कीवर्डहरू -

अन्तर्वाता/विचार

सफ्टवेयर विकासमा एआई क्रान्ति

प्रविधि क्षेत्र निकै तीव्र रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय प्रविधिको नेतृत्व कृत्रिम बुद्धिमत्ता अर्थात एआईले लिइरहेको छ । 

अब एआई केवल स्वचालित उपकरण मात्र रहेन । सफ्टवेयर विकास गर्नेदेखि समस्या समाधानसम्म गर्न थालिसकेको छ ।

यो रूपान्तरणले सफ्टवेयर इन्जिनियर, उद्यमी र क्रियटरहरूलाई अझ चतुर, प्रभावकारी, र प्रयोगकर्तामैत्री एप्लिकेसनहरू बनाउन प्रेरित गरिरहेको छ । 

ओपन एआई, जेमिनाई, डिपसिक, ग्रोक, बोल्ट.न्यू जस्ता प्लेटफर्महरू यस परिवर्तनको अगुवाइ गरिरहेका छन्, जसले हामीलाई पहिलेभन्दा धेरै छिटो नवीनतम सिर्जनाहरू गर्न सक्षम बनाइरहेको छ ।

null

अब कोड लेख्न जान्नु मात्रै पर्याप्त छैन । सफ्टवेयर वा सास (सफ्टवेयर एज अ सर्भिस) उत्पादन सफल बनाउन, समस्या समाधान गर्ने सोच र प्रयोगकर्ताका आवश्यकताहरू बुझ्ने क्षमताको झन् महत्त्व बढ्न थालेको छ । 

सफ्टवेयर विकासमा एआई क्रान्ति

एआईले सफ्टवेयर विकासमा नयाँ रूपान्तरण ल्याउँदै छ । अहिलेसम्म हामी एआईलाई सतही रूपमा मात्रै प्रयोग गरिरहेका छौं । केही वर्षअघिसम्म गिटहब कोपाइलट र कर्सर आईडीई जस्ता प्लेटफर्मले कोड सजेस्ट गर्न, दोहोरिने कार्यहरू स्वचालित गर्न र बेसिक डिबगिङ गर्न मद्दत गर्थे । तर, ओपन एआईको जीपीटी मोडेल र जेमिनाई,  डिपसिक जस्ता प्लेटफर्महरूको प्रगतिले एआईलाई अर्को स्तरमा पुर्याइसकेको छ ।

अब एआई केवल साना कामहरू स्वचालित गर्ने माध्यम मात्र होइन, बरू सफ्टवेयर विकासको सहकर्मी बन्न पुगेको छ । यसले जटिल कोड लेख्न, डिबगिङ गर्न र ठूलो स्तरका एप्लिकेसनहरू निर्माण गर्न सहयोग पुर्याइरहेको छ । सास वा सफ्टवेयर उत्पादन निर्माण गर्न, अब कोड लेख्ने काम कम हुँदै गएको छ । एआईले धेरै जसो जटिल कामहरू आफैं गर्न थालेको छ । 
यसको असर सफ्टवेयर इन्जिनियरहरूमा पर्ने निश्चित छ । 

अब डेभलपरहरू साना-साना कोडिङ कार्यहरूमा समय खर्च गर्नुभन्दा पनि उच्च-स्तरको समस्या समाधान, उत्पादन विकास, र प्रयोगकर्ता केन्द्रित डिजाइनमा ध्यान दिन सक्छन् । एआईको आगमनसँगै सफ्टवेयर इन्जिनियरहरूको भूमिका बदलिँदै छ । अब केवल कोडिङ जानेर मात्र पुग्दैन, व्यवसाय रणनीति, उत्पादन डिजाइन, र ग्राहक अनुभवलाई बुझ्न सक्नुपर्ने हुन्छ।

null

एआईले व्यवसायको रणनीति निर्माण, उत्पादन योजना र मार्केटिङ रणनीतिमा पनि सहयोग गर्छ । एआईको समयमा सफ्टवेयर विकासको सफलताको मुख्य रहस्य अब राम्रो कोड लेख्नमा मात्र छैन बरु समस्याहरू पहिचान गरेर समाधान दिने क्षमतामा छ ।

उदाहरणका लागि, मैले एआई प्रयोग गरेर बनाएको FutureXConnect नामक प्लेटफर्मले रोजगारी खोज्ने प्रक्रियालाई सहज बनाउँछ । यसले पनि देखाउँछ कि एआई केवल कोड सिर्जना गर्ने मात्र होइन, बरु ठोस व्यापारिक समस्या समाधान गर्ने दिशामा विकसित भइसकेको छ ।

अब मुख्य चुनौती कोड लेख्ने होइन, उचित ग्राहक पहिचान गर्ने, उनीहरूसँग राम्रो तरिकाले जोड्न सक्ने र मार्केटिङ प्रभावकारी बनाउन हुनेछ । सफ्टवेयर निर्माणको काम एआईले सजिलो बनाइरहे पनि, वास्तविक सफलता बजारमा ग्राहकहरूको ध्यान आकर्षित गर्न सक्ने क्षमतामा निर्भर रहनेछ ।

(लेखक अधिकारी फ्रिल्यान्सर हुन् । उनी एनसीआईटी कलेजमा सफ्टवेयर इन्जिनियरिङ समेत पढ्दै छन् । )
 

अन्तर्वाता/विचार

‘एआई प्रविधि आयात मात्रै गर्नुपर्ने अवस्था आयो भने अत्यन्तै ठूलो समस्या हुन्छ’

कुन आधारभूत सिद्धान्तमा टेकेर एआई नीति बनाउने भन्ने कुरा मुख्य हो । मेरो एउटा निश्चित धारणा छ त्यो कुरा एआई नीतिको मस्यौदामा अ…

‘सामाजिक सञ्जाल विधेयकले स्टार्टअपलाई नियन्त्रण गर्न खोजेको छ, फेक र बेनामी आईडी एउटै होइन’

हालसालै नेपाल सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनाएको एउटा चर्चित विधेयक राष्ट्रिय …

‘इन्ड्राइभ अब सस्टेनेबिलिटीमा केन्द्रित हुन्छ, प्लेटफर्ममा धेरैभन्दा धेरै ईभीलाई जोड्छौं’

राइड हेलिङ प्लेटफर्म इन्ड्राइभ नेपालमा लोकप्रिय छ । यसमा चालक र यात्रु दुबैले बार्गेनिङ गर्न सक्छन् । 

साइबर ठगीमा टेलिग्रामको प्रयोग बढ्दो, बच्ने कसरी ?

नेपालमा साइबर अपराधका घटनाहरू पछिल्ला केही वर्षमा उल्लेखनीय रूपमा बढ्दै गएका छन्, जसले आम नागरिकको सुरक्षा र गोपनीयता सम्बन्धी …

बैंकिङमा एआई र नवीन प्रविधिको प्रयोग

पछिल्लो समय एआई प्रविधि निकै चर्चामा छ । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएसँगै चौतर्फी एआई प्रविधिले लोकप्रियता अझै बढि पायो …

इन्ड्राइभ कम्फर्टले यात्रुलाई प्रिमियम यात्राको अनुभूति गराउने छ: अविक कर्मकार (अन्तर्वाता)

विश्वव्यापी मोबिलिटी सेवा प्लेटफर्म इन्ड्राइभले हालै नेपालमा आरामदायक र उच्च गुणस्तरको विकल्पसहित 'इनड्राइभ कम्फर्ट&rs…

उद्यमशीलता राष्ट्रको मेरूदण्ड हो, विद्यालय तहबाटै उद्यमी सोच जगाउनु पर्छ

उद्यमशीलता २ वटा कुरासँग जोडिएर आउँछ । एउटा आर्थिक स्वतन्त्रता र अर्को व्यक्तिगत स्वतन्त्रता । युवाहरूको ग्रोथका यी दुवै कुरा महत्त्व…

‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’

पछिल्लो समय नेपालमा ग्रीन हाइड्रोजन चर्चामा छ । काठमाडौं विश्विविद्यालयले ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी नेपालको पहिलो …

नेपालमा स्याटेलाइट इन्टरनेटको सम्भावना र चुनौती

पछिल्लो समय नेपालमा पनि स्याटेलाइट इन्टरनेटको चर्चा बढ्न थालेको छ । विपद्को बेला र दुर्गम ठाउँमा स्याटेलाइट इन्टरनेट एकदमै म…

सूचना प्रविधिमा नेपालः विगत, वर्तमान र भविष्य

सूचना प्रविधि (आईटी) आधुनिक समाजको एक आधारभूत तत्व भएको छ, जसले हाम्रो जीवन, काम र सञ्चारमा सहजता थपेको छ । पछिल्लो समय…

ग्राहकको सन्तुष्टि इन्ड्राइभको शीर्ष प्राथमिकतामा छः मार्केटिङ निर्देशक नतालिया माकारेन्को (अन्तर्वार्ता)

इन्ड्राइभ हाल नेपालमा सबैभन्दा लोकप्रिय राइड–हेलिङ सेवाहरू मध्ये एक हो । यसको मुख्य कारण भनेको सवारी चालक र ग्राहक दुवैल…

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धताको पूर्ण प्रत्याभूति हुनुपर्छ

डिजिटल नेपाल फ्रेमवर्क आईसकेपछि एउटा आशा देखिएको थियो । त्यो भन्दा अगाडि सूचना प्रविधिको क्षेत्रमा आ आफ्नै तरिकाले काम भइरहेका …

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि डेडिकेटेड निकाय आवश्यक छ

डिजिटल नेपाल फ्रेमवर्कको कुरा गर्नु अगाडि नेपालमा वि.सं. २०५७ सालमा पहिलो पटक सूचना प्रविधि नीति आएको थियो । त्यसपछि सूचना प्…

‘भएका पूराना टेलिकम सेवा प्रदायकलाई बचाउन सकेनौं, तेस्रो प्लेयरको गफ गर्दै छौं’

सन् २०१६-१७ मा दूरसञ्चार क्षेत्रबाट करिब १ खर्ब रूपैयाँ आम्दानी भइरहेको थियो । आज आउँदा त्यो ९६ अर्बमा झरेको छ । त्यसमा पनि मोबा…

‘डिजिटल समावेशीताका लागि डिजिटल साक्षरतामा जोड दिन आवश्यक छ’

डिजिटल समावेशीताका लागि डिजिटल साक्षरता आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् ।