अन्तर्वाता/विचार
पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?
प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ
रञ्जित पोदार
केन्द्रीय महासचिव, क्यान महासंघ
सूचना सञ्चार प्रविधिको पहुँच ग्रामीणस्तरसम्म हुनुपर्छ भनेर क्यान महासंघले आफ्ना जिल्ला शाखाहरु मार्फत् विविध कार्यक्रम गर्र्दै आएको छ । इन्फोटेक मेला क्यानलाई चिनाउने महत्वपूर्ण कार्यक्रम हो, जसले सूचना प्रविधि प्रदर्शनीमार्फत् आमजनतालाई नवीन प्रविधिबारे जानकारी दिन्छ भने व्यवसायीलाई आफ्ना सेवा र वस्तुको उचित प्रवद्र्धन गर्ने अवसर दिन्छ । हामीले यसै वर्ष हरेक प्रदेशमा एउटा इन्फोटेक मेला गर्ने योजनाअनुरुप प्रदेश ३ मा चितवनमा ग¥यौं र प्रदेश ५ मा बुटवलमा प्रदर्शनी भइरहेको छ । प्रदेश ३ मा पोखरामा भइरहेको छ । यसपछि प्रदेश १ को इटहरीमा गर्नेछौं । सूचना प्रविधिलाई पनि स्थानीयकरण गर्नपर्छ र यसबाट मात्रै समृद्धि सम्भव छ भनेर चिनाउने राम्रो माध्यम इन्फोटेक हो । हामीलाई के कुरामा गर्व छ भने कास्की क्यानमा जहिले पनि अनुभवी टिम आउने गरेको छ । राजधानीबाहिर निरन्तर ९ वर्ष इन्फोटेक गरेर देखाउनु नै उसको सफलता हो । हामीले अन्य जिल्ला शाखालाई हेर्नुपर्छ, तर क्यान कास्की आफैं सक्षम छ । अनुभवको आधारमा यो शाखा अगाडि बढिरहेको छ ।
हामीले मुख्यतः बलियो संगठन बनाउने विषयमा नै बढी छलफल ग¥यौं । क्यान महासंघको केन्द्र, प्रदेश र जिल्ला तहका संगठनलाई चुस्त बनाउने, निश्कृय रहेका संगठनलाई सक्रिय बनाउने लगायतका विषयमा छलफल भयो । यसका लागि केन्द्र, प्रदेश र जिल्लाबीच आपसी समन्वय गर्ने, सूचना नेटवर्क खडा गर्ने, भिडियो कन्फ्रेन्सिङ सुरु गर्ने, सबै शाखामा इन्टरनेट र अन्य पूर्वाधार राख्ने, फर्महरु अनलाइनमैत्री बनाउने र अन्ततः क्यानलाई नै स्मार्ट बनाउने विषयमा काम अगाडि बढाउन कार्ययोजना ल्याइदैछ । हाल १७ ओटा विभिन्न समिति बनाइएको छ र चाँडै नै संयोजक तोकिने छ ।
इन्फोटेक आइसिटी प्रवद्र्धनका लागि चर्चित प्लाटफर्म हो
जगनबहादुर गुरुङ
संस्थापक अध्यक्ष, क्यान कास्की
केन्द्रीय सचिव, क्यान महासंघ
नेपालमा सूचना प्रविधिको व्यापक विस्तार र प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । क्यान महासंघले सञ्चालन गर्दै आएको इन्फोटेक पनि आइसिटी प्रवद्र्धनको चर्चित ‘प्लाटफर्म’ हो । हामीले जिल्लास्तरमा पनि क्यान इन्फोटेक सञ्चालन गर्दै आएका छौं । कास्की जिल्लाको कुरा गर्नुहुन्छ भने लगातार ९ संस्करणको इन्फोटेक गर्न हामी सफल भएका छौं । अब बदलिदो राज्य व्यवस्था र संरचनाअनुरुप आइसिटीको विकास गर्न हामीसामु थुपै्र अवसरसँगै चुनौती छ । महासंघको हिसाबले हामी पनि प्रादेशिक र जिल्ला संरचनामा गइसकेका छौं । आइीसटीको डेभलपमेन्टको कार्यक्रम भनेको सरकारसँग मिलेर गर्ने हो । अहिले स्थानीय, प्रदेश र केन्द्र सरकारको संरचना बनिरहेकाले क्यानले सबै तहका सरकारसँग उत्तिकै सहकार्य गरी कार्यक्रम गर्नुपर्ने छ । क्यान संगठनको सवालमा केन्द्र, प्रदेश र जिल्लालाई जोड्ने प्रविधिको विकासमा जुट्न जरुरी छ । योतर्फ हामी अघि बढिसकेका छौं । जिल्ला र प्रदेशले के गरिरहेको छ भनेर कन्द्रले सजिलै हेर्न सकोस् र देशैभर के कस्ता क्यानका गतिविधिहरु भइरहेका छन् भनेर एउटै कम्युनिकेशन नेटवर्कबाट थाहा पाउने गरी काम हुनेछ ।
इन्फोटेकका सन्दर्भमा क्यान कास्की परिपक्व भइसकेको छ
युवराज पौडेल
अध्यक्ष, क्यान महासंघ कास्की
सूचना र सञ्चार प्रविधिलाई आमजनमानसमा विस्तार र प्रवद्र्धन गर्ने अभिप्रायले नै हामीले क्यान इन्फोटेक प्रदर्शनी सुरु गरेका थियौं । हरेक संस्करणले हामीलाई परिपक्व बनाएको छ नै प्रदर्शनी सञ्चालनमा पनि सहजता महसुस गरिरहेका छौं । पहिलेका संस्करणमा इन्फोटेकको अघिल्लो दिन मात्रै स्पोन्सर फिक्स हुन्थ्यो । अहिले स्टल बुकिङ खुलाउनासाथ स्पोन्सर र एक्जिबिटरहरु पाएका छौं । साथै हरेक संस्करणमा अवलोकनकर्ताको संख्या बढिरहेको छ । यसर्थ क्यान कास्कीले इन्फोटेकलाई हरेक वर्ष थप विशेष र भव्य बनाउन सकेको छ ।
इन्फोटेक सूचना प्रविधिको मेला नभइकन बृहत प्रदर्शनी हो । विश्वबजारमा भित्रिएका नयाँ प्रविधिलाई आमदर्शकमाझ एकैथलोबाट प्रस्तुत गर्नु नै इन्फोटेकको विशेषता हो । अर्कोतर्फ प्रविधि परिर्वतन र परिस्कृत भइराख्छ र इन्फोटेकमा पछिल्ला मोडल वा भर्सन के के छन् भन्ने कुरा महत्वपूर्ण हो । हामीले विश्वबजारमा उत्पादन भएका सूचना प्रविधिजन्य वस्तु र सेवाका अतिरिक्त स्थानीय उत्पादन र विद्यार्थीका प्रतिभालाई उत्तिकै प्राथमिकता दिएका छौं ।
अर्कोतर्फ इन्फोटेकको पुर्वाद्र्धमा स्मार्ट सिटी विषयमा आइसिटी कन्फरेन्स गर्यौं । इन्फोटेकमा प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्तरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा लगायतका कार्यक्रम पनि छन् । इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ । यस वर्ष इन्फोटेकमा रचनात्मक काम गर्ने उद्देश्यले गृहणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्दैछौं । वार्षिक कार्यक्रममा इन्फोटेकलाई हामीले विशेष प्राथमिकतामा राख्दै आइरहेका छौं ।
प्रविधिका नयाँ संस्करण एकै थलोमा उपलब्ध छन्
नवीन पौडेल
प्रथम उपाध्यक्ष, क्यान महासंंघ कास्की
शुक्रबारदेखि सुरु भएको ९औं संस्करणको डिजिकम क्यान इन्फोटेकमा अवलोकनकर्ताको सन्तोषजनक आगमन भइरहेको छ । आज शनिबारदेखि अवलोकनकर्ताको फ्लो बढ्ने अनुमान गरेको छु । सूचना प्रविधिका नयाँ संस्करण एकै थलोबाट नियाल्न पाउने अवसरको रुपमा इन्फोटेकलाई उपयोग गर्न सकिन्छ । हामीले इन्फोटेकलाई मेला नभई प्रदर्शनीको रुपमा सञ्चालन गरेकाले अधिकांश कम्पनीहरुले आफ्ना वस्तु र सेवाको ब्रान्डिङ गरेका छन् । अन्य मेलामा जस्तो अवलोकनकर्ताको भिड यस्ता प्रदर्शनीमा नहुन सक्छ । तर, नयाँ प्रविधिप्रति झुकाव राख्ने पुस्ताको संख्यामा भने वृद्धि भएको छ । अब सूचना प्रविधि हरेक व्यक्तिदेखि कार्यालय र ठूला उद्योगसमेत अपरिहार्य बनिसकेको अवस्थामा विस्तारै पोखरा र आसपासका क्षेत्रमा पनि चासो र आकर्षण बढाउन इन्फोटेकले सहयोग गर्ने विश्वास लिएको छु ।
दर्शकलाई आकर्षित गर्न आकर्षक प्याकेज ल्याएका छौं
विकास भुर्तेल
सचिव, क्यान महासंघ कास्की
मोफसलमा रहेर पनि हामीले बर्सेनि निरन्तर इन्फोटेक आयोजना गर्न सफल छौं । पोखरा अब मोफसल भन्दा पनि प्रदेश नं. ४ को केन्द्र बनिसकेको छ । आगामी वर्षमा इन्फोटेकको महत्व अझै बढ्नेमा हामी ढुक्क छौं । विगतका वर्षहरुमा आयोजना भएका इन्फोटेकको सफलताले नै हामीलाई अगाडि बढ्न प्रोत्साहन गरेको हो । हाम्रा अग्रजहरुले सुरु गरेको यो इन्फोटेक सूचना तथा प्रविधिका क्षेत्रमा ब्राण्ड बनिसकेको छ । हाम्रो लक्षित समूहको उपस्थिति इन्फोटेकमा वर्षेनी बढिरहेको पाएका छौं । बिगतका वर्षहरुमा भन्दा यसपटक अझ बढी उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौं । दर्शकलाई आकर्षित गर्न हामीले विभिन्न आकर्षक प्याकेजहरु ल्याएका छौं । प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गर्दै छौं । इन्फोटेकलाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइनमा टिकट काट्ने व्यवस्था गरिएको छ । आइपेसँगको सहकार्यमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको हो । अनलाइनमा टिकट काट्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सय रुपैयाँको रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको छ । टिकटमा सनराइज बैंकले ४ सय प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ ।
डिजिकमका प्रत्येक प्रडक्टमा २० प्रतिशत छुट दिएका छौं
अरुण वंशल
अध्यक्ष, हाइटेक इन्जिनियरिङ प्रालि
काठमाडौंमा आयोजित क्यान इन्फोटेकमा हामीले वर्षेनी सहकार्य गर्दै आइरहेका थियौं । यसपटक हामीले पोखरामा आयोजित क्यान इन्फोटेकलाई पनि साथ दिएका छौं । इन्फोटेकको मुख्य प्रायोजक भएर पोखरा आउन पाउँदा हामी हर्षित छौं । डिजिकमको सेवा सञ्चालनको २०औं वर्षको उपलक्ष्यमा देशभर ब्राण्ड प्रवद्र्धनको अभियानमा सक्रिय भइरहेका छौं । नेपाल टेलिकम, एनसेल लगायत इन्टरनेट सर्भिस प्रोभाइडरहरु तथा केवल टिभी अपरेटरहरुले डिजीकमका नेटवर्किङ प्रडक्टहरु बिगत २० वर्षदेखि प्रयोग गर्दै आइरहेका छन् । डिजीकमको अपटिकल फाइबर केबलको माग बढिरहेको छ । उपभोक्ता प्रडक्टमा विभिन्न मोडलका राउटरहरु, एक्स्टेन्सन कडहरु, टेलिफोन सेटहरु धेरै प्रशिद्ध छन् । २०औं वर्षको उपलक्ष्यमा डिजिकमले नेपालका लागि ब्राण्ड एम्बेस्डरमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलालाई आबद्ध गरेको छ ।
यसै क्रममा पोखरामा आयोजित नवौं संस्करणको क्यान इन्फोटेकको समेत आकर्षण बढाउने गरी कलाकारद्वय गिरी र निरौलालाई हामीले पहिलो दिन यहाँ ल्याएका थियौ । उहाँहरुसँग फोटो खिचाउने व्यवस्था गरिएको थियो । २०औं वर्ष प्रवेशकै अवसरमा मेला अवधिभरी डिजिकमका हरेक प्रडक्टमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
अन्तर्वाता/विचार
पूर्ण रुपमा आइटी पार्क संचालनमा ल्याउन \'आइटी मिट २०१८\' ले सहयोग पुर्याउने छ
हरेक वर्षझैं यस वर्ष पनि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले आइटी मिटको आयोजना गरेका छन । सन २००६ बाट सुरुवात गरिएको आइटी मिटको यो सातौं संस्करण हो …
नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा
नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षाका विषयमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । एनआइसी एसिया बैंकको स्विफ्ट प्रणाली ह्याक गरेर रकम स्थानान्त…
युवाहरुलाई अवसर अनलाइन जब
अनुज कुलुङ
फूल फ्लेजमा चल्ने आइइआर इम्प्लिमेन्टेसन सिस्टम लागू हुदैछ
मीन प्रसाद अर्याल
प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण
यसअघि हामी म्यानुअल सिस्टममा थियौ । अब आइएमइआर दर्तालाई अनलाइन प्रणा…
भविष्यको आधार आइटी शिक्षा : कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?
हामी नेपालमा भविष्य नै छैन भन्दै विदेश दगुरिरहेका हुन्छौं । देश, नेता र यहाँको बेथिती सराप्दै मुग्लान छिर्नु धेरैको रहर नहोला तर, २१औं शताब्दी र विश्…
क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि…
दूरसञ्चारको क्षेत्रमा स्पष्ट परिवर्तन देखिने गरी काम गरेका छौं : अध्यक्ष झा
दिगम्बर झा नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् । २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका उनीविरुद्ध अध्यक्षका ल…