समाचार
खल्तीको खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक
खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरूको मजा लिन खल्ती प्रो वा खल्ती क्लब मध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।
खल्ती क्लब एउटा सब्क्रिप्शन प्लान हो जहाँ प्रयोगकर्ताहरूले मात्र रु घढढ (ख्ब्त् सहित) को मेम्बरसिपमा चलचित्र र इभेन्टको टिकटमा रु १००० सम्म क्यासब्याक साथै अन्य अफरहरु प्राप्त गर्न सक्नेछन् । त्यसैगरि ‘खल्ती प्रो’ अर्को सब्सक्रिप्शन प्लान हो जहाँ खल्ती प्रयोगकर्ताहरूले मात्र रु. ५९९ (ख्ब्त् सहित) को मेम्बरसिपमा थप विशेष र अतिरिक्त फाइदा लिन सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले यी दुई मध्ये कुनै एक योजनाको मेम्बरसिप लिन सक्नेछन्। यो सब्क्रिप्शन प्लान १ वर्षलाई लागुहुनेछ। तर, खल्ती प्रो को मेम्बरसिप सब्सक्रिप्शन छनौट गर्नेहरूले खल्ती क्लबभन्दा बढी विशेष अफरहरू प्राप्त गर्नेछन्।
एक वर्षमा ‘खल्ती मेम्बरसिप ’ सदस्यले पनि सामान्य खल्ती प्रयोगकर्ताभन्दा दोब्बर खल्ती पोइन्ट्हरू र ब्लुबुक नवीकरण सेवामा रु १०० को छुट पनि पाउनेछन् । चलचित्र र इभेन्ट प्रेमी प्रयोगकर्ताहरूलाई आकर्षित पार्दै थप अफर उपलब्ध गराउने विचारका साथ खल्ती क्लब सुरु गरिएको हो । त्यसैगरि, ’खल्ती प्रो’ प्रयोगकर्ताले धेरै विशेष सुविधाहरू प्रदान गर्नेछन्, जस्तै : सेल्फ–मोबाइल टपअपमा २% क्यासब्याक, आफ्नो बैंक खातामा निःशुल्क पैसा पठाउने, चलचित्र र इभेन्टको टिकटमा रु १००० सम्मको क्यासब्याक, भुक्तानीमा डबल खल्ती पोइन्टहरू, अन्य बैंकहरूमा निःशुल्क पैसा पठाउन मिल्ने (महिनामा ५ पटक) र अन्य धेरै विशेष छुट र अफरहरु रहेको छ। खल्ती प्रो प्रयोगकर्ताहरूले अब सामान्य खल्ती प्रयोगकर्ताहरूले जस्तै अफरको प्रतीक्षा नगरी अत्यधिक फाइदा लिन सक्नेछन्।
यो सदस्यता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “खल्ती मेम्बरसिप सुरु गर्नु भनेको हाम्रा प्रयोगकर्ताहरूलाई थप विशेष र प्रिमियम सेवाहरू उपलब्ध गराउनलाई हो। खल्तीको छैठौं वार्षिकोत्सव मनाउँदै, हामीलाई सधैं माया र प्रशंसा गर्ने प्रयोगकर्ताहरूका लागि यस मार्फत थप विशेष फाइदाहरु ल्याउने प्रयाश गरेका छौँ।”
समाचार
नबिल बैंकका ग्राहकलाई शाओमीका सामान खरिदमा इएमआई सुविधा
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल…
भक्सक्रोको ५ औँ वार्षिकोत्सब: कल सेन्टरको प्रयायवाची बन्दै गेटडेस्क
नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी 'भक्सक्रो'ले स्थापनाको …
नेपालमा \'सुरक्षित इन्टरनेट दिवस\' मनाउँदै चाइल्डसेफनेट
चाइल्डसेफनेटले फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउने भएको छ । बालबालिका तथ…
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल…
सेलिब्रिटीहरुको आवाज डिपफेक गर्न नयाँ एआइ भ्वाइस टूल प्रयोग हुँदै
एक नयाँ एआइ भ्वाइस टूललाई सेलिब्रिटीहरुको आवाज डिपफेक गर्न प्रयोग गरिएको छ । केही…
बाइडुले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने
चीनको सबैभन्दा ठूलो सर्च इन्जिनले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने भएको …
ठमेलको गार्डेन अफ ड्रिम्समा एनएमबि बैंकको नयाँ एटिएम
एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटि…
वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्दा १० रूपैयाँ शुल्क
वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्दा १० रूपैयाँ शुल्क लाग्ने भएको छ ।
…आगामी असारसम्म वालेट र क्युआरमा अन्तरआवद्धता कायम गर्न राष्ट्र बैंकको निर्देशन
एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्नसक्ने गरी विद्युतीय वालेटमा अन्तरआवद्धता …
विद्युतीय भुक्तानी सेवाको मर्मत सम्भार राती १० बजेदेखि बिहान ६ बजेसम्म गर्नुपर्ने
विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरू मर्मत सम्भार, स्तरवृद्धि वा अन्य विशेष कारणवस अस्थाय…
भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले एपबाट पनि ग्राहकको गुनासो दर्ता गर्न मिल्ने व्यवस्था गर्नुपर्ने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धि कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूले मोबाइल एपब…
अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा अब १५ रूपैयाँसम्म शुल्क लाग्ने
अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा अब १५ रूपैयाँसम्म शुल्क लाग्ने भएको छ । भुक्ता…
अब विदेशबाटै वालेटमा रेमिट्यान्स पठाउन सकिने
भुक्तानी सेवा प्रदायकले अब रेमिट्यान्स (विप्रेषण) कम्पनीसँग सम्झौता गरेर वालेटमै रिम…
आईस्पानको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पराजुली चयन
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले २२ औ साधारण सभा सम्पन्न भएको छ । माघ …
क्रोमको इन्कोग्नीटो मोडलाई सुरक्षित बनाउन बायोमेट्रिक फिचर थप
क्रोमले इन्कोग्नीटो मोडमा वेबसाईट ब्राउज गर्दा थप सुरक्षा फिचर जोड्ने भएको छ । यसका …