समाचार
आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई कसरी गर्ने भोटिङ ? यस्तो छ तरिका
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो ।
यसअघि कार्तिक २६ गते तिनै विधाका उतकृष्ट १२ प्रतिस्प्रधीले १२ जना जुरी समक्ष प्रिजेन्टेशन र स्पिड डेटिङ सेसनमा प्रस्तुती दिएका थिए ।
स्र्टाअप आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरु क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मा पर्न सफल उत्कृष्ट ५ प्रडक्टहरुमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन ।
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा पर्न सफल ५ इन्नोभेसनहरुमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ्ग रहेको आयोजकले जानकारी दिएको छ ।
यस प्रतिस्प्रधाको पिचिङ तथा ग्राण्ड जुरी सेससनलाई यस वर्ष कान्तिपुर टेलिभिजनमा प्रशारण गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्प्रधीले आइएमइ पे र स्पारो एसएमएस मार्फत पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । उक्त विधामा जुरीको छनौट, पब्लिक भोटिङ, डेमो र कम्पनीको अवलोकनको आधारमा सर्वोत्कृष्ट छनौट गरिने आयोजक समिति सदस्य शुसिल पोखरेलले जानकारी दिए ।
उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभसनहरुको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ । पल्लिक भोटिङ मसिंर ९ गते शुक्रवारदेखि मसिंर २९ गतेसम्म सञ्चालन हुने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।
यस्तै पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरुमा छनौट प्रकृया जारी रहेको छ ।
यसैगरी निजी र सरकारी शैक्षिक सस्थालाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड, सरकारी सस्थालाई डिजिटल गर्भनेन्स आइसिटी अवार्ड र कर्पोरेट क्षेत्रको लागि डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरुमा पनि समावेश छन् ।
१३ विधामा प्रदा नगरिने आइसिटी अवार्ड २०२२ को लागि ३ महिनादेखि विभिन्न चरणका छनौट प्रकृयाहरु जारी छन । गत कार्तिक १८ र १९ गते सयबढि स्टार्टअपहरुको संलग्नतामा स्टार्टअप फेस्ट पनि आयोजना भएको थियो ।
यस वर्ष दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को पनि घोषणा गरिएको छ । यस विधामा ७ वटादेशहरुबाट ५० बढिको नोमिनेशन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । विभिन्न देशका विज्ञहरुको संलग्नतामा यस विधाको विजेताको लागि छनौट प्रकृया सञ्चालन भइरहेको जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । उत्कृष्ट ५ साउथ एसियन स्टार्टअपहरु ग्राण्ड फिनालेको लागि नेपाल आउनेछन ।
लिभिङ विथ आइसिटीले आयोजना गरेको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ एन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआरको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यो कार्यक्रम विभिन्न टेलिभिजन, अनलाइन र एपहरु मर्फत प्रत्यक्ष प्रशारण हुने जनाइएको छ ।
आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स सह–प्रायोजकमा नेपाल टेलिकम र जेनेस, पावर्ड बाई प्रायोजकमा ह्वावे र स्मार्ट क्युआर, क्याटेगोरी स्पोन्समा एनसेल, ई–कमर्स पार्टनर दराज, पेमेन्ट पार्टनर आईएमई पे, इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेस स्कुल, सपोर्टिङ पार्टनर माइक्रोसफ्ट छन् ।
कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल उद्योग वाणिज्य महासंघको सहयोग तथा सहकार्य रहेको छ । यसका साथै अवार्डको इन्स्योरेन्स पार्टनर आईएमई जनरल इन्स्योरेन्स, डाटा सेन्टर एण्ड क्लाउड पार्टनर सिल्भर लाइनिङ, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, एडटेक पार्टनर वेद, इन्क्युबेसन पार्टनर किंग्स कलेज, गेमिङ पार्टनर यार्सा ल्याब्स, सपोर्टिङ पार्टनर फ्युज मसिन लगायतको सहकार्य रहेको छ ।
कसरी गर्ने पब्लिक भोटिङ ?
