समाचार
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान
वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक महिलाहरूलाई सम्मान गरेको छ ।
फागुन २४ गते होटल हायात प्लेसमा आयोजना भएको कार्यक्रममा आइसिटी क्षेत्रमा योगदान गर्ने १०१ महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गरेकी थिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा अतिथिको रुपमा सांसद सुमना श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट, यूएन वुमनकी अन्जना वैद्य, आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रविधिबाट कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि सञ्चालन भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूको महिला सशक्तिकरणमा विशेष जोड दिएका थिए ।
‘कि-नोट’ वक्ताको रुपमा रहनुभएको प्रतिनिधि सभाकी सांसद सुमना श्रेष्ठ महिलालाई सशक्तिकरण गर्नुपर्ने बताइन् । कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्व कार्यक्रम संयोजक एलिसा राज भण्डारीले आईसीटीमा लैङ्गिक समानता प्रवर्द्धन गर्न विश्वव्यापी पहलहरूको बारेमा प्रस्तुती दिएकी थिइन् ।
यस्तै नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयकी निर्देशक मिनु प्रधानले फाइभजी प्रविधि र त्यसको प्रभावले स्मार्ट शहर, स्मार्ट समुदाय, स्मार्ट परिवार जस्ता स्मार्ट समाजको विकासमा फाइभीले ल्याउने लैंगिक समानताको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री शर्माले महिला श्रमिक दिवस सङघर्ष, एकता र विजयको प्रतिक भएको बताइन् । प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार नभएको बताउँदै उनले प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्थामा जोड दिइन् ।
कार्यक्रममा विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्टले नेपालमा डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छुट्याउनु नसकिएको बताउँदै उनले ‘इन्नोभेसन र प्रविधिले लैंगिक समानता कायम गर्न सक्ने विचार व्यक्त गरे ।
त्यस्तै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐनमै तोकेर बोर्ड सदस्यमा एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए ।
वुमन इन इन्फरमेसन टेक्नोलोजी अर्थात सूचना प्रविधिमा महिला (डब्लुआइआइटी) को आयोजनामा हुने उक्त कार्यक्रमलाई नेपाल टेलिकम इन एसोसिएसन विथ र लिभिङ विथ आइसिटी सहयोगी संस्थाको रुपमा सहकार्य गरेको थियो ।
डब्लुआईआईटी आइसिटी क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता र उनीहरुलाई थप प्रोत्साहनको लागि स्थापना गरिएको गैरसरकारी संस्था हो । संस्थाले महिलाहरुका लागि विभिन्न वर्कशप, सेमिनार, ह्याकाथन, वार्षिक प्रकाशन, नेटवर्किङ कार्यक्रम, डिजिटल साक्षरता सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
संस्थाले काठमाडौं बाहिर पनि पोखरा र अन्य क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्रास्ट्रिय संस्थाहरुको सहकार्यमा सूचना प्रविधिको क्षेत्रमा महिलाको उपस्थितिलाई गर्विलो बनाउने प्रयास गरिरहेको छ ।
समाचार
चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने
चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने भएको छ…
डिजिटल डिभाइड कम गर्न दूरसञ्चार प्राधिकरणले डिभाइस वितरण गर्ने
डिजिटल डिभाइड कम गर्न नेपाल दूरसञ्चार प्राधिकरणले डिभाइस उपलब्ध गराउने भएको छ । ब…
नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डमा अब एक जना महिला सदस्य अनिवार्य
नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा अब एक जना महिला अनिवार्य हुने भएको छ । ब…
हामीले डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छुट्याउन सकेका छैंनौः सीईओ विष्ट
विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश विष्टले डिजिटल परिवर्…
सूचना प्रविधिमा महिलाको अवस्था
अहिलेको समय सूचना प्रविधिको हो । आजको दिनमा सूचना प्रविधि (आईटी) दैनिक जीवनको अ…
विश्व प्रविधिलाई परिवर्तन गर्ने १० अब्बल महिला
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देशभर नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्…
रेमिट्याप वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोज…
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रका महिलासँग एनसेलको अन्तर्क्रिया
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर…
इसेवाबाट क्युआर स्क्यान गरेर पैसा तिर्दा आईफोन १४ जित्ने अवसर
इसेवाले ‘स्कयान टु विन अफर’ ल्याएको छ । यस अफर अन्तरगत इसेवाको मोबाइल एपबाट फोनप…
बेकोले ल्यायो नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प
इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले फागुन १५ देखि सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहर…
ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङबाट क्युआर स्क्यान गर्दा १५ प्रतिशत क्यासब्याक
ग्लोबल आईएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई …
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रका १०१ महिलालाई सम्मान गर्दै डब्लुआईआईटी
वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवस…
टिसिएलले ल्यायाे नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प
ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले फागुन १५ देखि सिम…
होली इभेन्टको टिकट खरिद आइएमई पेबाट गर्न सकिने
आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुक…
तीन जनाले सुरू गरेको एफवान सफ्ट २० वर्षमा प्रवेशः १ हजार बढीलाई रोजगारी, दर्जन सहायक कम्पनी
नेपालको अग्रणी फिनटेक संस्था एफवान सफ्ट इन्टरनेसनल १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश…