समाचार
संसारमै पहिलो पटक २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी
सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने भएको छ । २४० वाटको फास्ट प्रविधि अहिलेसम्मकै सबैभन्दा छिटो हो ।
यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ ।
कटिङ एज चार्जिङ सोलुसन युक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरुलाई राम्रो अनुभव प्रदान गर्छ ।
९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ ।
यति मात्र नभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदै छ जुन मोबाइल उद्योगमैै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो ।
यो सँगै रियलमीले आफ्नो डेयर टु लिप मान्यतालाई अझै बलियो बनाउँदै फास्ट चार्जिङलाई एउटा अर्को उचाइमा पुर्याएको छ ।
यो भन्दा अगाडि रियलमीले २०२१ मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो ।
त्यस्तै २०२२ मा पनि आफ्नो लोकप्रिय मोडल रियलमी जिटि नियो ३ मार्फत समस्त मोबाइल उद्योगमै पहिलो पल्ट १५० वाटको फास्ट चार्जिङको सुविधा दिएको थियो, जसमा २० मिनेटमै शुन्यबाट शत प्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो ।
समाचार
एमबीएको परीक्षामा च्याट जीपीटी पास
च्याट जीपीटीले वार्टन प्रोफेसरले बनाएको एमबीएको परीक्षा पास गरेको छ । यो अन्वेषण प…
१४ र १७ सिट क्षमताका फोटोनको विद्युतीय भ्यान नेपालमा
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विद्युतीय भ्यान नेपालमा उपलब्ध छ। १…
घट्यो कनेक्ट आईपीएसबाट हुने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आईपीएका माध्यमबाट गरिने सरकारी राजस्व भुक्ता…
लोकस २०२३ सुरू, देशभरका विद्यार्थीका प्रोजेक्ट प्रदर्शनीमा
१९ औं संस्करणको प्रविधि मेला लोकस सुरू भएको छ । आईतबारसम्म चल्ने उक्त मेलामा देशभर…
२८ औं क्यान इन्फोटेक २०२३ को तयारी तिब्र, शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजन नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्…
विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट
सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ …
केही हप्तामा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने
आगामी हप्ताहरुमा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने भए…
यही वर्ष एप्पलको फोल्डेबल आइफोन सार्वजनिक हुन सक्ने
एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि क…
एनआईसी एशियाका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा डिजिटल भुक्तानी गर्दा छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्…
४० लाखले डाउनलोड गरे आईएमई पे एप
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित नेपालको प…
इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच रणनीतिक सहकार्य
काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभ…