समाचार
यी कारणले गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गर्दै छन् कर्मचारी कटौती
विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा हजारौं कर्मचारीहरूलाई कम्पनीबाट बाहिर निष्कासित गरिरहेका छन् । आर्थिक समस्या र व्यवसायलाई व्यवस्थित बनाउन रोजगारी कटौती गरिरहेको कम्पनीहरुको भनाइ छ ।
यी कम्पनीहरूमा डाउनसाइजिङ वा लेअफहरू हुनुको मुख्य कारण सबैले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा धेरै लगानी गरिरहेकोलाई मान्न सक्छन् । यसरी टेक कम्पनीहरुको एआईमा किन धेरै भरपर्दै छन् र यसको लगानीमा लाखौँको खर्च किन गरिरहेका छन् भन्नेबारे आज हामी छलफल गर्नेछौँ । यो लेख दोस्रो त्रैमासिकमा सबै कम्पनीले गरेको आम्दानीको आधारमा रहेर लेखिएको हो ।
गुगल -सुन्दर पिचाई
अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाईले गूगलको यस त्रैमासिकमा भएको आम्दानीको बारेमा कुरा गर्दा कम्पनीले आफ्नो एआई योजनाहरूमा राम्रो प्रगति गरिरहेको बताए । पिचाईले खोज सुधार गर्न जेनेरेटिभ एआई समावेश गर्न जारी राख्ने समेत खुलाएका छन् ।
उनले थप कम्पनीले विज्ञापनको रूपान्तरण दर सुधार गर्न र एआई मोडेलमा जाने विषाक्त पाठको मात्रा कम गर्न एआई प्रयोग गरिरहेको बताएका छन् । हालै, कम्पनीले माइक्रोसफ्ट र च्याटजीपीटी–निर्माता ओपनएआई जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गुगल ब्रेन र डीपमाइन्डलाई मर्ज गरी गुगल डीपमाइन्ड बनाएको छ ।
माइक्रोसफ्ट(बिंग सत्य नडेला)
माइक्रोसफ्टले ओपनएआईमा ठूलो लगानी गरेको छ । कम्पनीले जीपीटी टेक्नोलोजी आफ्नो बिंग सर्च इन्जिन र अफिस सुइटमा प्रयोग गरिरहेको छ । सीईओ सत्य नडेलाका अनुसार एआईले कम्पनीको राजस्व वृद्धिलाई ड्राइभ गर्नेछ । माइक्रोसफ्टले च्याटबट थपेपछि बिङको डाउनलोड चार गुणा बढेको उनले बताएका छन् ।
माइक्रोसफ्टले बिंग एकीकरणमार्फत २०० मिलियनभन्दा बढी इमेजहरूसमेत उत्पन्न गरेको छ । नाडेलाले एआईलाई शक्ति दिन आवश्यक पर्ने ठूला डाटा सेन्टरहरू निर्माण गर्न ठूलो मात्रामा पुँजी आवश्यक पर्ने बताए । उनल हामी हाम्रो क्लाउड पूर्वाधारमा लगानी गर्न जारी राख्नेछौ र त्यसमा पनि विशेष गरी एआई सम्बन्धित खर्च कम्पनीले गरिनै रहने विषयमा जोड दिएका छन् ।
अमेजन-एन्डी जसी
अमेजनका सीईओ एन्डी जसीले पनि एआईमा लगानी गर्ने बारेमा रुची देखाएका छन् । कम्पनीको जेनेरेटिभ एआई योजनाहरूमा सोधिएको प्रश्नको जवाफ दिँदै, कम्पनीले एलएलएमको निर्माण गर्दै गरेको र मेसिन लर्निंगको लागि डाटा सेन्टर चिपहरू डिजाइन गरिरहेको बताएका छन् ।
जेसीले एलएलएमले एलेक्सालाई विश्वको उत्कृष्ट व्यक्तिगत सहायक बन्ने सम्भावनालाई गति दिइरहेको कुरामा पनि विश्वस्त रहेको बताएक छन् । उनले एआई मोडललाई तालिम दिन अर्बौं खर्च हुने बताए । एआइमा लगानी गर्न अरु कम्पनीको तुलनामा एआइ कतैबाट पनि पछि नहुने जसीको ठहर छ ।
मेटा - मार्क जुकरबर्ग
मेटाका सीईओ मार्क जुकरबर्गले मेटाभर्स प्रोजेक्टमा घाटा भए पनि कम्पनीले यसमा काम गरिरहने भन्ने विषयमा जोड दिएका छन् । कम्पनीले फेसबुकको समाचार फिड वा विज्ञापन प्रणाली जस्ता उत्पादनहरू पावर गर्न एआइ र मेसिन लर्निङ प्रविधिहरूमा काम गरिरहेको समेत जुकरबर्गले खुलाएका छन् ।
