कीवर्डहरू -

समाचार

डब्लुआईआईटीले आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी)ले गल्र्स इन आईसिटी डे २०२२ को अवसरमा लाइभ ह्याकाथन समपन्न गरेको छ ।

गल्र्स इन आईसिटी डे २०२२ को अवसरमा आईतबार अर्थात मे १ मा केटीहरुको लागि लाइभ ह्याकाथन आयोजना गरेको हो । कार्यक्रममा २१ जना महिला सहभागी भएका थिए ।

इस्लिङ्कटनमा बिहानको साढे ८ देखि ५ः३० सम्म चल्ने सो कार्यक्रममा कुनै पनि शैक्षिक पृष्ठभूमि सिमीत गरिएको थिएन र विशेषगरी विद्यार्थीहरुलेनै कार्यक्रममा सहभागीता जनाएका थिए ।

कार्यक्रमलाई नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण र इस्लिङटन कलेजले प्रायाेजन गरेका थिए । बगभीले कार्यक्रममा प्राविधिक सपोर्ट गरेको थियो । बगभीले विभिन्न वर्कशपहरु सञ्चालन गरेर नैतिक ह्याकिङ्गको बारेमा बुझाएको थियो ।

\"\"

याे कार्यक्रम सहभागी हुन काेडिङ आवश्यक नपर्ने र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयाेजना गर्ने आयाेजक समितिकी रत्न तारा बैद्यले जानकारी दिइन् । कार्यक्रममा क्याप्चर द फ्ल्याग कुल ४ घण्टासम्म चलेको थियो ।

कार्यक्रमको पहिलो स्थानमा रहेकी गम्भिरता पौडेललाई १० हजार प्लस बगभीको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा रहेकी निकी सिहंलाई ५ हजार प्लस बगभीको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो र तेस्रो स्थानमा रहेकी क्षिरिङ डोल्कार शेर्पालाई ३ हजार प्लस बगभीको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

त्यस्तै सबै सहभागीलाई सर्टिफिकेट पनि प्रदान गरिएकाे छ । गत बिहिबार डब्लुआईआईटीले अन्तर्राष्ट्रिय गल्र्स इन आइसिटी कन्फेरेन्स आयोजना गरेको थियो । त्यस्तै सोही गल्र्स इन आइसिटी डेको अवसरमा संस्थाले विद्यार्थीहरुलाई विभिन्न आईटी कम्पनीहरु घुमाउन पनि लगेको थियो ।

महिलाहरुलाई आईटी क्षेत्रमा प्रोत्साहन गर्न ह्याकाथन आयोजना गरेको  डब्लुआईआईटीको तर्फबाट पल्पसा डंगोलले बताइन् । उनले कार्यक्रम सुरु हुनभन्दा ढेड घण्टा अगाडि सहभागीहरुका लागि साइबर सुरक्षाका बारेमा ब्रिफिङ पनि गराइएको बताइन् ।

सहभागीहरलाई टास्क प्रदान गरिएको थियो जुन २ घण्टामा समाधान गर्नुपर्ने थियो । विद्यार्थीहरुलाई आईटी क्षेत्रमा संलग्न हुनका लागि प्रात्साहित गर्न क्यास प्राइज राखेको ढंगोलले बताइन् ।


समाचार

इन्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, यथासिघ्र समाधान गर्न अनुरोध 

क्यान महासंघले इन्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।…

भिडियो प्रतियोगिता गर्दै निर्वाचन आयोग, धेरै भ्यूज ल्याउनेलाई नगद पुरस्कार र प्रशंसापत्र

निर्वाचन आयोगले चुनावसम्बन्धि सन्देशमूलक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । आ…

राष्ट्र्रिय आईसीटी दिवसमा टेलिकमको अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस

काठमाडौं ।  चौंथो राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल ट…

सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बह…

स्प्यारो एसएमएसले सार्वजनिक गर्याे भोइस ब्रोडकास्टिङ सेवा

बल्क एसएमएस व्यवसायमा परिचित स्प्यारो एसएमएसले चुनावको मुखमा नेपालमा भोइस ब्रोडकास्…

इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा

नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १…

अब माईक्रोसफ्ट स्टोरबाटै टिम्स डाउनलोड गर्न सकिने 

माइक्रोसफ्टले आफ्नो स्टोरमा बल्ल टिम्स राखेको छ । अब प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरब…

तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना  

काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्थ…

कार्बन उत्सर्जन कम गर्ने आविष्कारमा ह्वावे केन्द्रित

ह्वावेको १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सम्पन्न भएको छ । एक हाइब्रिड कार्य…

मातातीर्थ औंसीमा ग्यापुको अफर, उपहार पठाउँदा ७० प्रतिशतसम्म छुट

मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले व…

अनलाइनबाटै ब्रिज कोर्षको तयारी गराउँदै निमा एकेडेमी, प्रिबुकिङ गर्नेलाई २० प्रतिशत छुट 

अब घरमै बसेर ब्रिजकोर्ष तयारी गर्न सकिने भएको छ । डिजिटल लर्निङ प्लेटफर्म

चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत

चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्…

महिलाका लागि सुरक्षित इन्टरनेट पहुँच, कस्तो छ अवस्था ?

काठमाडौं । अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवसको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्…

आईतबार वेबकन २०२२ आयोजना हुँदै, स्टार्टअपको विषयमा कुराकानी हुने

वैशाख १८ गते आईतबार ‘वेबकन २०२२ः टेक स्टार्टअप्स इन नेपाल’ आयोजना हुने भएको छ । …

गल्र्स इन आईसिटी डेको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ बारे कन्फेरेन्स आयोजना हुँदै

आज ( अप्रिल २८ ) हरेक वर्ष अन्तर्राष्ट्रिय गल्र्स इन आईसिटी डेको रुपमा मनाइँदै आइएको …