समाचार
‘इलेकट्रोनिक लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई जानकारी
यातायात व्यवस्था विभागको ‘इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइएको छ।
प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले प्रधानमन्त्रीलाई भेटगरेर ‘इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन बुझाउँदै विभागको प्राविधिक अवस्थाबारे जानकारी गराएको हो।
प्रतिवेदनमा तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीनरूपमा गर्नुपर्ने प्राविधिक सुधारका विषयमा सुझाव दिइएको छ। प्रतिवेदन बुझेसँगै प्रधानमन्त्री दाहालले प्राप्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने उल्लेख गर्दै प्रणालीमा देखिएका समस्या समाधान गरी जनतालाई सहज सेवा उपलब्ध गराउन निर्देशन दिए ।
यातायात व्यवस्था कार्यालयबाट सञ्चालित सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा ठुलो सङ्ख्यामा नक्कली लाइसेन्स जारी भएको घटनामा त्यहाँ प्रयोगमा रहेको प्राविधिक प्रणालीमा देखिएको समस्या रहेको उल्लेख गरिएको सन्दर्भमा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सूचना प्रविधि विभागद्वारा सो प्राविधिक प्रणालीको परीक्षण सम्पन्न गरिएको हो।
सरकारले ‘मेक इन नेपाल, मेड इन नेपाल’को अवधारणालाई कार्यान्वयनमा ल्याउन २० प्रतिशत महँगो भए पनि स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने प्रावधान रहेको र सूचना प्रविधिमा देशलाई आत्मनिर्भर बनाउँदै ‘आइसिटी’ परियोजनामा स्थानीय सहभागीलाई प्रोत्साहित गर्न समेत प्राविधिक परीक्षणलाई अगाडि बढाइएको हो।
सार्वजनिक निकायको सूचना प्रविधि प्रणालीमा बारम्बार समस्या आउँदा सेवा प्रवाहमा कठिनाइ भएकाले समिति नै बनाएर अध्ययन गरिएको समितिका संयोजक एवं सूचना तथा प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताए । उनका अनुसार हाललाई यातायात व्यवस्था विभागको अध्ययन गरिएको र आगामी दिनमा सार्वजनिक निकायमा जहाँ समस्या आउँछ त्यहाँ प्राविधिक परीक्षण गरिनेछ।
प्रधानमन्त्री कार्यालयले गत माघ १० गते सरकारका विभिन्न निकायमा रहेको सूचना प्रविधि प्रणालीको प्राविधिक परीक्षण गर्न १३ सदस्यीय समिति गठन गरेको थियो।
समितिमा सूचना प्रविधि विभागका महानिर्देशक, प्रधानमन्त्री कार्यालयका सहसचिव विपिन आचार्य, सूचना प्रविधि निर्देशक मनिष भट्टराई, प्रधानमन्त्रीका स्वकीय सूचना प्रविधिविज्ञ प्रकाश रायमाझी, सूचना प्रविधि विभागका निर्देशकसहित विज्ञ सहभागी थिए ।
हाल नेपालको सूचना प्रविधि क्षेत्रले भोगिरहेका विविध समस्या र यसका पछाडिका कारणको अध्ययन गर्न प्रधानमन्त्री कार्यालयले प्राविधिक परीक्षण समिति बनाएको र सो समितिले तयार पारेको यातायात व्यवस्था विभागको प्राविधिक परीक्षण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सूचना प्रविधि विज्ञ रायमाझीले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष २०६९/७० देखि २०७९/८० सम्मको दश वर्षीय अवधिमा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा विनियोजित बजेट र भएको खर्चको विश्लेषणबाट उक्त क्षेत्रमा अनावश्यक एवं गैरमितव्ययी खर्च भएको र यसले राज्यमाथि ठुलो आर्थिक भार पारेको तथ्य उजागर भएको उनको दाबी छ।
सरकारी बजेटबाट खरिद र निर्माण गरिएका डिजिटल प्रणाली र तिनीहरूबाट प्रवाह हुने सेवा-सुविधामा निरन्तर समस्या देखापर्ने, जसले गर्दा सेवा वितरणमा नै बाधा पुग्ने गरेको साथै, प्रणालीहरूबिच पर्याप्त अन्तरआबद्धता नभएका कारण नागरिकले प्रत्येक निकायमा एउटै विवरण पटक-पटक उपलब्ध गराउनुपर्ने बाध्यता रहेको बताउँदै यी प्रणालीगत त्रुटिहरूका कारण सरकारको कार्यसम्पादन र सुशासनमाथि नै प्रश्न उठ्ने गरेको हुँदा सार्वजनिक सेवा प्रदायक निकायहरूमा प्राविधिक परीक्षण गर्नुपर्ने आवश्यकता महसुस गरिएको उनले बताए ।
समाचार
सरकारद्वारा एनसेल सम्मानितः पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि कदर
नेपाल सरकारले एनसेललाई पूर्व सुचना प्रणाली (Early warning system) मा पुर्याएको योगदानका लागि सम्मान गरको छ । बिहीबार काठमाड…
कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा डिजिटल साक्षरता तालिम सम्पन्न
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न …
आजकै दिन १८ वर्षअघि गरिएको थियो विश्वकै पहिलो ट्वीट
मार्च २२ सामाजिक सञ्जाल प्लेटफर्महरूको लागि धेरै विशेष दिन हो । ठीक १८ वर्षअघि आजकै दिन पहिलो ट्विट गरिएको थियो ।
आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो
एनसेलले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सा…
एलन मस्कको न्यूरालिंक ब्रेन चिप प्रयोग गरेर पक्षाघात भएका मानिसले खेले भिडियो गेम
एलन मस्कको कम्पनी न्युरालिङ्कले सफलताको कीर्तिमान कायम गरेको छ । न्युरालिंकले एउटा भिडियो सेयर गरेको छ, जसमा एक व्यक्तिले खेल ख…
पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्न सक्ने अवस्था छः अर्थमन्त्री वर्षमान पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् ।
च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी ५ सार्वजनिक हुने
ओपनएआईले आफ्नो च्याटटूल च्याटजीपीटीको पाँचौं संस्करण जीपीटी–५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
पाठक र पुस्तक बिक्रेतालाई जोड्दै डिजिटल प्लेटफर्म ‘पुस्तक सेवा’
ई-टुटर क्लासले ‘पुस्तक सेवा’ नामक प्लेटफर्म सार्वजनिक गरेको छ । विगत ५ वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको ई-टुटर…
वान प्वाइन्ट फाइनान्सियलले आईएमई लिमिटेडलाई रेमिट स्विच उपलब्ध गराउने
आईएमई र बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल…
स्प्यारो एसएमएसले मनायो १४ औं वार्षिकोत्सव, प्रतिवर्ष आदान प्रदान हुन्छन् २० करोड एसएमएस
एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले १४ औं वार्षिकोत्सव मनाएको छ । विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै आएको स्प्यारो एसएम…
चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा र…
एन बैंक एपबाट स्काइवाक टावरको टिकट काट्दा १० प्रतिशत छुट
नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयम…
कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण
कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ …
मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सीसीटीभी र गोप्रो क्यामेरा सहयोग
मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो…
सरकारले ‘गिग’ अर्थतन्त्रमा युवालाई आवद्ध हुन प्रोत्साहित गर्ने, स्टार्टअप कोष स्थापना हुने
सरकारले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ ।
सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक द…