समाचार
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न, उद्यम गर्ने र उद्योगी बन्नेलाई सहयोग गरिने
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो ।
बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ ।
बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो ।
यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो ।
तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूणर्ता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताए । बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमा काम गर्ने उनले बताए । ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राडा डिन डिल्लीराज शर्माले कार्यक्रममा बोल्दै नबिल एसएसईमा सहभागीहरु समाज परिवर्तनका एजेन्ट रहेको बताए ।
पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेल बताइन्।
धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले भनिन्, ‘मलाई उद्यमशीलताको बारेमा केही थाहा थिएन र म बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनि होइन । तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पुर्याएको छ, र अहिले ब्रान्डिङमा काम हुँदैछ ।’ नबिलको यो कार्यक्रम धेरै नै प्रभावकारी रहेको छ र म नबिल प्रति आभारी छु’, उनले भनिन् ।
यस्तै इलामका यमबहादुर कार्की बैंकको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउँछन् । ‘हाम्रो समाजमा धेरै समस्या छन्, युवापुस्ता दिनदिनै बिदेसिनु परिरहेको छ । गाउँमै कफी खेतीका माध्यमबाट गाउँमा रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निणर्य गरेँ,’ कार्कीले भने । उनले भने, ‘मेरो यो सपनालाई पुरा गर्न नबिलको कार्यक्रमले सहयोग गरेको छ । अहिले उत्पादित वस्तु बजारमा ब्राण्ड नेमका साथ आइसकेको छ र मैले रोजगारी सृजना गरिरहेको छु ।’ नबिल एसएसईले उद्यमी मात्रै नभएर उद्योगी बनाएरै छाड्ने कार्कीको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले यस्ता तालिमले नेपाली युवालाई उद्यमीको पथदर्शन गराउने र लाखौँको संख्यामा बाहिरिँदै गरेका नेपाली युवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने बताए ।
सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिवी बिच फेरि सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिवीका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र प्राडा डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘उद्यमी बन्न सजिलो त छैन तर नबिलले तपाइँहरुलाई उद्यम बन्न हरेक तवरले सहयोग गर्नेछ ।’
कार्यक्रममा पहिलो चरणमा सहभागी भएकाहरूलाई उपाध्यक्ष चौधरी र प्राडा बास्कोटाले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
समाचार
एनपीनोगले पोखरामा ३ दिने सूचना प्रविधि कार्यशाला गर्दै
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले माघ ८ देखि १० सम्म एनपीनोग सेभेन नामक …
जुनसुकै बहानामा इन्टरनेट सेवा बन्द गराउनु गम्भीर विषय होः क्यान महासंघ
पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएक…
पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध
पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले …
विद्युत प्राधिकरणका कारण पोखरामा कुनै पनि बेला इन्टरनेट अवरूद्ध हुन सक्ने
पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भएको छ । नेपा…
सवारी साधनको कागजपत्रको प्रतिलिपी सिफारिस अब अनलाइनबाटै प्राप्त गर्न सकिने
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको सवारी साधनको कागजपत्रको प्रति…
आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा
आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको बिक्री बढिरहेको जानकारी दिँदै महा…
वीर अस्पतालमा अब फोनपे क्युआर स्क्यान गरेरै पैसा तिर्न सकिने
नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्…
डिजिटल फाइनान्सिङका लागि एलोई र एनएमबी बैंकबीच सहकार्य
सूचना प्रविधि कम्पनी अलोई र एनएमबी बैंकबीच साझेदारी भएको छ । डिजिटल फाइनान्सिङका…
आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको आग्रह
हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चला…
आइएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक
आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता …
म्याथ्स एण्ड फिजिक्स ओलम्पियाड २०२३ सम्पन्न, २०० बढी सहभागी
इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को म्याथ एण्ड फिजिक्स सोसाइटीले म्याथ्स एण्ड फिजिक्स …
पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका …
सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्समा २० वर्षसम्म वारेन्टी
सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग…
परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो शत्र सञ्चालन गर्दै हल्ट प्राइज आईओई
हल्ट प्राइज एट आइओइले उद्यमशीलता सिरिजको दोस्रो शत्र आयोजना गर्ने भएको छ । परिकल्पना…
वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड
काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको…