कीवर्डहरू -

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको ‘एक्स्पर्ट लर्निङ सिरिज’

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको ‘एक्स्पर्ट लर्निङ सिरिज’

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा 'एक्स्पर्ट लर्निङ सिरिज' कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सेक्युरिटीपालको विजनेस डेभलपमेन्ट पार्टनरशीपका उपाध्यक्ष रुथ राफालोभिचले सेक्युरिटीपालले नेपालमा कसरी सेवा प्रवाह गर्दै आइरहेको छ भन्नेबारे एमच्याम सदस्यहरूलाई जानकारी दिएकी थिइन् । 

अमेरिकाबाट सुरू भएको सेक्युरिटीपाल नेपाली मूलका अमेरिकी उद्यमी पुकारचन्द्र हमालले स्थापना गरेको साइबर सुरक्षा कम्पनी हो । अमेरिकाको सिलिकन भ्यालीको साइबर सुरक्षा कम्पनी 'सेक्युरिटीपाल' को कार्यालय नेपालमा २०७९ फागुनदेखि सञ्चालनमा रहेको छ । 

सेक्युरिटीपालले व्यापारको शिलशिलामा फरक दुई कम्पनी बीच सेवा आदानप्रदान हुँदा संवेदनशील डाटा कसरी सुरक्षित गर्ने भन्नेबारे सुरक्षा एवम् समीक्षा सुरक्षा जटिलताको सामना गर्न मद्दत गर्ने हमालले बताए ।

साथै सेक्युरिटीपालले विद्यालयहरूमा लगानी गर्ने र त्यहाँ अध्ययन गरेका विद्यार्थीलाई भविष्यमा सेक्युरिटीपालमै रोजगारी दिन सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावास प्रतिनिधि लाउरा सिमकिस र केट केटजर हड्सन समेत सहभागी भएका थिए । 

कार्यक्रममा अन्तर्क्रियाका लागि निम्त्याइएका अतिथि टिम दयाका संस्थापक जे सियर्सले अमेरिकाबाट नेपालको कञ्चनपुरमा विद्यालय स्थापना गर्न आउँदा सेक्युरिटीपालले गरेको सहयोग स्मरण गरे । 

कञ्चनपुरमा विद्यालय बनाउँदा विभिन्न कम्पनीका संस्थापक र कुटनीतिक नियोगका अधिकारीहरूलाई समेत भोलिन्टियरको रुपमा सहभागी भएको बताए । सो विद्यालय बनाउँदा एकदमै खुशी भएको सुनाए । उनले २१ वर्षको उमेरमा नेपालमा एक सेमेष्टर अध्ययन गर्न आउँदादेखि सोचेको सपना पूरा गर्न पाएको उल्लेख गरे ।  

कार्यक्रममा एमच्याम नेपालका तर्फबाट आकाश गोल्छा, मनिश थापा, स्नेह राजभण्डारी, अमिर राज थापा लगायत ५० जना सहभागी थिए । 

एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दा बढी व्यवसायिक सँस्था आवद्ध भइसकेका छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ ।

यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नु भएको संस्थाले जनाएको छ ।