समाचार
विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२
नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य लामो योगदान पुर्याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड विजय कृष्ण श्रेष्ठले पाएका हुन् ।
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लामो योगदान दिएका व्यक्ति हुन, विजय कृष्ण श्रेष्ठ । ‘आइसिटी भेट्रान’को उपनामले समेत परिचित श्रेष्ठले इलेक्ट्रोनिक्स उत्पादन कम्पनी बेल्ट्रोनिक्स कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स स्थापना गरेका थिए ।
एमबीएसम्मको अध्ययन पुरा गरेका उनी क्यान महासंघका पूर्व अध्यक्ष समेत हुन् । देश तथा विदेशका विभिन्न कम्पनीमा काम गरेका विजय नेपाल इलेक्ट्रिक भेहिकल इन्डष्ट्रीका अध्यक्ष पनि हुन् ।
विभिन्न कम्पनीमा प्रोमोटर तथा निर्देशक रहेका श्रेष्ठसँग हाइड्रोपावर, बैंकिङ, इन्स्योरेन्स, कम्प्युटर, इलेक्ट्रोनिक क्षेत्रमा काम गरेको ३९ वर्षको लामो अनुभव रहेको छ ।
समाचार
डा. वेद काफ्लेले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्लेलाई प्रदान गरिएको छ । शुक्रबार द…
वर्ल्डलिङ्कलाई नोकियाको \'होम कनेक्टिभिटी सर्भस इनोभेसन\' अवार्ड
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स …
बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो नियो बैंक
नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ…
इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले आज हुँदै, १४ विधामा अवार्ड प्रदान गरिने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको …
खल्तीबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक
‘खल्ती’ले अब प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम 'खल्ती' बाट भ…
१२ क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा दर्ता प्…
पोखरामा सम्पन्न भयो डब्लुआईआईटीको ह्याकाथन र डिजिटल साक्षरता कार्यक्रम
वुमन इन इन्फोरमेसन टेक्नोलोजी(डब्लुआइआइटी) ले पोखरामा बगभीसँग सहकार्य गरेर विभिन्न…
म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को म्याथ एण्ड फिजिक्स सोसाइटीले म्याथ्स एण्ड फिजिक्स …
शुक्रवार इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले हुदै, सार्क देशका स्र्टाटअपहरु समेत सहभागी हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको …
ह्वावे कनेक्ट २०२२ सम्पन्न, डिजिटल इकोसिस्टम विकासमा जोड
ह्वावे नेपालले मंगलबार ह्वावे कनेक्ट २०२२ आयोजना गरेको छ । आफ्नो वार्षिक औद्योगिक क…
एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिदै
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याए…
डाक्टरको नराम्रो अक्षरलाई बुझ्न एआईको विकास गर्दै गूगल
गूगलले डाक्टरको नराम्रो अक्षरलाई बुझ्नका लागि एआईको विकास गरिरहेको छ । यसले डाक्टर…
कसरी लिने टेलिकमको नयाँ सिम ? यस्तो छ प्रक्रिया
राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजि…
क्लासिक टेक पब्लिक कम्पनीमा रूपान्तरण हुँदै, आईपीओ पनि जारी गर्ने
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आईपीओ जारी गर्ने भएको छ । यसका लागि क्ला…