कीवर्डहरू -

समाचार

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा

नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, सहर तथा प्रवासबाट जोड्न सफल भइसकेको छ।  यस सेवा मार्फत् डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्छ।

यस हाम्रो पात्रो हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ। नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थ मार्फत् आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गर्न सक्नेछन्।

चाँगुनारायाण नगरपालिकाले हाम्रो पात्रो हेल्थ मार्फत् नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट  निःशुल्क परामर्श सेवा सुरु गरेको छ। आज एक समारोह बीच चाँगुनारायण नगरपालिका प्रमुख श्री जीवन खत्रीज्युले नगरका डाक्टर श्री शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिनुभएर सेवाको शुभारम्भ गर्नु भयो।

शुभारम्भ पश्चात् बोल्दै उहाँले भन्नुभयो ( “नगरपालिकाको उद्देश्य अनुसार नगरवासीहरूलाई स्वास्थ्यसेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्‍याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहकेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुने छ। ”

“नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थ मार्फत् आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिनु भएको छ। आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग  निःशुल्क परामर्श सेवा उपलब्ध गराउनु हुनेछ।

नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौँ।” ( हाम्रो पात्रोको संस्थापकर सीईओ शंकर उप्रेतीले बताए ।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आइओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रो हेल्थ प्रयोग गर्न सकिनेछ ।

समाचार

आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक

आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । य…

लोकसको नाम्चे ह्याक अ विक सम्पन्न 

लोकसले आयोजना गरेको नाम्चे ह्याक अ विक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्…

रेखा शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधि मन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त भएकी छन् ।

माइक्रोसफ्टको नयाँ टेक्स्ट टू स्पीच एआइले प्रयोगकर्ताको आवाजलाई क्लोन गर्न सक्ने 

माइक्रोसफ्टको नयाँ टेक्स्ट टू स्पीच एआइले प्रयोगकर्ताको आवाजलाई क्लोन गर्न सक्ने भएको छ…

माओवादीको भागमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रेखा शर्मा मन्त्री बन्दै 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बन्ने भएकी छन् । दाङ क्षेत्र नम्बर २ बाट नि…

हल्ट प्राइज आईओईले ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ विषयमा आयोजना गरेको कार्यक्रम सम्पन्न

हल्ट प्राइज आईओईले ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ विषयमा आयोजना गरेको उद्यमश…

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई ४० प्रतिशतसम्म छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विश…

भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा  पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भा…

सञ्जय अग्रवाल दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्स भित्र पर्न सफल

युवा व्यवसायी तथा उद्यमी श्री सञ्जय अग्रवाल हालै सीईओ इनसाइट एशिया द्वारा “दक्षिण एश…

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा आईफोन १४ जित्ने मौका

खल्तीले फेरी पनि आफ्नो चर्चित अफर 'खल्ती मा आइफोन १४'  ल्याएको छ । यस अन्तर्गत प्रयोग…

नेपाल बैंकले मागेको आशयपत्रप्रति क्यान महासंघको ध्यानाकर्षण, योगदानलाई अवमूल्यन गरेको भनाइ

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले नेपाली सूचना प्रविधि कम्पनी अयोग्य हुने प्…

साना किसान विकास लघुवित्त वित्तीय संस्था क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध

साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आ…

नेपाल टेलिकमले प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा पुस २८ गते) सम्पन्न भएको…

केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

भारतीय ब्राण्ड केन्टले  नयाँ एमसी.बि. र थप विद्युतीय सामानहरू नेपाली बजारमा  ल्याए…

क्रियटिङ बिजनेस आइडिया एण्ड डिजाइन थिंकिङ विषयमा कुराकानी गर्दै हल्ट प्राइज आईओई

हल्ट प्राइज एट आइओईले उद्यमशीलता सिरिजको तेस्रो शत्र आयोजना गर्ने भएको छ । क्रियटिङ …