बनाउन आवश्यक : अध्यक्ष चौरासिया
'समृद्ध नेपाल र सुखी नेपाली अभियान' साकार पार्न आइसिटीको भूमिका : मेरा ५ सुझाव
समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य
हरेक तहमा आइसिटी शिक्षा
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ कि समृद्ध नेपाल बनाउनु छ भने विद्य…
समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य
हरेक तहमा आइसिटी शिक्षा
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ…
\'प्रविधिबिनाको जीवन कष्टकर\'
म जन्मजात नै दृष्टिविहीन हुँ । अहिले म नेपाल मेघा कलेजमा स्नातक तहमा सोसल वर्क विषय अध्ययन गरिरहेकी छु । मेरो जीवनमा प्रविधिको सहयोगकै कारण यहाँसम्म आउन …
स्मार्ट सिटीका लागि यी महत्वपूर्ण ५ आधार
स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरुको सिर्जना गर्नु हो । अबको तीन दशकपछ…
आइसिटी क्षेत्रमा कहाँ कहाँ छ अवसर ?
शिव बस्नेत-
सरकारले चालु बजेटमा ५ वर्षमा ५ लाखलाई रोजगारी दिने योजना ल्याएको सन्दर्भमा य…
इन्टरनेट अफ थिङ्क्स (आइओटी) ले सिर्जना गरेका रोजगारीका अवसर
प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ असम्भव कुराहरु सम्भव भएका छन् । अर्थात् के…