कीवर्डहरू -

समाचार

नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य, ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट हुने

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग मार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक बिषयले सुसज्जित राष्ट्रिय पञ्चाङ्ग तोयनाथ बीच सहकार्यका लागि सम्झौता भएको छ ।

तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो ।

प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसंग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य पाउँदा उत्साहित भएको नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए ।

उनले अगाडि भने, ‘पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो । शताब्दीअघि वहाँहरुसंग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ ।’

तोयनाथ पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान-प्रदानको बहाना मिलेको बताए ।

‘हाम्रो वैदिक सनातन ज्ञान असामान्य छ । हामी हरेकदिन प्रकृति, जिवजन्तु, किरा-फट्यांग्रा, भूगोल, चन्द्र-सूर्य र अन्य ग्रहहरुले हामीलाई प्रदान गर्ने अनेक योगदानहरुका कारण यो अमूल्य जीवन बाँचिरहेका छौं,’ उनले भने, ‘हाम्रो आफ्नै मौलिक सिद्धान्त छ जसले हामीलाई हाम्रो प्राचिन इतिहाससंग जोडिरहेको हुन्छ । र यो वैदिक सनातन पञ्चाङ्ग पनि तिनै सिद्धान्तहरुमध्येको एउटा सिद्धान्त हो जसको जगमा बसेर गुरु तोयनाथले १३५ वर्ष अघि यसलाई ‘तोयनाथ पञ्चाङ्ग’को रुपमा समाजसंग जोड्नु भयो ।’

अहिलेसम्म नेपाली जनमानसले ‘तोयनाथ पञ्चाङ्गलाई’ गरेको विश्वास र मायाको निरन्तरता स्वरुप यूग अनुसार हामीले वर्तमान पुस्तामा क्यालेण्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि सर्वाधिक लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’संग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेको उनको भनाइ छ ।

नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको छ । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको छ ।


समाचार

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ । रोजगारीका लागि कोर…

दराजको सेलर समिट सम्पन्न, उत्कृष्ट विक्रेतालाई सम्मान

नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म दराज नेपालले आयोजना गरेको यसवर्षको दराज से…

इन्फोडेभलपर्सको क्लिक टु करियर कार्यक्रम सम्पन्न, १५० जनालाई आईटीको सीपयुक्त तालिम प्रदान

सूचना प्रविधिको क्षेत्रमा अग्रणी तथा स्थापित फिनटेक कम्पनी इन्फोडेभलपर्सले सूचना प्रवि…

म्युजिक लर्निङ्ग एप विकास गर्दै डुओलिङ्गो

नयाँ भाषा सिकाउने एप डुओलिङ्गोले म्युजिक लर्निङ्ग एप ल्याउने भएको छ । डुओलिङ्गोले ह…

मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउन काम गर्दै सामसङ

सामसङले मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउनका लागि काम गरिरहेको छ । सामसङले यसक…

वर्ल्डलिंकमा भित्रियो करिब २ अर्ब लगानी 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा करिब दुई अर्ब लगानी भ…

एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरी विद्यार्थीले बनाए स्याटेलाईट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनलाइनबाटै सबै सरकारी सेवा चुस्त र सहज रूपमा …

घोडेजात्राको दिनमा पनि राहदानी विभागको सेवा 

राहदानी विभागले घोडेजात्रा दिन पनि सेवा दिने भएको छ । विभागले एक सूचना निकाल्दै…

क्वालकमको स्न्यापड्रयागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा सार्वजनिक हुँदै

क्वालकमको स्नापड्रागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा यही महिना सार्वजनिक ह…

अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने 

नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ…

पिओएसबाटै अब प्रभु बैंकको एटीएमको ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न सकिने

प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम स…

१३ औं वार्षिकोत्सव मनाउँदै स्प्यारो एसएमएस, १३ सय वटा बल्क एसएमएस १३०० रूपैयाँमा पाइने

कुनै समय थियो, एसएलसीको नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका किन्नु पर्थ्यो । तर अह…

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैँकको शाखाबाट झिक्न सकिने

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र…

इनोभेसन केन्द्र सार्वजनिक गर्दै आइटी ग्लोबल प्रालि

आइटी ग्लोबल प्रालिले मार्च २२ मा इनोभेसन केन्द्र उद्घाटन गर्ने भएको छ । यसले ग्राहक र…