कीवर्डहरू -

समाचार

भक्सक्रोको ५ औँ वार्षिकोत्सब: कल सेन्टरको प्रयायवाची बन्दै गेटडेस्क

नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी 'भक्सक्रो'ले स्थापनाको ५ वर्ष पूरा गरेको छ ।
५ वर्षको अवधिमा ८५ भन्दा बढी कम्पनी एवम् संस्थाहरूले भक्सक्रोको गेटडेस्कमार्फत सेवा लिँदै आएका छन् ।

सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको यस कम्पनीले छोटो समयमै सफलता पाएको छ । कुनै कम्पनीमा दैनिक सयौं फोनकल आइरहेको हुन्छ ।

सेवाग्राहीसँग प्रत्यक्ष जोडिने त्यस्ता कम्पनीहरूमा एकैपटक धेरै फोनकल आउँदा कहिलेकाहीँ त त्यसको व्यवस्थापन गर्न कम्पनीलाई हम्मेहम्मे पर्छ ।

यसको व्यवस्थापनका लागि कम्पनीहरूले सयौं जनशक्ति राख्ने गरेका छन् । तर फोन नउठेर वा समयमै सम्बोधन नभएको भन्ने गुनासो पनि कम्पनीहरूले उत्तिकै सुन्दै आउनुपरेको हुन्छ ।

तर पछिल्लो समय भक्सक्रोले नयाँ प्रणाली सञ्चालनमा ल्याएसँगै कम्पनीहरूको फोनकल व्यवस्थापनको झण्झट समाधान हुन थालेको छ ।

भोक्सक्रो आजभन्दा ५ वर्षअघि (सन् २०१८) सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको आवाजमा आधारित सेवा दिने कम्पनी हो ।

यस कम्पनीले गेटडेस्क नामक कल सेन्टर सफ्टवेयर सञ्चालनमा ल्याएसँगै धेरै फोनकल आउने यस्ता कम्पनीहरूको झण्झट समाधान भएको छ । अझै भनौं, कल सेन्टरको प्रयायवाची जस्तै बनेको छ भक्सक्रोको गेटडेस्क।

कल सेन्टर व्यवस्थापनका लागि ‘गेटडेस्क’ प्रविधि अपनाउने कम्पनी तथा कर्पोरेट हाउसहरूको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।

धेरै फोन कल व्यवस्थापनको झन्झटलाई यसको प्रयोगमार्फत विभिन्न कम्पनी तथा संस्थाहरूले सरलिकृत गर्दै गइरहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशान्त राई का अनुसार पछिल्लो समय फोनपे, बुद्ध एयर, नर्भिक अस्पताल, तिलगंगा आँखा केन्द्र, केयर नेपाल, फूडमान्डु, भोज, एरामेक्स, गरिमा विकास बैङ्क, शाङ्ग्रिला विकास बैङ्क, मोको वालेट, सिटी एक्सप्रेस, सिप्रदी, सिजी होल्डींग, बिज बजार, पठाओ नेपालका साथै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग लगायत ८५ भन्दा बढी कम्पनी एवम् संस्थाहरूले भक्सक्रोको गेटडेस्कमार्फत ग्राहक सेवा केन्द्र व्यवस्थापनको सेवा लिँदै आएका छन् ।

गेटडेस्कको प्रयोगले व्यक्तिगत गोपनियताको संरक्षण गर्न सकिने कम्पनीको दाबी छ।

कसरी लिने सेवा ?

कम्पनीका अनुसार, दिनमा सय वा सो भन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ ।

कम्पनीले त्यस्ता कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ४० हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ ।

हाल गेटडेस्कलाई आधारभूत र ब्यबसायिक संस्करण मा वर्गीकृत गरि उपलब्ध गराईएको छ। कम्पनीका अनुसार, सेटअप पछि प्रति प्रयोगकर्ता मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने छ ।

छोटो समयमै आर्जित विश्वसनीयता

कम्पनीले अहिले आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव मनाउँदै छ । सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको यस कम्पनीले छोटो समयमै सफलता पाएको छ ।

जसको एक उदाहरण हो, कल व्यवस्थापनका लागि ५ बर्ष अघि पहिलो ग्राहकका रुपमा जोडिएको फूडमान्डु आजसम्म पनि निरन्तररुपमा भोक्सक्रो बाटै ढुक्क भई सेवा लिन जारी राख्नु।

अहिले धेरै कम्पनीहरूको ग्राहक सेवा केन्द्र व्यवस्थापनको जिम्मा भक्सक्रोले लिँदै आइरहेको छ। ग्राहक सेवा केन्द्र ब्यबस्थापनलाई बदल्दै नेपालमा फोन कललाई व्यवस्थित बनाउन कम्पनीको भूमिका अतुलनीय रहेको कम्पनीको दाबी छ।


समाचार

बाइडुले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने

चीनको सबैभन्दा ठूलो सर्च इन्जिनले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने भएको …

ठमेलको गार्डेन अफ ड्रिम्समा एनएमबि बैंकको नयाँ एटिएम

एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटि…

वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्दा १० रूपैयाँ शुल्क

वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्दा १० रूपैयाँ शुल्क लाग्ने भएको छ ।

आगामी असारसम्म वालेट र क्युआरमा अन्तरआवद्धता कायम गर्न राष्ट्र बैंकको निर्देशन

एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्नसक्ने गरी विद्युतीय वालेटमा अन्तरआवद्धता …

विद्युतीय भुक्तानी सेवाको मर्मत सम्भार राती १० बजेदेखि बिहान ६ बजेसम्म गर्नुपर्ने

विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरू मर्मत सम्भार, स्तरवृद्धि वा अन्य विशेष कारणवस अस्थाय…

भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले एपबाट पनि ग्राहकको गुनासो दर्ता गर्न मिल्ने व्यवस्था गर्नुपर्ने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धि कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूले मोबाइल एपब…

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा अब १५ रूपैयाँसम्म शुल्क लाग्ने

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा अब १५ रूपैयाँसम्म शुल्क लाग्ने भएको छ  । भुक्ता…

अब विदेशबाटै वालेटमा रेमिट्यान्स पठाउन सकिने 

भुक्तानी सेवा प्रदायकले अब रेमिट्यान्स (विप्रेषण) कम्पनीसँग सम्झौता गरेर वालेटमै रिम…

आईस्पानको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पराजुली चयन 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले २२ औ साधारण सभा सम्पन्न भएको छ । माघ …

क्रोमको इन्कोग्नीटो मोडलाई सुरक्षित बनाउन बायोमेट्रिक फिचर थप

क्रोमले इन्कोग्नीटो मोडमा वेबसाईट ब्राउज गर्दा थप सुरक्षा फिचर जोड्ने भएको छ । यसका …

संसारमै पहिलो पटक २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २…

रजन जयन्तीको अवसरमा फुटसल गर्दै दूरसञ्चार प्राधिकरण, सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा हुने 

नेपाल दूरसञ्चार प्राधिकरणले २५ औं वार्षिकोत्सव ‘रजत जयन्ती’ को अवसरमा ‘नेपाल दूरसञ्…

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राई

नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ…

मेन्टरल्याब र लिडस्क्वार्डबिच रणनीतिक सहकार्य

मेन्टरल्याब र लिडस्क्वार्डबीच रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । गुणस्तरीय तथा…

एमबीएको परीक्षामा च्याट जीपीटी पास

च्याट जीपीटीले वार्टन प्रोफेसरले बनाएको एमबीएको परीक्षा पास गरेको छ । यो अन्वेषण प…