कीवर्डहरू -

आईएसपी

वर्ल्डलिंकको बिट द स्पीड अभियानको उपाधि जैसवाललाई, भारतमा प्रशिक्षणको अवसर

वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाल क्रिकेट संघको सहकार्यमा ‘बिट द स्पीड’ नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । 

यो २ महिना लामो रोमाञ्चक अभियान २०८१ वैशाख २१ गतेदेखि शुरू भएको थियो, जसले नेपालका १८ शहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो ।

नेपालका १८ शहरहरुबाट उत्कृष्ट ७ जना खेलाडीहरुलाई काठमाडौंमा दोस्रो चरणको प्रतिश्पर्धाका लागी ल्याइएको थियो ।

उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए।

अन्तिम चरणको प्रतिश्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ  कौशल प्रदर्शन गरेका थिए। निर्णायकहरूले खेलाडीहरुको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए ।

सो प्रतिश्पर्धामा प्रदीप जैसवालले १२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै यस प्रतियोगितामा जित हाँसिल गर्न सफल भए। सन्देश थापा र राहुल कुमार यादवले क्रमश: १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए । 

भावी सम्भावनाको पहिचान गर्दै प्रतिश्पर्धी रवि दमाईलाई ‘इमर्जिङ्ग ट्यालेन्ट’को रूपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।

वर्ल्डलिंकको यस ‘बिट द स्पीड’ अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारत स्थीत चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् । 

१२१ किमी प्रति घण्टाको गतिमा बलिङ्ग गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरुले निकै रुचाएका थिए साथै उनको बलिङ्ग एक्सनलाई धेरै दर्शकहरुले “लसिथ मलिङ्गा” सँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरेका छन् ।

वर्ल्डलिंकका मार्केटिङ प्रमुख तेन्जिन छोगेलले बिट द स्पीड अभियानले प्रतिभा पत्ता लगाउन र उनीहरूको विकासमा सघाउने बताए । 

बिट द स्पीड अभियानले केवल उदयमान क्रिकेटरहरूलाई एक महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नेपालले विश्वस्तरका तीव्र गतिको बलरहरू उत्पादन गर्न सक्ने सम्भावनालाई पनि उजागर गरेको छ । 

वर्ल्डलिंक र क्यानको उत्कृष्टता प्रवर्द्धन गर्न र खेलकुदका नयाँ नायकहरूलाई प्रेरणा दिन सदा प्रतिबद्ध रहन्छ । यो अभियानले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छ। यस संस्करणका सम्पुर्ण भिडियोहरु कम्पनिको फेसबुक तथा युट्युबमा उपलब्ध छन् ।
 

आईएसपी

आईस्पानले भन्योः सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा इन्टरनेट उ‌द्योग धराशायी हुने अवस्था आयो

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल …

निर्वाध इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकलाई नियामकको निर्देशन, कारवाहीको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले आम उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । …

नेपालमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आईस्पानको चेतावनी

इन्टरनेटहरू सेवा प्रदायकहरूले नेपालमा इन्टरनेट सेवा जुनसुकै अवरूद्ध हुन सक्ने बताएका छन् । बिहीबार इन्टरनेटहरू सेवा प्रदायकहरूक…

नौं लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।…

२०० एमबिपिएसको वार्षिक इन्टरनेट जोड्दा १३ महिना इन्टरनेट र आईपी टीभी बोनस दिदै क्लासिक टेक

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…

इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन गोरखा नेट लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको छ । 

कसरी उत्कृष्ट छ नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको ग्राहक सेवा ?

इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुन सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक से…

यस्ता छन् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाको एमआईएस (म्यानेज्ड इन्फर्मेसन सिस्टम) प्रतिवेद…

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।