अन्तर्वाता/विचार
रोबोट कसरी सुरु भयो ? यस्ताे छ राेचक इतिहास
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्रभित्र पनि जीवन छ । रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउन गरिन्छ । यसभित्र मानिसहरुसँग दोहोरो संवाद गर्न सक्ने प्रोग्राम राखिएको हुन्छ । रोबोटहरु हिँड्न सक्छन्, आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छन् । अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् । अहिलेका आधुनिक ह्युमोमोइड रोबोटहरुले भने मानिसले गर्न नसक्ने जटिल कार्यहरु समेत गर्न सक्छन् ।
प्राचीनकालमा रोबोटलाई रोबोट भन्ने चलन थिएन र सबैभन्दा पहिले रोबोट शब्दको प्रयोग १९२१ मा ’चेकमा रोसमको युनिभर्सल रोबट्स’ (rossums universal Roberts) नामक नाटकमा प्रयोग गरिएको थियो । रोबोटको मतलब चेक भाषामा कठिन परिश्रम अथवा मजदुर भन्ने बुझाउँछ । उक्त नाटकका लेखक केरेल केपेकले रोबोट शब्द प्रचलनमा ल्याएका थिए । त्यसपछि यो शब्द विश्वभरमा व्यापक प्रयोगमा आएको थियो ।
रोबोट सबैभन्दा पहिला कहिले र कहाँ बन्यो होला र कसले निर्माण गर्याे होला आदि अनेकौँ उत्सुकता धेरैमा हुन सक्छ । रोबोटको सुरुवातको कुरा गर्दा धेरै पौराणिक कथाहरुमा समेत रोबोटको विकास भएका तथ्यहरु उल्लेख गरिएका छन् । ग्रिकका देवता हेफेस्टसले यान्त्रिक कर्मचारीहरु निर्माण गरेका थिए । त्यस्तै यहुदीको कथामा माटोको गोलेम, पिगमेलियनको पौराणिक मूर्ति गालातियासमेत जीवित भएका, अनेकाैं पौराणिक कथा छन् । यसकारण अटोमेटा अर्थात् रोबोटको इतिहास प्राचीन चीन, प्राचीन ग्रिस र इजिप्टलगायत विश्वका धेरै देशका पौराणिक कथाहरुको संस्कृतिसँगै विकास भएको मानिन्छ ।
तर वास्तवमै सबैभन्दा पहिले रोबोटको निर्माण भने इसापूर्वको चौथो शताब्दीका एक जना ग्रिकका दार्शनिक अर्काइटसले गरेका थिए । दार्शनिक भए तापनि अर्काइटस म्याथम्याटिसियन, एस्ट्रोनोमर तथा स्ट्राटेजिस्टसमेत थिए । उनले आफै उड्न सक्ने द फ्लाइङ पिजन नामको एउटा डिभाइस निर्माण गरेका थिए । यो डिभाइस बाफको सहायतामा चल्न सक्थ्यो । आर्काइटसले बनाएको यही स्वचालित डिभाइसलाई नै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ र आर्काइटसको यही प्रयोग रोबोटिक्सको इतिहासमा कोसेढुंगा सावित भयो ।
तत्पश्चात् अलेक्जेन्ड्रियाका हिरो (Hero of Alexandria_) ले बाफबाट चल्ने धेरै स्वचालित यन्त्रहरुको निर्माण गरे । यसपछि दशौँ शताब्दीतिर चीनमा सुसोङले एउटा घण्टाघरको निर्माण गरे, जहाँ एउटा यान्त्रिक मूर्तिले हरेक घण्टामा घण्टी बजाउने काम गर्दथ्यो । रोबोटहरु मानव आकृतिको जस्तो मात्र नभएर जनावर जस्तो र अन्य कुनै वस्तुको आकारमा पनि बनेका छन् ।
चौधाँै शताब्दीको अन्त्यतिर आधुनिक रोबोटको विकास सुरु भयो । त्यतिबेला लियोनार्दो दा भिन्चीले आधुनिक ह्युमोनोइड रोबोट बनाउन खाका तयार गरेका थिए । १९५० तिर दा भिन्चीका नोटबुकहरु पुन खोजी गरियो । जहाँ, यान्त्रिक योद्धाहरुको चित्र भेटिएको थियो । यसकारण अहिले यी रोबोटहरुलाई लियोनार्दो रोबोटका नामले चिनिन्छ । ती रोबोटहरु बस्न तथा हिँडडुल गर्न र हात चलाउन सक्छन् । यिनीहरुको टाउको र अनुहारसमेत चल्छ ।