जुकरबर्गले सन् २०२३ एकदमै अचम्मको वर्ष रहेको र अहिले भइरहेको कामले आगामी दिनमा प्रत्येक एप र सेवाहरूलाई प्रभाव पार्ने जानकारी दिएका छन् । कम्पनीले ह्वाट्सएप र फेसबुक मेसेन्जरमा च्याट एक्सपेरियेन्स, र फेसबुक र इन्स्टाग्राममा पोष्टहरूका लागि इमेज सिर्जना गर्ने उपकरणहरू सहित प्रविधिको उपयोगमा ध्यान केन्द्रित गर्ने लक्ष्य राखेको छ ।
(एजेन्सीहरुको सहयोगमा)
समाचार
एवान होस्टको एनिभर्सरी अफर, वेब होस्टिङ खरिदमा ६० प्रतिशत छुट
अनलिमिटेड वेव होस्टिङ सर्भिस दिदै आइरहेको नयाँ वेब होस्टिङ कम्पनी ए वान वेब होस्टि…
एआईमा काम गर्ने चिप सार्वजनिक गर्दै इन्टेल
प्राविधिक कम्पनी इन्टेलले एआईमा आधारित चिप सार्वजनिक गर्ने भएको छ । इन्टेलले आर्टिफि…
स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिनु अगाडि बुझाउनु पर्ने बक्यौता कम्पनीको दायित्व हुने
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रण लिनु अगाडि संस्था वा व्यक्तिला…
मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई ड्राइभिङ लाइसेन्सको परीक्षा अनुमति
सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्य…
यार्सा टेक डिजिटल गण्डकी संवाद सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे वृहत छलफल
पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे सम्पन्न भएको छ । आइस…
आईओएस १६.६ र आइप्याड ओएस १६.६ बेटा सफ्टवेयर अपडेट सार्वजनिक
एप्पलको वार्षिक कार्यक्रम (वल्र्डवाइड डेभलपर कन्फेरेन्स २०२३) आउन धेरै समय बाँकी छैन् …
इन्टरनेटको मूल्य नबढाउन प्रदीप पौडेलले गराए सरकारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरेका छन्…
प्रतिनिधि सभामा पनि लागु हुँदै विद्युतीय हाजिरी, फिंगरप्रिन्ट र फेसको नमुना लिन सुरू
संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि विद्युतीय हाजिरी लागू गर्ने…
प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई…
बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न
नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आ…
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै, डिजिटल क्षमता बारे संवाद हुने
सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ…
सूचना प्रविधिमा आधारित कुन-कुन क्षेत्रहरु समेटिए ? (सूचीसहित)
काठमाडौं। सरकारले सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा स्मार्ट तरि…
बिगमार्टमा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट
आइएमई पेले बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।
अत्याधुनिक प्रविधि उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाइने
सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्नअत्याधुनीक प्रविध…
बैंक खाता खोल्न, सवारी लाइसेन्स र प्यान लिन अब राष्ट्रिय परिचय पत्र नम्बर चाहिने
सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ ।