कीवर्डहरू -

समाचार

आईएमईको चाडपर्व लक्षित अफर, विदेशबाट पैसा पठाउँदा दैनिक मोबाइल र भाग्यशालीलाई दश लाख

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिने जनाइएको छ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही पच्चिस हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रूपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधवार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो ।

अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

समाचार

डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ, १८ वस्तु तथा सेवामा भुक्तानी गर्न रोक

नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार ए…

सानिमा बैंकको नयाँ अफर, मोबाइल बैंकिङबाट कारोबार गर्दा मोबाइल फोन जित्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजन…

आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, १२ विधामा यसरी दिनुहोस् अनलाइन आवेदन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न भएको छ । शनिबार र आईतबार काठमाडौंको दरबार …

२ वटा कम्पनी सञ्चालन गरिरहेका १८ वर्षिय काेविद, यस्तो छ सफलताको कथा (भिडिओ)