यसपछि सत्रौं शताब्दीमा यस्ता धेरै आकार र प्रकारका स्वचालित रोबोटहरुका निर्माण भए र ती रोबोटहरुले चित्र बनाउने,उड्ने तथा संगीत बजाउने देखि लिएर मानिसले गर्ने धेरै प्रकारका जटिल कामहरु गर्न सक्दथे । जापानी शिल्पकार हिससिगे तानाका जसलाई जापानका एडिसनका रुपमा समेत चिनिन्छ, उनले एकदमै जटिल मेकानिकल खेलौनाहरु बनाएका थिए । तीमध्ये केहीले चिया बाँड्ने तथा तिर हान्न सक्ने थिए भने केही जापानी कान्जीका चरित्रहरु पनि थिए ।
यसरी १८ औँ दशकतिर विस्तारै ह्युमोनोइड रोबोटको विकास हुँदै गयो । साधारणतया मानव व्यवहारको नक्कल गर्ने र झट्ट हेर्दा पनि मानिससँग मिल्दोजुल्दो रुप रेखा भएका रोबोटहरुलाई ह्युमोनोइड रोबोट भनिन्छ । रोबोटले बोल्नेदेखि लिएर जति पनि मानवीय आचरणको नक्कल गर्छ, त्यो हेर्दा हामीलाई यस्तो लाग्छ कि यसले आफ्नै बुद्धि र विवेक प्रयोग गरेर यी सम्पूर्ण कामहरु गर्दछ । र यसको आफ्नै उद्देश्य छ । तर रोबोट एउटा यान्त्रिक एजेन्ट हो । यसमा विद्युतीय मेकानिकल प्रणाली हुन्छ । संसारकै पहिलो ह्युमोनोइड रोबोट १८१० मा फ्रेडरिक कफमेनले बनाएका थिए । उनले ट्रम्पेटसहितको सैनिक ह्युमोनोइड रोबोट बनाएका थिए ।
सामान्य स्वचालित रोबोट भने मानिसजत्तिकै लचिला हुँदैनन् । तर यिनीहरु आरामले घुमफिर गर्न सक्छन् । कम्प्युटर जस्तै स्वचालित रोबोटहरु पनि सफ्टवेयर तथा अन्य साधनहरु सँग जोडिएका कारण मानिस अथवा कुनै पनि वस्तुलाई सजिलै पहिचान गर्न सक्छन् । कुराकानी गर्न र साथी बन्न सक्छन् । वरपरको वातावरणमा पनि निगरानी राख्न सक्छन् । सामान्य स्वचालित रोबोट भिन्नभिन्नै प्रकारका कार्यहरु एकैसाथमा गर्न सक्छन् र अन्य धेरै उपयोगी कार्य गर्न सक्छन् ।
१९२८ मा डब्ल्यु एच रिचार्डले ह्युमोनोइड रोबोटको निर्माण गरेका थिए र उक्त रोबोटलाई लन्डनमा प्रदर्शनीमा राखिएको थियो । रोबोटलाइ एरिक नाम दिइएको थियो र त्यसमा ११ वटा इलेक्ट्रोम्याग्नेट र १२ भोल्ट पावर भएको मोटरसहित आल्मुनियमको कवच सुट थियो । उक्त रोबोटले हात चलाउन सक्थ्यो भने यसलाई रिमोट कन्ट्रोल र भ्वाइस कन्ट्रोलले कन्ट्रोल गरिएको थियो ।
यसपछि १९३९ मा वल्र्डस फेयरमा अर्को इलेक्ट्रो नामको अर्को ह्युमोनोइड रोबोट देखा प¥यो । जसको उचाइ सात फिट (२.१मिटर ) र वेट २५६ पाएन्ड (१२० केजी) थियो । यो रोबोटले भ्वाइस कमाण्डमा हिँड्न र ७०० शब्द बोल्न सक्थ्यो । यसका अलावा सिगरेट पिउने, बेलुनमा हावा भर्ने तथा हात र टाउको हल्लाउनेसमेत गर्न सक्थ्यो । यसको शरीरमा एक स्टिल गियर क्यामेरा थियो र मोटर स्केलेटेन थियो, जसलाई अल्मुनियम स्किनले ढाकिएको थियो ।
यसरी नै २१औँ शताब्दीसम्म आइपुग्दा धेरै आधुनिक रोबोटहरुको विकास भयो । यान्त्रिक मानव अथवा कृत्रिम सहायक रोबोट र यिनीहरुलाई बनाउने प्रयासको धेरै लामो इतिहास छ । तर पूर्णतया स्वायत्त मेसिनहरु भने केवल २०औँ शताब्दीमा आए । विश्वमा पहिलो कमर्सियल, डिजिटल तथा प्रोग्रामेबल रोबोट जर्ज डेवल १९५४ मा बनाएका थिए, जसको नाम युनिमेट थियो । डिजिटल प्रणालीबाट चल्ने प्रोग्राम भएको पहिलो रोबोट युनिमेटको प्रयोग १९६१ मा मेसिनका लागि आवश्यक धातुका धेरै तातो टुक्राहरु उठाउन गरिएको थियो ।
आज विश्वसनीयताका साथ काम गर्ने वाणिज्य तथा औद्योगिक रोबोटहरु व्यापक रुपमा सहज मूल्यमा उपलब्ध छन् र प्रयोगमा आइरहेका छन् । यसबाहेक नराम्रा र मानव जातिलाई बेफाइदा पु¥याउने कामका लागि पनि रोबोटहरुको व्यापक प्रयोग भइरहेको छ । ह्युमोनोइड रोबोटको प्रयोग यातायात, पृथ्वी र अन्तरिक्षको खोज, सर्जरी, हतियारको निर्माण, प्रयोगशाला अनुसन्धान र उपभोक्ता र औद्योगिक उत्पादनका लागि गरिँदै आएको छ ।
अन्तर्वाता/विचार
कस्तो थियो प्राचिनकालमा आर्टीफिसिअल इन्टेलिजेन्सको भूमिका ?
आर्टिफिसियल इन्टेलिजेन्स धेरै अघिदेखि प्रचलनमा आएको मानिन्छ,ग्रिकका पुराना कल्पित कथ…
प्राविधिक शिक्षाका लागि कस्तो कलेज छान्ने ?
नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्ष…
फेसबुक मार्केटप्लेस के हो ? कसरी काम गर्छ ?
तपाईंलाई थाहा छ फेसबुकमा एउटा फिचर छ, मार्केटप्लेस । तपाईंले फेसबुक एपको तीन ला…
आइटी शिक्षा भविष्यको आधार: कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?
नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्ष…
के हो डिजिटल मार्केटिङ र के छ यसकाे उपयोगिता ?
डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल ह…
ब्लगबाट कसरी पैसा कमाउने ?
के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा …
केयुले नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्समा एआईको कोर्स सञ्चालन गर्दै छः प्रा.डा पोखरेल
काठमाडौं विश्वविद्यालय (केयु)ले नेपालमै पहिलोपटक ब्याचलर्स र मास्टर्समा आर्ट…
हाम्रो लक्ष्य भनेको नेपालबाट एक लाख एआई इन्जिनियरलाई तालिम दिने होः सूर्य बस्नेत
बुधबार अर्थात भोलिदेखि अनलाइनबाट ५ दिने मेसिन लर्निङ तथा डेटा साइन्समा व…
क्रिप्टोकरेन्सीमा १२ वर्षीय बेन्यामिनको सफलता, करोडौं कमाउन थाले
नन फन्जिबल टोकन (एनएफटी)ले आजभोलि चर्चा पाइरहेको छ । आफ्नो कामलाई डिजिटाइज गर्न स…
दोस्रो हुन सफल कविता : ‘पूरा होस् मेरो सपना : डिजिटल नेपालको !’ (भिडिओ)
सपना हरिया
तर, क्रन्दन सहेर
निस्किरहेछन् ढुङ्गाको कापबाट
हामी डिजिटल क्रान्तिको यस्तो ठाउँमा छौं, जसले परिवर्तन होइन रूपान्तरण ल्याउन सक्छ
डिजिटल नेपाल फ्रेमवर्क तयार गर्नमा मैले पनि योगदान गरेको छु । मलाई सुन्दै जाँदा क…
सूचना प्रविधिको विकासका लागि अर्को एक ‘कुलमान’ चाहिएको छ
सूचना प्रविधिको विकासमा नेपालको इतिहास भनेको सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्रले…