आईएसपी
वर्ल्डलिंकले सरकारविरूद्ध हालेका सबै रिट खारेज, राज्यलाई करिब २ अर्ब बुझाउनुपर्ने
सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदिएको छ । हरिप्रसाद फुयाँल र डा. नहकुल सुबेदीको संयुक्त इजलासले सरकारविरूद्ध वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिएको दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ साल जेठ १० गते रोयल्टी रकम बुझाउन पत्राचार गरेको थियो । तर वर्ल्डलिंकले मर्मतसम्भार शुल्कमा कर तिर्नुपर्ने व्यवस्था नरहेको भन्दै २०७६ सालमा रिट दायर गरेको थियो ।
२०७६ सालदेखि दूरसञ्चार प्राधिकरण विरूद्ध वर्ल्डलिंकले हालेका सम्पूर्ण रिट अदालतले खारेज गरिदिएसँगै करिब २ अर्ब कर सरकारलाई तिर्नुपर्ने भएको छ ।
अब वर्ल्डलिंकसँगै अन्य इन्टरनेट सेवा प्रदायकले पनि मर्मरसम्भार शुल्कमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी तिर्नुपर्ने अवस्था देखिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मरसम्भार शुल्कमा आरटीडीएफ र रोयल्टी नतिरेको भन्दै ब्याण्डविथ आयातको शुल्क भुक्तानीका लागि आवश्यक पर्ने विदेशी मुद्रा सहटीको सुविधा एक वर्षदेखि रोकेको छ ।जसका कारण केही समय अगाडि मात्रै नेपालमा इन्टरनेट सेवा प्रभावित भएको थियो ।
आईएसपी
नौं लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट
देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।…
२०० एमबिपिएसको वार्षिक इन्टरनेट जोड्दा १३ महिना इन्टरनेट र आईपी टीभी बोनस दिदै क्लासिक टेक
देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।
…इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…
इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन गोरखा नेट लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको छ ।
…कसरी उत्कृष्ट छ नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको ग्राहक सेवा ?
इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुन सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक से…
यस्ता छन् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक
नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाको एमआईएस (म्यानेज्ड इन्फर्मेसन सिस्टम) प्रतिवेद…
८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक
गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।