कीवर्डहरू -

समाचार

न्युज पोर्टल डिजाइनको तालिम दिदै ई-कमर्श साथी

वेबसाइट तथा सफ्टवेयर डिजाइनमा काम गरिरहेको इकमर्श साथी प्रालिले न्युज पोर्टल डिजाइनको तालिम दिने भएको छ । न्युज पोर्टल वेबसाइट डिजाइनको १५ दिने आधारभूत तालिम दिने भएको हो । 

तालिममा न्युज पोर्टल वेबसाइट डिजाइनको आधारभूत ज्ञानका साथै समाचार लेखनसम्बन्धी आधारभूत ज्ञान, समाचार प्रकाशनको तरिका, विज्ञापन डिजाइन, न्युज पोर्टलको सुरक्षा, अनलाइन पत्रकारिताका कानुनी पक्षलगायतको बारेमा आवश्यक सीप विकास गराइने इकमर्श साथी प्रालिका सञ्चालक विजय कुमालले जानकारी दिए । 

कुमालका अनुसार १५ दिने तालिम चैत २९ गतेदेखि अनलाइनमार्फत सञ्चालन हुनेछ । दैनिक बेलुकी ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने सःशुल्क तालिममा अनुभवी पत्रकारहरुबाट आधारभूत समाचार लेखन तालिम प्रदान गरिनेछ भने सञ्चार माध्यम दर्ताको कानुनी प्रक्रियाका बारेमा पनि जानकारी र सहजीकरण गराइनेछ ।

तालिममा सहभागी हुनका लागि यहाँ क्लिक गरी फाराम भर्न सक्नु हुनेछ । तालिमको शुल्क ५२ सय रूपैयाँ तोकिएको छ । 
 

समाचार

एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ ।…

विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा …

६ वर्ष अघि सार्वजनिक भएको गूगलको पोडकास्ट सेवा बन्द हुँदै

अप्रिल २०२४ को शुरुवात संगै, गूगलले आफ्नो सेवाहरु मध्ये पोडकास्ट सेवा बन्द गर्न गइरहेको छ । अप्रिल २ पछि गूगल पोडकास्ट्स&nb…

विद्युतीय व्यापार विधेयक प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको छः सांसद पौडेल

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले विद्युतीय व्यापार विधेयक २०८० कानुन बुझेको तर प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको जस्…

एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै, १६ देशका टेक लिडर आउने

वैशाख ८ गते अर्थात अप्रिल २० मा नेपालमै पहिलो पटक एशिया प्यासिफिक आईसीटी अलायन्स (एपीआईसीटीए) बैठक बस्ने भएको छ ।

नेपाल एशोशिएसन फर सफ्टवेयर ए…

एचआर मिट २०२४ मा एनसेल दुई अवार्डबाट सम्मानित

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स…

राजस्व छलीको आरोपमा कोटिभिटी नेपाल विरूद्ध ५ अर्ब १८ करोड बढीको बिगो कायम गर्दै मुद्दा दायर

राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल विरूद्ध राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको छ ।&nb…

ट्रुकलरमा नयाँ एआई फिचर, स्प्याम कल रोक्न थप सहज हुुने

ट्रुुकलरले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित म्याक्स फिचर ल्याएको छ । नयाँ एआई फिचरले स्वचालित रूपमा सबै स्प्याम…

नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण

काठमाडौं विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता प्राप्त गरेको छ । आईतबार काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पा…

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी …

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

छोटो भिडियोको बजार दिनानुदिन बढिरहेको छ । रोजगार खोज्न सघाउने प्लेटफर्म लिंक्डइन शर्ट भिडियो बजारमा प्रवेश गर्ने भएक…

पर्सामा अब वडा कार्यालयले नागरिकता सम्बन्धित विवरण प्रविष्ट गर्न सक्ने

जिल्ला प्रशासन कार्यालय पर्साले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ। सङ्घीय सरकारको नीतिअनुसा…

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा …

रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै

बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।