स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ विधाका उत्कृष्ट ५ लाई आइएमइ पे र स्प्यारो एसएमएस मार्फत भोटिङ गर्न सकिनेछ । यी ४ विधामा भोट गर्न प्रत्येक दिन एउटा आइडीबाट एक विधामा एउटा प्रतिस्प्रधीलाई मात्र भोट गर्न सकिनेछ ।
३ वटै विधाका उत्कृष्ट १२ प्रतिस्प्रधीहरुलाई पल्लिक च्वाइस आइसिटी अवार्ड २०२२ विधामा भोट गर्न सकिनेछ । यस विधामा जतिपनि भोट गर्न पाइने व्यवस्था रहेको छ । यस विधाको लागि गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिनेछ ।
भोट गर्नको लागि सुरूमा आइएमइ एप डाउनलोड गर्नुहोस् । त्यसपछि आफ्नो अकाउन्ट लग इन गरी (नयाँ प्रयोगकर्ताले नयाँ अकाउन्ट बनाउनु पर्नेछ) इन्टरटेन्मेन्ट अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि भोटिङ भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् । अनि विधा छनोट गर्नुहोस् र भोट नाउमा क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ ।
यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार ICT टाइप गरी भोटिङ कोड लेखेर 35001 मा पठाउनुपर्नेछ ।
भोटिङ कोड र विस्तृत जानकारीको लागि आधिकारिक वेबसाइट www.ictaward.org बाट जानकारी लिन सकिने आयोजकले जनाएको छ ।
समाचार
फ्युजमेसिन्स र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता, एआई शिक्षा सुधारमा सहकार्य गर्ने
फ्युजमेसिन्सले काठमाडौँ विश्वविद्यालयसँग एआई शिक्षाका सुधारका लागि सम्झौता गरेको छ …
मेरो किरानाबाट सामान खरिद गर्दा आईएमई पेमार्फत पैसा तिरे १५ प्रतिशत छुट पाइने
आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै मेरो किरानाबा…
यस वर्ष पनि पुल्चोक क्याम्पसमा हल्ट प्राइज आयोजना हुँदै
पुलचोक क्याम्पसमा यस वर्ष पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीको नोबेल पु…
इसेवाको टोल फ्री नम्बरमा समस्या, सामाजिक सञ्जालबाट सम्पर्क गर्न सकिने
डिजिटल वालेट सेवा प्रदायक कम्पनी ईसेवाको टोल फ्री नम्बरमा समस्या देखिएको छ ।
यी ठाउँमा उपलब्ध छन् भिभोका सर्भिस सेन्टर
भिभोले देशभरका एक हजारभन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा से…
साओमीको टिभी खरिद गर्दा स्मार्ट एयर फ्रायरदेखि ईलेक्ट्रिक टुथब्रशसम्म जित्ने मौका
नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्…
सीजी टेलिभिजन खरिद गर्दा ५० हजारसम्म क्यासब्याकको अफर
इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वर्ल्डलिंक २०२२ को उपलक्ष्यमा आफ्ना …
सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रूपमा नेपाल टेलिकम सम्मानित
आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी आयकर दा…
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर बन्द
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको क…
आइसिटी अवार्डको ग्राण्ड फिनाले र छनौट प्रकृयाका सेसन अब कान्तिपुर टिभीमा हेर्न पाइने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि …
बिग डिजिटलबाट टिभी किन्दा आईएमई पेमार्फत स्मार्ट क्युआर स्क्यान भुक्तानीमा १ हजार छुट
आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्वकप फ…
माइक्रोसफ्टको भर्चुअल किबोर्ड स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने
माइक्रोसफ्टको भर्चुअल किबोर्ड एप स्वीफ्ट की आईओएसमा फेरि पनि सार्वजनिक हुने भएको छ ।…
एनसेलको नयाँ प्रिपेड प्लान सार्वजनिक, यस्ता छन् सुविधा
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहक…
दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम, सचेत रहन कम्पनीको आग्रह
दराजले पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै ह्वाट्सएपमा म्यासेज आए सचेत हुन आग्रह …
निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै यतिबेला देशभर मतगणन…