समाचार
नेपाल–भारतबिच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु
नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता हुनुपर्नेछ । सोअनुसार भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न सक्ने भएका हुन् ।
तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ । ‘भारतका सीमित बैंकको क्युआर मार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको छ,’ पौडेलले रातोपाटीसँग भने । यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।
त्यसपछि, नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता गरेका थिए । सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई) ले अघि बढाउने उल्लेख थियो ।
फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने बताए । उनले १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावलाई ‘इनएबल’ गर्न बाँकी रहेको बताए । यो सुरुवात भएकाले भावी दिनमा थप बैंकबाट नेपालमा क्युआर गर्न मिल्ने उनको भनाई छ ।
समाचार
नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी
नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि …
दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा
दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना …
एन्ड्रोइडमा एक्स लोडर मालवेयर फेला, प्रयोगकर्ताको संवेदनशील डेटा चोर्न सक्ने
क्रोम जस्तो देखिने मालवेयर एन्ड्रोइड एक्स लोडरले प्रयोगकर्ताहरूका लागि खतरा बन्दै गईरहेको पाइएको छ । साइबर सुरक्षा विश…
सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिइनेछः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निर…
वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सहज बनाउन सम्झौता
बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपा…
फिगर एआई: बेजोसदेखि एनभिडियासम्मको लगानीमा मानिसजस्तै रोबोट बनाउने स्टार्टअप
तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा मानव रोबोटलाई लिएर नयाँ विवाद उत्पन्न हुन लागेको छ । आजकाल टेक संसारका धेरै ठ…
काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश
काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्र…
विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द
पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याट…
अध्यागमन विभागद्वारा अनलाइनबाट ‘रुट परमिट’ जारी
अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको…
एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १ गतेदेखि ३ गतेसम्म पोखरामा हुने
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा …
एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपालमा सार्वजनिक
एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नाम…
आइएमई पेले ल्यायो स्मार्ट हेल्थ बीमा योजना, ३६५ रूपैयाँमा दुई लाख तीस हजारसम्मको बीमा सुविधा
आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ - सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वज…
सञ्चालनमा आयो ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी प्रडक्टको भरपर्दो गन्तव्य बन्ने लक्ष्य
ई-कमर्स प्लेटफर्म डिजिटल साहुजी सञ्चालनमा आएको छ । आईटी सम्बन्धि प्रडक्टहरू मात्रै डेलिभर गर्ने उद्देश्यले डिजिटल साहुजी सञ्चालनमा आ…
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पायो पूर्णता
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पूर्णता पाएको छ । उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले…
लगानी सम्मेलनमा आउन एलन मस्क, मार्क जुकरवर्ग र ज्याक मालाई पनि निम्ता
आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित सरकारले तेस्रो पटक…