कीवर्डहरू -

अन्तर्वाता/विचार

विस्तारै मान्छे र मेशिनबीचको अन्तर छुट्याउन गाह्रो हुने समय आउँदै छः एआई विज्ञ पौडेल

एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । पछिल्लो समय प्रविधि उद्योगमा एआई सबैभन्दा ग्रो भइरहेको प्रविधि हो । एआईले डाटा सुरक्षा, छिटो डिसिजन गर्न, शुद्घता सुधारमा विशेष भुमिका खेल्छ ।

यसै विषयमा अमेरिकाको सिलिकन भ्यालीमा काम गर्दै आएका एक नेपाली हुन्, विवेक पौडेल ।

विवेक पौडेल स्ट्यानफोर्ड विश्वसविद्यालयमा पोस्ट डक्टरल स्कलर हुन् ।उनै पौडेलसँग हाम्रो पात्रोको हाम्रो पोडकास्टमा सिवानी न्यौपानेले एआई र प्रविधि क्षेत्रमा केन्द्रित रहेर कुराकानी गरेकी छन् ।

एआई र मेशिन लर्निङ तथा बायो मेडिकल डेटा साइन्स पर्सनलाइजेसन एल्गोरिदम एण्ड बिग डेटा साइन्समा पौडेलको विशेषज्ञता छ ।

आज हामीले उनै पौडेलसँग हाम्रो पोडकास्टमा गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौँ ।

पोस्ट डक्टरल रिसर्च बारे केहि बताइदिनुहोस् न ?

यो पीएचडी सकिएपछि वैज्ञानिकको जागिर सरहनै हो । तर यो पढाईको डिग्री भने होइन् । शैक्षिक क्षेत्र तथा नेतृत्व विकासका लागि पोस्ट डक्टरलले ठूला वैज्ञानिकहरुसँग सरसल्लाह लिएर आफ्नो अनुसन्धानलाई थप परिमार्जित गर्नलाई सहयोग पाइन्छ ।

पोस्ट डक्टरल आफूलाई जति समय लाग्यो त्यति समयसम्म गर्न सकिन्छ । म अहिले सिलिकन भ्यालीमा रहेर विशेषगरी एआईलाई ध्यानमा राखेर काम गरिरहेको छु ।

तपाई कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ ?

म विशेषगरी एआईको तीन ओटा क्षेत्रमा काम गर्ने गर्दछु । एउटा हामीले नेटफ्लिक्स, युट्युब चलाउँदा यो शो मनपर्ने सक्छ भनेर जुन सुझाव आउने गर्दछ, त्यसको एल्गोरिदम विकास गर्ने तिर म कार्यरत रहेको छु । त्यस्तै बायो मेडिकल डेटा साइन्स तर्फ पनि मेरो काम हुने गर्दछ ।

हाम्रो शरीरमा लाखौँ कोशाणुहरु हुने गर्दछन्, जसमा हाम्रो शरीरमा लाग्न सक्ने रोग वा आउन सक्ने परिवर्तन चार पाँच वर्ष पहिलेनै आईसकेको हुन्छ । त्यस्तो कोशाणुको डेटा विश्लेषण गरेर शरीरमा भविष्यमा के हुन सक्छ त भनेर पत्ता लगाउने तर्फ पनि म र मेरो टिम लागेको छ ।

यसले गर्दा प्रारम्भिक चरणबाटै औषधी उपचार गर्न सकिन्छ । यो लगायत मैले अटोनोमस गाडीको विकास गर्ने क्षेत्र, नयाँ औषधिहरु बनाउने र  मौसम सम्बन्धी समस्याहरुमा पनि मेरा झुकावट रहेको छ ।

स्ट्यानफोर्ड पुग्नु अघि तपाई कहाँ कहाँ संलग्न हुनुहुन्थ्यो ?

मैले आफ्नो पिएचडी स्वीजरल्याण्डबाट सम्पन्न गरेको हुँ । त्यस्तै आफ्नो स्नातकोत्तर तहको अध्ययन मैले जर्मनीको म्याक्स प्लयांक इन्स्टिच्युटबाट गरेको थिएँ ।

स्नातक तहको अध्ययन मैले भारतबाट गरेको हुँ र सम्पूर्ण स्कुल लेभलको पढाई मैले चितवनबाट सम्पन्न गरेको थिए । अहिले पोस्ट डक्टरल क्यालिफोर्निया, अमेरिकाबाट गरिरहेको छु ।

कम्प्युटरमा तपाईको रुची कसरी बढ्दै गयो ?

म स्कुल पढ्दै गर्दा याहु, गूगल एप्पल जस्ता कम्पनीहरुका समाचार भर्खर भर्खरै समाचारहरुमा आउन थालेका थिए । अनि सुन्दा पनि रमाइलो र अचम्मको अनुभूति हुने गर्दथ्यो ।

मेरो स्कुल औसतस्तरको निजी विद्यालय थियो । त्यहाँ मैले माध्यामिक तहमा कम्प्यूटर देख्न र चलाउन पाएको थिए । कम्प्युटर चलाउन थालेपछि यसले केके गर्न सक्छ होला भनेरएकदम धेरै कौतुहलताहुन्थ्यो ।

त्यसपछि बुझ्दै जाँदा कम्प्युटरमा त बाहिर देखिने हार्डवेयर मात्रै नभएर भित्र प्रोग्रामिङका लागि सफ्टवेयर पनि हुने गर्दछ भन्ने कुरा थाहाहुँदै गयो । यो कुराको बारेमा जानकारी पाएपछि आफूलाई पनि सफ्टवेयरमा नै केहि गरौँ भन्ने रूची आयो ।

नेपालमा प्रतिफल राम्रो ल्याउने, राम्रो धनआर्जज गर्ने र प्रतिष्ठा कमाउन सक्ने व्यक्तिलाईनै सफल व्यक्तित्वको रुपमा लिइन्छ, जसका कारण विद्यार्थीको क्षमतालाई मलजल गर्ने वातावरण रहँदैन् ।

त्यस कारण मैले पनि नेपालमा हुँदा लुकेरइन्टरनेट चलाउनुपर्ने अवस्था थियो । राति सबैजना सुतेपछि मात्रै मैले प्रोग्रामिङ गर्ने गर्दथे । घरमा त्रासको वातावरण भएपनि सहिबाटो समाएको भनेर मलाई मेरो स्कुलको लाइब्ररी म्याम र कम्पयुटर सरले प्रोत्साहन दिनुहुन्थ्यो ।

ब्रेकको समयमा मलाई उहाँले कम्प्यूटर चलाउन पनि दिनु हुन्थ्यो । त्यसले चाहिँ मेरो कम्प्यटर तर्फको रुचीलाई सुदृढ पार्न धेरै सहयोग गरेको जस्तो लाग्छ ।

तपाई प्रविधिको क्षेत्रमा धेरै अनुभव राख्नुभएको विज्ञ हुनुहुन्छ । हामीले धेरै जसो एउटा कुरा चर्चा भईरहेको पाउँछौँ । प्रविधिमा धेरै उन्नति हुँदै गईरहेको छ तर त्यसले अन्तत मान्छेकै विनास गर्नेछ । तपाईलाई के लाग्छ आउँदो भविष्यमा मेशिनले मानवको अस्तित्वनै बाँकी नराखिकनै संसारलाई ओगट्ने छ त?

यो एकदमै गाह्रो प्रश्न हो किनभने मैले भविष्यको कुरा गर्नुपर्ने हुन्छ । प्रविधि यति द्रुत रफतारमा विकास भईरहेको छ की दुई वर्ष पछि के हुन्छ भनेर भन्न पनि नसकिने अवस्था छ । यो कुरा वैज्ञानिकहरुको हातमा मात्रै नभए र हाम्रो समाजको विभिन्न सरोकारवाला तहहरुको पनि यस विषयमा भूमिका हुनसक्छ ।

सरोकारवालाहरुले के निणर्य लिन्छन् भन्ने विषयले पनि विज्ञान कता मोडिन्छ भन्ने कुरामा फरक पर्ने गर्दछ । अहिले हामी यस्तो केन्द्रमा उभिएका छौँ, जहाँ मेशिनहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर मान्छे जस्तो बनाइँदै छ ।

तर लगत्तै यो विगतको दुई चार वर्षमा देखिएको ट्रेन्डले के देखाएको छ भने विभिन्न बायोलोजीको विकास, न्यानो टेक्नोलोजी, रोबोटिक्स र अन्य विभिन्न क्षेत्रमा विकासले मान्छे पनि मेशिन जस्तो बनिरहेको देखिएको छ । मेशिन र मानव बिचको सिमाना चाहिँ धमिलो हुँदै गईरहेको मेरो बुझाइ छ ।

हामीले लगाउने घडी देखि बोक्ने मोबाइल सम्मले के देखाएको छ भने अहिलेसम्म मानिसहरुको दुनियाँमा मेशिनले प्रवेश गरिरहेको थियो तर अब भने शरीरमै पनि प्रवेश गर्ने थालेका छन्, जसको उदाहरण न्यानो बोट हो । त्यस्तै हामीले औषधी खाने गर्दछौँ ।

विस्तारै मान्छे र मेशिनको अन्तरनै छुट्याउन गाह्रो हुने समय नजिकिदै छ । यसको कसरी प्रयोग गरिन्छ भन्ने विषयले राम्रो वा नराम्रो परिणाम ल्याउने हो । त्यस कारण भविष्यमा एकदम उत्साही र खुशीलाग्दो दिनहरु पनि आउन सक्छन र भयानक डरलाग्दो दिनहरु पनि आउन सक्नेछन् ।

तपाईको जस्तै क्षेत्रमा काम गर्न चाहने मानिसलाई केही भन्न चाहनुहुन्छ?

यही क्षेत्रहरुमा काम गर्न चाहने मान्छेहरुलाई म के भन्न चाहन्छु भने तपाई भित्र केही गर्छ भन्ने दृढ विश्वास छ भने कसले के सोच्छ भन्ने कुराको पर्वाह नगरेर काम गर्नुहोस् ।

त्यो साहस र क्षमताको विकास तपाई आफूलेनै गर्नुपर्छ । तपाईले गर्न चाहेको काममा सङ्घर्ष छ भने त्यसले तपाई अल्झाउने त गर्छ । तर तपाईलाई परिस्थितिहरुसँग लड्नलाई शक्तिशाली पनि बनाउनेछ ।

गाह्रो समय पार गर्न सकियो भने त्यसमा आफू अझै बलियो भइन्छ । यसले आफैलाई सहयोग पनि गर्छ ।

(स्रोत - हाम्रो पात्रो/पोड्कास्ट)

अन्तर्वाता/विचार

‘निमा एकेडेमीले बच्चाहरूलाई बुझाउने गरी कन्टेन्ट विकास गरिरहेको छ’ (भिडियो अन्तर्वाता)

नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निम…

टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू

शुक्रबार अर्थात भोलि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले प्रो…

डिप फेक पत्ता लगाउने फेसबुकको प्रविधि, कसरी गर्छ काम ?

प्रविधिको विकाससँगै डिप फेक प्रविधि पनि अझै बढि विकसित हुँदै गइरहेको छ । यसले स…

पासवर्डको रूपमा घरपालुवा जनावरको नाम प्रयोग हुँदै, तपाई पनि प्रयोग गर्नुहुन्छ भने होसियार   

यो ईमेल तथा इन्टरनेटको युग हो । अहिले विश्वभरका धेरै मानिसहरु सामाजिक संजालका ए…

सन् २०२२ का साइबर सुरक्षा ट्रेन्डः र्‍यानसमवेयर आक्रमणदेखि स्याटेलाइट ह्याकसम्म

पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, …

कोरोना महामारीः डिजिटल रुपान्तरणको सारथी !

२०७६ साल चैत ११ गतेदेखि जनजीवन एक्कासी ठप्प भयो । किनकी नेपालमा कोरोना भाइरस सं…

इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छः प्रिन्सीपल एनसीआईटी कलेज

गत मंसिरमा कक्षा १२ को नतिजा सार्वजनिक भएको थियो । यतिबेला प्लस टु पास गरेका विद्…

किन प्रयोग गर्ने भीपीएन ? के के छन् यसका फाइदा ? यसरी सजिलै बुझ्नुहोस्

गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? युट्युबमा कु…

इन्टरनेट अफ थिङ्क्सले सिर्जना गरेका रोजगारीका अवसर

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…

ब्याचलर्समा आईटीमा के पढ्ने ? यस्ता छन् सूचना प्रविधि अध्ययन र प्रयोगका नयाँ विधाहरू

शुक्रबार मात्रै राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्‍यो । नतिजा व…

के हो बिटकोइन ? कसरी हुन्छ कारोबार ?

पछिल्लो समय बिटकोइनले बजार तताएको छ । केही समयदेखि यसको मूल्यमा उछाल आएको छ । आ…

आईएसओ फाइल भनेको के हो ? कहाँ प्रयोग हुन्छ ?

तपाईमध्ये धेरैले आईएसओ फाइल प्रयोग गर्नुभएको छ । आईएसओ फाइललाई आईएसओ इमेज पनि भन…

एन्टीभाईरस के हो ? एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्यपाँच कुराहरु 

एन्टीभाईरस एक कम्प्यूटर प्रोग्राम हो जसले तपाईको कम्प्यूटरमा संक्रमण भएको कम्प्यूटर भाई…

आइओटीले सिर्जना गरेको रोजगारीका अवसर

प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ अ…

अमेजनको अन्तरिक्ष इन्टरनेट कार्यक्रम बारे जान्नै पर्ने तथ्य

पृथ्वीको अर्बिटमा स्याटेलाइटलाई पठाउने कम्पनी एलन मस्कको स्टारलिकं इन्टरनेट सेवा मात्…